विद्या सापकोटा – झोला
सपनाको खोजीमा
रम्दै रमाउँदै
गाउँ छिचोलेर
निस्केको एउटा झोला
आइपुगेकोछ, मान्छेको बस्तीभन्दा पर
जहाँ मान्छे कम, रोवर्ट बस्छन्
देखिरहेकोछु म,
मिर्मिरेको झुल्को
कलिलो बालक Continue reading “Bidhya Sapkota – Jhola”
नेपाली कविता को बिशाल संग्रह
विद्या सापकोटा – झोला
सपनाको खोजीमा
रम्दै रमाउँदै
गाउँ छिचोलेर
निस्केको एउटा झोला
आइपुगेकोछ, मान्छेको बस्तीभन्दा पर
जहाँ मान्छे कम, रोवर्ट बस्छन्
देखिरहेकोछु म,
मिर्मिरेको झुल्को
कलिलो बालक Continue reading “Bidhya Sapkota – Jhola”
रामप्रसाद प्रसाईं – लज्जावती ‘गिरिश’ म
निर्मिमेष जीवनबोध
सपनाका सुन्दर भष्मेहरू
टारबारीमा फ/फुलेका
विशुध्द तिक्तताहरूले
कोपिला न/फक्रदाफक्रदै
मान्छेहरू बिबश हुंदाबखत
ढाकरहरूबाट
तपतपतप
नूनिलो अनुभवमा
चुहिएपछि।
तिम्रा आकाशहरू
असीमित
निस्फिक्री
अनि निशर्त भए होलान्,
तर आकाशहरू सीमित हुन्छन्-
शर्तहरूका आधारशिविरमा
समानान्तर ज्वारभाटाहरू
क्षितिजमा मे/भेटिएको बेला।
अन्तहीन शुन्यताहरू
जिजीविषा
र
अस्तित्वको नाममा
धा/भावक
यी भित्ताका अनुहारहरू
या यी अनुहारभित्रका भित्ताहरू
अभ्यस्त छन्-
‘जेडाबाइट’ संग्रहको
सञ्जाल-संसारमा।
असारे रोपाइंहरू
सारहीन असारहरू झैं-
भाकल नपुगेका पाठाहरू,
मान्छेको निधा्रमा
भाग्य लेख्ने-छैंठी,
अ/मूर्त विचारमैथूनको
प्राचीन काकताली-
समय देउरालीको।
ट्वाकल नचढेका सुत्लाहरू
थाकल नलागेका
झारल, घोरल अनि थारहरू
अस्तित्वको नाममा
जीवन भुटिरहेछन्
प्रफुल्लित हांडी र
अगेनामाथि सेकिएको
होर्लाङ्गेभरि।
न/बांच्नुको
बे/नियम शुत्रहरूको
बिरोधाभाषमा,
मुर्तिवत् समयको
कित्तामा टांसिएको
मान्छे,
चेतनाको बुंद बुंदमा,
रस्वादन गरिरहन्छ-
जीवनबोध,
निरर्मिमेष छ-
निरन्तर यात्रामा।
जुलाई २६, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।
(Sent to Sanjaal Corps via Email)
विवेक दुलाल क्षेत्री “दमक” – “नरबहादुर….!” (कबिता)
चाक्लो गाडीको भीडबाट
नरबहादुर
नाम्लो ,ढाकर
र सुन्तलाको सट्टा
एक भारी
अत्यासलाग्दो मन बोकेर
मरुभूमिको घाम जस्तो
तातो पर पर सम्म
फैलिएको सडक
ए ….मानको
पार गर्दैछ .
शिग्नल्मा उभिएर
हरियो बती कुर्दै
उसको किचिंग मिचिंग् दिमागमा
उ बेला …….राजधानीको आकाशेपुलमा
फूलमाया सोल्तिनिसित
बदाम सगै
सगै मर्ने ,सगै बाच्ने
कसम खाएको सम्झेर
उ …
झल्यास्स हुन्छ .
“…गाठे …!
फेरी
रातो बत्ति बलि हालेछ
मेरो बुद्दी ..!”
र पुन कालो पत्रे सडकको
कालो भूमिमा
कहालिदै
नर बहादुर घरतिर फर्कन्छ ,
“पहाडको एशेलुबारी मुखिया बा कहाँ
बन्धकी राखेर आए “,
आमा बरै के गर्दै होलिन्,
मुजा परेको अनुहारमा
मुस्कान भर्दै -“नरे छोरा
पैसा कमाएर आएस्,र
यौटी मन भएकी बुहारी ल्याएर
मेरो काखमा यौटा नाती र यौटी नातिनी राखेस्..!”
यो समझदा सम्ममा निलो बती बल्यो
तर नर बहादुरले
तातो घाम पार नगरे पनि
अहिले लाइ
कालो सडक
पार गर्यो .
यसरी नर बहादुर
प्यारो बारी ,प्यारो माटो
प्यारो देश ,प्यारा प्रियजन
छाडेर मुग्लानमा
पशिना बगाउदैछ
खाडी र मध्यपूर्व
युरोप र अमेरिका
मलेशिया र जापान
कंगो र कोरिया या परदेशको
कुनै बिरानो शहरमा
यसै जिन्दगिको
उमेर काटी रहेछ
यसै आफैलाई ढाटे जसरी
क्षणिक खुशीलाई
स्थाई खुशी मानि रहेछ
तर थुप्रै
सत्यताहरू
जीवित छन्
किनभने-
हरेक नरबहादुरले
जहा रहे पनि
हिमालको चिसो स्पन्दन भुलेको छैन
पहाडको उच्छाबाश र उमंगलाई
आफैबाट लत्याएको छैन
तराइका समथल फाटलाइ
आफ्नो मुटु भित्र कोर्न बिर्सेको छैन
बल्कि मात्र बिर्सेको छ
बाहिर हासेर परदेसिनुको भित्री पिडा
मात्र बिर्सेको छ
खालि बोलीमा औपचारिकता देखाएर भए पनि
प्रत्येक पल आफन्त बिनाको शुक्कता .
अस्तु :
(वास्तविक नाम :भानु भक्त दुलाल )
दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ .
दिल साहनी – चक्रबहादुर
हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु
चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा
हामीले आक्रमण गरेको नठान्नु होला कृपया
चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा
हामीले मारेको नठान्नु होला कृपया
हामी त बुद्धका चेला हौं
हामी त शान्तिका पुजारी हौं
हामी कहिले हतियार उठाउँदैनौ
हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं
नेपालमा जन्मेर के हुन्छ
चक्रबहादुर नेपाली नागरिक होइन
चक्रबहादुरको नेपालसित
खासै कुनै सरोकार पनि छैन
देशभक्ति के हो- उसलाई के थाहा
राष्ट्रियता के हो – ऊ के बुझोस्
यी कुराको उसलाई बोध हुनु
आवश्यक पनि छैन
चक्रबहादुरको आफ्नो कुनै देश छैन
चक्रबहादुरको आफ्नो कुनै भेष छैन
चक्रबहादुरको कुनै पहिचान छैन
कुनै परिचय छैन
जुन सरकारको सिन्दूर पहिरिन्छ चक्रबहादुर
उसकै निम्ति आफ्नो जीवन होमिदिन्छ चक्रबहादुर
बाँच्छ चक्रबहादुर अरु कै निम्तिर्
मर्छ चक्रबहादुर अरु कै निम्ति
आफ्नै लागि बाँच्न र
आफ्नै लागि मर्न
चक्रबहादुरले कहिले जानेन
शायद कहिले जान्ने पनि छैन
हो नेपाल चक्रबहादुर जन्माउँदै आएको छ
र नेपाल चक्रबहादुर जन्माउँदै जाने छ
विश्वमा जहाँ जहाँ युद्ध हुन्छ
चक्रबहादुर पुग्नु पर्दछ त्यहाँ त्यहाँ
हाजिर हुन
बन्दुक बोक्न
खुकुरी नचाउन
आयो गोर्खालीको संदेश दिन
चक्रबहादुर नपुगी युद्ध हुन्छ कहाँ
चक्रबहादुर नपुगी युद्ध चर्किन्छ कहाँ
चक्रबहादुर नपुगी युद्ध थामिन्छ कहाँ
बर्मा मलायाका जंगलमा पुगेन कि चक्रबहादुर
फ्रान्स इटलीका शहरमा पुगेन कि चक्रबहादुर
फाकलैण्ड श्रीलंका कहाँ पुगेन चक्रबहादुर
हो हर युद्धमा चक्रबहादुर लडिदिनु पर्दछ
हो, हर युद्धमा चक्रबहादुर मरिदिनु पर्दछ
चक्रबहादुर नभई कुनै युद्ध हुँदैन
चक्रबहादुर छ र युद्ध छ
युद्ध छ र चक्रबहादुर छ
चक्रबहादुर बिनाको युद्ध हुँदैन
युद्ध बिनाको चक्रबहादुर हुँदैन
युद्ध नै चक्रबहादुर हो
चक्रबहादुर नै युद्ध हो
चक्रबहादुर जित्छ र
कुनै देशको जीत हुन्छ
चक्रबहादुर हार्छ र
कुनै देशको हार हुन्छ
चक्रबहादुरले नजिती
कुनै देशले युद्ध जितेन
चक्रबहादुरले नहारी
कुनै देशले युद्ध हारेन
मित्रहरु
राइफल र खुकुरी भिरेर
तपाइंको मुलुकतिर बढिरहेको चक्रबहादुर
हाम्रो मित्रताको बाटोमा तगारो नबनोस्
चक्रबहादुरका कारणले
हाम्रो सम्बन्धमा कुनै गाँठो नपरोस्
तपाइंको मुलुकमा
चक्रबहादुरको उपस्थिति बिल्कुलै नखलोस्
तपाइं आफै सोंच्नुहोस्
बेचेको गोरुसित
गोसाहाको साइनोको के अर्थ
तपाइं चाहनुहुन्छ भने
चक्रबहादुर तपाइंको पनि हुन सक्छ
जुन चक्रबहादुर आज
तपाइंको खुँखार शत्रु भएर लडिरहेको छ
त्यही चक्रबहादुर भोलि
तपाइंको सहयोद्धा भएर पनि लड्न सक्छ
तपाइंको कमरेड इन आर्मस भएर पनि लड्न सक्छ
हामीलाई चक्रबहादुर हुनु र नहुनुको
कुनै अर्थ नभए पनि
तपाइंलाई चक्रबहादुर हुनु र नहुनुको
ठूलो अर्थ हुन सक्दछ ।
अध्यारो गुफा
अन्कन्टार छ ।
छामछुम छामछुममा
कयौं पटक लडे ।
भाषण र नारा
बाचा र कसम
शब्दलाई आधार मान्दा
धेरै बर्ष लडे ।
आँखा नदेखे पनि
कान सुन्छु ।
यहि अध्यारोमा
छोराछोरी हराएका धेरै भयो ।
घुम्दै फिर्दैँ
तिहार ! तिमी आएछौ ।
यो गुफामा
त्रि्रो दियो
शान्तिको हातबाट बाल्न पाए
प्रकृती सम्पदाको
म धनी राष्ट
यै पानी पिउँन पाए
न पैसा लाग्थ्यो ।
न हात फैलाउनु पथ्र्यो ।
न म,
आँखा नदेखेर लड्नु पथ्र्यो ।
मेरो बिन्ती लागोस्
लौ न तिहार !
शान्तिलाई क
घरको दियो बालौं ।
उज्यालो पारौं ।
ताकी म,
सबैलाई चिन्न सकुँ ।
दृष्य खुट्टयाएर
सत्य असत्य
छुट्टयाउन सकुँ ।
अब म !
आफ्नै घरमा
आँखा देखेर
हिड्न सकुँ ।
भीरा खड्का – मेरो मन
मेरो
मन जब
एक्लो महशुस गर्छ,
मन जब
उदाश हुन्छ
अनि उ अर्को
एक्लो र उदाश मनको
चाहना गर्छ,
साथ पाउनु
अनि साथ दिनुलाई
बेचैन हुन्छ,
मेरो
मन जब
रसाएर रुन्छ
मेरो
मन जब
एकोहोरो हुन्छ,
तब उ अर्को
रुवेको मनलाई
एकोहोरिएको मनलाई
आफ्नो प्रतिरुप ठान्छ
अनि आफु पनि
एकोहोरो भैदिन्छ,
मेरो मन
जहिलेपनि एक्लो छ,
सधै भरि उदाश छ,
हरपल हर दिन
रुवेको छ
अनि सदैव एकोहोरिएको छ
तर खै त मैले
मेरो झैँ एक्लो
उदाश अनि
एकोहोरो मन पाएको?
बिष्णुनन्द चाम्लिङ – म बसाइ सरेको होइन
मेरो प्यारो गाँउ
म बसाइ सरेको होइन
मेरो जन्म स्थानको आघात माया छ
मेरो पुर्खाले सृजेको सुन्दर भूमी
मृत्यु शैयामा पुग्दासम्म भूल्न सक्दिन
मेरो शैसवकाल बितेको त्यो खोला नालाहरू
वन जङ्गल, डाँडा पाखाहरू
भञ्ज्याङ्ग चौतारी र देउरालीहरू
वर पिपलको सित्तल ति छहारीहरू
मैले मेरो मातृत्व र भातृत्व भुलेर
मेरो प्यारो गाँउ
म बसाइ सरेको होइन
वयस्कसम्म त्यहिको पानी
फल फूल, अन्न, कन्दमुल
सिस्नुका झयाङ्गहरू सुम्सुम्याएको क्षण बिर्सेको छैन
प्रत्येक खेत बारीका गह्रा र कान्लाहरू
रचने, फुर्के, कथुरे,गाजले, अर्चने
भन्दै उर्वरा बनाएको भुलेको छैन
छोरीचेली दाजु भाइसागै देउसी भैले खेलेको क्षण भुलेको छैन
उद्यौली उभौली साकेला नाच्दै भूमी पुजा गरेको बिर्सेको छैन
मेरा पित्रीहरू साँचि छन्
अझै पनि म भन्दैछु तिमीलाई
मेरो प्यारो गाँउ
म बसाइ सरेको होइन
वन पाखामा मृग मृगिनीहरूको लस्कर
कालिज र लाँचे को बथान
अन्य प्रजातिका चिर्बिर चिर्बिरे चराहरू
रङ्गी बिरङ्गका पूतलीहरू
आकाशको इन्द्रेणी हेर्दै नृत्यमा मस्त ति मयूरहरू
सेताम्य फुलेका ति चाँप सिमलहरू
रक्ताम्य फुलेका लाली गुराँसहरू
भीर पाखा भरी फुलेका ति सुनाखरी र
सुनगाभाका फुलहरू
गाँउ घर भरी फुलेको त्यो सयपत्रि, मखमली, बाबरी, चमेली
यस्तै यस्तै ……….
साँच्चै त्यो मेरो गाँउ स्वर्गकै टुक्रा हो
मैले ति सुन्दर प्रकृतिलाई बिर्सेर
मेरो प्यारो गाँउ
म बसाइ सरेको होइन
जीवन चालाउने क्रममा समयको हुरीले
हुत्याएर प्रवासि बनायो
हरेक हण्डर खेप्दै यो परदेशमा गुजारा चलाउँदै छु
दिन दिनै अनुहारमा चित्र रेखाहरू कोरिन थाले छन्
ऐना हेर्दा पो थाह पाएँ
अनुहारमा अचेल मेरै देशको नक्शा कोरिन थाले छु
कैले आफु जन्मेको
त्यो घुर्यान र करेसा बारीको नापिले कागजमा चटकै छुटुयाए जस्तै
झस्किन्छु र भन्ने गर्छु
हातगोडा बस्न अगावै मेरो पि्रय मातृभूमी
मैले समयलाई पछयाउने क्रममा तिमीबाट टाढा भएँ
मेरो जिन्दगी भरीको थकान
तिम्रो कखमा मेटाउन पाउँ
मेरो जिन्दगीको अन्तिम निन्द्रा
तिम्रो त्यो न्यानो काखमा निदाउान पाउँ
मेरो प्यारो गाँउ
म बसाइ सरेको होइन
राकेश कार्की – मृत्युको खबर
सर्सर्ती समाचार पढें आज राती
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।
कलेज पढुंन्जेल मित्रता गाढा रह्यो
कमाउन परेछी बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोर्याई तेर्याई मृत्युको खबर पढदै गएँ ।
साथीको निम्ति ज्यानको बाजी थाप्थ्यो
उ समिप हुँदा मेरो आत्मविश्वास जाग्थ्यो
कांध थापी थापी मलाई यति माथी चढायो
कस्तो आत्मियता मरेपछि पनि खबर सुनायो ।
जो साथीसंग लामो समय बिताएँ
ज्ञानवर्द्धक विचार उसैको पछ्याएँ
ऐर्श्वर्य सम्मानले मलाई ऊ देखि छेकिदियो
परन्तु आंखा अघि मृत्युको खबर लेखिदियो ।
दुःखमा सघाउंथ्यो ऊ साह्रै जाती
सुख पाएपछि अनायास मैले विर्से साथी
जरुरी कामले सम्झिने फुर्सद कहाँ
मृत्यु उप्रान्त सम्झी पछुताई रहेछु यहाँ ।
छातीभरी अर्ति उपदेश प्रेमको ऋण
यत्रो सम्मान, सम्पति मित्रकै देन
गुणै गुणको त्यत्रो पैंचो अब कैले मैले तिर्ने
मृत्युको खबर आंशु बनि मित्रकै स्नेह झर्ने ।।
सरण राई – अन्तिम सन्देश
वाक्य बसिसकेको छ
बोल्न त के
ओठ समेत चल्न सकेन
इशारा गर्ने सामथ्र्य छैन
मुन्टो घुमाउन नसक्ता
नानी आँखाको घुमाएर, हेरेर
आँसु झार्न चाहन्छ होला
जीवनले साथ नदिँदा
आँसु आँखामा जम्न सकेन
आँसु समेत झार्न सकेन
अन्तिम क्षण–अन्तिम बेला
कठैबरा ! बिचरा !!
अन्तिम सन्देश भन्न सकेन ÷बोल्न सकेन
संकेतले पनि व्यक्त गर्न सकेन …च्च..च्च…
अन्तिम बेला अन्तिम सन्देश छोडन सकेन ।
धरान
भीरा खड्का – तिम्रो याद आउछ
तिम्रो याद आउछ सारै सताउछ
बिर्सन सकिन
माया याद आउछ धेरै रुवाउछ
सहन सकिन
कति सुन्दर थियो
त्यो हाम्रो संसार
आगो कसले लगाइ दियो
जली सके म
खरानी भएछु
तिमीलाई भुल्न सकिन
माया याद Continue reading “Bhira Khadka – Timro Yaad Aaunchha”
अमर नेम्बाङ लिम्बू – त्रिवेणी दोभान
वर्षौँ पहिले
श्रावण महिनाको एक दिन
स्थानीय त्रिवेणी दोभानमा
जलाएको थियौँ हामीले
मेरी स्वर्गीय मुमाको लाश ।
मुमालाई दोभानमा झार्दा
कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर
ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले
वनको देवताको लागि भनेर ।
आमालाई जलाएर
माथि घरमा आइपुग्दा पनि
घरिघरि झझल्को आइरह्यो मलाई
त्यो सानो चल्लोको ,के भयो भनेर ।
हिजोआज पनि
जब आमालाई जलाएको सम्झना आउँछ,
एउटा सम्झना अर्को सम्झनासँग टाँसिए जस्तै
अनायास त्यो सानो चल्लोको पनि
सम्झना आउँछ मलाई ।
टंक सुब्बा – मान्छे आडम्वरी हुन सक्छ
सेवामा
श्रद्घाले शिर झुकाएर
कसैले पाउ छुन्छ भने
अथवा
निश्वार्थ प्रेमले ओतप्रोत भएर
सच्चा हृदय कसैले देखाउछ भने
सायद कोही नहोला
यस जगतमा
प्रश्न चिन्ह खडा Continue reading “Tanka Subba – Manchhe Adambari Huna Sakchha”
प्रवीण राई जुमेली – मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट
सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो
नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे
सरीर मर्नलाई त एउटा ढुङ्गाको चोट नै मनग्गे
छुरीको एउटा सानो प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन कहाँ मर्छ र मन
समयले भन्थ्यो ‘रे हामी अमर्त्यसेन-खोला सुकेको देख्छौं
असीम एउटा वानगोफ-बोध हराएको देख्तैनौ
हामी सुन्छौं पण्डित बजेको ज्ञानहरु
तरलताको अरुणालामा-रुदनहरु सुन्दैनौ
समयले त्यसै भन्थ्यो ‘रे
कति सुटुक्क मऱ्यो त्यो समयकै षडयन्त्रमा
कसैको गजप मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूल नै चढाउन आएन
कुनै भ्रमको महत्वकांक्षी हात
आस्था नामक सरौको सूचीमा पनि चडेन
राहत भनिने केही छद्म राशी
समवेदनाको साइटभरि बोधो कंक्रिटहरु ठडिन थालेछ अहो
मनको चिहानमाथि विस्मृतिको बनमारा उम्रिन थालेछ॥
मनु ब्राजाकी – पानी खाँदा सर्किएला (गजल)
मधुपर्क २०६६ भदौ
पानी खाँदा सर्किएला होस गर
तीर्खा फेरि फर्किएला होस गर ।
बाँचेजस्तो मर्न कहाँ सजिलो छ,
काल पनि झर्किएला होस गर ।
हिमालको मुनि बस्दा ओत होला,
पहिरो पो घर्किएला होस गर ।
उकालोमा दुवै गोडा ठीक थिए,
ओह्रालोमा मर्किएला होस गर ।
ऐना हेर्दा सम्हालेर हेर्ने गर्नु,
आफ्नै रूप चर्किएला होस गर ।
दुवै गाला अझै पनि सुख्खा नै छन्,
हृदयमै दर्किएला होस गर ।
ढुङ्गालाई धेरै माया नचढाऊ,
तिम्रो ‘मनु’ तर्किएला होस गर ।
-सैँबु, भैँसेपाटी, ललितपुर
मनु ब्राजाकी – पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै (नेपाली गजल)
पाइँदैन केही भन्ने थाहा हुँदाहुँदै, पाउने आशा अझै पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो निदाएर, ञमनु अब रातभरि जागिरहेछ ।
समयको साथ सबै मेटिएर जान्छ, भन्ने कुरामाथि कति भर परुँ म,
कस्तुरी झैं तिम्रो मायाँ मनमा रहेछ, सुगन्धको खोजी गर्दै भागिरहेछ ।
जाँदाजाँदै फर्किफर्कि हेर्ने बानी त्यो, तेही नजरलाई अझै सम्झिरहेछ
तिमीसँग भेट हुने कल्पनाले नै, विषलाई अमृत झैँ चाखिरहेछ ।
बोल्नु परे एउटै शब्द बाँकी रहेथ्यो, त्यही भन्न खोज्दाखोज्दै घाम अस्तायो
धेरै धेरै कुरा भए तर पनि त्यो, एउटै कुरा मनले अझै राखिरहेछ ।
बादल झैँ टुक्रा टुक्रा छरिदै म हिँडे, आकाशमा लाखलाख ताराहरु छन्,
मन गगनले एउटा सानो जूनमात्र, अन्धकार मेट्न भनी मागिरहेछ ।
प्रतीक्षाको वेदनाले नसताओस् भनी, मनलाई ञमनु जस्तै ढुङ्गा बनाएँ,
हुँदाहुँदै यसैगरी हीरा भएछु, नभनिदेऊ हीरा पनि दागी रहेछ ।
दिनेश चापागाञी – चैते काठमाण्डौं: ५ हाइकुहरू
फागुको दिन,
रङ्गिन हल्लाहरू –
मुसो एक्लो म !
क्याफेरिनामा,
फूल काँडाको हाँसो –
हिमाल मौन !
हावा हुरीमा,
बच्चा हुर्क्याएको थ्यो –
उडेर गयो !
शब्दको वर्षा,
बेमौसमी फूल झैं –
घण्टको रण्को !
सारौँको हुल,
बिस्कुन सुकाएको –
एक्लो परेवी !
राजन कठेत – एउटा घरमा
एउटा घरमा
यस्ता हजारौँ एउटा घरमा
रात परेपछि
एउटा कालो छायाँ खस्छ आँगनीमा ।
“ऊ आउनु’भो!”
केही गोडा
सल्बलिनछन्
अगेनाको डिलमा
यस्ता हजारौँ डिलमा ।
छायाँ भित्र पस्दैन ।
हराउँछ त्यहिँ आगँनीमै
हिँजोजस्तै,
अस्तिजस्तै,
सधैँजस्तै ।
फेरी मौनता छाउँछ
एउटा अगेनाको डिलमा ।
यस्ता हजारौँ एउटा अगेनाको डिलमा ।
त्यो शुन्यता चिर्दै
एउटा तोते बोली गुन्जिन्छ-
“आमा! बेपत्ता पार्नु भनेको के हो?”
सार्है खिन्न लाग्नेगरी
त्यो आगो निभिसकेको धुवाँसँगै
फेरी मिस्सिन्छ
एउटा तीतो आशा
आँखै पीरो हुनेगरी ।
काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार
अपजसे कान्छा – मेरो देशमा
प्रकृतिको सास छ
मन लोभ्याउने
सुन्दारताको बास छ
तर अपुरो क्रान्तीले
सदिआ देखिको भ्रान्तीले
देश कंगाल भएको छ
क्षतबिक्षत भएको छ
देशको यस्तो बिजोग देख्दा
मलाई देशमा
रगतको खोला
बगाउन मन लाग्छ
देशको बनजंगलमा
आगो लाउन मन लाग्छ
बरु अनि
बाँकी रहेका खरानीहरुमा
नयाँ नयाँ फुल
रोप्न मन लाग्छ
सबै नेपालीलार्इ
नयाँ नयाँ चेतनामा
लत बसाल्न
पञ्चामृतमा
चेतनाको हिरोइन मिसाएर
पिलाउन मन लाग्छ
जसले
नयाँ नयाँ युगहरु
ल्याउन सकोस
हरेक नेपालीको
नसा नसामा
चेतना संप्रवाह
गराउन सकोस
त्यसैगरि
यसैगरि
सधै सधै
निरन्तर।
विष्णुविभु घिमिरे – कठै! मेरो मन
(Source: Himal Khabar)
तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ
गीता Continue reading “Bishnu Bibhu Ghimire – Kathai Mero Man”
युद्धप्रसाद मिश्र – पर जा पर जा
भ्रष्ट प्रशासन पर जा पर जा
रक्त क्रान्तिको घन्क्यो बाजा
उठ्यो बबण्डर हुँदै सशक्त
महल अटारी अस्तब्यस्त
सामन्तीले संगीन रोप्यो
जनजागृतिले दुनियाँ छोप्यो
झुपडी भन्दछ शहरै घेर्छु
धरती भन्छिन् काया फेर्छु
थाम्दा थाम्दा थाम्नै नसकी
पीडितहरूका टेवा मर्के
अड्दा अड्दा अड्नै नसकी
अग्ला घरका भित्ता चर्के
जाली दोषी क्रूर कठोर
पीडित जनका पसिना चोर
निम्न जनका रक्त पिपासा
धरतीका गुण गौरव नासा
(हलकारा-१०:२, ०४६)