Rabindra Nath Thakur – Ashadh Ko Sandhya [From Geetanjali]

आषाढको सन्ध्या घनघोर भयो,
दिवसको अवसान भइसक्यो ।
वर्षाकोव जलधारा क्षण–क्षणबाद झरिरहेछन् :
छाप्रोको एक कुनामा बसेर तिमी कसको विचार–सागरमा लीन
भएका छौ ?
जल–कणले भिजेका हावा जूही पुष्पको वनमा के सन्देश पुर्याउन
गएको ?

वर्षाको जलधारा क्षण–क्षणबाद झरिरहेछन् :
आज ह्दयमा गरंग उठेको छ, तर मैले जुन किनारको खोजी गर्दछु,
सो कहीँ पाइँदैन ।

जल–कणले भिजेका फूलको सुगन्धले प्राणलाई अशान्त पारेको छ ।
अँध्यारो रातका सम्पूर्ण रित्ता प्रहर आज कुन स्वरले परिपूर्ण
गर्न सकुँला ?
कुन चाहिँ मुरली हराएकोले म आज सबै कुरा भुलेर व्याकुल
भइरहेछु ?
वर्षाको जलधारा क्षण–क्षणबाद झरिरहेछन् :