Shrawan Mukarung – Aadi Samjhana

तिमीसँग–
यौटा चुहिने घर र आँगनमा एक थुँगा रातो फूल थियो
मलाई खोज्न–
धुवाँ निस्किरहने आँखीझ्याल, पुरानो क्षितिज
र आक्कलझुक्कल उड्ने केही चराहरू थिए
मलाई सम्झिन–
एक रोगी कथा र खसिरहने आँसु थियो
Continue reading “Shrawan Mukarung – Aadi Samjhana”

Hemanta Pardeshi – Timrai Astha Ko Bijaya Hunechha

हेमन्त परदेशी – तिम्रै आस्थाको विजय हुनेछ

बम र बारुदले उडाउन सक्दैन ,
न त फलामे सांग्लाहरुले नै बाँध्न सक्छ ।
आगोको ज्वालाले जलाउन सक्दैन ,
न त हिटलरी शासनहरुले नै गलाउन सक्छ ।
मानवरुपी भौतिक शरीर मरेर जान्छ ,
तर आस्था सधै अमर रहन्छ ।
त्यसैले शहीद!
तिमीले रुनु पर्दैन ,
मृत्युको ग्लानिबोधले रत्तिभर छट्पटिनु पर्दैन ।
भौतिक शरीर बिलाएर गयो त के भयो ?

तिम्रो आस्था अझै मरेको छैन ,
र युगौ युग मर्ने पनि छैन ।
बस् फरक यति छ –
आज तिम्रो त्यही आस्था माथि स्वघोषित ठुलाबडाहरुले ,
मनपरि रत्यौली खेलिरहेकाछन् ,
मृत्यु पर्यन्त परलोकमा समेत् –
ब्रम्हलुट् मच्चाउने दिवासपनामा ,
तिम्रै आस्थाको पुच्छर् समातेर –
बैतरणी पार गर्न खोजिरहेकाछन् ।
तर ढुक्क बन शहीद!
तिम्रो आस्था अब एक्लै छैन ,
शदीयौ देखि मुकदर्शक बनेर –
इतिहासको गवाह बन्दै आइरहेको यो देस ,
अब त्यसै चुप लागेर बस्ने छैन ।
भन्नैपर्दा………….
अब सगरमाथाको शीखरमा पनि –
तिम्रै आस्थाको झन्डा फहराउनेछ ,
तिम्रो आस्थाको पुच्छर समातेर,
बैतरणी तर्न खोज्नेहरु –
बीच बाटोमा पुग्न नपाउदै ,
समुन्द्रमा अकल्पनीय सुनामी आउनेछ ।
र त्यो दिन………
सुषुप्त ज्वालामुखीको बिष्फोटसँगै ,
कहिल्यै हारमा अनुवाद नहुने –
तिम्रै आस्थाको विजय हुनेछ ।

Deepa Ewai Rai – Sambandha

दिपा एवाई राई – सम्बन्ध

सम्बन्धको घना जंगलभित्र
म र ऊ
मेरो र उसको
उसको र उसको
अनि क-कस्को
के सम्बन्ध ?
कुन सम्बन्ध ?
कस्तो सम्बन्ध ?
यसरी धेरै प्रश्नहरूमा
सम्बन्ध खोजिन्छ

उत्तरविहीन
यो Continue reading “Deepa Ewai Rai – Sambandha”

Komal Shrestha Malla – Ye Didi Bahini Haru

कोमल श्रेष्ठ मल्ल – य दीदी बैनीहरु

यो प्रदेसमा,
मन थाम्न
दीदी बैिनहरूको संझनामा
अरुको ईन्द्रेणी िटका हेरेर
यो िनधार आफू आफै कसरी चम्काउनु ?

हरेक बर्ष
यो मनलाई कसरी संझाउनु ?
लौ न,
य दीदी बैनीहरु
दाजु भाईहरुलाई
यसपाली त मायाको धागोमा
गोदाबरि,मखमली, सयपत्री
र थरी थरी फूलहरुका माला उन्ने
मात्र ितम्रो हात पठाई देऊ

रंगीन िटकामा िनरन्तर जीवन फूल्ने
शुभ आर्षिकबादका खात पठाई देउ
त्यतीले कहा पुग्छ र
सकेसम्म औंिसको रातमा
भैलीनी नाच्दै गाउदै
यो प्रदेशको घर आगनमा
मात्र हर्षमा,
मात्र हर्षको
सुख,संबृृद्दी, आरोग्यताको
प्रसाद पठाई देऊ ??

त्यसैमा
मन,
तन िभज्ने
ितम्रो मायाको
कहिल्यै नटुङ्गीने
बर्षात पठाई देऊ ..!!

Kamalmani Baral – Roopma Jhaljhal Baleki Shilai Shila Le Dhaleki

कमलमणि बराल – रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकी

रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकी
शान्ति अत्तर बसाउने नेपाल मेरी आमा हुन

हिरासरी झल्किने गलामा हिमालचुली छ
मोती सरी टल्किने सगरमाथा फुली छ
रूपमा झलझल बलेकी…

हरियाली पछयौरी पहेँलपुरी सारी छन
बुद्ध जस्ता छोरा छन, भ्रिकुटी सिता छोरी छन

सुहाएको छ कति लाली गुराँस चोलीले
सुहाएको छ अति शान्तिको सुन्दर बोलीले
रूपमा झलझल बलेकी…

तिम्रो काखमा जन्मिदा रुनु कसैलाई नपरोस
हे आमा तिम्रो गालामा दु:खको आसुँ नझरोस
स्वार्थ घमन्ड अभिमान आगो मै हाली डढाउँछौ
नराम्रा प्रब्रित्ती केही भए मन्दिरमै लगी चढाउँछौ
रूपमा झलझल बलेकी…

सुन्दर तिमी अती छौ गहना जाबो चाहिंदैन
तिम्रै काखमा मर्न पाउँ स्वर्ग जाबो चाहिंदैन

रूपमा झलझल बलेकी शिलैशिलाले ढलेकी
शान्ति अत्तर बसाउने नेपाल मेरी आमा हुन

Tanka Subba – Chhati Ma Daudiyeko Yo Man

टंक सुब्बा – छातीमा दौडिएका यो मन

अनियन्त्रित सोंचाइहरुको कोलाहलमा
एकरास तीव्र आकांक्षाहरु बोकेर
लामो यात्रा पार गर्दा
लखतरान भएको यो छाती
सुस्ताएको हुन्छ वेस्सरी
समयको पन्यालो परिसरभित्र
इच्छाहरुको Continue reading “Tanka Subba – Chhati Ma Daudiyeko Yo Man”

Komal Shrestha Malla – Khai Ta Shwas Shanti Ko

कोमल श्रेष्ठ मल्ल – खै त श्वास शान्तिको

संस्कार दाहको
पुरुस्कार स्वाहको
लात एकतालाई
बाँध ध्वजालाई
अहो अहो !
भन्छन भै हाल्छ नि विकास
खै त स्वास शान्तिको ?
जनताको मुण्डन
देशको बिखण्डन
मुर्दाबादको ज्ञान
जिन्दाबादको बिज्ञान ?
अनुदानको जीवन
थरि थरिका रंङ
भन्छन भै हाल्छ नि विकास
खै त एकताको हात ?
कामना फगतको
अभिषेक रगतको
भाषा प्रदेशको
भेष निषेधको
जात निस्तेजको
भन्छन भै हाल्छ नि विकास
खै त जिउदो विश्वास ?
धर्म वलत्कारको
हक हाहाकारको
कर्तब्य बेक्कारको
अधिकार बखेडाको
न्याय लंगडाको
भन्छन भै हाल्छ नि विकास
खै त चन्द्रसूर्य ध्वजाको प्रकाश ?
खै त स्वास शान्तिको ?
खै त स्वास शान्तिको ?

Shekhar Dhungel – Kunai Din Hansera

कुनै दिन हाँसेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँको रीत
जस्तो मौसम
त्यस्तैमा रमायो
कुनै रात यहाँ
बिष बोकेर आउँछ
कुनै रात चाँदको
हँसिलो मुहार
जिन्दगी रैछ घाम-छायाँ
कहिले धूप
कहिले झरीमा रमायो
कुनै माया जीवन
कुनै माया मृत्‍यु
बोकेर आउँदो रैछ
कस्तो लगायो छाप
बिधाताले भाग्यमा
कुनै दिन हाँसेर
कुनै दिन रोएर बितायो

Rakesh Karki – Swar, Shanti Ra Sambidhan

इन्जिनियर राकेश कार्की – स्वर, शान्ति र संविधान

एउटा भिँड स्वर मच्याउँदैछन्
अर्का थरी शान्ति जुलुस गर्दैछन्
हरेक दिनको होहल्लामा
संविधानका अक्षर मर्दैछन्

स्वरहरु मुठ्ठी उठाउँदैछन्
शान्तिहरु गाला थाप्दैछन्
लेख्दैनन् अब च्यात्छन् भनि
संबिधान थर् थर् काँप्दैछन्

स्वर भन्छ भनेजस्तो हुनैपर्छ
शान्ति भन्छ सबै मिल्नुपर्छ
हुँदैन पनि मिल्दैनन् पनि
संबिधानले सधैँ निराश हुनुपर्छ

– लस् एन्जेलस्

Biplav Pratik – Prashna

बिप्लव प्रतिक – प्रश्न

यो जीवन यदि सास फेर्नका लागि मात्रै हो भने
सास रोकिएर के फरक पर्छ यहाँ ?
सहस्र गोरेटाहरू खोसिएर
कुनै एउटा बाटो मात्रै हिँडिरहनुपर्ने भए
यात्राको नामोनिसान मेटिए पनि
के फरक पर्छ यहाँ ?

नयाँसडक, २५ फेब्रुअरी १९८६

Haribhakta Katuwal – Yo Dui Thopa Anshu

हरिभक्त कटुवाल – यो दुई थोपा आँसु

यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसु
होला कि नहोला

दुख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु
भोलि रमाउन कसैकोमा आँसु
होला कि नहोला

भन्न नसकेका बोलिदिन्छ आँसु
पीर बाँधिएका खोलिदिन्छ आँसु
भोलि पीर पोख्न कसैकोमा आँसु
होला कि नहोला

बितेका दिनको कथा लेख्छ आँसु
मिलन बिछोडको व्याथा लेख्छ आँसु
भोलि लेख्नलाई कसैकोमा आँसु
होला कि नहोला

शब्द – हरिभक्त कटुवाल
स्वर – साधना सरगम/कुमार सानु
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु

Manoj Bogati – Chhati

मनोज बोगटी – छाती

छातीको मोहर लागेको ईमानदारिताको दाम हुँदैन।
बुझ्यौ?
दाम हुँदैन।

ईमानदारिता किन्न सकिन्न
तर बेच्न सकिन्छ।

किन्नै नसकिने ईमानदारिता बेच्न आउने कम्पनीका सेल्सम्यानहरू
छ्‌यापछ्‌याप्ति छन्‌ गाउँभरि।

दैलोमा नै उभिएर भन्छन्‌,
यसको गणवत्ता सोझै अनि सस्तोमा ग्राहकमा पुगोस्‌ भनेर मिडलम्यान राखेनौं
यसकारण सस्तो छ। किन्नुस्‌।
घरघरको यो सेवा कम्पनीको पोलिशी हो।
बजारमा पाइन्न।

हर्कबहादुरले त्यो पनि किन्यो
सबै छक्क परेका छन्‌।

यत्रो महङ्गो ईमानदारिता कसरी किन्यो त्यसले?

Bal Mukunda Karki – Bhyaguta Haru

बालमुकुन्द कार्की – भ्यागुताहरू
(Source: Himal Khabar)

पोखरीको डिलमा हिलाम्मे भ्यागुतो
कहिले डिलमाथि, कहिले डिलमुनि
आँखा चिम-चिम गरी नियालिरहेछ
पोखरी उही दलदले हिलै छ
केही हिलाम्मे भ्यागुताहरू
ट्वार-ट्वार उहीँ उफ्रिरहेछन्
छत्ल्याङ-छुत्लुङ

सेताम्यै पल्टिएका माछाहरू
साना माछाहरू
ठूला माछाहरू
अनि उही पोखरीका सर्पहरू
डिलमाथिको खोपीमा
मस्त लपलपाउँदै डिलमुनि नियालिरहेछन्

कसैलाई हर्ष कसैलाई विस्मात्
कथा आ-आफ्नै छ

हिलाम्मे भ्यागुतो डिलमा बसेर
चिम-चिम आँखा गर्दै
नाक खुम्च्याउँदै, मुन्टो हल्लाउँदै
उही पोखरीको भ्यागुता नियालिरहेछ।

Taranath Sharma – 2065 Ko Shubhagaman

थोत्रो बूढो बितेको असफल ननिको वर्षले राष्ट्र भाँड्यो
मैला च्याङ्ला पुराना रिसघिनफुटका रोग सर्वत्र बाँड्यो

देशै टुक्र्याउने जो सरल जनमा सर्पको खेल चम्क्यो
पृथ्वी नै छट्पटायो र समयसँग मिली लौ नयाँ साल Continue reading “Taranath Sharma – 2065 Ko Shubhagaman”

Harihar Aryal – Ma Aaundai Chhu

हरिहर अर्याल – म आउँदैछु

हो प्रिया, विश्वास गर
यस पटक भने म तिम्रो बासस्थानमा
सधैको लागि आउँदैछु।
हुनत प्रिया, म पोहोर पनि आएँ
परार पनि आएँ र हरेक बर्ष आएँ,
कहिले हुरी लिएर आएँ
कहिले बतास भएर Continue reading “Harihar Aryal – Ma Aaundai Chhu”

Ganesh Bhandari – Ek Na Ek Din

गणेश भण्डारी – एक न एकदिन
(Source: मधुपर्क २०६६ जेठ)

बिशतोष्ण यामका दुर्लभ घामहरू छोडाएर
ठोसिरहेछु अगेनु, सौदमिनि सल्काउन ।
हामीलाई चिसमिरो अकारोमा बाधेर
हाम्रा रुघिरहरू मधुमह बनाएर चाट्ने चमेरो
टाास्सिइरहेकै छ घरको मूलदलानमा
हाम्रो हस्तिहाडको मासी लुछेर
हामीलाई नै शङ्ख बजाउने ज्यानीजूको बााचेकै छ अश्रुगुल्जारमा
हाम्रा तपनीका किस्मती आभूषण बनाएर
जुनेली गाउने धुर्त धमिरो जीवितैछ खलियानमा
हाम्रो आसुको जलाधिमा सयर गर्ने मकरमाछो
जीवितै छ सन्ताप सरितामा
हाम्रा आयु र समयका विपलाहरू काटेर बाचिरहने ऐंजरु
जीवितै छ घरको छानामा
विश्वास छ एक न एकदिन सिलाइसक्नेछु
धेरै अघि उनीहरूले च्यातिदिएको स्वप्नहरूको स्वर्ण भूगोल
विश्वास छ एक न एकदिन जोडी छाड्नेछु
विश्वास छ एक न एकदिन जोठी छाड्नेछु
उनीहरूले टुक्रा-टुक्रा पारिदिएको लघुआकाश
एकन एकदिन साकार हुनेछ मेरो विश्वासको स्वप्न
विश्वास छ रुदिला नजरहरूबाट एक न एक दीन ज्वालामुखी फुट्नेछ
विश्वास छ एक न एक दीन ओसिला यी चिसमिराबाट झन्झनिल फुट्नेछ
ढल्नेछ एक न एक दिन गुरुताभाषले बनेको लुटको गजुर
पुछ्नेछ समयले इतिहासको प्रतिस्राव र तर्नेछ भयवह जंघार
हेरिराख ! एक न एक दिन उनिसक्नेछु तारामण्डल र लगाइदिनेछु आमाको गलामा
पर्ख एक न एक दीन सल्काइछाड्ने छु सौदमिनीरदिप्त पार्नेछु गोल भूगोल
एक न एक दीन उठाउनेछु सिङ्गै पृथ्वी र लगाउने छु जुलुस
च्यात्नेछ जुलुसले वित्रंलब्ध पूरातन सन्धि र लेख्नेको समयको नया स्पन्दन

Bhojraj Baral – Chihan Bata Aama Ko Chitthi

भोजराज बराल – चिहान बाट आमाको चिट्ठी – कहिले आउंछौ त बाबु देशको मलामी जानलाई?

तिमीले जस्तै मैले पनि घर छोडे को धेरै भयो बाबु
फरक यत्ती हो
तिमी बाध्यताको निहुं बोकी पलायन भयौ
म तिम्रो पलायनको परीणामले Continue reading “Bhojraj Baral – Chihan Bata Aama Ko Chitthi”

Rakesh Karki – Jaba Sarbahara Haru Mahal Ma Baschhan

इन्जिनियर राकेश कार्की – जब सर्वहाराहरु महलमा बस्छन्

जब सर्वहाराहरु महलमा बस्छन्
व्यापारीहरुको चहलपहलमा बस्छन्
बिर्सन्छन् आफू जन्मेको झुप्रोलाई
सुमसुम्याइ रहन्छन् सुनको थुप्रोलाई

डनहरु अघिपछि Continue reading “Rakesh Karki – Jaba Sarbahara Haru Mahal Ma Baschhan”

Rabindra Nath Thakur – Antarbikas Garideu [From Geetanjali]

हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !
निर्मल गरिदेऊ, उज्ज्वल पारिदेऊ, सुन्दर गरिदेऊ,
जागृत पारिदेऊ, निर्भय अनि उद्यत पारिदेऊ,
निरालस अनि शंकारहित पारिदेऊ !
हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !
मेरो अन्तःकरण अखिल संसार झै“ उन्नत गरिदेऊ,
मलाई बन्धनमुक्त पारिदेऊ !
मेरा सबै कार्यहरुमा तिम्रो उल्लासपूर्ण सङ्गीत भरियोस्
आफ्नो चरण–कमलमा मेरो चित्त स्थिर होओस् !
मलाई आनन्दित पारिदेऊ, आनन्दित पारिदेऊ !
हे जीवित संसारको जीवन ! मेरो अन्तर विकसित गरिदेऊ !

Nawaraj Subba – Mero Hangpang

कसैले नदेखुन् भनेर सायद
त्यत्ति माथि हिउँमा जाडो नमानी
कंञ्चनजंघा र कुम्भकर्ण हात समाई
धान नाचेको देखेर
कम्मरमा तम्मरको पटुकी कसेर
मेरो हाङपाङ
चाँगे र छिन्ताङसँगै
मरक्कै धान नाचिरहेछ
थाहै नपाई मेरो हाङपाङले
मसित मीठो माया साँटेछ ।