Pratiksha Yadav – Bhrun Hatya

प्रतिक्षा यादव – भ्रूण हत्या (नजन्मेको शिशुको बोलि)

आमा, तिम्रो गर्भको हु म सन्तान
तिम्रो र बाबा दुबैका त आंश हु नी आमा, होईन र?
तिमी देखि नै त मेरो जीवनको सुरुवात हुन्छ (२)
तिमी नै त मेरो जन्म को कारण होउ आमा|

न मारर् मलाई म यो संसारमा आउनु अघि,
न मारर् आमा मलाई यो संसार न देखाई,
मेरो अस्तित्व तिमीबाट नै त सुरु हुन्छ आमा
न गर मेरो भ्रुण हत्या, म बाच्न चाहन्छु आमा|

ई मेरा कलिला हातका औलाहरुले तिमीलाई समाउने बचन दिन्छु आमा, (२)
ई मेरा कलिला खुट्टाहरुले तिम्रो गर्भ भित्र हुदा म भएको महसुस गराउने बचन दिन्छु आमा,
बाबा, तपाइको प्यारो सन्तान हुने बचन दिन्छु म, (२)
न मारर् मलाई, हत्या न गरिदेउ मेरो,
संसार मा आइ, संसार मा बाच्न चाहन्छु म|

बल्ल त म तिम्रो गर्भ मा बन्न थालेकी छु आमा, (२)
बल्ल त मेरा पाखुरा, खुट्टा, र औलाहरु बन्दैछन आमा,
बल्ल त मेरा आँखा बन थालेको छ, ई आँखा खोल्न देउ आमा,
ई आँखा ले संसार हेर्ने ठुलो रहर छ आमा,
म आउनु अघी मलाई यो संसारबाट न मेटी देउ आमा|

तिम्रो नसा सँग जुडी सकेकी छु आमा,
मेरो बाच्ने रहरलाई न मारिदेउ आमा,
मेरो भ्रुण हत्या न् गरिदेउ आमा,
मलाई बाच्न देउ, तिम्रो काँख मा खेलन देउ आमा| (२)

के मेरो भ्रुण हत्या भएपछि
आफ्ना हात मा मेरा अपूर्ण शरीरलाई लिने छमत राख्छौ आमा? (२)
के तिमीले मलाई आफ्नो गर्भमा हुर्काउनु
तिम्रो रहर होइन कर बनेको हो र आमा?
तिम्रो गर्भ मा हुर्केकै कारणले, मलाई तिम्रो दोषी न बनाउ, (२)
मलाई तिम्रो दोषी न ठहराउ आमा,
मलाई अंगाली आफ्नो काखमा बाधेर राखी,
यो संसार मलाई पनि देखाइ देउन आमा,
आखिर म तिम्रो र बाबा कै त आंश हु, होइन र आमा? (२)


-प्रतिक्षा यादव
-काठमाडौँ स्कुल अफ ल
-(कानून संकाय, चौथो वर्ष)
-सिरहा, नेपाल