Kamala Shrestha – Jeewan

कमला श्रेष्ठ – जीवन
(मधुपर्क २०६६ भदौ)

कस्तो अट्टहास
कस्तो निस्सासिँदो
यो कहालिलाग्दो जीवन
बाटो हिँड्दाहिँड्दै
दोबाटोमा अल्भिmएको जीवन
कतै फूल छ त कतै काँडा
घोचाइलाई सहँदै
अघि बढ्दै जानुपर्ने जीवन
टुक्रिएर छताछुल्ल
भुइँमा झर्दा नझर्दै पनि
समयले दिएको घात भनी
सम्हालिएर फेरि उठ्नैपर्ने जीवन
कति पीडा
कति बोझिल सपना
यो उराठलाग्दो जीवन
आत्मालाई ऊँमा अर्पिएर
हृदयमा शान्ति ल्याउनुपर्ने जीवन
कस्तो मृगतृष्णा
कस्तो चाहना
भाग्यको भेलमै बगाएर
बाँच्नुपर्ने जीवन
निमेषमै आँसु झरिदिने
निमेषमै हाँस्न मन लाग्ने
सहाराका हातहरू
तड्पिँदै खोजिरहेको जीवन ।

– नारायणगढ, चितवन

Kshetra Pratap Adhikari – Rato Akshata

क्षेत्रप्रताप अधिकारी – रातो अक्षता

यसपालि पनि मान्छेको
रगतमा मुछेर लगाउने हो कि क्या हो
दशैंको रातो अक्षता?

कस्तो नन्सेन्स प्रश्न!
देशमा जुठो परेको बेला
टीको लाउनेलगाउनेहरु
काजकिरिया बसेको Continue reading “Kshetra Pratap Adhikari – Rato Akshata”

Rabindra Nath Thakur – Ye Mero Mrityu [From Geetanjali]

ऐ मेरो मृत्यु
ऐ मेरो जीवनको अन्तिम सहारा !
ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !
म तिम्रो लागि जन्मभर बिउँझिरहेको छु, जन्मभर तिम्रो लागि
सुख–दुःखका भार आङ्खनो काँधमाथि उठाएर हिंडडुल गरिरहेछु ।
ऐ मेरो Continue reading “Rabindra Nath Thakur – Ye Mero Mrityu [From Geetanjali]”

Harihar Dahal – Bhabisya

मैले भिरपाखा र भन्ज्याँङहरुलाई सोधें
कतै “भबिस्य” लाई देख्यौ कि?
भक्कानो छोडेर रुदै उनिहरुले भने
बम र बारुद बनेर आकाशमा उड्दै होला|

मैले मखमलि फुल लाई सोधें
उसले रिसाएर भन्यो
म आफ्नै समस्याले Continue reading “Harihar Dahal – Bhabisya”

Mina Bantawa ‘Mridu’ – Bagar Nai Tarchhu [Nepali Muktak]

आज भोलि मलाई कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको झ्याल र ढोका बन्द गर्न सार लाग्छ!!
आफैले नि आज आफुलाई, मात्र विस्वास गर्छु!
मलाई बरु चाहिंदैन समुन्द्रको भेल, बगर नै तर्छु!!

Biplav Pratik – Niyati

बिप्लव प्रतिक – नियति

कुनै एउटा त्यस्तो बखत थियो
जब ब्रहृमाण्ड के थियो थाहा छैन
फेरि त्यस्तो बेला आयो जब ब्रहृमाण्ड भयो
तत्पश्चात् के के भयो सबैलाई थाहा छ
र कोही अनभिज्ञ छैनन् ब्रहृमाण्डको इतिहाससँग ।

ब्रहृमाण्डमा पृथ्वी, चन्द्र र सुर्यसँगै
धेरै अरू ग्रह पनि बने
माछा, हात्ती, चरा अनि मान्छे पैदा भए
र, मानिसको अनादिदेखि अनन्तको यात्रा पनि सुरु भयो
यहाँ समयानुसार लिङ्कन, मार्क्स, हिटलर
लेनिन, बुद्ध, एरिस्टोटल सबैसबै जन्मे
अहिले म, तिमी र हामी पनि जन्मेका छौँ
र हामी हाम्रो कर्मप्रति उदासीन
स्वार्थ, मोह र प्रतिस्पर्धामै
आफ्ना पसिना र रगतका प्रत्येक थोपा
निथारेर खर्च गर्न लालायित छौँ ।

ऐइया, कस्तो दुख्ने जिन्दगी !

घट्टेकुलो, २८ जनवरी १९९१

Thakur Belbase – Pahiro Ko Makhe Sanglo

ठाकुर बेलबासे – पहिरोको माखेसाङ्लो
(नेपाल साप्ताहिक)

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको Continue reading “Thakur Belbase – Pahiro Ko Makhe Sanglo”

Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)

कुमार सिंखडा – तीजकी बधु (गजल)

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को Continue reading “Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)”

Komal Bhatta – Sojha Sidha Janata Lai (Nepali Gajal)

कोमल भट्ट – सोझा सिधा जनतालाई

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे Continue reading “Komal Bhatta – Sojha Sidha Janata Lai (Nepali Gajal)”

Bhupin Byakul – Pathak Ko Hatya

भूपिन ब्याकुल – पाठकको हत्या

यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई !

आत्मप्रलापका लागि
कबिताभर स्खलित गर्छ
शब्दका कामुकताहरु
सुन्दरी वेश्यालाई झैं कवि
भोग्छ शब्दहरुको सौन्दर्यलाई !

कवि
अक्षरका आत्महरुको चीरहरण गर्छ
अक्षरहरुलाई नाङ्गै पार्छ
र कुण्ठाको सपाट सडकमा हिडाउँछ !

‘एडिक्ट’ छ कबिताको
कविताका नसाहरूमा सिरिन्ज हान्छ
कविताका कलिला हातहरुमा
अँध्यारो सूर्य थमाउँछ

दुर्व्यसनी आँखाहरुमा
रक्सीले मातेको पृथ्वी बोकेर
कविताको अन्तरिक्षमा हराउँछ

नयाँ कवितामा
ककटेल उपदेशहरु वान्ता गर्छ
हल्लाहरुको हाटबजारमा
शब्दहरुको किनबेच गर्छ
समीक्षा गर्न लगाउँछ भक्तहरुलाई
सापटी पुरस्कार थाप्छ
र सृजनशील उचाइको भ्रममा बाँच्छ !

सबैभन्दा बढी
अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ
कि कवितामा
आत्महत्याको बीउ छर्छ
प्रिय छैनन् जीवनका बहुलरङ्गहरु
यस युगको महान कवि
सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ !

आधुनिक ‘भ्यानगग’ हो
यस युगको महान कवि
सत्ताको समर्पणमा
कविताको कान काट्छ र चढाउँछ
र गर्वले
बुच्चा कविताहरुको पोट्रेट बनाउँछ !

यस युगको महान् कवि
पाठकहरुको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

Laxmi Prasad Devkota – Purush Bachan Le Chhati Futyo

दप्किरहेछन् शीतका दाना !
कविले गरीकन गिल्ली गाना !
झूसे, पोहाला, छुच्चो भन्छन्,
दाँजी कुसुमसँग विषसरि गन्छन्,
हुँला असुन्दर, पीरो तातो !
रोप्दछ कसले ? हेर्दछ कसले ?
अछूत जातको नित अपयशले
निन्दित, वर्जित, त्यक्त कुनामा
फस्टिरहेछु विष नमूनामा
परित्यक्त जिमिनै जडले समात्यो
परुष वचनले छाती फाटयो !
भू नभएका जनका निम्ति
प्रकृति सामुमा गरीकन बिन्ती
आफ्नो भरमा उम्रेँ पलाएँ,
कूडा कर्कट झटारो पाएँ
पशुसँग पुस्तौँ रण भो घोर,
अग्न्यस्त्र प¥यो लिनु यस्ता कठोर,
अति जीवित भई सडक–किनारा
फस्टेँ, फैलेँ शिर ली हजारौ,
उक्लने बलले डाँठ भो गाँठो,
परुष वचनले छाटी फाटयो !
मुन्टा मुन्टा धम्र्मको नाउँ
बलि दी मौन छु तनभर घाउ
भूभर दाना नमिल्ने जनले
सान्ध्य ज्वलनमा भज्छन् नाउँ ।
अरु मीठा हुन् पोषून् ठूला,
दीन–सखा हुँ, शिवि भइ जाऊँ ।
भोका निम्ति जगत्मा आएँ ।
भूखमरको उदर रसाऊँ
कविजी ! जँच्दिन तिम्रा नजरमा
काढाँदार छु, ज्वलित छु लाटो
तिमीझैं जनले तत्व नबुझ्दा
सिस्नो रोई मर्नै आँटयो
परुष वचनले छाती फाटयो !
खस्रोपनाको स्वीकृत कोमल,
त्यक्त कुनाको जीवन प्राञ्जल,
नित्य ज्वलनको तप हो शीतल,
सुन्दर वलिका देवी–कुन्तल !
परिस्थितिमा मारक जीवन—
वीर समर हो विजय समुज्ज्वल !
भूसुत दीनहरुको दाना,
पुछ्नु, निभाउनु अनल, अमृतजल,
रछानमा तप कसले साध्यो ?
असुन्दर मुटुमा सुन्दर बाँध्यो ?
निन्दितले भन ! के के आँटयो ?
कवि दृग अन्धो, छाती फाटयो
मरुमा सिस्नो मर्नै आँटयो ।

Komal Shrestha Malla – Banayo (Nepali Muktak)

कोमल श्रेष्ठ – बनायो ! (मुक्तक)

बिहेले छोरा र छोरी जन्मायो
गैरीखेतले प्रदेशमा पु-यायो
बुद्दी किन हारेछ कुन्नी ?
आफनै छाती पिट्नु पर्ने बनायो ।

Tirtha Raj Sangam – Feri Arko Yuddha Ra Kranti?

तिर्थराज संगम – फेरी अर्को युद्ध र क्रान्ति ?

रात क्रमश ढल्दै गयो
एक हुल मच्छडहरु
एक हुल हुच्चिलहरु
अनि,
ब्यासोका बथानहरु
बिस्तारै मानवहरुका
शिकार गर्न,
तछाड मछाड गर्दै
गठ बन्धन गर्दै
अराजकताको सञ्जाल लिएर
तिम्रो घरको आगनमा
देउसी र भैलो खेल्न आईरहेछन्।
खबदार ! घरबेटि बाबा
होसियार ! घरबेटि आमा
तिनीहरुलाई भट्टयाउन नदिनु होला,
तिनीहरुलाई कात्तिके दान नझार्नु होला।
रगतको आहालमा चुर्लुम्म डुबेर
शान्तिको आव्हान गर्नेहरु
सिंगमरमरको महलमा बसेर
झुपडिका कुरा गर्नेहरु
जनताका घर दैलोमा चहारेर
आङ्खना भकारी भर्नेहरु
राष्ट्र बिखण्डनको सपना बोकेर
बिध्वंसको तोप गोला लिएर
तिम्रो गाउका बस्तीहरुमा
ताण्डव नृत्य गर्न खोजिरहेकाछन्।

खबदार ! गाउ147लेहरु हो
होसियार ! जन समुदायहरु हो
तिनीहरुलाई गाउ छिर्न नदिनु होला,
तिनीहरुको नाङ्गो नाच धपाउनु होला।

लाज र सरमले पानी―पानी भएर
हिजो मात्र आत्मालोचना गर्नेहरु
हामी जनताका नोकर हौ भन्नेहरु
आज मालिक बन्न खोजि रहेका छन्
हाम्रै चुल्होमा आगो तापेर
मकै भटमास चपाउनेहरु
हाम्रै च्यादर ओढेर
पुस माघ धपाउनेहरु
आलिशान महलमा बसेर
देशको भागबण्डा गरीरहेका छन्
ए….! लाटो देशका बाठो मान्छेहरु
ए….! राणा र शाह कालका मान्छेहरु
तिमीलाई यो देशको माया लाग्दैन?
नत्र तिमी मुक दर्शक बनेर किन बसेका हौ
आउ फेरी एक पटक,
आङ्खनै जीतको लागि एउटा युद्ध लडौं
आङ्खनै सन्ततिको लागि अर्को क्रान्ति गरौं
यो युद्ध, यो क्रान्ति कुनै पार्टिको हुने छैन,
कुनै दलिय स्वार्थको लागि लडिने छैन
त्यसैले यो युद्धमा बम, गोला र बारुद
यो क्रान्तिमा चर्को नारा र झ48डा
जिन्दावाद र मूर्दावाद केहि हुने छैन।

केवल हुनेछन,
न्युनतम मानवीय मुल्य र मान्यताहरु
शान्ति सग बाच्नु पाउनु पर्ने रहरहरु
आङ्खनै माटोमा बिभाजित नभई
हामी मात्र नेपाली हौ भन्न पाउनु पर्ने
हामी र हाम्रो चिनारीहरुको रक्षार्थ
आऊ हामी एउटा हतियार रहित
युद्धको थालनि गरौं
बन्द र तोडफोड रहित
क्रान्तिको सुरुवात गरौं
यो युद्ध /यो क्रान्ति
कुनै दल या शासकको हुने छैन
यो तिम्रो लागि हुनेछ
यो मेरो लागि हुनेछ
यो हाम्रो लागि हुनेछ
हे संसारका नेपालीहरु हो
हामी एउटा युद्धको थालनि गरौं
हामी नौलो क्रान्तिको सुरुवात गरौं

Nawaraj Subba – Niyati

हेर्दा हेर्दै त्यो फूल आज
यसरी ओइली झरेको देख्दा चाल पाएँ
मैले जीवनसँगै मृत्यु पनि ल्याएको रैछु,
हामीले पूज्ने त्यो द्यौराली आज
यसरी पहिरिएको देख्दा थाहा पाएँ
मैले मिलनसँगै विछोड पनि पाएको रैछु ।

Prem Oli – Afoo Ta Aba

प्रेम ओली – आफू त अब (झटारो )

हलो जोत्दा जोत्दै
फोन आयो पार्टीको
आफू त अब
काठमाण्डौं गइन्छ
मन्त्री नि भइन्छ
नूनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बेस्सरी बढाइन्छ
कमिसन नि पाइन्छ
आउने दशैमा
पजेरोमा आइन्छ।

खलो पोत्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
राजधानी गइन्छ
मन्त्री नि भइन्छ
मान्नेलाई चुनेर
नमान्नेलाई थुनेर
कसैलाई चुटेर
कसैलाई कुटेर
कर्मचारीलाई ठीक पारिन्छ
खान हुने
खान नहुने
सब कुरो खाइन्छ
जसरी हुन्छ
आउने दशैमा
कालो गाडीमा आइन्छ।

घाँस काट्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
ठुलो शहरमा गइन्छ
मन्त्री नि भइन्छ
बन जङगल
हात्ती गैंडा सब खाइन्छ
भ्रष्टचारी, दुराचारी
सबको बिल्ला लाइन्छ
आउने दशैमा
चिल्लो गाडीमा आइन्छ।

हाँस मार्दै गर्दा
फोन आयो नेताको
आफू त अब
कान्तिपुरी गइन्छ
मन्त्री नि भइन्छ
महँगो टाइ-सुट लाइन्छ
प्रभुको गीत गाइन्छ
देश बिदेश धाइन्छ
ह्विस्की र पोर्क खाइन्छ
डलर नि पाइन्छ
आउने दशैमा
चिप्लो गाडीमा आइन्छ।

Basanta Koirala ‘Prabha’ – Andhakar Fali Aau (Nepali Gajal)

वसन्त कोइराला ‘प्रभा’ – अन्धकार फाली आऊ दिलको बत्ती बाली (गजल)
(मधुपर्क २०६६ चैत)

अन्धकार फाली आऊ दिलको बत्ती बाली
नव नेपालको स्वागतमा बजाउँदै ताली
दुःख दर्द सबै बिर्सी उज्यालोको खोजी गर्न
अधरलाई Continue reading “Basanta Koirala ‘Prabha’ – Andhakar Fali Aau (Nepali Gajal)”

Somnath Subedi – Abhab

सोमनाथ सुवेदी – अभाव

टक्टकिएर सबै पीडा
सिनित्तै सकिएर हृदयको भक्कानो
म अभावको साम्राज्यमा पुगूँ
जहाँ
अभावैअभाव होस् दुःखको !
सकिएर जम्मै आँखाको आँसु
रुनै नपाउ अबदेखि
झ्याप्पै निभेर हृदयको आगो
जल्नै Continue reading “Somnath Subedi – Abhab”

Bishwa Sigdel – Rujheko Majheri

विश्व सिग्देल – रुझेको मझेरी

टाढा यात्रामा गएका
एकजोडी गौंथली
हिजै राती दलिनमा
वास बस्न आइपुगे

मैले चुलो लोटाउँदा
गग्रेटोमा बसे
बत्ती कात्न लाग्दा
मूलथाम वरिपरि घुमिरहे

म तिम्रो यादमा रमाइरहेथें
गौंथलीले दियो घरमा बसेर
साउतीको स्वरमा खै के–के भने
लाग्यो
तिमीलाई सोधिरहेछन् !

अघिल्लो हिउँदमा
हामी
यही अगेनाका छेउमा
सुत्थ्यौं नि हो गि ?

कटुसका काँढा त
खुट्टामा मात्र बिझ्छन्
ऐसेलुका काँढा त
हात मात्र कोपर्दछन्

हाल: बार्लोगञ्ज,मसुरी

Vijaya Koirala – Shoshak Ra Samanti Ko (Nepali Gajal)

विजय कोइराला – शोषक र सामन्तीको (गजल)

शोषक र सामन्तीको किल्ला ढाल्नुछ।
अन्याय र अत्याचारको जरो फाल्नुछ।

सिधा औंलो निष्काम भो सधैँ हारिरहने।
सकुनीको चतूर चाल अब चाल्नुछ।

दबिएका बोली सारा माथि उठाउन।
क्रान्तिको दीप मन मुटुमा अब बाल्नुछ।

कति दब्ने कति मर्ने सोझा जनता ती।
अत्याचारी-शोषकलाई जेल हाल्नुछ।

रोएका ती जनता सारा घाऊ ताजै छन्।
मलमरुपि बोली लगाइ पीडा टाल्नुछ।

नयाँ नेपाल नयाँ नेपाल सस्तो नारा भो।
युवा सारा माथि उठि विकास थाल्नुछ।

Shrawan Mukarung – Oh Tenzing

ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?

जति चड्दैजान्छु पहाड अग्लिँदै जान्छ
बिसाउँन खोज्छु सूर्जे भाग्दै–भाग्दै जान्छ
प्रिय–सपनाको बिहान कसलाई माग्ने होला
ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?

मेरो उचाईभित्र आकाशको सत्य छैन
प्रेमजस्तै अमर रहने मलाई अधिकार छैन
प्रिय–विपनाको गुहार कसरी माग्ने होला
ओ तेन्जिङ !
मैले यो प्रेमको पहाड कहिले नाघ्ने होला ?