Mahesh Bikram Shaha – Euta Arko Khadal

महेशविक्रम शाह – एउटा अर्को खाडल
(हिमाल खबरपत्रिका)

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि छुट्याइएका थिए भने डोको बोक्नेहरू युद्धमा मारिएका छापामारहरूलाई युद्धमैदानबाट डोकोमा बोकेर ल्याई खाडलसम्म पुर्‍याउन खटिएका थिए ।

खाडल खन्दाखन्दै उसले आफूलाई दिइएको जिम्मेवारी मनन गर्‍यो । उफ् ! कति कठोर र हृदयविदारक छ यो काम ! जिउँदा कमरेडहरूले केही समयपछि मृत्यु अँगाल्ने सम्भावनाका साथ ऊ खाडल खनिरहेको छ । मानौँ, खाडल युद्धको महान् दर्शन हो र त्यहाँ पुरिने सम्भावनालाई स्वीकार गर्नु युद्धको आधारभूत सिद्धान्त हो । उसलाई कुनै कमरेडले एक पटक यस्तै भनेको सम्झना हुन्छ ।

खन्दाखन्दै ऊ टक्क रोकियो । थकाइले लखतरान भएको थियो ऊ । दाहिने हातको बाहुलाले अनुहारको पसिना पुछ्दै लामो सुस्केरा छोड्यो । दायाँबायाँ हेर्‍यो । साथीहरू पनि लहरै खाडल खनिरहेका थिए । उसले अँध्यारोमा तिनका अनुहारहरू ठम्याउन सकेन तर जमिनमा लगातार बज्रिरहेका कोदालो, फरुवा र बेल्चाको एकोहोरो आवाज र खाडल खन्नेका गलाबाट निस्किरहेको हँ… हँ… हँ… स्वरलहरीले ऊ अनुमान गरिरहेको थियो कि छिटो छिटो खाडल खन्नका लागि सबैजना व्याकुल भइरहेका छन् ।

“छापामारको सशस्त्र टोली अब आफ्नो लक्ष्यमा पुग्नै लाग्यो होला । सम्भवतः केही समयपछि नै दुवै पक्षहरूबीच मेघ गर्जेझैँ गोलीका पर्रर्ाा छुट्नेछन् । र, भकाभक भुइँमा शरीरहरू ढल्नेछन् ।”

आजको युद्धमा पनि मान्छेहरू मारिनेछन् । मारिने सबै नेपाली हुनेछन् । तिनमा सम्भवतः उसले सलाम ठोक्नुपर्ने कमरेडहरू पनि हुनेछन् र हुनेछन् उसका सहकर्मीहरू, जसको सङ्ख्या उसले खाडल खन्न थालेदेखि पातलिँदै गइरहेको छ ।

“मैले आज पनि मर्नेहरूलाई खाडलमा पर्ुर्नुपर्नेछ,” उसले आफ्नो जिम्मेवारी बढेको महसूस गर्‍यो ।

उसले कोदालो उठायो र फेरि जमिन खोस्रन थाल्यो । डोकेहरूले युद्धमा गोली लागेर क्षतविक्षत बनेका छापामारका लाशहरू बोकेर ल्याइपुर्‍याउनु भन्दा पहिले खाडल खनिसक्नुपर्ने कुरामा ऊ सचेत थियो । उसले कति खन्यो यस्ता खाडल, उसलाई केही हेक्का छैन । ती खाडलमा कतिजना पुरिए वा उसले कतिजनालाई खाडलमा पुर्‍यो, यसको पनि उसले कुनै जानकारी राखेको छैन । उसलाई यत्ति मात्र थाहा छ, अहिले खनिरहेको खाडलझैँ पहिले पनि उसले धेरै खाडल खनेको थियो र युद्धमा मारिएका छापामारका निर्जीव शरीरले पुरिएका थिए ती खाडल । ती शरीर विभिन्न रूप, बनोट र वर्ण्र्ाा थिए । ऊ कसैलाई चिन्थ्यो, कसैलाई चिन्दैनथ्यो । चिने पनि नचिने पनि आफ्ना सहकर्मीहरूले वरण गरेको बीभत्स मृत्युले उसको मनमा हुण्डरी चलाउँथ्यो ।

‘ओह ! मैले कति खाल्डा खनेँ कति !’ खाडलमा जम्मा भएको माटोलाई बेल्चाले बाहिर हुर्‍याउँदै सोच्यो उसले । उसको सोचाइमा उसले खनेको पहिलो खाडलमा पुरिने मान्छे उसको आफ्नै ‘बा’ थिए ।

खोलाको बगरमा फेला परेको, गोलीले क्षतविक्षत ‘बा’ को दर्ुगन्धित लाशलाई उसले बगरमा नै खाडल खनेर गाडेको थियो । लाशलाई माटोले पर्ुर्दै उसले प्रण गरेको थियो, ‘बा’ को मृत्युको कारणलाई पनि एकदिन उसले यसैगरी खाडल खनेर गाड्नेछ ।

उसको मस्तिष्कमा ‘बा’को धूमिल आकृति सल्बलायो तर त्यो निर्जीव आकृति उसले खनेको पहिलो खाडलले छोपियो । त्यसपछि सिलसिलाबद्ध रूपमा उसको मस्तिष्कमा आए उसले खनेका अनगिन्ती खाडल जहाँ ऊ निरन्तर युद्धमा मरेका सहयात्रीहरूलाई पर्ुर्दै आइरहेको छ । आफूले विभिन्न समय, स्थान र मौसममा खनेका खाडलहरूलाई स्मरण गर्दै जाँदा उसको ध्यान एउटा खाडलमा केन्द्रित भयो, जहाँ छातीमा गोली लागी ढलेकी एक सहकर्मीलाई पर्ुदा ऊ पहिलोपटक डाँको छोडेर रोएको थियो । आफ्नै दौँतरकी कलिली, खाउँखाउँ लाउँलाउँ उमेरकी साथीलाई कुनै मरेको जनावरलाई झैँ एकलास ठाउँमा माटोले पर्ुर्नुपर्दाको अथाह पीडा र सन्तापले ऊ झण्डै बहुलाएको थियो । ऊ डोको बोक्थी । लर्डाईँमा घाइते र मरेका लडाकुहरूलाई डोकोमा बोकेर सम्बन्धित ठाउँसम्म पुर्‍याउनु उसको काम हुन्थ्यो । छोटो समयमा नै उनीहरू घनिष्ट बनेका थिए । एकअर्कालाई माया गर्न थालेका थिए । घरबार त्यागेर जङ्गल पसी कोदाले बन्नु र डोके हुनु- दुवैको नियति एउटै थियो । तर पछिल्लो युद्धमा उसलाई पनि गोली लाग्यो र ऊ ठहरै भई । ऊ पुरिनका लागि उसले खनेको खाडलमा ल्याइएकी थिई । लाशहरूको थुप्रोमा रगतले लतपतिएको उसको जड शरीर देखेर ऊ अचानक पक्षघातले आक्रमण गरेझैँ भएको थियो । सुन्दर संसारको सपना देख्ने सहयात्रीका सजीव आँखाहरू निर्जीव र सपाट देखिएका थिए । ऊ तिनै आँखाहरूलाई हर्ेर्दै खाडलमा नै घोप्टो परेको थियो । त्यसपछि धेरै दिनसम्म विक्षिप्त र असन्तुलित बनेको थियो । उसको दिमागमा हरपल उस्तै र उही प्रश्न तर्ेर्सिन्थे, ‘ऊ किन मरी – कसका लागि मरी – र, मरेर उसले के पाई – छोरीलाई गुमाएर उसका बाबुले के पाए – कोखकी नानीको आहुतिबाट उसकी आमाले पनि के हासिल गरिन् -‘

त्यस्ता धेरै सहकर्मीलाई उसले आफ्नै हातहरूले खाडलमा पुरेको थियो । ती सबै ‘मृत्युभक्त’हरू अहिले विस्मृतिको गर्भमा विलाइसकेका थिए । नयाँ खाडलले पुरानो खाडलको इतिहासलाई विस्थापित गथ्र्यो र पुरिएकाहरूको समग्र परिचय पनि विखण्डित हुन्थ्यो ।

उसले आफ्नो हृदय यी शृङ्खलाबद्ध अनुभवहरूले दह्रो बनेको महसूस गर्‍यो । तर हरेक नयाँ खाडल खन्दा उसको हृदयमा पीडाको अर्को चिसो लहर उठ्ने गर्छ । र, पुरिँदै गइरहेका मानव आकृतिहरूको कल्पना गरेर ऊ असामान्य हुने गर्छ ।

‘शायद म पनि यसैगरी मर्नेछु एकदिन र मेरो शरीरलाई पनि मेरो कुनै साथीले यसैगरी एक दिन खाडलमा पर्ुर्नेछ ।’ मृत्युको आभासले उसलाई झन् भावुक बनायो ।

ऊ लगातार खनिरहेको थियो । परिश्रम र मानसिक चिन्ताले होला उसले शरीर थाकेको, गलेको अनुभूत गर्‍यो । प्यास लागे झैँ, भोक लागे झैँ भयो उसलाई । खाडलको डिलमा अडेस लाग्दै प्यान्टको गोजीभित्र हात घुसार्‍यो र एकमुठी जौको सातु निकालेर मुखमा हाल्यो । तुमलेटको पानी घटघट पिएर सातु निल्यो । “म पनि बन्दुक भिर्ने छापामार भएको भए जौको सातु खाएर खाडल खन्नुपर्ने थिएन । पेटभरि मासु-भात खाएर लड्ने थिएँ । कि अरूलाई मार्थेँ कि आफू मर्थेँ । साथीका लाश हर्ेर्दै कल्पेर पलप्रतिपल जिउँदैै मर्नुपर्ने त थिएन ।” ऊ जीवनका बारेमा गम्भीर भएर सोच्न थाल्यो ।

उसले आफ्नो अगाडि परपरसम्म टकटकी लगाएर हेर्‍यो । अन्धकारमा केही देखिँदैनथ्योे । उसले अनुमान गर्‍यो- लडाकु छापामारको टुकडी बतासिँदै गएको दिशा सम्भवतः यही हो । उसले समयको अनुमान गर्‍यो र उत्तेजित हुँदै आफैँसँग सोध्यो, “अब लर्डाईँ हुने बेला भयो -” यस कुराको बोधले पसिनाले निथु्रक्क भिजेको उसको जिउमा एकाएक स्फर्ूर्ति आयो । ऊ झन् छिटोछिटो कोदालो चलाउन थाल्यो ।

“आज फेरि यस खाडलमा क-कसलाई पर्ुर्नुपर्नेछ, मैले !” उसले आफूले चिनेका छापामारका नाम सम्झयो । तिनका अनुहारलाई सम्झने प्रयास गर्‍यो । गोरा, काला, बाटुला, लाम्चा, नेप्टे, थेप्चे, चुच्चे अनुहारहरू । आफूझैँ सबै गाउँले, नेपाली अनुहार !

उसले चिरपरिचित अनुहारहरूलाई आँखै अगाडि मुस्कुराइरहेको देख्यो । कम्ब्याट डे्रस लगाएका, काँधमा राइफल भिरेका, निधारमा रातो टीका र टाउकोमा रातो रुमाल बाँधेका, शरीरभित्र उम्लिरहेको रातो रगतले रापिएका अनुहारहरू ! युद्ध लडेर नै संसार जित्ने मधुर सपनाले ओतप्रोत मायालु अनुहारहरू सम्झेर ऊ कल्पन थाल्यो । उसले आदर र माया गर्ने अनुहारहरू क्षतविक्षत भएर खाडलमा पर्ुन ल्याएको कल्पनाले ऊ लुगलुग काँप्न थाल्यो ।

अकस्मात् सयौं बन्दुकहरू एकैचोटि गर्जेको आवाज सुनियो ।

“लर्डाईँ सुरु भयो !” ऊ जोडले चिच्यायो ।

उसको कोदालोको गति बढ्यो । क्षणभरमै खाडल तयार भयो । डिलमा उभिएर उसले गोली चलिरहेको दिशातिर नजर दौडायो । आकाशमा आगोका झल्िकाहरू उठिरहेका थिए । समय जतिजति लम्बिँदै थियो, झल्िकाहरूको घनत्व बढ्दै गइरहेको थियो ।

“कहाँ छ खाडल -” कसैको चर्को आवाज सुनेर ऊ झस्कियो । नजिकै डोको बोक्नेहरूको एक हूल खाडलतर्फबढिरहेको थियो ।
“यहाँ छ कमरेड !!” ऊ पनि जोडले करायो ।

डोको बोक्नेहरूले पालैपालो आ-आफ्ना डोका खाडलमा घोप्ट्याए । डोकाबाट उछिट्टएिका रक्तमुछेल लाशहरूलाई नियाल्दै ऊ अथाह वेदनाले ढुन्मुनियो । युद्धमा नै सुन्दर भविष्य देख्ने परिचित/अपरिचित ‘कमरेड’ हरूका स्वप्निल आँखाहरू अहिले स्थिर थिए ।

छापामारका लाशले खाडल पुरिएर त्यसमाथि लाशहरूको खात खडा भइसकेको थियो । ऊ आँखाभरि आँसु पार्दै मूढो झैँ लम्पसार शरीरहरूलाई एकोहोरो हेरिरहेकै थियो । त्यही बेला डोकामा लाश बोकेर अर्को हूल आयो । खाडलहरू सबै पुरिइसकेका थिए । थप लाशहरूका लागि त्यहाँ अर्को खाडल थिएन ।

“आज हाम्रो धेरै क्षति भएजस्तो छ । छिटो अर्को खाडल खन” लाश बोकेका डोकेहरूसँगै युद्धमैदानबाट आएको कमाण्डर चिच्यायो ।
ऊ फेरि एउटा अर्को खाडल खन्न थाल्यो ।