Narayan Tiwari – Ek Jugma Ek Din

नारायण तिवारी – एक जुगमा एकदिन
(नेपाल साप्ताहिक अंक २७६)

जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ पढ्थ्यो, त्यतिपटक उसलाई घृणाले थुक्न मन लाग्थ्यो र बसको बाहिरबाट मुन्टो निकालेर पिच्च थुकिदिन्थ्यो । फेर डर पनि लाग्दथ्यो, कसैले देखिहाले भने – अर्थात्, त्यहाँ पहरामा बस्ने सेनाको जवानले देखिहाल्यो भने…- उसको शरीरका छाला काडिन सक्थे । ‘तै“ले कसलाई थुकेको – राष्ट्रियताप्रति यस्तो अपमान – राष्ट्रिय एकताको प्रतीक सरकारप्रति यस्तो घृणा – ठोक यसलाई…’ यसो भनिन र त्यसो गरनि सकिन्थ्यो ।

फेर िलाग्थ्यो, विचरा जवानको पनि के दोष – जसोजसो बराजु, उसैउसै नाति… । अनुशासन भनेको राजाज्ञा हो, राष्ट्र भनेको राजा हो, राष्ट्रियता भनेको राजाको जयगान हो भनेर जसलाई पढाइन्छ, सुगालाईझै“ जसलाई रटाइन्छ, त्यो बबुरोले कसरी बुझोस्- राष्ट्र भनेको त जनता हो, राष्ट्रियता भनेको त जनताप्रतिको माया हो, उनीहरूको आँसु पुछ्नु हो देशभक्ति भनेको, बिचरा जवानलाई के कसरी थाहा होस्… त्यसमाथि नेपाली सेना नभनेर, नलेखेर शाही सेना अर्थात् राजाको सेना लेखिने गरेको परपिाटीमा बिचरो जवानले के पो गरोस् गोली ठोक् भन्यो भने गोली ठोक्छ, जनतालाई सलाम ठोक् भनेर सिकाएको भए पो जनतालाई सलाम ठोक्छ …। उसको मनमा खुसीको लहर दौडिएको छ । कतिबेला घर पुगुँ र श्रीमतीलाई भनुँ भइरहेछ उसलाई ।

“बुझिस्, धनकुटाको ब्यारेकमा आज मैले राजा र रानीको जयजयकार देखिनँ ” उसलाई कतिबेला घर पुगेर साथीसङ्गीलाई सुनाउँ भइरहेछ । “के देखिस् त के देखिस् -” भनेर लङ्गौटिया साथी किरणले उसलाई सोध्यो भने भन्नेछ, “त्यहाँ त मातृभूमि नेपालको जय जय जय लेखिएको देखे“ ।” फेरि भन्नेछ, “सेनाले मानौ“ मलाई नै सलाम ठोके ।”

उसलाई सम्झना छ, पहिला-पहिला सेनाले अत्यन्त शङ्कालु आँखाले हेर्थे । उसलाई मात्रै होइन, तेह्रथुमबाट आएको बस त्यहा“ रोक्नर्ैपर्दथ्यो र बसका सबै यात्री उत्रिएर हात माथि उठाउँदै, आफ्नै देशको सेनासित थर्कमान हुँदै लाइन लागेर सेनाको शङ्कालु दृष्टिको कोपभाजन सबैले बन्नैपर्थ्यो

अहिले ऊ मजासित हि“डिरहेछ । चेकपोस्ट हो, जा“चपास गर्नु, अनियमित क्रियाकलाप नहोस् भन्नु, तस्करी नियन्त्रण गर्न सघाउनु, ठीकै छ नि अपराधीहरूलाई दण्डहीनताको अनन्त छुटबाट उम्किन नदिनु जनताकै रक्षाका लागि हो नि † होस् न यस्तोखाले चेक जा“च होस्, हामी खुसीसाथ सघाउ“छौ“, सोच्दै ऊ सैनिक जवानसित आ“खा भिडाउ“दै मजासित मुस्कुराउ“दै हि“डिरहेछ । सैनिक जवानको आ“खामा पनि पहिले-पहिलेझै“ शत्रुवत् ‘नजर’ छैन, बरु मायालु अपनत्व छ । सैनिक जवानको अनुहार पनि पहिले-पहिलेझै“ सङ्कुचन, दम्भी छैन- बरु खुलेको छ, ह“सिलो छ । त्यसैले उसलाई लाग्यो, सैनिक जवानले ऊप्रति हर्ेर्दै मसुमुसु हा“सेको भनेको उसलाई सलाम ठोकेको हो । उसलाई सलाम ठोकेको भनेको राजालाई होइन, जनतालाई अब हामी राजाका तावेदार होइनौ“, जनताका सेवक हौ“ भनेको हो ।

“बुझिस् किरण, अबको नेपालको सेना हाम्रो सेना हो, हाम्रो प्यारो सेना हो । बुझिस्, मलाई बाटामा पहिला-पहिलाझै“ कुनै दुःख भएन उनीहरूबाट । अहिले त मलाई अ“गालो हाले । बुझ्न त“, अहिले त उनीहरूले जनतालाई अ“गालो हाले †” ऊ भन्नेछ किरणलाई, त्यसका निम्ति ऊ व्यग्र छ ।

धनकुटा कट्यो । बाटाहरू छिचोलि“दै गए । बसको झ्याल छेऊमा थियो ऊ, सिरीररिी चलेको चिसो बतासले पनि उसको मनलाई शीतल पार्दै गयो ।

ब्यारेकमा लेखिएको ‘नेपाल माता जननी † त्रि्रो सदाकाल जय, अखण्ड यो प्यारो देश नेपाल जय जय जय †’ अझै जस्ताको त्यस्तै उसको आ“खामा उत्रिरहेकै छ र उसलाई काउकुती लागिरहेको छ ।

तेह्रथुम आउ“दा-जा“दा जतिपटक ऊ पहिला-पहिला ब्यारेकबाट गुज्रिन्थ्यो, त्यति-त्यतिपटक एउटा राष्ट्रिय जीवन ऊ मर्दथ्यो । तर, यसपटक उसलाई मुक्ति मिलेको छ । उसलाई मुक्ति जीवनबाट होइन, पहिला-पहिला हुने गरेको उसको मृत्युबाट उसलाई मुक्ति मिलेको छ ।

सोच्दा नै हो छाती पनि दुख्ने/नदुख्ने । राष्ट्र पनि दुख्ने/नदुख्ने । सोच्यो भने नै हो राष्ट्र पनि प्यारो या नप्यारो । ऊ सोचिरहेको छ, यतिबेला राष्ट्रको सच्चा राष्ट्रवादी भएर सोचिरहेको छ । छिः ‘राष्ट्रवादी’ शब्दलाई पनि मण्डलेहरूले व्यक्तिपूजा गरेर बिटुल्याए । मै हु“ राष्ट्र, मै हु“ राष्ट्रियता, जनता सबै भुसुना भनेर निरङ्कुश राजाहरूले पनि सदासदा यो राष्ट्रलाई कुल्चिए र आफ्नो स्वार्थ सा“धे † अब उसलाई सन्तोष लागेको छ ।

“तपाईंलाई मात्र राष्ट्रको चिन्ता, अरूलाई चाहि“ केही नहुने -” श्रीमतीले उसलाई भनेकी थिई ।

“होइन अरूलाई पनि होला नि, नबोलेका मात्र हुन्”

“अनि तपाईं मात्र किन बोल्ने नि…-” श्रीमतीले सम्झाएकी थिई ।

एकपटक संसारीमाइस्थानको कवि गोष्ठीमा, नगरपालिकाका उपमेयर गङ्गा भगतको सभापतित्वमा सम्पन्न कवि गोष्ठीमा राजागानलाई राष्ट्रिय गान भनेर बजाइयो । त्यसबेला भर्खरर्-भर्खर ‘प्रजातन्त्र’ आएको भनिएको बेला थियो र पनि नक्कली राष्ट्रगान बजाइयो । ऊभित्र अपुर्व उत्साह थियो, यी नेताहरू किन फर्ेर्दैनन् यो नक्कली राष्ट्रगान – उसको गुनासो थियो ।

कार्यक्रम प्रारम्भ हुनुपर्ूव नै सबैलाई उभ्याइयो । तर, अह“ ऊ उठेन । त्यसो त त्यसअघि, त्यसपछि पनि नक्कली राष्ट्रगान घन्किएकै हो । तर, त्यसपटकको कुरै बेग्लै । त्यसपटकको स्मृतिमा छापै बेग्लै । राजागान नकच्चरो बनेर राष्ट्रियगानका रूपमा बजिरह्यो, अरू अन्ठाएर उठिरहे, मुख चलाइरहे तर ऊ उठेन पनि र मुख पनि चलाएन । उसलाई साथ दिने अर्का थिए, कवि बद्री भिखारी

ऊ सम्झिरहेको छ रामरझिन यादवलाई, जसले पनि यस्तो गर्नैपर्ने दुस्साहस बेलाबखतमा गरेका थिए । यतिबेला, सच्चा राष्ट्रगान बजिरहेका बेला रामरभिmन यादवजीको अनुहारमा पनि सन्तोषले प्रसन्नता छाएको हुनर्ुपर्दछ, ऊ सोचिरहेको छ ।

थाहै नपाई धरान आइपुग्यो । थाहै नपाई इटहरी आइपुग्यो । थाहै नपाई विराटनगर आइपुग्यो ।

यो ब्याङ्कको जागिरमा, ठूलो ठाउ“मा त्यतिविधि चियोचर्चो हु“दैनथ्यो । विराटनगरमा नरह“दाको पीडा ऊ झेलिरहेको थियो । “त्यसबेला अर्थात् १९ दिनको आन्दोलनका बेला म किन विराटनगरमा भइन“,” उसलाई थक्थक् लागिरहेको थियो । तेह्रथुममा पनि आन्दोलन मच्चिएकै हो । उसले सानो ठाउ“ भए पनि सानै हैसियतमा जागिरलाई हत्केलामा राखेर सहभागिता जनाएकै हो । यद्यपि, त्यसबेला सधै“ चुप लाग्नेहरूका पनि ओठ खुलेका थिए । सधै“, राजनीति गरेको आरोप लाग्छ भन्ने अरू कर्मचारीहरू पनि सडकमा उत्रिएका थिए ।

लाटा-सुधा बोल्न थाल्दछन्… कायर पनि वीर हुन्छन्, वेग चल्छ जोसको…एक जुगमा एकदिन एकचोटि आउ“छ…† गोपालप्रसाद रमिालको कविता मानौ“ र्सार्थक भइरहेको थियो । तर पनि ऊ असन्तुष्ट थियो । तेह्रथुममा ऊसले चाहेजति आन्दोलनमा आफूलाई होम्न नपाएको, उसलाई लागिरहेको थियो । विराटनगरमा भएको भए ऊ जनआन्दोलन चौकमा उप|mी-उप|mी कराउने थियो । निरङ्कुश राजतन्त्रको अब मिति पुग्यो भनी ऊ सारा विराटनगरवासीलाई ब्यूंझ्याउने गरी चिच्याउने थियो । यद्यपि, सारा विराटनगरवासी उसको अनुपस्थितिमा पनि जर्ुर्मुराएर उठेकै थिए । प्यारो विराटनगरमा उसले किन सारा विराटनगरवासीसित कदममा कदम मिलाएर क्रान्तिको विगुल फुक्न सकेन भन्ने एउटा घिड्घिडो रहेकै थियो ऊभित्र…।

कुनबेला भृकुटी चौकमा उत्रियो, त्यो पनि थाहा पाएन । कुनबेला रक्िसामा चढ्यो, त्यो पनि थाहा पाएन । कुनबेला घरमा रक्सिबाट उत्रियो, त्यो पनि थाहा पाउने थिएन यदि त्यतिबेलै ससाना नानीहरूले ‘बाबा आउनुभयो, बाबा आउनुभयो’ भनेर हल्ला नमच्चाएका हुन्थे भने…।

उसले नानीहरूलाई अ“गालो हाल्यो । श्रीमतीले रक्िसावालाका हातबाट झोला लिइसकेकी थिई । रिक्सावालालाई भाडा पनि श्रीमतीले नै तिरिदिइसकेकी थिई ।

ऊ भने भित्र कोठामा पसेर ससाना नानीहरूका हात उठाएर हावामा नचाउंदै कराइरहेको थियोः

निरङ्कुश राजतन्त्र मुर्दावाद
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद