Dr. Benju Sharma – Paribhashit Prem

डा.बेञ्जु शर्मा- परिभाषित प्रेम
(Source: मधुपर्क साउन, २०६७)

रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियोÙ प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन । उनी मनमनै सोच्दै थिइन्- कतै पानी धेरै पर्‍यो भने । मनभित्र पनि गर्मी, पानी, हावा सबै एकसाथ बहिरहेको अन्तरद्वन्द्व थियो । ‘म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ उनलाई लाग्छ उनको जन्म नै विपरीत परिस्थिति भोग्न भएजस्तो, जन्मँदै उल्टो जन्मिएकी उनले सधैँ उल्टै परिस्थितिसँग मात्र जुध्नु परिरहेछ । उल्टो बुनिएको जीवनलाई सुल्टाउँदैमा जिन्दगीको आधा उमेर बितिसकेको छ । जन्मिनासाथै आमा बित्नुभएकोले मामाघरमा माइज्यूलाई आमा भन्दै हुर्किनुपरेको, जे काम गरे पनि माइज्यूको उल्टो हेराइले, गरेको काम जति सबै खराब भनी उल्टो कुरा सुनेर मामाको कुटाइ खाँदै बालककाल बितेको । दिदीलाई माग्न आएको केटोलाई देख्नासाथ ‘भिनाज्यू’ भनेर पुकार्दा, त्यही भिनाज्यूले दिदीलाई मन नपराएर आफूसँग विवाह गरेको, विवाह गरेको केही वर्षमै लोग्नेलाई बाटोमै कसैले छुरा धसेर मारिदिएको, लोग्ने धेरै धनी हुँदाहुँदै पनि लोग्नेको काकाको कुदृष्टिबाट उम्कन घर छोड्नुपरेको र डेरामै सम्पूर्ण जीवन गुजार्नुपरेको, छोरीको सम्पूर्ण जिम्मेवारी लिएर ठूलो पारेर हुर्काउनु, बढाउनु, पढाउनु परेकोÙ विपरीत परिस्थितिले सधैँ उनलाई लखेटिरहेको हुन्छ । यो विपरीत नियति जन्मिदाको कुसाइत हो वा के हो ? उनी मनमनै सोच्दै हिँडिरहेकी हुन्छिन् ।

‘ए कति छिटो हिँडेकी उर्मिला ?’

पछिल्तिर फर्किएर हेर्दा अफिसकी साथी बिना रहिछे ।

‘कहाँबाट ? यति ढिलो किन ?’ ऊ सोध्छे ।

‘अफिस सिद्धिएपछि किनमेल गर्न गएकी,

अलि ढिलो भयो ?’

‘हातमा पोकापन्तरा त केही पनि छैनन् ।’

‘दिदीकहाँ पसेर आ’की ।’

उर्मिलालाई बोल्ने मन हुँदैन । मनभित्र अनेक कुरा खेलिरहेको हुन्छ । बिनाको बाटो छुट्टएिकोले आˆनो बाटो लाग्दा घाँडो पन्छिएजस्तो लाग्छ उनलाई । आज उनलाई राखिएको प्रस्तावले उनी अन्तरद्वन्द्वको खाडलमा खस्न पुगेकी छिन् । आˆनो घरको ढोकाको सङ्घारमा आइपुग्दा उनी लामो सास फेर्छिनÙ एउटा ठूलो भारी बिसाएजस्तै, एउटा त्राण भेटे जत्तिकै, घरभित्र पस्नासाथ छोरी सोध्छे- ‘कुरा के भयो

ममी ?’

छोरीको अनुहार उज्यालो छ, सधैँभन्दा राम्री र सफासुग्घरी भएकी छे । छोरी पनि विवाह गरेर आˆनो घर बसाउन चाहन्छे होली । सधैँ आमामा आश्रति भएर दुःख दिन चाहन्न होली ।

‘किन नबोल्नुभा’को ? के कुरा बिगि्रयो ?’ ऊ फेरि सोध्छे ।

‘होइन केही भएको छैन, म कहीँ पनि जान भ्याएकी छैन । अफिसबाट र्फकदैछु ।’ उनी सहज हुन खोज्दै भन्छिन् ।

‘खाना म पकाइदिन्छु नि त, हजूर थाकिबक्सेको होला ।’

‘मलाई खाना खाने मन छैन, तिमीलाई मात्र पकाउनू ।’

‘किन ? के भो ??’

‘टाउको दुखेको छ ।’

‘म त खाना पकाउँछु, खाने बेलासम्म बिसेक भइहाल्ला नि ।’ भन्दै छोरी भान्सातिर लाग्छे । उर्मिला सारी फुकालेर मेचमाथि ˆयाँक्दै शरीरलाई बिछ्यौनामा लडाइदिन पुग्छिन् । मन तरङ्गित भएको हुन्छ ।

‘त्यो अर्की को नि ?’

‘ती केटाकी आमा ।’ उर्मिला उत्तर दिन्छिन् ।

उर्मिलाले घर सफासुग्घर गर्नमा कुनै कसर राखेकी छैनन् । तीन कोठाकै भए पनि सानो बगैँचा र लन भएको छुट्टै घर, आˆनै एकलौटी भएकोले डेराजस्तो लाग्दैन । मसिनो दूबोको सफा लन वरिपरि फूलहरू छन् । झरेका पातहरू टिप्दै उनी मनमनै सोच्दछिन्, बगैंचा-कोठा सबै आकर्षक र चिटिक्क पारेर राख्दा राम्रो प्रभाव दिनमा मद्दत पुग्छ । बिहानदेखि काम गर्ने कान्छी, उनी र उनकी दिदी यही सफाइमै लागिरहेछन् ।

‘एकदम सफा गरेर सोफाका खोलहरू

धो है कान्छी । नीर पनि राख्नुपर्छ नि ।’ रातो गलैँचामा सेतो सफा खोल्ाले बैठक कोठा आकर्षक बन्छ ।

फूलदानमा रातो गुलाब पातसहित काटेर राख् है । छिटोछिटो गर् है, समय एकदम कम भइसक्यो । म र दिदी त मिठाई बनाउन थाल्छौँ अब ।’

‘घिउ राम्रो छ ? त्यो डाल्डाकोले त मिठाईको स्वाद राम्रो हुँदैन ।’ दिदी भन्छिन् ।

‘डेरीको घिउ छ दिदी ।

छोरी तँ सफासुग्घर भएर नुहाएर बस् । अहिले ब्युटी पार्लर जानुपर्छ । उनीहरूले बनाएको कपाल राम्रो हुन्छ ।’

‘आ पर्दैन । म आफैँ बनाइहाल्छु नि ।’

‘त्यसो भनेर हुँदैन ।’

‘जान्नँ म त ।’

‘तैँले भनेर हुन्छ । यस्तो गतिलो केटो कहीँ मिल्छ । यसलाई त म कुनै हालतमा पनि उम्काउन्नँ ।’

बिहान उठेदेखि हतारो र चटारोले बिहा हुनु कहाँकहाँ विवाहको रन्कोले घरलाई छोइसकेको छ । उर्मिला मनमनै सोच्छिन्, यति राम्रो केटो कुनै हालतमा पनि हातबाट उम्काउनु हुँदैन । छोरी पनि त एमए पूरा गर्न लागिसकेकी छ, त्यति नराम्री पनि छैन तर केटो आफूले सोचेभन्दा गतिलो, धन, सम्पत्ति, रूप, पढाइ, जागिर सबै भएको एक्लो छोरो । गतिलो जीवनसाथी पाउनु भनेको सम्पूर्ण जीवन सुखमय हुनु हो ।

आˆना सबै सारीहरू छोरीलाई सुहाउँछ कि भनी हेर्दा नसुहाएजस्तो लागेर उनले दुई दिनअघि नै आसमानी रङको ओर्कंदा, र्फकंदा सात रङ ˆयाँक्ने इन्द्रधनुषी सारी किनेर, त्यही अनुसारको ब्लाउज अर्जेन्ट अर्डरमा डबल ज्याला दिएर सिलाउन लगाएकी छिन् । यो सारीमा उनकी छोरी ताराजस्तै चम्किनेछे, केटाले अवश्य पनि मन

पराउनेछ । उनी मनमनै सोच्छिन् । एक्लो आमाले हुर्काएकी छोरी भए पनि डब्बल ड्युटी नै गरेर भए पनि, आफूले लाउने-खाने कुरा कटाएर भए पनि, सोखमा पालेकी छोरी भएकीले उसको व्यक्तित्व प्रभावशाली नै छ । आˆनो जीवनको एक मात्र आधार, ऊ नभइदिएकी भए जिउनु कति निर्जन हुन्थ्यो होला । उसको ममताले नै मृत्युको मुखमा पुग्न खोजेकी उनलाई बचाएको हो र प्रतिस्पर्धाको मैदानमा सङ्घर्ष गर्न सिकाएको हो । आˆनो सम्पूर्ण जीवन एक्लो सङ्घर्षमा बितेको अनुभवले पनि छोरीको जीवन सुखमय हुनुपर्छ । केटो योग्य हुनुपर्छ । त्यो समयले ल्याएर उनको सङ्घारमा राखिदिँदै छ । त्यसैले यसको समुचित सदुपयोग हुनुपर्छ भन्ने उनलाई लाग्छ । एउटा ठूलो जिम्मेवारीको भारी बिसाएर, चिन्तामुक्त भएर बाँच्न पाउनु जीवनको लक्ष्य लाग्छ उनलाई Û अब अरू केही बाँकी नरहेको जीवनको अन्तिम लक्ष्य नै के हुन्छ र ÛÛ

‘फलफूल किनेर ल्याएकी छैनौँ ?’ दिदी सोध्छिन् ।

‘लौन नि, ज्या भुसुक्कै बिर्सिएँछु । कान्छी Û ए कान्छी अझै सिद्धिएको छैन ? छिटो गर् न, एकचोटि बजार जानुपर्‍योे । फलफूल ल्याउनै बिर्सिएछ ।’

‘सिद्ध्याउन लागेँ । म ल्याइहाल्छु नि । साँझ ५ बजेपछि आउने होइन र ? के बितेको छ र ।’ कान्छी पल्लो कोठाबाट भन्छे ।

‘समय बित्न कतिबेर लाग्छ र १ बज्न लागिसकेछ ।’

वातावरणमा एउटा उल्लास नाचिरहेको थियो । उर्मिला सोच्छिन्- यो बाहिरी वातावरणले ल्याएको उल्लास हो वा आफैंभित्रको ? लोग्नेको हत्यापछि उनको जीवनको सम्पूर्ण उल्लासकै हत्या भएको थियो । त्यसपछि परिवारले उनलाई पन्छाउन कुनै पनि कसर बाँकी राखेनन् । बरु समाजले केही इज्जत र जागिरले जीवन धान्न दिएको हो । काठमाडौँको सम्भ्रान्त परिवार भन्नु जालझेल, छलकपट र महिलाको मूल्यलाई तृण नगन्ने परिवार हो, यही परिवारभित्रको एक सदस्य बन्न पुगेकी उनी, उनको लागि आˆनो खुट्टामा उभिनु भनेकै एउटा क्रान्ति हो । उनको अस्तित्वलाई सधैँ नकार्ने उनका परिवारको अगाडि उनले शिर निहुराएर कहिल्यै बाँच्न चाहिनन् । आˆनो अस्तित्वलाई पराधीन पारेर जीवन भोग्न कुनै पनि सचेत हृदयले स्वीकार्न सक्दैन । आˆनो पराधीन अवस्थाप्रति सजग हुनु भनेको सचेतताको द्योतक हो । आफूभित्रको त्यही सजगता र सचेततालाई जगेर्ना गर्न र आफूप्रतिको अत्याचारको प्रतिकार गर्न उनले जीवनको धेरै समय खर्च गरेकी छिन् । यो प्रौढावस्थामा आउँदा उनलाई एउटा गहिरो थकाइ अनुभव भएको छ । छोरीलाई जिम्मा लगाउँदा लामो यात्रापछि एउटा थकाइ मार्ने चौतारी भेटे जत्तिकै हलुको र आरामको अनुभव हुनेछ । जीवनको एउटा उद्देश्य पूर्ण हुनेछ ।

‘तिम्रो अझै काम सिद्धिएन ? आफू पनि त तयार हुनुपर्ला ।’ दिदी भन्छिन् ।

‘दिदी पनि लुगा फेर्नुस्, यस्तो गतिले भेट्दा हेप्छन् ।’

‘तिमी नि, तिमी त झन् केटीकी आमा ।’

‘आ, मैले त जे लगाए पनि हुन्छ’ उर्मिला भन्छिन् र फेरि मनमनै सोच्छिन्- उनले आˆनो व्यक्तित्वको प्रभाव त दिनुपर्छ, अलिकति प्रभावशाली त देखाउनै पर्छ । उसै त बाबु नभएकी छोरी भनेर हेप्न खोज्नेछन् । उनी सारीहरू झिकेर हेर्छिन् र गम्भीर रङको चाइनिज सिल्कको मूल्यवान् सारी लगाउँछिन् र हलुका लिपस्टिक दलेर, कपालको जुरो बनाउँछिन् र ऐनामा हेर्छिन् । यसबखत उनी उनको व्यक्तित्व प्रभावशाली र प्रबल भएको अनुभव गर्छिन् । तर उनको सम्पूर्ण ध्यान भने छोरीमाथि नै हुन्छ । छोरीको लुगा लगाइ, कपाल कोराइ, शृङ्गार आदिमा उनी छोरीको निधारमा लुगालाई म्याच गर्ने टीका लगाइदिँदै भन्छिन् ‘बल्ल पो मेरी छोरी पूणिर्माको चन्द्रमा जस्तै उज्यालो भई, कति सुहाएको ।’

यत्तिकैमा तल गाडी रोकिएको आवाजले सबै सजग हुन्छन् । केटो आएको खबर दिन कान्छी आउँछे । उर्मिला तल लिन जान लागेकी हुन्छिन्, ढोकामा करिब ६ फिटको उचाइ भएको, प्रभावशाली व्यक्तित्व भएको, ठीक्कको मोटो, करिब तीस वर्ष नाघिसकेको युवकका साथमा उनकी आमा भन्नुपर्ने उमेरकी महिला आइपुगेका हुन्छन् । सबै औपचारिकता पूरा हुन्छ । स्वागत-सत्कारमा कुनै कमी हुँदैन । अनौपचारिक रूपमा कुराकानी भएर र्फकने बेलासम्म पनि केटा पक्षकाबाट कुनै प्रतिक्रिया देखिँदैन । उर्मिलालाई लाग्छ यत्रो ठूलो निर्णय तुरुन्त लिन पनि त सकिँदैन तर पनि अलिकति हाउभाउबाट त थाहा हुनुपर्ने । उनी केही बोल्न पनि सक्दिनन्, केही सोध्न पनि सक्दिनन् । केही भनुँ जस्तो हुन्छ, उनी झट्ट भन्छिन्- ‘यहाँहरूसँग यो घरको फोन नम्बर छ-छैन ?’ उनी छोरीलाई नम्बर लेखेर ल्याउन लगाएर, दिँदै भन्छिन् ‘यही हो, फोन नम्बर ।’ उनको हाउभाउले बताइरहेको थियो छिटो फोन गर्न ।

‘भोलि या पर्सिसम्ममा हामी फोन गर्नेछौँ’ भनेर फोन नम्बर लिएर केटा मुस्काएर र्फकन्छन् । केटाको मधुर मुस्कानबाट उर्मिला अनुमान लगाउँछिन् केटी अवश्य मन परेको हुनुपर्छ तर दुई दिन उनले कुर्नुपर्ने छ जवाफका लागि । यो स्वाभाविक पनि हो । आफूहरूबीच सरसल्लाह, छलफल पनि त गर्नुपर्ला तर हेरिसकेपछि, कुराकानी गरिसकेपछि जवाफ किन तुरुन्तै दिन नसकेका ? कुनै द्विविधा त मनमा भएको होइन वा तुरुन्तै हुन्न भन्न अफ्ठ्यारो भएकोले त्यसो गरेका हुन् कि ? उनी अन्यमनस्कको अवस्थितिमा पुग्छिन् । जे होस् दुई दिनपछि सबै स्पष्ट भइहाल्छ । उनलाई लाग्छ केटो अलि उमेर भएकै हो, २१ मात्र टेकेकी छोरीका लागि, उनीहरूको बीच करिब १०-१२ वर्षको फरक हुनुपर्छ तर लोग्नेमानिसको लागि १०-१२ वर्षको फरक त्यति धेरै नै फरक पनि होइन । उमेर बढ्दै जाँदा दुई बीचको अन्तरालमा त्यति धेरै ठूलो फरक देखिने छैन ।

‘उर्मिला, अब मेरो काम सिद्धियो आजै घर जानु पर्ला’ दिदी भन्छिन् ।

‘एक-दुई दिन बस्नुस् न, फेरि कहिले भेट हुने हो । साँच्चै दिदी केटाले छोरीलाई मन पराएको, नपराएको कस्तो जस्तो लाग्यो ?’

‘यसै भन्नै नसकिने, मैले त केही अनुमान लगाउनै सकिनँ । उनीहरूले फोन गरेनन् भने, केही दिन पर्खेर, आफैँले भए पनि बुझ्न पठाउनू । केटा त गतिलै लाग्यो मलाई त ।’

‘त्यै त भन्या । के फोन गर्दैनन् होला र ?’

‘के भन्न सकिन्छ र लोग्नेमानिसको मन दसतिर नाचिरहेको हुन्छ । उनीहरूलाई पक्डन जान्नुपर्छ ।’

थोरै समय मात्र लोग्नेसँग बसउठ भएकी उर्मिलाले लोग्नेमानिसको मनको अन्तरकुन्तर छाम्न पाएकी छैनन् । लोग्नेमानिस कस्ता हुन्छन् त्यो पनि त्यति ज्ञान छैन उनलाई । लोग्नेमानिस भन्नासाथ परिवारभित्रका केही अनैतिक लोग्नेमानिस र अफिसमा सँगै काम गर्ने केही औपचारिक लोग्नेमानिसको मात्र सम्झना आउँछ । समाजमा कतैकतै कोहीकोही उनीप्रति आकर्षण देखाउन खोज्ने तर नसक्ने लोग्नेमानिस । यति नै सानो घेराले लोग्नेमानिसलाई दिदीले भनेजस्तै चिन्न सकिँदैन होला । आज फेरि लोग्नेमानिसका बारेमा उनीहरूको मनस्थितिको बारेमा सोच्नुपर्ने बाध्यता उनीभित्र पलाइरहेछ । यो त्यति आवश्यक त थिएन तर परिस्थितिको मझेरीमा उभिएकी उनी, यो सब सोचिरहिछन्, सोच्न बाध्य छन् ।

बिहानको चिया हातमा परेको मात्र हुन्छ, टेलिफोनको घण्टीले उनी सजग भएर एउटा आशा र अलिकति त्रासले रिसिभर उठाउँछिन् ।

‘को उर्मिलाजी बोल्नुभएको ? म उमेश, गुडमर्निङ ।’

‘हजूर, ए उमेशजी । म यहाँकै फोन पर्खिरहेकी थिएँ । नमस्कार ।’

‘साँझ ५ः१५ मा होटल रोज गार्डेनमा किङ्ग्सवेको दायाँ, अलि भित्रपट्ट िछ, भेटौँ न । म प्रतीक्षामा हुनेछु, कुरा त्यहीँ गरौँला अहिले राखूँ,’ भनेर फोन राख्छन् ।

उर्मिलालाई यो सब अनौठो लाग्छ । जे भन्नु थियो टेलिफोनमै भनेको भए हुन्थ्यो वा कुनै मान्छेको हात जवाफ पठाएको भए पनि त हुन्थ्यो । यो आजकलको सभ्यता हो कि रेस्टोराँमा भेट्ने । आफू पुरानो मानिसलाई नयाँ कुराहरू थाहा नहुन सक्छ । कति कुराहरूमा उनले आफूलाई पुरानो अनुभव गरेकी छिन् । यहाँ पनि यस्तै भएको हुनुपर्छ तर जे होस् जवाफ त लिनु छ, भेट्नु त आवश्यक छ । मात्र घर-अफिस गर्ने उनलाई, काठमाडौँका च्याउ उमि्रएजस्ता रेस्टोराँहरू थाहा छैन ।

सोध्दै, खोज्दै पुग्दा, गुलाफ नै गुलाफ फुलेको बीचबीचमा टेबुल र मेचहरू राखेको, मानिसहरू गफ गरिरहेका, खाइरहेका, आँखाले खोज्दै जाँदा कुनाको टेबुलमा कुहिनो अड्याएर, उनी आउने बाटोतिर हेरिरहेका उमेशलाईर् उनी देख्छिन् । त्यहीँनेर पुगेर ‘नमस्कार’ गर्छिन् र बस्छिन् ।

एकछिन स्तब्धता छाउँछ, अनि मेन्यु अगाडि सार्दै उमेश भन्छन्- ‘जुस, ˆयान्टा, कोक र अरू केही ?’

‘हैन केही आवश्यक छैन । त्यति गर्मी लागेको छैन । आज दिन शीतल नै छ ।’

‘तर मलाई गर्मी लागिरहेछ, यहाँको इच्छा अनुसार । केही त पिउनै पर्छ ।’

‘जे यहाँलाई मन पर्छ ।’

उर्मिला कुराको सुरू उमेशबाटै होस् भन्ने चाहिरहिछिन् । उमेश पनि केही भन्न खोजिरहेका जस्ता नै देखिन्छन् तर अलमलिएको जस्तो छिनछिनमा उनी बगैँचाको वातावरण हेर्छन् र छिनमा उर्मिलालाई । उर्मिला मौसमको बारेमा होइन, बगैँचाको बारेमा होइन कुरालाई केन्दि्रत गर्न खोज्दै प्रश्न गर्छिन्-‘मामीको के विचार भयो ?’

‘मामीको के विचार हुनु, उहाँ पुरानो विचारको मान्छे ।’

उर्मिला अलि आश्चर्यको आँखाले हेर्छिन्, यसो भन्नुको आशय के हो थाहा पाउन सक्दिनन् ।

‘म त्यही कुरा भन्न नै चाहिरहेछु ।’ कुरा गर्न अलि सजिलो होस् भन्नको लागि नै यस ठाउँमा भेट्न चाहेको तर कहाँबाट सुरू गरूँ, कसरी सुरू गरूँ’ भन्दै उमेश निधारमा हात राखेर अलि असजिलो मुद्रामा देखिन्छन् ।

होटेलको बेयरा आएर दुइटा जुस राखेर जान्छ ।

‘पिउ”m न’ उमेश भन्छन् ।

दुवै जुस पिउँदै कुरा गर्न थाल्छन् ।

‘हैन त्यस्तो अˆठ्यारो मान्नु पर्दैन, स्पष्टसँग भनिदिनुभए हुन्छ । मलाई त कुरा लुकाएर, बङ्ग्याएर गर्ने भन्दा स्पष्टवक्ता नै मनपर्छ ।’-उनी भन्छिन् ।

अलि अन्कनाउँदै, अलमलिँदै उमेश भन्न थाल्छन्-

‘मैले यहाँलाई पहिलेदेखि चिन्दथेँ । यहाँ पत्याउनुहुन्छ ?’

‘कहाँ ? कसरी ?’

‘टीभीमा यहाँको अन्तर्वार्ता सुन्ने अवसर मैले पाएको थिएँ । यहाँको विषयवस्तुलाई प्रस्तुत गर्ने तरिका, तार्किकता र बौद्धिकताबाट म धेरै प्रभावित भएको थिएँ । त्यस दिनदेखि बाटाघाटामा यहाँलाई देखिन्छ कि भनेर मेरा आँखाहरूले यहाँलाई खोजी हिँड्थेँ ।

अचम्मको संयोग, यहाँलाई देख्दा मेरो मुटु झस्किएको थियो, हल्लिएको थियो । इच्छित वस्तुसँग अकस्मात् जम्काभेटा हुँदा अचम्मै हुँदोरहेछ ।

सामाजिक सङ्घसंस्थासँग पनि यहाँ सम्बद्ध हुनुहुँदोरहेछ हैन ?’

उर्मिला केही कुरा बुझेको र केही कुरा नबुझेजस्तो गरेर जवाफ दिन्छिन्-‘हो ।’

‘श्रीमान् स्वर्गारोहण हुनुभएको कति भयो ?’

‘एउटा युग भयो, २० वर्ष भयो, छोरी त केही महिनाकी मात्र थिई ।’

‘बीस वर्षसम्म एक्लै जीवन बिताउनुभएको ? अर्को जीवन सुरू गर्नुभएको भए पनि त हुन्थ्यो, हुँदैनथ्यो ?’

‘यस सम्बन्धमा सोच्ने फुर्सद नै भएन ।’

‘अब सोच्दा के होला ?’

‘यहाँ छोरीको बारेमा भन्दै हुनुहुन्छ या मेरो…….’

‘एकछिन छोरीको बारेलाई पन्छाएर यहाँकै बारेमा भनौँ न ।’

‘यो के भन्दै हुनुहुन्छ ? म बुझ्नै सकिरहेकी छैन ।’

‘मैले यहाँलाई यस ठाउँमा बोलाउनुको कारण, केही कुरा बुझाउन नै हो ।’

‘मेरो उमेर थाहा छ यहाँलाई ? म ४० वर्ष नाघिसकेकी छु म विवाह गर्ने छोरीकी आमा हुँ ।’

‘ठीक्कै छ । मन परेपछि उमेरले बाधा गर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । म यहाँ भन्दा मात्र १० वर्षले कान्छो हुँ ।’

‘म यो के सुन्दैछु । म केका लागि यहाँ आएकी र यहाँ के भइरहेछ ?’

‘बुझ्ने कोसिस गर्नुस् मलाई, मेरो मनलाई । उमेरलाई बीचमा बाधाको रूपमा नल्याउनुस्, प्लिज् ।’

‘यो असम्भव कुरामा किन दिमाग खर्च गरिरहनुभएको छ, मेरो परीक्षा लिइरहनुभएको ?’

‘यो केही पनि होइनÙ मेरो मन बोलिरहेको, मेरो अन्तरात्माको आवाज हो यो । कसले भन्छ तपाईंलाई ४० वर्षको, तपाईंको पातलो र चिटिक्क परेको शरीर, त्यो गोरो अनुहारमा मोहित पार्ने ठूलाठूला आँखा र ती नरम मुलायम ओठहरू, तपाईं २५ वर्षकी मात्र देखिनुहुन्छ । विश्वास गर्नुस् ।’

‘बिन्ती छ, अब अरू नबोल्नुहोस् । म गएँ, म यो सब सुन्नका लागि यहाँ आएकी होइन’ उर्मिला उठेर हिँड्न लाग्दा उमेश भन्छन्- ‘हैन किन त्यसरी हतारिनुभएको ? एकछिन त बस्नुस्, शीतल हृदयले सोच्नुस् । मेरो बाध्यतालाई बुझ्ने कोसिस गर्नुस् । मेरो यो हृदयले मलाई किन यस्तो अर्डर गर्छ, मलाई नै थाहा छैन ।’

‘मेरो अभिसार त्यो होइन ।’

‘तर मेरो गन्तव्यस्थल तपाईंमै पुगेर टुङ्गिन्छ । मेरो इच्छाशक्ति यति प्रवल छ, त्यो पुगेरै छोड्छ ।’

‘भो, भो, म केही सुन्न सक्दिनँ, म गएँ ।’

‘म समयलाई पर्खन तयार छु । सोच्नुहोस्, प्रशस्त सोच्नुहोस् । मानसिक रूपमा तयार हुनुहोस् । अनि फोन पाउ”m या म नै फोन गरुँला ।’

उर्मिला रन्थनिएर रेस्टोराँबाट बाहिर निस्कँदा साँझ झमक्कै परिसकेको हुन्छ । छोरीको विवाहको सपना बोकेर आएकी उनी, र्फकंदा आˆनै विवाहको प्रस्ताव लिएर र्फकनु, यो कस्तो विपरीत, विसङ्गत स्थिति Û केटो कति निर्लज्ज हुन सकेको ? के उसलेे आˆनो मनभित्रको उद्वेलन पोखेको हो त ? वा एक्ली महिला देखेर परीक्षा लिएको हो तर यो परीक्षा जस्तो पनि लाग्दैन । लोग्नेमानिसको जात अचम्मको हुँदोरहेछ । आजभन्दा २० वर्षअघि नै कसैले यस्तो प्रस्ताव राखेको भए सोच्नुपर्ने हुन्थ्यो तर आज, उमेरको यो घडीमा आएर Û ऊ भन्छ आधा मात्र जीवन सकिएको छ, आधा बाँकी छ । हुन त हो पनि ८० वर्ष नाघेर पनि त मानिस बाँचिरहेछन् । यसो हो भने के जीवनको आधा भाग बाँकी छ ?

त्यो भर्खरको केटोको एउटा आवेगपूर्ण भनाइ मात्र हो । उमेर नमिलेका दौत्ारीमा पछि हुँदै जाँदा हृदय पनि टाढिँदै गएको देखिएको छ । आफूभन्दा कान्छो लोग्नेसँग हिँड्ने उसकी साथीलाई सधैँ चिन्ता छ-उसको लोग्नेले भर्खरकी तरुनीलाई आँखा लगाउला भन्ने र आˆनो ढल्कँदो उमेरलाई धानेर राखेर तरुनी बन्ने ।

एउटा अन्तरद्वन्द्वको भुमरीमा अकस्मात् उनी कसरी खस्न आइपुगिन्Ù जुन कल्पना पनि गरेकी थिइनन् । ऊ भन्छ, उसको इच्छाशक्ति यति प्रवल छ, जे चीज उसले चाहन्छ, पाएरै छोड्छ । कस्तो जिद्दीवाल Û उसका भनाइहरू अन्तरहृदयबाटै निस्केका हुन् भने, के ऊ उनलाई हृदयदेखि नै मन

पराउँछ ? उनकी साथी भन्ने गर्थी-‘कसैले साँच्चीकै मन पराउँछ भने त्योसँग राम्ररी जीवन बित्छ तर मन पराउने मान्छे नै पाउन गाह्रो हुन्छ तर कोही छद्मभेशीहरू पनि प्रेम-प्रदर्शन गरेर अभिनय गर्न सफल हुन्छन् । के उमेश सच्चा प्रेमी हो वा छद्मभेशी हो ?Û साँच्चै नै उसले प्रेम गरेको हो भने त उसको प्रस्ताव नकार्दा उसलाई नराम्रो आघात पर्न सक्छ । मानिसको मन दुःखाउनु भन्दा ठूलो पाप अरू केही हुन सक्दैन तर यो सब छुट्याउन सकिने कुनै काँटा पनि त छैन । यदि यो प्रेम निष्कपट, निष्पाप छ भने के यसलाई नकार्न उचित हुन्छ ? छोरी त भर्खरकी छे, उसका अगाडि त थुप्रै बाटाहरू छन्, जुन रोज्दा पनि त भइहाल्छ । अझ दुई-चार वर्ष पर्खंदा पनि केही फरक पर्दैन ।

न फेरि उसको मनमा परिवर्तन आउँछ कि ? छोरीसँग नै कुरा मिल्ने हो कि ? एकचोटि फोनचाहिँ गर्नै पर्छ कि ? उसको मनस्थिति बुझ्नका लागि पनि । आफूले गर्ने निर्णय त के भयो र त्यो त आफैंसँग छँदैछ नि ।

उनी अलिकति सङ्कोच, अलिकति भय, अलिकति कुराको निर्णयमा पुग्न खोज्ने चाहले रिसिभर उठाएर फोन गर्छिन् ।

‘म उमेश बोल्दैछु ।’

उर्मिलालाई के भनूँ कसरी कुरा सुरु गरूँ जस्तो हुन्छ र उनी भन्छिन्- ‘म उर्मिला, तपाईंले आˆनो सोचाइलाई ठीक दिशातिर मोड्नुभयो कि भनेर ।’

‘म जुन दिशातिर निर्देशित छु, त्यो कहिल्यै बेठीक हुँदैन । मलाई थाहा थियो, मेरो प्रेमलाई तपाईँले नकार्न सक्नुहुन्न भन्ने किनकि यो मेरो अन्तरात्माको पुकार हो । हृदयले माग्दा त भगवान्बाट पनि वर पाइन्छ ।’

‘तर मैले यसका लागि फोन गरेकी होइन । तपाईं विपरीत दिशातिर र्फकनुभएको छ ।’

मेरो लागि यो विपरीत हुँदै होइन । मेरा आˆनै सोचाइ छन्, आˆना तर्क छन् । मलाई एउटा परिपक्व जीवनसाथी चाहिएको छ । यौवनको आवेगलाई म महìव दिन्नँ । मेरो जीवन साथीबाट मैले सन्तुष्टि पाउने मानसिक रूपमा हो, शारीरिक होइन । यसैले उमेर मेरो लागि अभीष्ट वस्तु होइन ।

परिपक्व जीवनसाथीबाट म सधैँ ठीक दिशानिर्देशन पाइरहन सक्छु, सधैँ सहयोग पाइरहन सक्छु तर कम उमेरकालाई सधैँ मैले नै डोर्‍याइरहनुपर्ने हुन्छ । अनुभवविहीन उनीहरूलाई सधैँ पहराको, सुरक्षाको जरूरत हुन्छ । मलाई एउटा कोठाभित्र बन्द गरेर राख्नुपर्ने कुनै वस्तु र सामानजस्ती श्रीमती होइन, खुला आकाशमा छोडिदिँदा आफैं सुरक्षित हुनसक्ने आत्मनिर्भर श्रीमतीको जरूरत छ । परम्परागत सोचाइमा ढालिएकी श्रीमती, कहिल्यै मेरो मानसिकताभित्र अटाइन । मेरो फराकिलो सोचाइमा प्रेमको परिभाषा अलग छ, प्रेमको मान्यता अलग छ ।

अब त यहाँले मलाई बुझ्न समर्थ हुनुभयो होला तापनि निर्णय यहाँको हातमा छ । मेरो निर्णय त अविच्छिन्न, अविचलित छ, दृढ छ, अटल छ ।’

उर्मिला केही बोल्नै सक्दिनन् तर पनि उनलाई उसको निर्णय गर्न सक्ने अविचलित सोचाइ मनपर्छ । परिपक्वता मनपर्छ । उताबाट फेरि आवाज आउँछ- ‘बोल्नुस् न, किन ? के भयो ?’

‘म के बोलूँ ? मैले भन्नुपर्ने के हो ?’

‘फेरि म यहाँको फोन पाउने आशा गर्छु । समय जति पनि छ, केही बितेको छैन । ल अहिले राखू’, भनेर फोन राख्छन् ।

छोरी कोठाभित्र पस्दै भन्छे-‘ममी खाना तयार भयो,

खाने होइन ?’

‘हुन्छ, पस्क, म खान आएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *