Ramesh Bikal – Ti Dui Nirdosh Ankhaharu

रमेश विकल – ती दुई निर्दोष आँखाहरू

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन ।

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौँला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्या एर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । “आमा भात किन नपका’ – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।”

साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, “भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।”

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुइ-तीन दिनलाई पुग्दैन ।”

“के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपिया फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।” बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

“आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।” सानो भुन्टे रोड्याइ गरेको गर्यौभ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।”

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्या क्क खोलेर दुर्इ जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेर्स्यायो, “तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?”

“होइन के गरेको तिमरुले – को हौ तिमरु -” दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

“पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ – “मर्द हौ भने आओ मसँग जुध्न ।” दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्योर । खुर्पा भुइमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझै रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहिले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द ?”

“ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।” पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हासो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाईसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।”

“हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्याम होइन हेर न यसो केही पाइन्छ कि,” दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्योक । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर”
दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्योि अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।”

दर्ुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने ?”

“किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याोइदिने उसको लोग्ने गएको ठाउमा,” पहिलोले क्रूर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए ।
अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।

अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।

भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधै हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।”

“गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउमा हमला हुदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो ।

“त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।”

“हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र ?”

“होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।” दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपत्तँल गर्न थाल्यो ।

“ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैले के भेटिस् त्यहाभित्र -” पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।”

“यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ् र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुई-चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।”

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हिड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्योर । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा यहा एउटा पाच सयको नोट पनि रहेछ ।”

“खोइखोइ ?” अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।”

अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।” एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै आखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?”

“के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।” अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका दर्ुइ निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।”

यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भिडन्तमा लुटेराहरूमध्ये दुर्इजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता … ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी … लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछैन । नमस्कार जय नेपाल ।

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ?

Madhuwan Paudel – Arkale Lekhi Diyeko Niyati

पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा र व्यथा सुनेको जो कोहीले पनि मुरलीधरलाई सहानुभूतिका दर्ुइशब्द बोल्ने गरेको देखिन्थ्यो । मलाई भेट्नु अघि काउन्टरमा दर्ुइ-चारजनासँग र त्यसपछि मेरा सहयोगीसँग उसले आफ्नो वह पोखिसकेको थियो । “कति भयो यता आएको -” मैले उसलाई सोधेको थिएँ । “नौ महिना ।” नौ महिनाको प्रवासमा मुरलीधर स्याङ्जाको एउटा गाउँको फूर्तिलो लक्का जवानबाट यहाँको एउटा सानो फाउण्ड्रीको रक्स्याहा, अल्छी र अनुत्तरदायी हेल्पर बनिसकेको थियो । वरपरका छरछिमेकी र इष्टमित्र सबैलाई जे पर्दा पनि अगाडि देखिने र सबैको प्रियपात्र मुरलीलाई अहिले जसले पनि आफूभन्दा तीन हात पर उभिएरै जे भन्नुरपर्छ भनोस् भन्ने चाहन्थे । महिनौं ननुहाएजस्तो अनुहार मैले कपडा र जीर्ण शरीर तर तीखा शब्द बोल्ने मुरलीधर भएको थियो ऊ अहिले ।

आफ्नै मामाको छोराले अरबको सपना र बेग्लै संसारको बखान गरेको सुन्दा कति उत्साहित भएको थियो मुरलीधर ! “तिमीजस्तो फूर्तिलो मान्छे यसरी हल्लिएर बस्ने हो – तीनवर्षउता गयौ भने कहाँ पुग्छौँ कहाँ !” सपना बेच्ने पेशाको उसको मामाको छोरो अनि सपनामा आफूलाई डुबाउन खोजिरहेको मुरलीधरबीच देखिएको द्वन्द्व ! मुरलीधर आफ्नै गाउँ, आफ्नै संसारमा रमाइरहेको थियो । सानोतिनो मर्मतदेखि मेलापातसमेत भ्याएर ऊ सबैको प्रियपात्र भएको थियो । उसको सानो गाउँमा मात्र होइन, भञ्ज्याङपारि र वल्लोपल्लो गाउँमा समेत कसैको घरमा बत्ती निभ्यो अथवा कसैको औजारले काम गरेन भने सबै मुरलीधरलाई सम्झन्थे । मुरलीधर बिजुलीको फ्युज हाल्नेदेखि लिएर, कोदालीको पाइन लाउने, खर्ुपाको धार लाउने अनि हुँदाहुँदा कसैलाई परेका बेला बोकेर हेल्थपोस्ट पुर्‍याउने अथवा सदरमुकाम पुगेर वस्तुभाउको औषधि ल्याइदिने कामसमेत सबै गरिदिन्थ्यो । उसको आफ्नो भन्नु पनि को थियो र ! बूढो राँडो बाउ अनि पोइल गइसकेकी एउटी दिदी, जसलाई बाउले घरभित्र नहुलेकाले ऊ लुकीलुकी भेट्न जान्थ्यो र बेलाबेलामा नलीको मार खान्थ्यो । सबै काम जान्नुपर्ने उसका लागि साँच्चिकै बाध्यता पनि थियो । दूइजना प्राणीको भातभान्छा त के कुरा भो र – सानोतिनो खेतीको काम हेलैसँग सकेर ऊ अर्काको काम सघाउन पुग्थ्यो । डिलाघरका काकालाई औषधि थप्नुपर्‍यो कि उनलाई मुरली नै चाहिन्थ्यो, गाउँको पसले काजीलालको भरियालाई बाटो देखाउने काममा पनि मुरली अघि सथ्र्यो, अनि पुरेतको छोरो बिदामा आउँदा सदरमुकाम पुगेर राम्ररी बस चढाएर पठाउने जिम्मा पनि उसैले लिएको थियो । सधैं यस्तै विनासिती गोरु जोतिएझैँ जोतिएर, त्यसै बस्छस् – तेरो फर्ूर्ति र सीपले तँलाई काँबाट काँ पुर्‍याउँछ, थाहा छ तँलाई -”
मामाको छोराको रट !
“हाम्ले त्यत्रो पैसा काँबाटो ल्याउनु नि ठूल्दाइ -”
मुरलीधरको वेदना !
“धत्तेरी लाटा ! बाउलाई भन्ने नि ! त्यत्रो जग्गा जमिन छ, त्यसलाई राखेर अलिकति रिन लिने, तैँले दुइ वर्षै निखन्न सकिहाल्छस् !” पल्लो गाउँको उसको दौँतरीको बाबु सदरमुकामको बैंकमा आफ्नो छोराले पैसा पठाउँदा आफूलाई साथी लगेको सम्झन्छ मुरलीधर ! त्यही पैसाले उनले आफ्नो आधा खेत निखनेका थिए । तर बाँकी आधा अझै गाविसकै कब्जामा थियो ।

“केही पर्‍यो होला त बाबु ! पठाउँला नि फेरि !” बूढा निकै खुसी थिए र छोराले अर्को किस्ता पठाउँछ भन्ने कुरामा आशावादी थिए ।
मुरलीधर र मामाको छोरालाई झण्डै एक महिना लागेको थियो – उसको बाबुलाई चित्त बुझाउन ! मुरलीधरकै मुख हेरेर काजीलालले पैसा दिएको रे ! खेत वन्धकी परेको भन्दा पनि बाउलाई छोरो हिँड्न लागेकोमा बढ्ता पीर लागेको थियो । कुरा मुरलीले नबुझेको होइन । तर सपनाको संसार अनि त्यसको मृगतृष्णाले मुरलीले अरु केही सोचेन । सदरमुकाममा कागजपत्र बनाउने, पासपोर्ट, भिसा, टिकट, डलर साट्ने भन्दाभन्दै मामाको छोराले उसलाई लाख रुपियाँभन्दा बढीको रिनको भारी बोकाइसकेको थियो । हवाइजहाज चढ्ने दिनसम्म पनि मुरलीधरको व्यग्रता कम भएको थिएन । बरु बढ्दो थियो । “घरखेत, त राखियो, भोलि के हुने हो – कस्तो ठाउँ होला….” आदि-आदि चिन्ताले सताइरहन्थ्यो मुरलीधरलाई । बाउलाई पनि विधुवा काकीको हेरचाहमा छाड्नुपर्‍यो । हवाइजहाजभित्र चढेदेखि नै स-साना झोला बोकेर असङ्ख्य सपनाको मायावी संसारमा आफूजस्तै डुबिरहेका अरूलाई हेथ्र्यो मुरली ! अनि आफैँमा हराउँथ्यो । चार घण्टापछि ऊ अर्कै संसारमा आइपुगेको थियो । चौडा र राम्रा सडक, दिन र रात नछुट्टनिे गरी बलेको झलमल बिजुली, विशाल र गगनचुम्बी घर, ढकमक्क फूलेका फूल र हरियाली नाघ्दै त्यो दिन मुरलीधर र अरू नौजना गल्लीभित्रको लामो कोठामा पुगेका थिए । अनि ऊ छाँगाबाट खसेजस्तो भएको थियो । “लौ, अब तिमेरुको पासपोर्ट, ट्राभेलर्स चेक सबै मलाई देओ, भिसाको काम नसकी काम गर्न पाइन्न । दरुइचार दिन घुमघाम गर ।” मुरलीधर र अरूलाई ल्याउने दलाल त्यस दिन यति भनेर हिँडेको थियो । भोलिपल्ट बिहान सबैलाई ५०।५० स्थानीय मुद्रा थमाएर “लौ पल्लो सडकमा खाने ठाउँ छ, म तिमेरुको काममा लाग्छु । दरुइचार दिन आउन्न होला , न हड्बडाउनु” भन्दै ऊ हिँडेको थियो । ऊ र उसका नौ साथी केवल निन्याउरो मुख पार्न सक्थे । टाइ-सुटमा टिपिक्क परेर दामी ब्रिफकेस बोकेर त्यो यच. आर. एजेन्ट भनिने दलाल दरुइचार दिनमा देखा पर्ने गथ्र्यो अनि एक जनालाई लिएर जान्थ्यो । अनि एक दिन उसले मुरलीधरलाई सोध्यो – “ए भाइ ! तिमी फाउण्ड्रीमा काम गर्न जाने अब ! इरानी अर्बाब् -मालिक) छ, काम अलि गाह्रो भए पनि ओभरटाइम पनि भएकोले राम्रो हुन्छ ।” झण्डै एक महिना झयालखानाजस्तो ठाउँमा कोच्चिएर बस्दा मुरलीधर अर्ध विक्षिप्त भइसकेको थियो । कहाँ आफ्नो स्वेच्छामा सबैको हाई हाई बनेर डाँडापाखा दगुरिरहेको मुरली, कहाँ दर्ुबईको एउटा गल्लीमा भेडाबाख्राभन्दा पनि गए गुज्रिएको स्थितिमा कोच्चिएर बस्नुपरेको अहिलेको मुरली !
केही नसोची उसले भनेको थियो, “जान्छु ।”

दिन, हप्ता र महिना बिते – फाउण्ड्रीको मालिकले दिने जाउलो र छजना कोच्चिनुपर्ने सानो कोठा । तीन महिनापछि मुरलीको हातमा १५०० दिरहम परेको थियो । त्यसको केही दिनपछि अर्को ६०० दिरहम ओभरटाइम वापत ! मुरलीधरसँग केही कागज थिएन, केही निस्सा वा परिचयपत्रसमेत थिएन । एक दिन उसलाई फाउण्ड्रीमा लगाउने एजेन्टलाई उसले अकस्मात् बजारमा भेट्यो र कठालो समात्यो । अनि मात्र उसको हातमा आफ्नो पासपोर्टको फोटोकपी र फाउण्ड्रीमा काम गरेको कच्चा निस्सा हात परेको थियो । तिनै कागजात च्यापेर मुरली मकहाँ न्याय माग्न आएको थियो । उसलाई आफ्नो मामाको छोराको नामबाहेक अरु कसैको नाम, ठाम केही थाहा थिएन ।

फाउण्ड्रीको मालिक भन्थ्यो –
“मैले भिसा प्रोसेस गरिराखेको छु ।”
“यसले कामै गर्न छाडिसक्यो म आफ्नो पैसा नउठाइ यसलाई त्यसै कहाँ छाड्छु ! यसले आफ्नै इच्छाले कन्ट्राक्ट्मा सही गरेको छ ।”
मुरली भन्थ्यो –
“मलाई करबलले सही गरायो त्यो अर्बाबले ! केही कागज दिएको पनि छैन, टाइममा तलब पनि दिँदैन । मेरो सेक्रेटरी र उसको गलफती अनि मुरलीको एकोहोरो रर्टाई सुन्दासुन्दा म आजित भइसकेको थिएँ । आफूले गर्न सक्ने एउटै उपाय थियो – औपचारिक उजुरी ! उजुरीपत्रको प्रतिलिपि आफ्नो बर्ुर्सटको खल्तीमा घुसारेर हिँडेपछि मुरलीधर मकहाँ आएन । हामीले सम्झयौँ – मुरलीधर मामिला सल्टिएछ ! तर हिजो एक्कासि खबर आयो – एउटा नेपाली एक हप्ता अगाडि ट्रकले किचेर मरेछ !

आज उसको पासपोर्ट र अरू कागजात मेरो टेबुल अगाडि असरल्ल छन् । म एकपटक मुरली र एकपटक उसको बाबुलाई सम्झन्छु । मलाई लाग्छ – मुरलीको दुर्घटना र उसको मृत्यु कुनै दुर्घटना होइन, बरु एउटा नियति हो, त्यो पनि अर्काले लेखिदिएको ! विधिको विडम्बना, अनि अनेकौं मुरलीधरहरूको एउटा व्यथा । आफ्नो माटो, आफ्नो गाउँ, आफ्नो देशभन्दा धेरै टाढा विदेशमा । म र मजस्ताले सुन्न र देख्न सक्ने तर निदान गर्न नसक्ने !

Acharya Prabha – Akalpaniya Nimantrana [Nepali Laghukatha]

सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ “पकाश, कहाँबाट ल्यायौ त परेवा?” प्रकाश ठट्टाको साथ जवाफ दिन्छ “ख्वै? कुन धर्मात्माले के को भाकल गरेर परेवालाई पूजाआजा गरि रातो अविरको टिका लगाएर उडाएको रहेछ । कहाँबाट कसरी मेरो कौशीमा बस्न आएछ । यसो छेउमा गएको त भागेन, अनि मैले समातेर किन यसको स्वाद नलिउँ त भनेर मारिवरी श्रीमतिलाई पकाउन लगाएँ । यसै खुशीमा तिमिलाईपनि बोलाई हालेको नि । खाउ न मीठो छ । मलाई त परेवाको मासु असाध्य मीठो लाग्छ ।” यतिका गफ चुट्दै प्रकाश मासुको टुक्रा चपाउनमा व्यस्त हुन्छ । सरोज भने प्रकाशको शब्दहरुले किँकर्तव्यविमूढ बन्छ । उसलाई त्यो मासुको भाँडो नै आफुबाट टाढा हुँईक्याई दिउँ जस्तो लाग्छ । उसलाई एक पलपनि त्यहाँ बसेर अरु गाँस मुखमा लगाउन पटक्क ईक्षा हुँदैन । उ विचलित बन्छ । सरोज अनायास गम्भिर भएको देखेर प्रकाशले पुनः प्रश्न गर्छ “सरोज, के भयो ? तिमि अचानक गम्भिर भयौ । तिमिलाई परेवाको मासु मन पर्दैन ?”

प्रकाशको यस प्रश्नले सरोज अनुत्तरित बन्छ । उसलाई दिक्क लाग्छ किनकि यहि परेवालाई उसले बिहानमात्र देशको शान्तीकोलागी कामना गरेर पूजा आजा गरि उडाएको थियो । उ पश्चातापमा पर्छ अनि मान्छेको जातलाई धिक्कार्छ । जसलाई शान्तीको प्रतिक मानेर पूजा गरिन्छ उसैको मासु जिब्रोमा फडकार्दै स्वादिष्ट मानेर खाईन्छ । यो कस्तो बिडम्बना, उ अन्यौलमा पर्छ । उठेर भागुँ या साथीको निम्ता स्विकारुँ ? यत्तिकैमा उसको मोबाईलको घण्टि बज्छ । फोन रिसिभ गर्दा एक अप्रत्यासित घटनाको खबर आउँछ । दुई पार्टीबीचको झगडामा पाँचजनाको मृत्यू र ति मध्ये एक सरोजको आफ्नै भाई परेको खबरले सरोज अवाक् बन्छ र प्रकाशलाई खबरको वृत्तान्त नभनि हत्तारिँदै बाहिर निस्कन्छ ।

Govinda Bahadur Malla ‘Gothale’

गोविन्द बहादुर मल्ल ‘गोठाले’ – हवाइजहाजको गर्भ भित्र

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् ।

कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न आउने साथी रामकृष्ण उसको मानसपटलबाट कतै हराएजस्तो लाग्यो । एयरर्पोटमा पासपोर्ट जाँच्ने पुलिस कस्टममा माल जाँच्ने मान्छे सबै विस्मृतितिर लम्कँदै गए । मानौ ती सबै माया हुन्, यथार्थ त खाली यो जहाजको गर्भ र चुपचाप बसेका मानिसका ताँती । उसँगै एउटा धम्मरधुस सेतो मानिस, जो झ्यालसँगै थियो र जो अंग्रेज हुनसक्छ, अमेरिकन हुनसक्छ अथवा अरू कोही हुनसक्छ, इन्द्रभक्तलाई देखेर पनि हेरेर बसेको थियो । मानौ उसको आ”नै दुनियाँ छ र ऊ त्यसैमा तल्लिन छ । इन्द्रभक्तको पनि दुनियाँ छ, जुन उसको आ”नै हो, अरू कसैको होइन । त्यस्तै ती ताँतीमा बसेकाहरूको पनि आ”नै छुट्टाछुट्टै दुनियाँ छ । सबै छुट्टाछुट्टै व्यक्ति हुन् तर हवाइजहाजको गर्भभित्र आ”नो आ”नो लक्ष्य नपुगेसम्म एउटै प्रारब्ध लिएर तिनीहरू बसेका छन् । इन्द्रभक्तको पनि त्यही त्यस्तै प्रारब्ध छ । हवाइजहाज स्र्टार्ट भएको शब्द आयो, बजिरहेको बाहृय सङ्गीतको धुनमा त्यो शब्द अलमलिएर मिसियो । इन्द्रभक्तले अघिपछि बसेका ताँतीलाई हेर्‍यो । एउटा गोराले अखबारमा आँखा ओराल्यो, एउटी गोरी आइमाईले फुकालेको चश्मा लगाई र एक हिन्दुस्तानीले आँखा चिम्ल्यो । मानौ तिनीहरू जहाजभित्र भएको उद्वेगलाई वास्ता गरेर पनि बेवास्ता गरेझैं थिए । अब इन्द्रभक्तको पिठले सिटमा धक्का दियो । जहाज गुट्क्यो । विस्तारै गुट्क्यो र गुटकिँदै गयो । अनि रनवेमा पुगेर एकछिन सशंकित भएझैं थामियो । फेरि गुट्क्यो र अहिले अघिभन्दा र”तारले गुट्क्यो । सी अफ गर्न उभिरहेका मानिसहरूको अभिवादनलाई बेवास्ता गर्दै गुट्क्यो । एयरर्पोटका घरहरूका ताँतीको माया त्यागेर गुट्क्यो । इन्द्रभक्तलाई यस्तो लाग्यो मानौ यो असार संसारमा कोही छैन, खाली ऊ अकेला छ र सँगमा खाली उसको प्रारब्ध मात्र छ । जहाज एक ठाउँमा पुगेर टक्क अडियो । होइन अझै पनि समय छ प्रारब्धको सामुन्ने आत्मर्समर्पण नगर्न ।

इन्द्रभक्तलाई अचानक चुरोट खान तलतल लाग्यो तर टेक अफ गर्न लाग्दा चुरोट खान मनाही छ । अचानक तूफानझैं चित्कार सुनियो । इन्द्रभक्त सोझो बस्यो । हवाइजहाजको अचानक गति आयो र वेगवती भएर गुट्क्यो । उसले सँगै बसेको मानिसको टाउको माथितिरबाट बाहिर हेर्‍यो । सारा रूखहरू र एयरर्पोटका घरहरू एकै पलकमा साना भए । अहिले मानौ उसले प्रारब्धको अघिल्तिर आत्मर्समर्पण गरेर उसले मुन्टो निहुरायो । हवाइजहाजले जमिन छोडिसकेको थियो र आकाशमा पुगिराखेको थियो । माथि, होइन अझमाथि, होइन अझैमाथि जहाज चढ्दै थियो । इन्द्रभक्तले फेरि झ्यालतिर हेर्‍यो । धरतीका टुक्राटुक्री यति सानसाना देखिए कि उसलाई धरती स्वयं असहाय लाग्यो । उसले सुस्केरा हाल्यो र फेरि एउटा लामो सुस्केरा हालेर आँखा चिम्ल्यो । बाजा बज्न थामिसकेको थियो । मानौ हवाइजहाजको गर्भ अब असाधारण छैन मानिसमा ताँती व्यवस्थित हुन खोजिरहेका थिए अथवा व्यवस्थित हुने बहाना गरिरहेका थिए । एउटी गोरी महिला सामुन्नेको शिरको पृष्ठ भागबाट तख्ता तानेर चिट्ठी लेख्न सुरसार गर्न लागी । एउटा गोराले किताब खोल्यो । अर्को दर्ुइजना गोराहरू अरू सबै बिर्सन खोज्दै आपसमा कुरा गर्न मसगुल भए । अघि देखिन् ध्यान मग्न भएको हिन्दुस्तानीले अहिले आँखा खोल्यो । आर्श्चर्यचकित भएर चारैतिर हेर्‍यो मानौ उसलाई अझै विश्वास छैन ऊ हवाइजहाजभित्र छ भनेर । इन्द्रभक्तले आँखा चिम्ल्यो । आ”नो घर सम्झन खोज्यो । घरैघरको बीचमा अलमलिएर रहेको उसको घर उसलाई स्वप्निल लाग्यो, मानौ त्यो घरै अमुर्त छ । उसले आ”नो आमा बाबुलाई सम्झ्यो तर ती सद अनुहार पनि उसलाई स्वप्निल लाग्यो, मानौ ती पनि अमुर्त हुन् । अन्रि्र ऊ एकदम झस्क्यो ऊ किन यहाँ छ, ऊ कुन लक्ष्यतिर उड्दैछ । हडबडायो ऊ त फिजिक्समा पी.एच.डी. लिन अमेरिकातर्फजाँदैछ । पैदा भएको हडबडीलाई दबाउन उसले चारैतिर हेर्‍यो । अनि उसको आँखा यताउति गरिरहेकी एउटी स्टेवार्ड ठिटीमाथि टक्क अड्यो । मानौ उसले उसलाई भर्खर देख्यो, ऊ निहारिरहृयो हेरिरहर्‍यो । त्यो ठिटी चकलेट पिपरमेन्ट भएको तस्तरी ताँतीलाई देखाउँदै थिई । मुस्कुराएर उत्फूल्ल भएको ऊसको अनुहारले मानौ भनिरहेको थियो, “हो तिमीहरू जमिनमा दुःख सुख, पीडा, भय, मृत्यु, जीवनलाई सञ्चित गर्र्छौं । त्यस्तै म पनि यस गर्भभित्र तिमीहरूजस्तै सबै कुरा सञ्चित गरेर हिँड्छु, डुल्छु र आ”नो काम गर्छु हेर मलाई अरू केही वास्ता छैन ।” अहिले त्यो ठिटीको गोरो बाहु फरफरायो, अनि केही झुक्दा उसको अर्धनग्न पुष्ट स्तनले मौन भाषामा केही बोल्यो । ऊ र्सर्दैर्सर्दै एक रोबाट अर्को रो गर्दै इन्द्रभक्तको नजिक नजिक हुन लागिरहेकी थिई । अर्को दुइरो बाँकी छ । अब बस एक रो बाँकी छ । त्यो रो पुग्दा पृष्ठ भागबाट देखिने ठिटीको पुष्ट गोरो तिघ्रा तन्क्यो । इन्द्रभक्तले आँखा ओराल्यो र आँखा चिम्ल्यो ।

चिम्लेकै आँखाले उसले प्रस्ट देखिरहेको थियो कि उसकै लाइनको अर्को साइडमा त्यो ठिटी पुगिसकेकी छ । त्यो साइडको मानिसले चकलेट लिइसकेको छ । अब ऊतिर फर्की सकी त्यो ठिटी । अनि इन्द्रभक्तले आँखा खोल्यो । सामुन्ने तस्तरी थियो र रङ्गीविरङ्गी कागजमा पोका पारेका चिजहरू । उसको हात सुस्तरी त्यसमा बढ्यो । अहँ उसले त्यो टिठीको अनुहार हेर्न सकेन । उसको हातमा चकलेट दुइवटा थिए र थ्याङ् शब्द उसको गलामै अड्क्यो, बाहिर निस्कन सकेन । सँगै बसेको मानिसले पनि लियो र “थ्याङ्” भन्यो । त्यो “थ्याङ्” शब्दलाई सुनेर निश्चल भएर इन्द्रभक्त रहृयो । त्यो ठिटीको प्रस्फुटित क्रिम पाउडरको वासना इन्द्रभक्तको पछिल्तिर पुग्यो र विस्तारै विस्तारै त्यो वासना हराउँदै गयो । अब इन्द्रभक्तलाई हवाइजहाजको गर्भ र यसभित्र रहेको वातावरण असाधारण लागेन, साधारण लाग्यो र उसको मनस्थिति काठमाडौँको उसको कोठाको भयो । कोठामा बसेर सोचेझैं ऊ सोच्न लाग्यो । साथीहरूको बीचमा पढाइ, लेखाइ र अरू बौद्धिक काममा ऊ सधैँ विजयी छ तर स्वास्नीमान्छे लिएर ऊ सधैँ हार्छ र साथीहरूको बीचमा ऊ हारेको महसुस गर्छ । ऊ पराइ स्वास्नी मान्छेसँग बोल्न हिचकिचाउँछ, आँखा जुधाउन शरम मान्छ । यसैले कति मान्छेको बहादुरी र बहादुरीको स्वांगलाईर् इष्र्या गर्छ । यहीँ आएर ऊ हार्छ । ऊ अहिले व्यवस्थित भएर सोचमा डुब्यो । अब ऊ कोठाको पलङ्गमा लेटेको छ, कौचमा बसेको छ उसलाई कोठाको एक एक कुराको सम्झना भयो । अब घर अमर्ूत भएन । उसले आमाको अनुहार र्छलङ्ग देख्यो, अब त्यो अनुहार स्वप्निल छैन । आमाले सगुनको टीका लगाएको हात उसले देख्यो र चुरा बजेको आभास उसलाई भयो । बिदाबारी हुँदा जस्तै उसको आँखामा आँसु भरियो अनि सँगै जीपमा बसेर गौचर पुर्‍याउन आउँदाको बाबुलाई उसले सम्झ्यो । उसको बाबु स्वरलाई खुलाएर भनिरहेका थिए, “चिठी लेख्न अल्छी नगर्नु ।” अहिले इन्द्रभक्तले जीपमा जस्तै खाली टाउको हल्लायो । एउटी अर्कै स्टेवार्ड ठिटी, जो अलि पुड्की छ, इन्द्रभक्ततिर आइपुगी । इन्द्रभक्त एकदम खुम्चियो । अघिल्तिर बस्नेले उसलाई निर्धक्कसँग केही भन्यो । ऊ हाँस्न लागि । इन्द्रभक्तलाई त्यस मान्छेसँग एकदमर् इष्र्या लाग्यो । यस्तर्ैर् इष्र्या ऊ आ”ना साथीहरूसँग पनि गथ्र्यो, जो तरुनीसँगै लिएर टुँडिखेल घुम्थे अथवा निर्धक्कसँग सिनेमा हलमा टाँसिएर बस्थे ।

उफ उसलाई मात्रै यो किन डर, यो किन सञ्कोच ! त्यो स्टेवार्ड ठिटी अलि पर गएर अर्कैसँग कुरा गर्न लागि । अनि फेरि अर्की स्टेवार्ड ठिटी पानी ल्याएर एकजनालाई दिन लागी । इन्द्रभक्तलाई पनि पानी प्यास लाग्यो । पानी दिने ठिटी फर्केर आउन लाग्दा पानी माग्ने साहस उसले गर्न खोज्यो तर ऊ फेरि बोल्न सकेन, उसको वाक् फुटेन । उसको प्यास गलामै हरायो र असहाय भएर उसले चारैतिर हेर्‍यो । हवाइजहाजको र”तार एकनासको थियो र मद्धिम आवाज पनि एक टंकारको थियो । सायद पाकिस्तान नाघिसक्यो, अफगानिस्तान पुग्छ हर्ेदाहर्ेर्दै हिन्दुकुश रेंज माथिबाट उड्न लाग्यो । लन्चको समय भयो । त्यही स्टेवार्ड ठिटी, जसले चकलेट र्सभ गरेकी थिई, ताँतीको शिरान देखिन्, सिटको पृष्ठ भागको तख्ता तान्दै ताँतीका प्रत्येक व्यक्तिसँग अनुहारमा त्यस्तै मुस्कानको मिठास ल्याउँदै बोल्दै आई । अब फेरि पहिलेजस्तै उसको अर्ध नग्न स्तनले केही बोल्न खोज्यो, गोरो पाखुरा फरफरायो र सेता त्रि्रा तन्क्यो । इन्द्रभक्त नजिक आइपुग्दैछ । ऊ आइपुग्न लागि, आइपुग्न लागी । इन्द्रभक्तको सँगैको मानिसको अघिल्तिरको तख्ता तानी र सोधी, “भेजिटरियन अर नन्भेजिटरियन -” “भेजिटरियन,” “एनी डि्रंक -” ७वियर ।” इन्द्रभक्तले आँखा चिम्लिसकेको थियो । त्यो ठिटीको पुष्ट स्तन पूरा उसको अनुहार नजिक थियो र त्यसबाट प्रस्फुटित सुगन्ध उसको अनुहारभरि व्याप्त थियो, इन्द्रभक्तलाई त्यो ठिटीले आँगमा कोट्याई । इन्द्रभक्तले तिलमिलाएर आँखा खोल्यो र एक अवोध बालकमा हुने शरमको आँखाले त्यस ठिटीलाई निहार्‍यो । त्यस्तै प्रश्न ठिटीले सोधी । उसले जवाफ दिनसकेन । “यु अल्सो भेजिटरियन -” इन्द्रभक्तले खाली च्युँडो हल्लायो । “आण्ड डि्रंक -” अचानक स्वरको बाँध फुटेझैं उसले भन्यो, “नो ।” ठिटी गइसकेपछि ऊ आफैं चकित भयो, आखिर स्वर फुट्यो तर ऊ फेरि आफैं आर्श्चर्यचकित भयो, उसलाई त वियर खान मन लागेको थियो । ऊ हार महसुस गरेर सोचमा डुब्यो । खानेले वियर खाए, हृविस्की खाए । अनि लन्च आइपुग्यो । इन्द्रभक्तले पनि लन्च चपायो । उसलाई र्सभ गर्ने अर्कै ठिटी थिई । उसले खाली आँखा मात्र चिम्ल्यो, मानौ अब ऊ केही हेर्न चाहन्न । अनाशक्त र निर्लिप्त भावले उसले लन्च चपायो र यन्त्रवत् उसले लन्च खान सिध्यायो । हवाइजहाजले अफगानिस्तान नाघिसकेको छ । सायद इरानमाथि उड्दैछ । अब चाँडै नै सिरिया आउला । इन्द्रभक्तले आँखा चिम्लेर भूगोलको नक्सा याद गर्‍यो । अनि मेडिटरियन सी माथिबाट उड्ला । मेडिटरियन सीको आ”नै इतिहास छ । त्यस समुद्रको मार्गबाट कति सभ्यताको आदान प्रदान भयो । कति युद्ध त्यस समुद्रमा भयो होला । कति जहाज डुबे होलान्, कति नयाँ जहाज पौडे होलान्, उसले इजिपसियन, ग्रिक, रोमन, अंग्रेज, जर्मनहरूको इतिहासको मर्मलाई समाउन खोज्यो ।

अनि तलतिरको भूमि । यही भूमिबाट अलेकजेण्डरले विजय पताका फैलाउँदै भारत भूमिमा पदार्पण गर्‍यो । यही तलको जमिनबाट आर्यहरू आए । बुद्ध धर्म भारतबाट फैलियो । पछि मोहम्मदले मुसलिम धर्म प्रचार गरे । महमद गजनी, महमद गोरी, चँगेज खां, सिलसिलाबद्ध नभएर उसलाई स्मरण भयो । पढेको इतिहासलाई उसले सम्झन खोज्यो । उसले धेरै कुरा बिर्सिसकेको रहेछ । इतिहास सम्झन खोज्दाखोज्दै उसलाई न्रि्रा लाग्यो । सायद ऊ सुत्यो, सायद ऊ सुतेको छैन । कानमा जहाजको एक टंकारको मद्धिम स्वर परिरहेकै थियो । अचानक ऊ सिटबाट पल्टनबाजी खाएर भुइँमा खस्यो । ऊ बिउँझ्यो । ऊ उठ्न खोज्यो तर उठ्न सकेन । जडिभूत त्रासले उसले आ”नै सिटलाई हेर्‍यो र खुट्टालाई ट्याप्प समात्यो । हवाइजहाज एकदम असन्तुलित भइसकेको थियो । मानौ एकै पलकमा मृत्युको तूफान त्यसभित्र घुस्यो । एकै वेगमा माथि घुसारिराखेका रग र बेगहरू भुइँमा छरिसकेका थिए । एकै पलकमा मानिसका ताँती डोलायमान भएर पनि जस्तै जडिभूत थिए । “अघिल्तिर रातो बत्तीले ७डेन्जर’ लेखेको थियो । अनि पछि अल्झेको फासन योर बेल्ट ।” अनि एउटी आइमाईले शान्त आवाजले घोषणा गरी, “हामी तूफानभित्र परेका छौं । बच्ने कोसिस गर्दैर्र्छौं, नहडबडाउनुस् ।” अब जडिभूत ताँती एकदम काँप्यो । कोही उठ्न खोज्यो, मानौ मृत्युबाट भाग्नु खाली उठ्नु हो । एउटी आइमाईले डोलायमान हुँदाहुँदै छातीमा क्रस बनाउन सकी । हिन्दुस्थानीले आँखाले खोलेर चारैतिर हेर्‍यो मानौ हेर्नु नै बाँच्नु हो । किताब हेरिरहेको मानिसले यत्रवत किताब कोटको खल्तीमा राख्यो, मानौ काम सिद्धियो अब । हिँड्ने बेला भयो । एउटी आइमाईले आ”नो बच्चालाई जोडसँग च्यापेर सुस्तरी सुस्तरी रोई । इन्द्रभक्त बल्ल बल्ल उठ्न सक्यो र झटपट सिटको वाक्लाई समात्यो । जहाज त्यस्तै डोलायमान थियो, मानौ मृत्युसँग उसको भीषण संर्घष्ा चल्दैछ । इन्द्रभक्तले अचानक देख्यो, नजिकै त्यही चकलेट र्सभ गर्ने स्टेवार्ड ठिटी र उसको स्तब्ध आँखा । इन्द्रभक्तले प्रस्ट देख्यो उसको कमर त्यसमुनिको त्रि्रा, मानौ मृत्युको तालसँग थर्किरहेछ अनि फेरि उसले देख्यो त्यो स्तब्ध आँखालाई समावेश गर्ने उसको अनुहार । अघिको मुस्कान पनि त्यो अनुहारमा स्तब्ध छ । अचानक इन्द्रभक्त रत्तियो । त्यो ठिटीलाई समात्न पुग्यो । एक पलकमा ठिटीको छाती उसको छातीमा अल्झियो र ठिटीको त्रि्रा उसको त्रि्रासँग टाँसियो र उसको ओठ उसको ओठमा । ठिटी स्तब्ध थिई, इन्द्रभक्त स्तब्ध थियो र मृत्युको तूफान हवाइजहाजभित्र उन्मुक्त थियो ।

Hom Shankar Bastola – Pusti Kasari Garne (Nepali Laghu Katha)

होमशंकर बास्तोला – पुष्टि कसरी गर्ने ? (लघु कथा)
(मधुपर्क २०६७ असार)

विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक वर्ष अगाडि एउटा सरकारी संस्थानको जि.एम.मा नियुक्ति भएका विष्णु सिंहलाई अकूत सम्पत्ति कमाएको भनी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । इजलासमा सरकारी वकिल आफ्ना प्रमाण पेश गर्दै बहस गरिरहेको अवसरमा न्यायाधीशले सरकारी वकिललाई प्रश्न गरे-‘ वकिल साप, विष्णु सिंहले भ्रष्टाचार गरेको के प्रमाण छ ?’ अदालत अगाडि रहेको छ तले आकर्षक घर वकिलले देखाउँदै भने ‘ श्रीमान् भ्रष्टाचारको प्रमाण ऊ त्यही छ तले घर हो । ‘ न्यायाधीशले छ तले घरतिर पुलुक्क हेरेर मनमनै सोचे- ‘वर्ष दिन अगाडिको एकतले घर छ तले ! तर कसरी पुष्टि गर्ने ?’

दुवेकोल-७, खोटाङ