Abhishek Darnal Biswa – Mero Samaj

अभिषेक दर्नल विश्वमेरो समाज?
तपाईंले मेरो समाज सोध्नु भएको?
मेरो समाजलाई
मेरो अनुहारमा उज्यालो आएको पटक्कै मनपर्दैन
अनि अँध्यारो हुँदा उसलाई,निन्दा नगरि हुँदैन
मैले लगाएको लुगामा सुन्दर वास्ना आउनु हुँदैन
मेरो समाजलाई बान्ता आइहाल्छ
म पढेको आवाज मेरो समाजले सुन्न सक्दैन
झर्को लागिहाल्छ…
मैले गाएको गीत
मैले नाँचेको नृत्य 
दुनियाँलाई स्वा‌‌ङ्ग मात्र हुन्छ
मेरो घरको चुल्होमा मिठो बास्ना आएको मनपर्दैन मेरो समाजलाई
मैले खोलें खाएको दस दुनियाँलाई नसुनाइ हुँदैन
आमाले लगाएकी सारी
अनि बुवाले लगाएको सर्ट-पाइन्टको दाम, नभनि हुँदैन
दाजुले बिहे गरेर ल्याएको स्वास्नीको जात
पहिले नै मेरो समाजलाई भन्नुपर्दाछ
केटी धनि छे की गरिब?, सबै सुनाउँपर्दछ
दिदीले लगाएकी कुर्ता सुरुवाल मेरो समाजलाई पुरानो डिजाइन भ‌न्नैपर्छ
अनि बहिनीले लगाएकी जिन्स पाइन्ट लबस्तरो फेसन ठहराउनै पर्छ
बहिनी पार्कमा साथी संग डुलेको होस् कि आफन्त संग
समाजले मेरो बहिनी बिग्रियो भन्नै पर्छ
बुवा रक्सीले मातेर लड़ोस  या कामले थाकेर
समाजले बुवालाई बद्नाम गर्नैपर्छ 
बर्खायामको बेला मेरो आंगनमा घाम परेको मन पर्दै….न मेरो समाजलाई
फूलबारीमा लटरम्म फूल फुलेको झन् पटक्कै मन पर्दैन
मेरा घरकाहरुले बाइक, टिभी अनि फोन इत्यादि कुराहरू नचलाउन भन्छ 
मेरो समाजले
मेरा घरकाहरुले ठूल-ठूलो सपना नहेरुन् भन्छ
सबै मान्छे लाटा र अन्धा जन्मिउन 
सबै लुला अनि लङ्गडा होऊन् ,भन्छ
यस्तै छ मेरो समाज
अझै के भनौं र तपाईंलाई मेरो समाजको कुराहरू
आज,भोलि त
मेरो समाज
बिहेको बारमा रक्सी खान
अरुलाई कुल्चेर आफु अघि बढ्न
सद्भावनाको नाममा कुभावनाको प्रचार गर्न
धर्मको नाममा पाप गर्न र
सफ्रिएको घर बिगार्ने ठीकामा नै व्यवस्था छ
अरु कुरा पछि भन्छु नि ल…..

2 thoughts on “Abhishek Darnal Biswa – Mero Samaj”

Comments are closed.