Bandhu Bikram Kshetri – Fulnechhan Sapanaharu Ek Din

वन्धुविक्रम क्षेत्री – फुल्नेछन् सपनाहरू एक दिन
(मधुपर्क २०६६ भदौ)

सूर्यमुखी फूलले तपतप
आँसु खसाल्ने छैन
बन्दुकको नालसँगै बतासिएर
उड्ने छैनन्, हूलका हूल चराहरू
सुनिनै छैन बस्तीहरूमा
बारुद गर्जिएको आवाज
बेमौसममा फडफडाउने छैनन्
लडाकु विमान र नाइटभिजनहरू
आकाश खुला हुनेछ र शान्त हुनेछ ।
रगत बग्ने छैन पानीझैँ नदीमा
न पानी बग्नेछ रगतमा
लासको दुर्गन्ध बोकेर होइन
सुवासित भएर बहनेछ हावा
तर्सिएर उड्ने छैनन्
पि्रय बचेरा छाडी चराहरू
स्वतन्त्रताको गीत गाइरहेका हुनेछन् ।
स्वःस्फुर्त नाचिरहेका हन्छन् ।
रगतको आहाल जम्ने छैन
बरु निर्मल पानीका सुन्दर कुवाहरू हुनेछन्
बलात्कृत हुने छैनन् चेलीहरू
बेवारिसे बन्ने छैनन् नानीहरू
बस्नुपर्ने छैन नब्बे वर्षे बाबुले
वीस वर्षे छोरोको क्रियाकर्म
रुने छैनन् बाबुको मृत्युको खबर सुनेर पनि
कमाण्डरको आदेशले घर जान नपाएका सैनिकहरू
बस्नुपर्ने छैन कोही आँसुको सागर बनाएर
वर्षौं भेट्न नपाएको पतिको बाटो हेरेर
हाँसिरहेको देशसँगै नाचिरहेका बालकहरू हुनेछन् ।
बिहानी लालीझैँ खेलिरहेका नानीहरू हुनेछन् ।
इतिहासको व्याज खानेहरू पाखा लाग्नेछन्
हुर्कने छैनन् सेता बुकीहरू सयपत्री, मखमलीझैँ
मेरी पि्रया
एकदिन यस्तो आउनेछ
चारैतिर खुसी नै खुसी छाउनेछ
कलङ्कित इतिहास भेट्टाएर
वीर पुर्खाहरूको गौरवगाथा
पढिरहेका हुन्छन् नानीहरू
तिनले बदल्नेछन्- हत्यारो बलात्कारी इतिहास
प्रत्येक सहिद दिवसमा
विजयोत्सव मनाउने छन् मानिसहरू
सहिदहरू पुजिनेछन्
सपनाहरू फुलिरहेका हुनेछन् ।
र एक दिन
हत्याराहरू इतिहासको
कहालिलाग्दो भीरमा मिल्क्याइनेछन् ।

Radha Karki – U Arthat Chhaya Awatar

राधा कार्की – ऊ अर्थात् छाया अवतार
(मधुपर्क २०६६ भदौ)

ऊ अर्थात् छाया-अवतार
थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो
थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो
उसको बगैँचामा
फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्
उसको युद्धमा
ऊ प्रेम र सद्भावले प्रतिद्वन्द्वीको स्वागत गर्छ
उसको सगरमाथामा
आफ्नै गौरवको झण्डा फरफराउँछ
ऊ आफैँमा साहसको पथ-प्रदर्शक बन्दैछ
उसले समरभूमिमा ‘हामी’ बोकेको छ
उसलाई नजिकबाट हेर्छु म
नजिकबाट टाढा पुर्यारउन मन लाग्छ
मैले सम्बोधन गर्ने नाम
पि्रय नाम
उसको बाटो आकाशजस्तै भएको छ
ऊ थुप्रैपल्ट टुक्रिँदै/जोडिँदै/जोडिँदै/टुक्रिँदै
लडिरहेछ
र समयलाई गहिरो स्पर्श गरिरहेछ
अदृश्य
आकारबिहीन बनेर
मेरो निराकार पीडामा

-इलाम

Prakash Thamsuhang – Thotro Cycle

प्रकाश थाम्सुहाङ – थोत्रो साइकल

अचेल
अनवरत बिहानी
अलार्म घडीको किरिङ-किरिङ
बलजफ्ती निद्राबाट जाग्छु
अनि ठीक पार्छु मेरो थोत्रो साइकल
जानैपर्छ मैले
निरर्थक काममा

यो समय
ऐरावत चढ्ने बेला
यो उमेर
इफेल टावर चढ्ने बेला
कुन्नि झ् कस्तो नियति मेरो –
अविराम थोत्रो साइकल चढिरहेछु

विशाल कालो सर्पजस्तो
लमतन्न परेर सुतेको सडक
मेरो थोत्रो साइकलको ख्याट-ख्याटमा
ब्यतिन्छ एक्कासी
अनि आफ्नो मुख बाउँछ मलाई निल्नलाई
बस्, म निलिँदै जान्छु भित्रभित्र सडकको उदरसम्म
हो झ् अनि म पुग्छु चिहानमा
सारा एषणाहरू रित्तिएको म
उभिदिन्छु भावहीन ठिङ्ग
अचेल म चिहान कुरूवा भएको छु
कस्तो अचम्मको चिहान हो यो
दिउँसै पनि भित्र बाहिर गर्छन्
काला सेता करवीर मसानहरू
अनि, कुन्नि झ् केले अभिसंचालित म
ओठमा अनृत मुस्कान छर्दै भन्छु
सलाम आलेकुम
छि ! चिहान कुरूवा म
छि ! मसानहरूको चाटुकार म
यसर्थ बिरामी म
ऐ फेदाङमा ! मेरो सातो बोलाइदेउ है
अचेल सातो हराएको छ मेरो

त्यसैले त
धारे हात लगाउन सक्दिन मेरो नियतिलाई
मेरो नियति कोर्ने समाजलाई अथवा शासकलाई
साँच्ची सातो हराएको छ मेरो
त्यसैले त
फोर्न सक्दिन ग्रेटवाल जो मेरो सपनाको बाधा बनेको छ
रोक्न सक्दिन मेरो आवाजहरूले
अनगिन्ती चिहान कुरूवा बन्न ओइरिनेहरूलाई

अहर्निश साँझ
रङ्गहीन, फुस्रो परिक्लान्त म
फर्किन्छु कोठा उही थोत्रो साइकलमा
भोलिको पुनरावृत्तिको निम्ति मनस्थिति तयार बनाउँदै ।

Mohan Banjade – Kura Ka Kura

मोहन बन्जाडे – कुराका कुरा

मन्दिरको जग भित्रभित्रै भत्काएर
बाहिर बाहिर गरेका गजुरका कुरा
देउता छोडी आफ्नै पूजा गराउन खोज्ने
पूराना हजूरका कुरा

हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर
योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा
खुद्रा इमान्दारीको विज्ञापन गरेर
थोकमा न्याय बेच्नेहरुका कुरा

रित्तो थैलो बोकेर दाताको दैलो कुर्नेका
स्वाभिमानका कुरा
अरुका एजेन्डा नै सधै “निष्कर्ष” निकाल्ने
दाताजिवीका अनुसन्धान कुरा

कुरोको चुरो छिनाल्न पराई पाउमा विसर्जित हुनेले
उज्यालो भएपछि गरेका देशभक्तिका कुरा
कित्ता कित्तामा बाँडेर नागरिकलाई
गरिदै गरेका राष्ट्रिय एकताका कुरा

आफ्नो सभ्यता समाप्त पार्न आएकासंग
लिदै गरेका कुण्ठा – मन्त्रणाका कुरा
पूर्वजको स्वाभिमानको सत्तो सराप गरेर
इतिहासको अभिमान गरेका कुरा

यताका कुरालाई ठेगान लगाउने उताका कुरा
उताका कुरालाई ठेगाना सुम्पने यताका कुरा
कुरै कुरामा अल्मलाएर
सन्तति विरुद्ध सिंगौरी खेल्नेका कुरा

कुरो बुझेर पनि बुझ पचाएका कुरा
कुरा गरे जस्तो गरी कुरो लुकाएका कुरा
कुरै नबुझी कुरा लगाएका कुरा
कुरा कुरेर जीन्दगी बिताएका कुरा

अचेल छ्यापछ्याप्ती छन् _
मान्छे बाँड्ने कुरा , मान्छे भाँड्ने कुरा
आँखा टोलाएर सुन्न खोज्दै छिन् आमा –
हामीले हामी भएर गर्ने हाम्रा कुरा |

Abir Khaling – Euta Sketch

अबीर खालिङ – एउटा स्केच

वर्तमान को त्रासद जङलबाट
अक्षरको वीर्य खोजेर ल्याएको छु
रोप्छु अब तिम्रा आँखाका
कचौरामा ।

अभिशप्त मान्छेका मन मस्तिष्कबाट
उठेको छ मुँस्लो धुँवाँको
र विचारको बगदाद ढकिएको छ ।
फाटेको तन्नामा परिवर्त्तित् छ सोंच
तुहिनुमा उद्द्यतशील सधैं।

भोकग्रस्त आकाशबाट घाम तुहेको छ
संकटको छातामा ओत थापेर
हिडिरहेछन महाजुलुस।
शताब्दी-स्वरको चट्याङ खसेको छ
रुख्-रुखमा ।
उर्लेको छ वेमौसामको वादी
खुशीको गीत गाउँने चराको वस्तीमा।

यसबेला
हातमा क्यामेरा लिएर
खिँच्न खोज्दैछु एउटा तस्वीर
तिम्रो,मेरो, हामी दुवैको
यसो भनौं
हामी सबैको हाँसिरहेको अनुहारको।

Rakesh Karki – Ramailo Teej

इन्जिनियर राकेश कार्की – रमाइलो तीज

रिमझिम वृष्टि श्रावण/भदौ
नभमा नूतन जून
ग्राम/शहर हरियाली
रमाइलो तीजको धुन

रातो सारी रातो चोलो
चुरा पोते सोह्र श्रृंगार वैभव
गाउदै सुरिलो नाच्दै छमछम
सौभाग्यवती Continue reading “Rakesh Karki – Ramailo Teej”

Rabindra Nath Thakur – Adekh Bilauna [From Geetanjali]

प्रभो ! यदि अब यो जीवनमा तिमीलाई भेट्न सकिनँ भने :
यो कुरो मेरो मनमा काँढा झैँ घोचिरहन्छ, तिमीलाई भेट्न सकिनँ !
यो कुरो म भुल्न नसकुँला, यसको वेदनाले सुत्दा–उठ्दा, निशिदिन
विरक्त पारिरहन्छ ।
जगतीतलको बजारमा मैले मति दिन बिताइसकेँ, मेरा दुइ हात
धन–दौलतले कतिपल्ट भरपूर भइसके, तर त्यसले मलाई के लाभ
भयो र ! यो कुरो मेरो मनमा काँढाले झैँ घोचिरह्यो, मैले तिमीलाई
भेट्न सकिनँ ।
आलस्यवश म जब बाटोको छेउमा बसेको थिएँ अनि विश्रामका
लागि बिछ्यौना लगाउन बन्दोबस्त गरेँ, त्यही वेला स्मरण भयो,
यो प्रवास निष्प्रयोजन छ । तिमीलाई भेट्न सक्दिनँ, यो कुरो मनदेखि
भुल्न सकिँदैन ।
तिमीले मलाई नभूल, सुत्दा–जाग्दा मेरो यही चिन्ता रहन्छ ।
मेरो घर कातकै हास्य होस्, कति बाँसुरी बजोस्, जति नै
सजधजले घर चम्कोस, तर ‘तिमी आउँदैनौ’ :
यो कुरो सम्झँदा ह्दय चकनाचुर हुन्छ । यो वेदना कहिल्यै भुल्न
सकिन्न ।
तिमीले मलाई नभूल : यो शंकाले सुत्दा–जाग्दा, दिन–रात मलाई
सताइरहन्छ ।

Prakash Gautam – Beshya Ra Loktantra

प्रकाश गौतम – बेश्या र लोकतन्त्र

थाहा छ ?
सुन्दरीको इच्छा हुनुपर्छ,
उ एक निमेशमा
मात्र एक निमेशमा
सफल बेश्या हुन सक्छे ।
समाजमा तुहिन सक्छे,
परिवारमा चुहिन सक्छे ।
बैँशको तिक्ष्ण कटाक्षले
मोहनिमा Continue reading “Prakash Gautam – Beshya Ra Loktantra”

Acharya Prabha – Samarpan

आचार्य प्रभा – समर्पण

म पहाड उक्लेर
समतल नियाल्ने मान्छे
म पहाडको उचाइमा
अभिमानी बन्न सक्दिन
र समतलको होँचाइमा
उसलाई बिर्सन सक्दिन
किनकि पहाडको
स्वाभिमान बढ्नु भनेको नै
समतल भुइँमा लमतन्न परिदिनु Continue reading “Acharya Prabha – Samarpan”

Abhas – Suren Babu

सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल बोक्ने गरेका छौ
साँझको गोधूलिमा
तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ
तिमीलाई थाहै छ
ढुकुरको रगत रातो हुन्छ
सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल चलाएका छौ
र अब सरकार पनि चलाएका छौ
सुरेन बाबु
भरखरै तिमीले
भोका आशालालहरूको भीडमा
आधुनिक मट्याङ्ग्रा चलाएका छौ
तिमीलाई राम्ररी दिव्यज्ञान प्राप्त भएको छ
तिम्रो मट्याङ्ग्राले
छाती छेड्दा निस्केको
भीडको रगत पनि रातो हुन्छ
सुरेन बाबु
अब रगतमा रङ्ग परीक्षण जरुरी छैन
प्राणीको धमनी र शिरामा बग्ने तरल रातै हुन्छ
सुरेन बाबु
यो पनि त निर्विवाद छ
भीडबाट कुनै मट्याङ्ग्रो
तिम्रो छातीमा बज्रियो भने
तिम्रो छातीको भुलभुले पानी पनि रातै हुन्छ ।

Rabindra Nath Thakur – Ashadh Ko Sandhya [From Geetanjali]

आषाढको सन्ध्या घनघोर भयो,
दिवसको अवसान भइसक्यो ।
वर्षाकोव जलधारा क्षण–क्षणबाद झरिरहेछन् :
छाप्रोको एक कुनामा बसेर तिमी कसको विचार–सागरमा लीन
भएका छौ ?
जल–कणले भिजेका हावा जूही पुष्पको वनमा के सन्देश Continue reading “Rabindra Nath Thakur – Ashadh Ko Sandhya [From Geetanjali]”

Shrawan Mukarung – Desh Khojdai Janda

घाँसको भारी उचाल्न नसकेर
असिन–पसिन भएकी थिइन्– दिदी
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रँै छ ।’

ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ
मैले सघाएँ,
उनले भने–
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’

एक बथान बस्तुहरूलाई गोठमा हुल्न नसकेर
चिच्याई–चिच्याई रुदी थिइन्–बहिनी
मैले मद्दत गरेँ,
उनले भनिन्–
‘दाइ, देश नसक्नुको छाडा छ ।’

कापी–कलम राखेको झोला हराएर उदास–उदास
घर फर्किरहेका थिए–भाइ
मैले सान्त्वना दिएँ,
उनले भने–
‘दाइ, देश साह्रै बदमास छ ।’

मैले जे जति गरेँ
त्यो
म आमा बालाई सुनाउन चाहन्थेँ
तर म के
घरभित्र पसेको मात्रै थिएँ
आमा बाका संयुक्त स्वरहरू उर्लिए–
बद्मास !
छाडा !
माटोलाई भार !

म देश खोजिरहेको थिएँ ।

Niroj – Dasee

निरोज – दसी

उज्यालो दिने निहुँमा
सल्काएर छोडे पछि
डढेलो लागेको आफ्नै आसमा
भत्कीदै गरेको विश्वास च्याँपेर
अन्धकार रात बाँची रहदा
झस्क्याईदिन्छ र पो त
नुन चुक छरिन्छ घाउमा
तिम्रै यादको एैठनले
झकाउन खोज्छु जति पटक म ।

तिमी भन्छ्यौ — म ढुङ्गा हूँ
र म त्यही ढुङ्गा प्रमको
ढुङ्गे अक्करमा सपनाको
जोड घटाउ गरीरहेछु
आधी बाँचेर आसमा
आधी मरेर निरासामा ।

यादले नसताउने तिमीलाई
तिम्रो प्रमको प्रवासमा
शरणार्थी मिल्काइएको
अधमरो लासमा
मेरो जिन्दगी खुम्चीएको छ
र सोझै मुटुमा
तिमीले हानेको तिर
दसी बोकेर स्मृतिमा
एक हातले
भलभल्ती बगेको रगत थामीरहदा
अर्को हातले कागज खोप्दै छु — प्रियतमा
मुटु भित्रको तिम्रो तस्वीरलाई
सुरक्षित स्थनान्तरण गर्न ।

यहाँ रहर बाँचेर
प्रहर कटाउने
मात्रै अल्झेको छु नियतिमा यतिखेर
जबकी प्रत्येक पल्ट बजाईदिदा
घण्टी तिमीले निषेधको
झर्न विवश हुन्छु सुकेको पात झै
र कुनै बेला
डिलमा तिम्रो परेलीको
तप्कीएका आँशु सम्झदा — सम्भावानामा
चढ्दै हुन्छु आकासमा
मेरो जून भेट्न
तर फेरि हठात्
उडाइन्छु कता कता
उहि झर्नु र चढ्नुको
विवश विवश यात्रा
न अङ्गालोमा जून छ
न विश्राममा आधार छ
फगत् सुकेको पात बाँचेको छु ।

भरथेग
कसैको उँधारो आश्वासनले
चल्छ र कतिञ्जेल ?
जबकी सुनामी हलचलमा म छु
कारण उपेक्षाको लहरमा
आफैलाई अर्पिसक्दा पनि
तिम्रा सुन्दर आँखीभौँ मूनि — मैले कोरेका
धेरै सुन्दर सपनाहरु छन्
फक्रिदै गरेको गुलाफको
गुच्छासँग साट्न बाँकी ।

पात्रोमा त पूर्णिमा अंङ्कित छ
तर कसरी बोलाउन सक्छु म तिमीलाई
आफै अन्धकार अनुभव गरिरहदा
बिझेर काँडा पाइतालामा
बग्न सक्छ भेल रगतको
जति बगाउनु बगाई सकेर मैले नै
तिरीसकेको छु भार जगत्को
भो तिमी तिमै्र सँघारमा बस
म तड्पी तड्पी
आफ्नै प्यारमा मर्छु ।

प्रियतमा
मैले टोलाएको क्षितिज पल्तीर
तिम्रो शहरमा
कुनै बेला मैले फेरेमो श्वासमा पनि
प्रेम छोडेको थिए
भन अब कसरी
फिर्ता लिन सक्छु म त्यो श्वास ?

कुनै रङ्गहरुको संयोजनले
नसमेट्दा तिम्रो मुहारको आभा
हतास हतास छु
निरास निरास छु
क्यानभासमा
मुस्कुराईरहदा पनि तिमी
आफ्नै ओठहरुको डोब
नभेट्दा तिम्रा गालाहरुमा ।

अनुभव — जो सँगालेको थिए
यात्राहरुमा
गर्यौ र पो त इन्कार
राख्न आफ्नै पोल्टामा
बग्यो पानी सँगै
पुल मूनि नारायणीमा
तर जतन गरेर राखेको छु
मुटु भरिको माया तिमीलाई
अस्वीकृत प्रेम जमानामा पनि
त्यसैले त भन्छु
चुपचाप निदाउ
भरे आउनेछु सपनीमा
गुलाफको गुच्छा लिएर
तिमीलाई फेरि पनि
जनाउ दिन प्रेमको ।

आफ्नै निष्ठामा अतिक्रमण गराउन
बित्थ्यामा शँङ्काहरु ओरालेर
थाहा छैन किन सोध्दै छु प्रश्नहरु —
कहाँ ? कसरी ? कोसित ?
बिताउदै छौ बैशका कौमूदी रातहरु ।

समय यतिखेर
मै उभिएको विन्दुबाट
प्रस्थान गर्न खोज्दैछ
आँधी, हुरी, भेल, बाढी
सबै सबै अङ्गालेर
र मलाई बाँधेको समय
शून्यतामा टक्क अडिएको छ
जनाउँ दिन शून्य समयको ।

मलाई थाहा छ
यो — हुरी समय
— आँधी समय
— भेल समय
— बाढी समय
एकै छिन पछि
भत्काउन उध्त हुनेछ
किनार उभिएको मलाई
तै पनि शून्य समयको
कोलाहल मस्तिष्कबाट
निकाली छोडीराखेको छु
दसी मेरो प्रेमको ।

देउराली—३, नवलपरासी

Ratna Shamsher Thapa – Andhakar Fissa Hanschha

रत्नशमशेर थापा – अन्धकार फिस्स हाँस्छ

अस्पतालको सस्तो खालको
ह्वास्स केही-केही गह्नाउने
आङ्गै सिरिंग गराउने
एउटा कोठामा
दिउँसै रात पर्छ
अन्धकार फिस्स हाँस्छ ।

प्यासाले तृप्ति माग्छ
पर कुखुरा बास्छ
नाडी सजाउने चुराको
एक टुक्रा लाचार भई
भूइँमा फ्यात्त झर्छ
अन्धकार फिस्स हाँस्छ ।

एउटा फूल सड्छ
एउटा भूल गड्छ
जन्माई हुर्काउने
टन्टा झन्झट सबै
एकै पल्ट मर्छ
अन्धकार फिस्स हाँस्छ ।
फेरि अन्धकार फिस्स हाँस्छ ।

Kapil Anjan – U Runu Yes Paali Rahechha (Nepali Gajal)

कपिल अन्जान – ऊ रुनु यसपाली रहेछ (गजल)

ऊ रुनु यसपाली रहेछ
भन्थ्यो संसार जाली रहेछ

मैले मुटु धुन सकिन
भनेर घाउ पखाली रहेछ

पाएछ माया गरेको फल
छातीमा आगो बाली रहेछ

मेरो मनले मान्न सकेन
सबैले Continue reading “Kapil Anjan – U Runu Yes Paali Rahechha (Nepali Gajal)”

Damodar Pudasainee – Chhurpi

दामोदर पुडासैनी किशोर – छुर्पी

तिम्रो र मेरो माया
सजिलैसँग टोक्न नमिल्ने
टोकेर त्यसै छोड्न नमिल्ने
कठिनाइहरूको सुनामी
घाँटीभित्र छिराउँदै
काखे बालकलाई
स्तनपान गराइरहेकी बिधुवा
छोडाउँन खोज्दैछिन् बेलका बोक्रा
सोच्दैछिन्
नयाँ पहाड ननाघे
पुगिन्न कतैपनि
उता पारिपट्टी
दाउराझैँ सुकाइरहेछिन् शरीर
एउटी कुमारी आमा
जटासहितको नरिवल बटुलेर
कुरिरहेछ मलाई कोही
आँगनछेऊ नयाँ फूल रोपेर
नहिँडे पुगिन्न
पुग्नका लागि म पहाडभित्र
दूलो खनिरहेछु
तीखा दाँतहरूको
साहस छ र पो
मीठो छ
कसैको लागि जिन्दगी
चपाउँने आँट नगर्नेहरूकोलागि
जीवन
बहुआकारको ढुँगा रै’छ
केबल नयनपान छ
रसपान छैन कतै
घटना होस् वा दूर्घटना
कुरिरहेछु
म कसैको तीर्सनालाई
परदेशी कुरिरहेकी तरूनी झैँ
कुरिरहेछु कुनै ग्राहकलाई
सट्टामा सुम्पँदैछु सारा जीवन
कसैका ईच्छ्याका सिरानी भित्र
छुर्पी जस्तै हो रहेछ प्रेम र जीवन
चाटेर मात्र नहुने
टोक्न,चपाउँन र निल्न सक्नेले मात्र
भेट्नेछ मीठो स्वाद
मीठो स्वाद सकिन नपाउँदै
सकिन्छन् सबै किनारा
कुनैबेला दूधझैँ वास्नादार थिँएँ
झुम्मिन्थे सबैजना
कुनैबेला दही थिएँ
हारालुछ गर्थे सबै कोण कोणबाट
आज जमेकोछु ढुँगा बनेर
प्रिय !
तातो बरफ चपाएपछि मात्र
बल्ल भेटेको हुँ तिम्रो स्वाद
म कडा सालिक होइन
मान्छे बन्न खोजिरहेछु
बन्द ओखर होइन
ओखरगुदी बन्न चाहिरहेछु
कोही छ
मलाई मायाले टोकिदिने ?
म तिम्रा तीखा दाँतहरू
कुरिरहेछु

-२०७५ माघ २० गते
फिक्कल ,इलाम

Baidhyanath Upadhyaya – Sapana Ko Rukh

वैद्यनाथ उपाध्याय – सपना को रूख

मेरा गाँउका मान्छेले
सपना को बीउ रोपेका छन।
सपना बढन थाले
अनि गाँवको सादगीबाट
वाक्क भए
सपना को आफ्नै बडप्पनमा
जीउने आदत छ।
त्यसैले उनिहरूलाई
निद्रामा हिंडने लत बसेको छ।
सपना को आडमा अब
मान्छेहरू शहरको चकाचौंधमा
जीवनका पलहरू खोजी रहेछन।
उनिहरूलाई थाह छैन
सपना न कहिल्यै आफ्नो हुन्छ
न त वास्तव नै।
फूटेका सपना का टूक्राहरू
बिझ्दछन पैतालाहरूमा
गाँउमा छूटेका
बाउ-बराज्यूहरूको !

Harihar Dahal – Bhok Ra Mrityu

मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |

थुप्रै छातीहरू च्याँतेँ
अनगिन्ती टाउकाहरू पड्काएँ
रगतका फाल्सा र लासका डुंङुरहरूसँग
मनभरी रोंएर पेट्भरि खाएँ |
मैले माटो खाएँ, रगत पिएँ र ढुङ्गा सुतेँ |
घाइतेहरूको आर्तनादसँग
मानवता बाँचिन, क्रुरता ओकलेँ
तिनीहरूलाई निचोरी – निचोरी मारेँ|
र मैले उनीहरूको नुनको गुन फर्काएँ|

ठीक तेसबेला उनीहरू
इन्क्लाब-जिन्दाबादका आवाजहरूले
मृत बस्तीहरूमा बिजय उत्सब मनाउदै थिए|

र मैले यसरी भोकसँग मृत्यु साँटें,
मनभरि रोएर पेट्भरि खाएँ |

Sujan Budhathoki – Birsandai Gayeka Samjhana Haru

सुजन बुडाथोकि – बिर्सदै गएका सम्झनाहरु!

म समुन्द्रको किनारमा गएर
उनलाइ फुलहरु दिने बारे सोच्छु
तर अचानक छालहरु आएर बगाएर लान्छ
हेर्छु आकासको कुनै रङ्गसालाहरुमा
कहिलै नथाक्ने भनेर
धर्ती छाडेर उढेका चराहरु
बादलपारी घाम अस्ताएपछी
कुनै अँध्यारो छितिजमा उसैगरी एकैछिनमा
हेर्दाहेर्दै हराएर जान्छन ।
मलाइ उनिहरुको उन्मुक्त उडानमा कुनै सन्कोच छैन
मलाइ त्यो अँध्यारो गगगमा कुनै अफसोच छैन
म सम्झन्छु त्यो समय साहेद आसक्त छ
घायल छ,
तै भएर त पटकपटक
घडिमा सुइका चालहरुलाइ सेकेण्ड सेकेण्ड पागल झै सम्झन्छ
म सुन्छु त्यो पल त्यो छ्यण आफ्नै मुटुका चालहरु
अनि छतिका धड्कनहरु
जब हावाहुन्दरी आएर तिमिले मलाइ छोडिदिएर गएका
सबै सबै प्रेमका प्रतिकहरु….
ओउठी,चिठ्ठी, फुल,रुमाल र पत्रहरु
कुनै युगल परेवाका प्वाखहरु झै
भुइबाट उनिहरुसङ्गै भुर्‍रर उढाएर लान्छन।
तर लैजान बिर्सन्छन कि यहाँ
तड्पिरहेका सास,
भड्किरहेका याद,
अनि बल्झिएर्‍र सम्झनाहरुमा अल्झिएर
तड्पिरहेका प्यासहरु…
म कैले पनि बिर्सन्न भन्थे तिमिलाइ
म आफ्ननै हृदय या मुटु मान्थे
तर अफसोच त्यसबखत मात्र मैले तिमिलाइ
अन्जान सम्झिएछु,
जुनबेला मेरा धड्कनहरु सुन्यतामा धड्किएका थिए
ती धड्कनहरु
वा मुटुका चालहरु…
जुन बाचिएरै पनि कैले बुज्नै सकिएन जिवनमा बिगतमा
कैले पनि थहा पाइएन…
तिमिले कैले पनि एल्बममा मेरा फोटाहरु पल्टाएर हेरेनोउ या देखेनोउ?
म भने पटक पटक तिम्रा एउटै फोटाहरु हेरिरहे
किनकी त्या अन्तिममा अर्को कुनै फोटै थिएन
आखिर यस्तै कै फरक थियो
तिमिले बिर्सदै गएको यो पुरानो अनुहार
अनि मैले सम्झि राखेका ती तस्बिरहरुमा

साहेद सम्झनाहरु नै स्वार्थी भएर होलान
जो यहाँ हर्कोही पनि
आफुलाइ हृदयघात भएको बखत मात्र
आफ्नो मुटुलाइ सम्झन्छन
भन्न तआखिर” तिमी मेरो सर्वस्व होउ
म सधै सधै सम्जिरहन्छु “भन्छन
र एकैछिनमा पानीजहाज जस्तै बनेर
कुनै सागरको छालमा
या धरातलमा
आफ्ना सबै छापहरु
मेटाएर पखालेर हिड्डै जान्छन
जुन हिडाइ बिवस छ
जुन हिडाइ निर्दोस छ
जस्लाइ हिड्नु मै मोज छ
बाटोमा हिडेका हिडाइहरु नै
उ स्वयम् स्वर्ग सम्झन्छ, सुर्यले पृथ्बीको कुनै कुनालाई
भुलेर घुमे झै
अनि छेवैको किनारलाइ बिर्सिएर जान्छ
बेगन्तब्य,
बिर्सनाहरु पनि यस्तै बिवस छन साहेद
जो हिन्दाहिन्दै स्वयम आफै बिर्सएर जान्छन
यातायातले सडककिनारलाइ बिर्सिएझै
अनि जहाजले खोलाको धारलाइ बिर्सिएर दोउडिन्छन
चम्किन्छन अनि अघाडी बड्छन
अनि एकदिन गति नै हराएर
अन्तिममा जब दुर्घटना परेर
किनारको छेवैमा गएर लड्छन
पल्टिन्छन,
हल्छिन्छन,
सम्झिन्छन
हारगुहारको मद्दत माग्छन,
आखिर गुल्टिएर अनि अन्तिममा केही सीप नलागेर त्यि समुन्द्रको
किनारमा गएर,फोहोर पानीहरुले भरिएर
कुनै लासहरु झै तैरिन्छन
जहाँबाट उनिहरु हिडेका थिए
हो हामीहरु पनि यहाँ यस्तै हिन्छोउ
कि कुनै सवारी जस्तो।

हामी भोकाएका मुसाहरु जस्तै होउ
अनि डङ्गडङ्गती गनाइरहेका गन्धे छुचुन्द्रो होउ
जो बिगृएका बिसालु सिनोहरुको लोभमा
हामी आफ्नो दुरदर्सिता गुमाउछोउ
जिन्दगिभर क्रुर शासक अनि सोसकको खोरमा
चोर जस्तै आफुलाइ जन्मकैदी बनाएर
जेलभित्रै जिवन सढाएर
कुहाउछोउ
अनि अन्तिममा बाघ जस्ता देखिने
बिरालाहरुको सिकार बन्न बाध्य हुन्छोउ।

हामी दिनभरी ताता जमिनहरुमा
अनि काडै काडा ,सिसै सिसाको पथ्थर मैदानमा
दोउडिरहेका भकुण्डो होउ
वा कुदाइएका पुटपाथका फुटबलहरु होउ
जहाँ आफ्नै साथिहरुलाइ दुस्मन बनाएर
खेलाडिहरु लड्छन,चल्छन,बाज्छन
भिड्छन
अनि हामिहरुलाइ पैतालाहरुले कुल्चन्छन, भुइमा उफार्छन
बजार्छन, एकहातले
पछार्छन
अनि आफ्नो सफलताका लागि
गोल्पोस्टसम्म पुर्याएर
खुट्टाको जुत्तामा नचाइएका
पैतालाहरुमा खेलाइएका
हो हामी फुटबल होउ
फगत फुटबल
हामि कुनै बिदेसी रेफ्रीको
नबुजिने भाषाहरुले हिन्छोउ,
अनि सिठ्ठिको आबाजले रोकिन्छोउ
हाम्रो लछ्यमा बिजयको फुलमाला लगाएर
आशीर्वाद थाप्ने निधार अर्कै छ
हाम्रो चित्कारमा रमाएर उफृने
दर्सकहरु अर्कै देसका हुन,
हो हामीहरु मरुभुमिमा उफारिएका फुडवलहरु होउ

हामी ती २१ ओउ सताब्दिका
आधुनिक एलोपेथिका चिकित्सक होउ
हामी ती पुराना आयुर्बेदिक
अनि प्राकृतिक उपचारको
अस्तित्वलाइ अस्विकार गरेर
नभएका रोगहरु देखाएर
मान्छेहरुको चिरफार गर्छोउ,
अनि आफ्ना बिरामीहरुलाइ
बाटामा हिडेको देख्दा
हामिलाइ बिर्सनु भयो कि क्याओ? भन्छोउ
हामी निरोगिलाइ सम्झिने डाक्टर होउ
हामी ब्यपारी होउ
ब्यपारि
ठमेल
रत्नपार्क
अनि बसपार्कका ब्यपारी
जो सुन्धारा,स्वयम्भू,बोउद्द अनि
पसुपतीलाई बेस्यालय बताएर
बनाएर
छिमेकी पर्यटकहरु बोलाएर
अनि आफ्ना गल्लिहरुलाइ पबित्र मन्दिर भन्ठान्छ””

हो अनि हामी तिनै दिल्लि मुम्बैका कोठिहरुमा
आफ्नै कुमारित्व बेचिरहेका बेस्याहरु होउ
हामी प्रेमका नाममा कलङ्गक होउ
जो आफ्नै प्रेमिकालाई
आठम्बर अनि रङ्गिन अभिलाषाहरु देखाएर
फकाएर
फुलाएर
कुनै दलाल ले झै आफ्नो जालमा फसाएर
जिन्दगीभर उस्लाइ मनोरन्जनको साधन बनाएर
सधै सधै सम्भोग गर्न चाहन्छोउ ।

हामी जनता कम अनि नेताका भासण ज्यादा होउ
जो मोउसम या याम झै बद्लिरहन्छ
हामी अरुलाइ मख्ख अनि
खुशी पार्न
बनाइएका एकछिनका कपोकल्लित समचारहरु होउ
तेसैले त हामी बस्तु हर्दम अनि
मान्छे कम छोउ
मानोउ कि हामी पथ्थर भएरै पनि,
फुलहरुको रहर गर्छोउ
अनि फुल भएरै पनि पथ्थरमा पुजिन्छोउ
मानोउ कि हामी भगवान भएर कैले पनि भगवानलाइ
पुज्न सक्दैनहु
हामी फुल भएरै पनि कैले भगवानलाइ पुज्न सकेनोउ
तेसैले त हामी सजिब कम
अनि निर्जिब ज्यादा छोउ
हामि मान्छे भएरै पनि मान्छेलाइ बुज्न सक्दैन हु ।।
!!!!!

Shekhar Dhungel – Aja Ko Sapana

आफ्नो परुन् कि अरुको
अगाडि बढि भाषण छाट्ने रैछु
अंबल दर्जाको म राजनेता रैछु
दर्जनौ संघ सस्थाको
सक्रिय सदस्य म रैछु
जहाँ पुग्दैन रवि
त्यहा म पुग्ने रैछु
झुकेर नमस्कार गर्न सक्ने
बिचित्र खुबी ममा रैछ
प्रसँसाको लेख लेख्न खप्पिस
मैले दोसल्ला र पत्र पाको रैछु
भर्खर हुन्छ र भरे हुन्न भन्ने
खुबी मैले पाको रैछु
अरु ले केही गरे मलाई डाहा हुने रैछ
अगाडि पर्दा मिठो बोल्ने
पछाडि बाट छुरा धस्ने रैछु
गाउ शहर मा मेरै चर्चा रैछ
सपना भित्रै ब्युझिएर
आबद्ध सस्थाको सुची हेरे
एउटामा मेरो परिवार बाहेक
कोइ रैनछन
अर्को हेरे
स्थापनाको डन्का बाहेक
बाँकी काम सुन्य रैछ
अर्को पन्ना हेरे राजनीति को
भजन गाउने ठाउँ रैछ
न दर्ता न मिटिङ
तैपनी अधछ्य बनी
प्रमाण पत्र थाप्दै रैछु
अर्को हेरे
बिबाद नै बिबाद ले
तीन टुक्रा भैसकेको रैछ
मेरो लगानी र योगदान हेरे
हात मा लाग्यो सुन्य रैछ
आफुले आँफै लाई सोधे
गर्न नसक्ने र नगर्ने ले
उफ्रेर किन जहाँ पनि दौडनु ?
यत्तिकैमा ट्यार ट्यार
आलाराम घण्टी बज्यो
धत्तेरिका म त सपना पो रैछु
कुनै संघ सस्थाको सदस्य
नबनेर मैले आज
साच्चिकै शान्तिको
बाटो रोजेछु