Rajab – Kroor Ko Saundarya Prem

बाज पनि मुग्ध छ
यो बिहान
आफ्ना नङ्ग्राहरू
हाँगोमा गाडेर
मोहित
महसुस गर्दैछ
आफ्ना पखेटाका काप कापमा
चिसो सिरेटो
ऊ अहिले आहारको लागि सक्रिय छैन

उतिसको हाँगोमा
स्थिर
आनन्दित
त्यस कारण
चराहरू
अहिले निमग्न
उडिरहेछन्
खबर छैन उनीहरूलाई
नजिकैको यो बाजको
जो लालायित सदुरू दशे को पयर्टकझैँ
हरिया पहाड पछाडिको अर्धउदित सूर्य
हेर्दैछ
बिहानको यो कलिलो मोहकता
हट्नेबित्तिकै
फेरि झम्टनेछ ऊ
चराहरू
वास्तवमा
क्रुरको
सौन्दर्य प्रेम
स्थायी हुँदैन

२०५३ कात्तिक