Shekhar Dhungel – Marnu Paryou

मर्नु पार्यौ कान्छी तिमीले
माया गरेर
दिनभरि कुरायौ
आएर सपनामा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले

दिनभरि कुद्छ्यौ यता र उति
आँखा झिम्काउँदै
जब पर्छ्यौ एक्लै साँझमा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हँसायौ
मर्नु पार्यौ कान्छी तिमीले

चुलबुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउडाल तिम्रो
सबलाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टी पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमीले