Bhanubhakta Acharya – Ma Bhanubhakta

भानुभक्त आचार्य – म भानुभक्त

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया।।