Bipin Singhal – Eklo

बिपिन सिंघल – एक्लो

मलाइ तिनीहरूले जेसुकै भनून्,
म एक्लो होइन ,आमा ।

मैले तिनिहरु जोडि ले गर्ने जति
काम हरु गरेकै छु,
तिनिहरुले सहने जति पीडा
एक्लै सहेकै छु ।

म पनि मानव नै हु ,
त्यसैले बाच्न पाउ भन्छु
तिनिहरु जस्तै रम्न पाउ भन्छु ।

बिश्वासघाती मानिस हरुको साथ नराम्रो भन्छु;
बरु आफ्नै एक्लोपन को साथ राम्रो भन्छु;

हजुरबाट प्राप्त संस्कार साचिरहन्छु भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई एक्लो भन्छन्,
तर म एक्लो होइन, आमा ।।