Kusum Gyawali – Sanghuro (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – साँघुरो (लघुकथा)

त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।

Hari Prasad Bhandari – Prabritti (Nepali Laghu Katha)

हरिप्रसाद भण्डारी – प्रवृत्ति
(Source of this story: मधुपर्क जेठ, २०६८)

सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।

मन्दिर र कुटीहरूमा चढाएको फूल-प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको बिगबिगी थियो । एक-दुइटा बिराला पनि थिए तर सयौँ मुसाकामासु बिरालाको सङ्ख्या नगण्य थियो ।

मुसाहरूको बगालमा काले र खैरे नामका दुइटा मुसा थिए । दुवै साथीसाथी थिए । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैँ सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।

घरिघरि बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पार्‍यो भने अकालमा मर्न सकिन्थ्यो । सधैँ सतर्क भएर हिँड्थे ।

बिरालाको फूर्ति देखेपछि काले मुसालाई बिरालोको बन्ने इच्छा भयो र आफ्नो इच्छा साथीलाई

सुनायो ।

-‘जाबो बिरालो !’ खैरेले भन्यो ।

तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फूर्ति देख्दा उसलाई ईष्र्या

लागिरहेको थियो ।

कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पार्‍यो र बिरालो बन्ने इच्छा जाहेर गर्‍यो । योगीले आफ्नो योगको बलका आधारमा कालेलाई केही समयका लागि ढाडे बिरालो बनाइदिए ।

‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उपि|mयो, रमायो र वरपर दौडियो ।

बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ, ऊ आहाराको खोजीमा निस्कियो । खैरे र उसका साथीहरुले देखे- काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।

Shekhar Dhungel – Muglane Ko Chiththi

वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ।

लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन ।
त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ ।

कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।

कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर मा खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।

Maya Thakuri – Bhainsi Ra Manchhe

माया ठकुरी – भैंसी र मान्छे

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वर्षीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।

छोरीको कुरा सुनेपछि मुन्टो मात्र हल्लाएर मौन स्वीकृति दिइन् जयसराले । भन्न त मानिसहरू भन्ने गर्दछन् । देशमा जताततै विकास कार्यहरू भइरहेको छ त र जयसराको गाउँमा अझसम्म पनि अँध्यारोपन छाउनलाई द्रि्री बाल्न छुटेको छैन । गाउँसम्म पुग्ने मोटर बाटो बन्छ भनेको सुनेको पनि वर्षौं बितिसक्यो तर अहिलेसम्म पनि बाटो बन्ने सुरसारै छैन जयसराको गाउँदेखि अर्को गाउँमा जानुपर्‍यो भने बेइमानको खोलो माथि बनेको टि्वीन र्-र्घररा) को सहारामा जीउ र्सकाउँदै जानर्ुपर्छ अथवा भीर-पहरा भएको जङ्गलको बाटो हुँदै बिहान झिसमिसेमा हिँडेको मान्छे बेलुका रात पर्न लागेपछि मात्र अर्को गाउँमा पुगिन्छ । वर्षायाममा ठाउँ-ठाउँमा पैह्रो गएर बाटो अवरुद्ध हुने भएकोले गर्दा प्रायःजसो मानिसहरू जङ्गलको बास हुने भयले गर्दा पैदल यात्रा गर्न रुचाउँदैनन् । वरपरका पाँच/छओटा गाउँको लागि भनेर खोलापारीको गाउँमा एउटा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको धेरै समय भएको छैन । गाउँका मानिसहरू बिरामी भएको खण्डमा स्वास्थ्य केन्द्रमा भएका एक मात्र स्वास्थ्यकर्मी घरघर गएर बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि उपचार गर्न भ्याउन्न त्यसकारण पनि बिरामीलाई मचिया अथवा डोकामा बोकेर स्वास्थ्य केन्द्रमा पुर्‍याइने गरिन्छ । कहिलेकाहीँ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा त्यहाँ कार्यरत पियनले नै बिरामीलाई औषधि उपचार गरिदिने गरेका छन् । “यो एकनासको झरीले गर्दा खोलो बढेर गाउँ नै डुबाउने हो कि जस्तो भएको छ । छोरोलाई डोकाँ बोकेर पैदलै हिँडेर स्वास्थ्य केन्द्रमा जाउँ भने बाटा ठाउँ-ठाउँमा पहिरो गएको छ अरे यस्तो अवस्थामा बिरामी छोरोलाई साथमा लिएर जङ्गलमा कसरी रात बिताउने हो । यता छोरो भने झन् झन् ज्वरोले आलस तालस भइसकेको छ । दुःख पायो मेरो छोरोले …म के गरुँ -” आफ्नो विवशतामा आफैं द्रवित भएर आँसुले भिजेको स्वरमा बोल्छिन् जयसरा । “के गर्ने हो खोइ ! जति सोचे पनि यो विपदबाट पार पाइने उपाय देख्दिन म त । कत्रो आश गरेर रिन गरेर भए पनि ठूल्ठूला फाँचो भएको दुहुनो भैंसी किनेर ल्याएको थिएँ । दूध पनि मनग्गे दिने गरेको थियो । अलिअलि भए पनि केटाकेटीको मुखमा दूध/दही पर्ने गरेको थियो । अब भने बन्धकी राखेको घरखेत छुटाउन र साहूको रिन तिर्न सकिने भो भनेर ढुक्क भएको थिएँ । मलाई त जिन्दगीमा कहिल्यै सुख नपाउने सराप परेको छ कि क्या हो अस्ति रातिसम्म राम्रैसँग दानापानी खाएको भैंसी हिजो बिहानदेखि बसेको ठाउँबाट हल्लिन पनि खोज्दैन । दूध दुहनलाई उभ्याउन खोजेको तर ऊ डेग चलेन । दाना अघि राखिदियो भने मुन्टो बर्टार्छ । दानामा भुस्सा नराखेर दिंदा खालाकी भनेर भुस्सा नराखेको दाना दिएँ अहँ दाना खान त परै जाओस् दाना राखेको भाडोतिर हर्ेदा पनि हर्ेर्दैन । क्यै गरेर यो भैंसी मर्‍यो भने बर्बाद हुने भइयो ।” भैंसी मर्छ कि भन्ने पीर र आशङ्काले भित्रभित्रै हताश भएका हर्षानले पीँडामय स्वरमा भन्छन् । “कतै भ्यागुतो रोग पो लाग्या हो कि.. ।

बिहान म गोठमा सोतर राख्न जाँदा भैंसीको पेट पनि फुलेको जस्तो लाग्यो । जयसराले कुरा थपिन । भ्यागुते रोग लागेको रहेछ भने त बचाउन गाह्रै पर्छ । स्वास्थ्य केन्द्रसम्म पुग्न पाए त तै आश गर्न सकिन्थ्यो । जे पर्ला पर्ला टि्वीनमै झुण्डिएर भए पनि औषधी लिन त जानै पर्ला ।” हर्षानले जोसिँदै भने । “हुँदैन । हुँदैन । यस्तो विधि आँधिबेरी आइरहेको बेला घरबाट निस्कनै हुन्न । घर्रामा झुण्डिएर खोलो पार गर्ने त आट्नै सकिन्न । अहिले खोलो बढेर अजिङ्गको जन्तुजस्तो भएको छ । गाउँमा खोलो पस्यो भने हाम्रो के अवस्था हुने हो भन्न सकिन्न । यता छोरोको अवस्था यस्तो छ । मर्नै परेछ भने पनि सबै सँगै मरौंला । बरु सकिन्छ भने डाँडाघरे साइँला दाइकहाँ गएर अस्ति दिएको झैं औषधी मागेर ल्याउनुहोस् ।” हर्षानलाई खोलो पारि जानबाट रोक्दै जयसराले भनिन् । खोइ त्यो औषधी पनि पुरानो भइसकेकोले हो कि एउटा चक्की खुवाउनु पर्नेमा दुइओटा खुवाउँदा पनि कामै लागेन । मलाई त भैंसी झोक्राएको देखेर त्यसैत्यसै भाउन्न छुटेको छ क्यै गरी यो भैंसीले सास फेर्न छोडी भने त आफूसँग भएको सिरीखुरी सबै बेचे पनि साहूको रिन तिर्न सकिँदैन । जे पर्लापर्ला म स्वास्थ्य केन्द्रमा पुग्नैपर्छ नत्र भैंसीलाई बचाउन सकिन्न ।” बसेको ठाउँबाट जुरुक्क उठ्दै भने हर्षानले । “त्यस्तै ढिपी गरेर जाँदा त हो नि अस्ति तल्लाघरे रुद्रे उर्लदो भेलमा खसेको । अहिलेसम्म उसको लास पनि भेटिएको छैन । बरु झांकी दाइलाई बोलाएर ल्याउनुहोस् ।” जयसराले भनिन् । “त्यो धामीको पनि भर छैन मलाई । ढ्याँग्रो ठटाएको भरमा गाउँका सोझा मानिसहरूलाई दशैंलाई भनेर जोगाइ गरिराखेको बोको काट्न लगायो पछि स्वास्थ्य केन्द्रमा नपुर्‍याएको भए तँ बाच्ने थिइनस् । झाँक्रीले फुकेको भरमा रोग निको हुने, भएको भए स्वास्थ्यकेन्द्र किन चाहिन्थ्यो र हाम्लाई ! फटााहाहरू हुन् सबै हामीलाई उल्लु बनाउन खोज्दैछ ।” अनायासै रिसले मुट्मुरिदै भन्छन् हर्षानले । “पानी….पा…..नी….!” त्यति नै बेला ज्वरोले निस्लोट भएको कमलले सानो स्वरमा पानी माग्छ । “कठै ! मेरो बाबु ! कति दुःख पायौ बा ! यसरी झरी नपरिदिएको भए म आफैंले तिमीलाई बोकेर खोलापारि पुर्‍याउने थिएँ । म के गरुँ…..!” हातको सहाराले छोरोलाई उठाएर आड दिंदै पानी खुवाउँदै भन्छिन् जयसरा- आँखाभरि पीँडा बोकेर हर्षान त्यहीँ उभिएर निर्निमेष दृष्टिले छोरोलाई एकटक लाएर हेरिरहन्छ । “बा.. । बा… । गोठ ढल्यो त्यति नै बेला सरस्वती आत्तिँदै र चिच्याउँदै ढोकामा आएर भनी । “हेर्नोस् न छोरो त बेस्कन काम्न थाल्यो । लौ न छोरोलाई के भयो -” एक्कासि सारा शरीर नै थरथर कमाउँदै बडो कष्टसाथ मुखबाट ‘हुँ…हुँ…हुँ’ गर्दै ओछ्यानमा छट्पटिन थालेको छोरोलाई सम्हाल्ने प्रयत्न गर्दै अत्तालिंदै भन्छिन् जयसराले- “बा ..! भैंसी कराइरहेको छ ।

गोठ त जम्मै ढलेको छ ।” काम्दै गरेको नाबालक छोरोको फुस्रो अनुहारतिर आहत दृष्टिले हेरिरहेका हर्षान सरस्वतीले बोलेको स्वरले झस्कन्छन् र कोठा बाहिर जानको निम्ति अग्रसर हुन्छन् । “हेर्नोस् न छोरोलाई ! यसको त अनुहारै कस्तो-कस्तो भयो हरे ! म के गरुँ !” आँखाबाट बरबरती आँसु खसाल्दै भनिन् जयसराले । “बा.. भै…सी !” सरस्वतीको मुखबाट विस्तारै अस्फुट स्वर निस्कियो । “लौ न ! हेर्नुहोस् न ! छोरो ता लल्याकलुलुक भइसक्यो । बाबु मेरो छोरो ..।” जयसराको करुण स्वर कोठाभरि गुञ्जियो । एकाएक टक्क उभिएका हर्षानको दृष्टि मृत्युसँग जुधिरहेको असहाय बालक छोरोतिर पुग्यो अनि तत्कालै फरक्क फर्केर उनी बेगसँग बाहिर गोठ भए ठाउँतिर दगुरे ।

Shekhar Dhungel – Bewarise Ujuri (Nepali Laghu Katha)

चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?”

पसलेले उनी हिजो मात्र शहिद भए भनी घटनाको बिबरण के बताउदै थिए, त्यो सुनेर उनी लत्र्याक लुत्रुक्क परिन। एकै क्षणमामा बुढीको धडकन् बन्द नै भयो भनी सबैलाई सुनाउदै थिए। तैपनि वरिपरिका मानिसहरू प्रश्न गरिराखेका थिए, “के तिमी उन्लाई चिन्छौ ? “, “ती सैनिक र उनको नाता के हो ?”, “के भन्दै थिइन उनी ?”, “कहाँ हो उनको घर ?”, आदि आदि।

त्यत्तिकैमा प्रहरी आइपुगे । भीडलाई हटाउँदै लासलाई घेरे अनि अनुसन्धानको नाममा फेरी पत्रिका पसलेसित सोधपुछ गर्न थाले । लासको प्रकृति मुचुल्का लेखे । बृद्धाको सनाखत अँझै हुन सकेको थिएन । अनुसन्धान अधिकृतले ती बृद्धा र हिजै शहिद भएका सैनिकको कतै नाता पो पर्दछ कि भनी सैनिक मुख्यालयसित जानकारी माग्न आफ्नो माथिको अड्डालाई अनुरोध गरे । सनाखतको अन्तिम बिन्दुमा पुग्नै लाग्दा उनले बाँधेको पटुकीको एउटा कुनामा केही चानचुन पैसा र नेपाली कागजमा लेखिएको खेस्रा भेटियो । त्यसैमा रहेछ बुढीआमाको संसारिक विवरण । बुढीआमाको उजुरी खेर्सा र पत्रिकामा छापिएको शहिद सैनिकको विवरण दाँजेपछि अनुसन्धान अधिकृतलाई स्पष्ट हुन गाह्रो परेन कि उनी तिनै शहिदकी अभागी आमा थिइन जो छोरा अनि न्याय खोज्न भर्खर शहर पसेकी ।

प्रकृति मुचुल्का समाप्त गर्दा गर्दै बुढीआमाको पटुकीमा मिलेको कागजको टुक्रा पढिसकेका अधिकृतको आँखाभित्र आँसु रोकिन सकेन र छछल्किएर बाहिर निस्क्यो । केही बर्ष अघि मात्र उनकै आमाको पनि त्यस्तै खबरले हृदयगति बन्द भै मृत्यु भएको थियो । बिस्मात त के भने उनी जिउँदै थिए तर मर्यो भन्ने खबर पुगेको थियो । यहाँ भने छोराको खोजीमा आउँदा छोरो शहिद भएको समाचारको फोटो देखेर बुढीआमा सम्हालिन सकिनन ।

सैनिक मुख्यालयबाट शहिद सैनिक शिवबहादुरकै गाउँले मित्र पनि घटनास्थलमा आए अनि अनुसन्धान अधिकृतलाई राम काहानी बताउन थाले “बिचरा बुढीआमा बर्ष दिनअघि मात्र म घर जाँदा शिवको खबर लिएर गएको थिएँ। ‘कहिले छोराले धन कमाइ ल्याउला ? कहिले बुहारी आउलिन् ? नाती-नातिना खेलाउने मेरो धोको कहिले पुरा होला ? र म आरामसित मरौंला ? मेरो छोरो अर्को हफ्ता आउछ रे । फेरि छुट्टी मिलेन रे । अर्को हप्ता त पक्का आउँछ रे,’ भन्दै गाउँलेलाई खबर गरी राख्दथिन् रे उनी । केही बर्ष अगाडि देखि मात्र गौरबशाली शाही नेपाली शेनामा भर्ना भएका शिवबहादुरकी आमालाई सामन्तको सेवक भन्दै घर र पाखा बारी कब्जामा लिएर गाउँबाट नै निकाली दिएका रहेछन् ।

बुढीआमाले कसैलाई लेखाएकी त्यो उजुरी पत्रले उनको ब्यथा बोली राखेको थियो । बिडम्बनाको सानो पात्र मात्र हुन शिवकी बुढीआमा । उनीसँगै उनका दर्जनौ बिन्ती पत्र र उजुरी बेवारीसे भैसकेका थिए । बुढीआमा घरजग्गा फिर्ता पाउँ भन्दै गाउँ , जिल्लामा निवेदन गर्न पुगिन्, कसैले सुनेन । शहर पुगिन्, कसैले “हुन्छ हेरौंला। भोलि आउ” भने। कसैले “तिम्रो मात्र हो र? सबैको एकैचोटि हुन्छ, पर्ख” भने । कसैले कब्जा गर्नेको अनुमति चाहिन्छ भने । प्रहरी प्रशासन त झन् “राजनैतीक सहमति जुटाउ अनि मात्र तिम्रो काम हुन्छ हामीले केही गर्न सक्दैनौं” भन्दा रहेछन । कोहि “हाम्रा पनि सन्तान छन कब्जा गर्नेसित दुष्मनी मोल्न सक्दैनौ भन्थे” र तर्कन्थे । शिवकी आमाको रोदनलाई कसैले वास्ता गरेनन कसैलाई गोष्ठीमा, कसैलाई सम्मेलनमा, कसैलाई उद्घाटनमा जान चटारो । आफ्ना गाउँका नेतालाई भेटेर कब्जा पाखोबारी फिर्ता गराउँला भनी सपना बोक्दै भोक भोकै नेताहरूका घर घर चाहर्दै गरेकी शिवकी आमा एक्कासी आफ्नो छोरोको फोटो पत्रिकामा देखेर बहुत खुशी के भएकी थिइन कहाली लाग्दो यथार्तता सुनेर सम्हालिन सकिनन् । आज अनुसन्धान अधिकृतको टेबुलमा गिज्याइरहेको छ बुढीआमाको पटुकीमा च्यापिएको त्यो कसैले नसुनेको उजुरी पत्र ।

शेखर ढुङेल
०७-२५-२००९