Bhupin Byakul – Sadak Ra Ambulance

भूपिन ब्याकुल – सडक र एम्बुलेन्स

साइरन बजाउँदै
एम्बुलेन्स दौडिरहेको छ –
सडकमा !

अस्पताल कहाँ छ
एम्बुलेन्सलाई थाह छैन
एम्बुलेन्सलाई सिर्फ थाह छ –
भित्र सिटमा
समय सडकमा दुर्घटित
सख्त बिरामी सुतिरहेको छ
र उसलाई
यथासक्य चाँडो अस्पताल पुर्याउनु
अत्यन्त जरुरी छ

मान्छेहरु छिटो अझ छिटो
भत्किएको सडक मर्मत गर
र एम्बुलेन्सको लागि खाली गरिदेउ
यो सडक
यही सडकमा
साइरन बजाउँदै दौडिरहेको छ –
एम्बुलेन्स !

मेरो बिरामी देश बोकेर
सडकमा
एम्बुलेन्स दौडिरहेको छ !

Dipendra KC – Shubhakamana

दीपेन्द्र अपजसी – शुभकामना !

केही पछाडिएको दीर्घामा वसेर
धेरै आत्मीय, आदरणीयजनहरुको
शुभकामना, सदभावना, हार्दिकता
बोकीसकेपछि,

बिजुलीका तरँगहरुबाट
फोन, इमेल र फेसबुकहरुमा
तपाईहरुका मधुर आँकाक्षाहरुबाट
नयाँ बर्ष शुरु गरिसकेपछि,

म पनि चाहन्छु –
आउँदो बर्षको फूलवारीमा
एकजोर मनमोहकताका वेर्ना रोप्न
जो तपाईका जीन्दगीमा
सुगन्धका अक्सिजन दिन सकुन,

र फेर्न चाहन्छु
एक जोर पुराना व्याट्रीहरु
पुराना बर्षहरुका,
जो चिर्न सकुन
नयाँ वर्षका अँध्याराहरु
शुभकामनाका प्रकाशहरुले ।

नयाँ वर्ष २०१३, बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।

Uma Subedi – Sapani Ka Milan Haru

उमा सुवेदी – सपनीका मिलनहरू (गीत)
(मधुपर्क साउन, २०६७)

सपनीका मिलनहरू विपनीमा पाउने भए
पर्खिनु है मेरो हजुर वरपीलझैं छाउने भए ।

जिन्दगीको गोरेटोमा एक्लो हिँड्न गाह्रो रैछ
साँचो माया लाएपछि बिछोडिन Continue reading “Uma Subedi – Sapani Ka Milan Haru”

Binod Aryal – Paisa

विनोद अर्याल – पैसा
(मधुपर्क २०६६ असोज)

पैसा तँ धातुमा सबैतिर डोलगोल
सबैको चाहना तँमाथि तँ सधैँ अनमोल ।
तेरो सत्ताको र्चा चुलिँदोछ, चारैतिर तँ व्यापक
सबै तेरो दाशबनेका छन्, सबै तेरा साधक ।
टुक्रा कागजकायत्रतत्र पत्रु छैन त्यसमा नजाराँ
तेरो नामको टाँचापछि बन्छ त्यो रू. हजाराँ
रू. हजाराँ भएपछि मान्छे इच्छा गाडी गुडाउँछ
तेरो साथ छैन भने मान्छे भोक-निद्रा उडाउँछ ।
तेरो कारणले कतिको इज्जत-हुर्मत लुटिए
तेरो लागि कतिको यौवन ढल्यो, कति जन कुटिए ।
कतिको ज्यान गयो, कति साम्राज्य ढलीगए ।
कस्ता मै हुँ भन्ने हस्तहीहरू त्यसैत्यसै गलिगए ।
तेरो सङ्कलनको लोभमा मन कहिल्यै नभरिने
कस्तो रोग दिइस् तैँले कुनै औषधिले नहरिने
तेरै लागि इष्टमित्र बाबुआमा दाजुभाइ
आपसमा सत्तोसराप गर्छन् धारेहात लाईलाई ।
औठाछापलाई तैँले विद्वान् पण्डित बनाइस्
सरस्वतीका वरद पुत्रलाई औँठाछाप जनाइस्
तैँलाई देख्दैमा सबको तीन नेत्र लोलाउने
मेनका नै होस् कि स्वर्गकी सबको इमान डोलाउने ।
कसले जन्मायो तँलाई सबैलाई दाश बनाइस्
यो युगमा तैँले आफूलाई भगवान्झैँ जनाइस्
तेरो प्रभाव परेको स्थान सबैतिर झलमल
गोबरमा परेको असिना पनि नभका तारझैँ टलपल ।

-कालधारा, काठमाडौँ

Sangeet Aayam – Ustai Chha

मनका एकान्तका तलाउमाझ
अनायासै तरङ्ग उठ्छ
लाग्छ कुनै अतृप्त रागले
सङ्गीतका कर्णप्रिय
स्वर पाएको छ
सम्बन्धका सीमा
कृत्रिम बगैंचाका र्स्पर्शभित्र
जब कतै सन्त्रस्त रुन्छ
लाग्छ फेरि कुनै मौसम
छरपस्ट हुँदै हारेको छ
मृत संवेदनाहरूको
देश उस्तै छ
मान्छेका अभिशप्त कथा
फेरि असङ्ख्य शिलालेखहरूमा
उसरी नै लेखिन्छन्
कहीँ पुग्न नसकिने
यात्रा उस्तै छ
मान्छेका शापित उमङ्गहरू
फेरि अनन्त बाटाहरूमाझ
फेरि उसरी नै भेटिन्छन्
यातनाका श्रृङ्खला उस्तै छन्
यातनागृहभित्र परेका मस्तिष्कहरू
प्रताडित उस्तै छन्
बलात्कृत सपनाहरूका
चिहान उस्तै छन्
सपना देख्ने आँखाहरू
प्रतिबन्धित उस्तै छन् ।
परिवर्तनका लागि
लड्ने हातहरूमा
फेरि पनि थमाइएको
रित्तो रित्तो मौनता छ
अपरिभाषित अर्थहरूकार्
अर्थहीन र्स्पर्शहरू उस्तै छन्
कालो साम्राज्यको विरुध्दमा
उज्यालो खोज्दै पाइलाहरू
गतिशील हुँदा नहुँदै
चर्को हस्तक्षेपको कारण
उत्साहित बिम्बहरूका
असामयिक मरण उस्तै छन्
पुरानो रक्सी छचल्किरहने
नयाँ बोतल उस्तै छ
छेपारोले फेर्ने
रङ्गको कथा उस्तै छ
अँगेनामा कहिल्यै बल्न नसकेको
आगोको भर उस्तै छ
हिड्दा हिड्दैका पाइलालाई
अपहरणको डर उस्तै छ ।
उपचार नपाएर कुनै रोगी
जब सडकमा लड्छ
समयले फेरि एकपल्ट
देश थला परेको
र्सगर्व घोषणा गर्छ
कुपोषणले खाएको अनुहारलाई लिएर
जब पोष्टमार्टम शुरु हुन्छ
समयले फेरि एकपल्ट
देश भोकमरीमा परेको
तात्तातो समाचार र्छछ
शताब्दीयौंदेखिको
रीत उस्तै छ
मान्छेले मान्छेलाई गर्ने
प्रीत उस्तै छ
इतिहास लेख्ने कलमको
गीत उस्तै छ
कुर्सिप्राप्त गर्दाको
जित उस्तै छ ।

Mani Raj Singh – Chetana Ka Mutthi Haru

मणिराज सिंह – चेतनाका मुट्ठीहरू

निस्तब्ध अँध्यारो परिवेशभित्र
जूनको कलिलो आभा
सुसाइरहेकै थियो
तर आफ्नै परिधिभित्र
आगो सल्काएर
क्षितिजभरि नाङ्गो
आक्रोश छरेपछि
कतै केही चर्केजस्तो
कतै केही भत्केजस्तो
चीत्कारका स्वरहरू
पटक–पटक निस्सासिएर
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मन पनि
चिरा–चिरा पर्दोरहेछ
अभिमानी पहाड पनि
गल्र्याम–गुर्लम ढल्दो रहेछ
निरङ्कुश पर्खाल पनि
अपराधीझैँ रुँदो रहेछ ।

बादल, झरी, बतास
अनिँदो रात अनि धिपधिपे तारासँग
घर, आँगन र फलैंचामा
चिउराझैँ छरिएको स्वाभिमान बोकेर
माथिमाथि आकाशिने चाहनासँग
चुच्चोमा कङ्कालमय वर्तमान च्यापेर
ढुकढुकीमा वासनामय ममता सँगालेर
कल्कलाउँदो, भर्भराउँदो जवानीका रङ्गले
पोटिला, रसिला विहानी सजाउन
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ………………।

पाखा, पखेरा र भिरमा पनि फस्टाउँने
पहराको काप कापमा जुर्मुराउँने
विषालु सिस्नुको झ्याङ् ताछेर
अवरुद्ध निकास सफा गर्दा
कुमारी युवतीको भर्भराउँदो जवानी
संक्रमित बस्तीमा फर्फराएको सूचना
उद्घोष गर्न
शान्ति र सद्भावसहित
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ……………।

Anup Joshi – Nindra Nalaage Pachhi

अनुप जोशी – निन्द्रा नलागेपछि (कविता)

निन्द्रा नलागेपछि
मैले खाटबाटै सिरक कसेर
माथिको सिलिङलाई हेरेँ
र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ
सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा,
तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

निन्द्रा नलागेपछि
मैले दम लागेकी आफ्नै आमाको अनुहार सम्झेँ
रक्तचाप आकाशिएको बुढो बावुलाई सम्झेँ
घर छोड्दा अनायास चुहिएको एक नदी आँशुलाई सम्झेँ
र तेस्तैमा आधा मुरी पनि अन्न नफल्ने पाखोबारीलाई सम्झेँ ।

निन्द्रा नलागेपछि
नेताका मिठामिठा आश्वासनलाई सम्झेँ
मैले जनआन्दोलनमा गुमाएको दाहिने खुट्टालाई सम्झेँ
सिरानीमुनी थन्किबसेको डिग्रीको प्रमाणपत्रलाई सम्झेँ
र सम्झेँ जागिर छुट्दा र माग्न जाँदा गलहत्याइएको तिक्तानुभूति ।

निन्द्रा नलागेपछि
पोइल गएकी प्रथम प्रेमिकालाई सम्झेँ
विलिन हुँदै गएको यौनाकांक्षाका बारेमा सम्झेँ
र जुरुक्क उठेर
पल्टाएँ कविताको डाएरी ।

निन्द्रा नलागेपछि
सोच्न थालेँ निन्द्रा नलाग्नुका कारण
र यी सबै सम्झनाको आगमन ।
भोलिपल्ट त सहर छाडेर गाउँ फर्कनु थियो ।

Rakesh Karki – Matayera Malai

राकेश कार्की – मताएर मलाई

कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिनँ दिमागलाई नसाले हानी

प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

बाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ति बटुल्दै मलाई पक्कै जित्नुछ

बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

Mohan Duwal – Gham Nabhayeko Bhaye

मोहन दुवाल – घाम नभएको भए !
(मधुपर्क २०६६ असोज)

निःस्वार्थ मुस्कान बोकेर
आफूई समर्पित तुल्याउन जानेका
घाम नभएको भए
मान्छेले कोबाट के सिक्ने हुन्
भनूँ गाह्रो हुन्छ
नभनूँ आफैँलाई अप्ठ्यारो हुन्छ
म घाम उदाएको हेर्न रुचाइरहेँछु
घाम नभएको भए
उज्यालोमाथि पनि सङ्कट थपिँदो पो हो
कस्तो विवेकहीनजस्ता देखिन्छन् मान्छेहरू
किन भत्काउन र भत्किन चाहन्छन् मान्छेहरू
सूर्य-किरण घाम नभएको भए
मान्छेहरू कस्ता देखिँदा हुन् यहाँ अचेल
म घामसँग स्पष्ट प्रश्न राखेर
मान्छेका मुहार कस्ता छन् सोधिरहेँछु ।

घाम खुल्न पो जान्छन्
घाम फिँजिन पो खोज्छन्
घाम न्यानो प्रकाश पो बाँड्न रुचाउँछन्
मान्छेले जस्तो चियोचर्चा गर्न
खोई घामसँग फुर्सद…. ?
मान्छेले जस्तो षड्यन्त्र रोप्न नजानेकैले
घाम फिँजाइरहेछ प्रकाशमा आफूलाई राखेर
उज्यालोकै विरोधमा जुलुस गर्दैछन्
त्यसैले म सोध्न रुचाइरहेँछु
घाम नभएको भए के हुन्थ्यो ?
आजभोलि मान्छेका अनुहार हेरिरहेँछु ।

-बनेपा

Rajendra Pahadi – Nepathya Ka Sapana Haru

राजेन्द्र पहाडी – नेपथ्यका सपनाहरु

भगवानस“ग प्रार्थना गरे“ मैले
सक्ने भए मलाई
चिसो आगो देउ,
तातो पानी देउ,
जसमाथि बिरालोझैं रुझेको मन
खलियानको धानझैं ओसिएको तन
सेकाउन सकौं,
तताउन सकौं,
अफशोच,
उसले मलाई
तातो ज्वाला दियो,
फुस्फुसे आश्वासन दियो,
र दियो आर्तका बाजाहरु
जहा“ मैले नया“ बिहानीको
आजाद सपना नचाइरहेछु ।

नैतिकताको भुकम्पले छत्विक्षत
आणविक भट्टीछेउ उभिएर
मैले मानवताको क्षितिज चिहाए“,
विज्ञानको आविष्कार खोतले“,
र देखे“ पत्रैपत्र सुनामीका
अनन्त छालहरुले
मान्छेको अस्मितालाई नङ्ग्याइरहेका
र मेरा कलिला सपना बलात्कृत भएका ।

म किंकर्तव्यविमुढ सोचिरहेछु,
किन लड्छ मान्छे वित्ता र कित्ताका लागि ?
किन रापिन्छ मान्छे फोस्रो उन्माद सा“चेर ?
अस्त्रशस्त्र थुप्राएर भट्टीहरुमा,
जीउ“दा सपनाको सडक जाम गरेर,
किन खोज्छ मान्छे शान्ति हावामा ?

म गम्छु÷म खल्बलिन्छु आफैभित्र,
मनको व्यापारको
असरल्ल पसल ओछ्याएर
अमरत्व कामना गर्ने मान्छे
आज डामिएर मरिरहेछ
आफ्नै विकिरणबाट ।

विछिप्त मनोदशा रोपेर
शुभकामनाको नाममा
खेतभरी ऐ“जेरु फूलाउन
नया“वर्ष पर्खिन्छौं हामी
र गाड्छौं पीडाका शुलहरु,
क्यालेण्डरको व्यापार बढाउन
पर्व, जात्रा र चाड्हरु
महिनैपिच्छे खोपेर कागजमा
यातना शिविर खडा गरिरहेछौं हामी ।

मैले नेपथ्यको डिलमा
ठम्म उभिएर हेरे“,
त्यहा“,…..
न सपना नया“ थियो,
न सिद्धान्त नया“ थियो,
न समय नया“ थियो,
त्यसैले त नया“ सपनाहरुको निर्मम हत्या
भैरहेछ दिनदहाडै यहा“,
र पनि देवताहरु चु“सम्म बोल्न सक्दैनन्
स्वप्न हत्याको बिरुद्ध ।।

कुश्मा, पर्वत

B J Bantawa Rai – Man Ko Prithak Karan Ra Punarutpadan Magdai Chu

बि. जे. बान्तवा राई – मनको पृथककरण र पुनरुत्पादन माग्दैछु।

सपनाको तिलिचोमा
चुर्लुम्म डुबेर सप्तरंगी
इन्द्रेनी खोज्ने मन,
बक्ररेखा झैं गोरेटोमा
समानताको नाप खोज्दै
निराशताको एन्टार्टिका
भित्र हराईरहेको छ,,,

पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,

सोंची रहन्थे म,
सोंचभित्र कति बहुरंगी
गुलाफहरु फुल्छन
त्यहिं गुलाफको तिखो काँडाले
खिलिएको मुटु लिएर
भग्नावशेश सुमेरुमा
गुलाफ रोप्ने होडमा
अलकत्र झैं पटक पटक
कुल्चिई रहेछ,,,,,,,,

यात्रा भरि, कैंयौ अँध्यारी रात
अनी पारिला घामसँगको
संघर्षमा शहिद बनेको,
चिहानस्ँगै मेटिएको
प्राण पखेरुले आफ्नो गन्तब्य
लिई आफैबाट सन्याँस लिएको
भु-गर्भ भित्र लिप्त कंकाल
भोकाको गाँसभित्र अटाउन
लागेको एक छेस्का मन,,,

स्वर्गाभिमुख सदृश
जिओग्राफि भित्र
हेरेसस आत्मा
जिओमेट्रीकल प्रोगेसनको
स्पीड धडकन धड्किरहेको छ
अँध्यारी भित्र एक्लै,,,,,,,

बिष्मातको भण्डार अटेस मटेस हुँदा
बामियान को बुद्द झैं आकृती बिहिन हुदै
बिबशताको छो-रोल्पाहरु
स्वीस क्रोनो भित्र टिक टिक गर्दै
यत्र तत्र छरपष्टिन्छन
चिच्याहटसँगै चोक्टा चोक्टा भएर,,,,,

त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुनरुत्पादन माग्दैछु,,,,

Aayam Phuyal – Sanjeevani Haru

आयाम फुयाल – सञ्जीवनीहरु

एउटा लाम्चो क्यानभास…
त्यसमा कोरिएको,
मेरो मातृभूमिको रुन्चे आकृति,
मेरो मातृभूमिको करुण रोदन,
अनि, मेरो मातृभूमिको निसार चिच्चाहट!
दृश्य एकमा म नियाल्दछु-
आजभोलिका उराठलाग्दा दिनहरु,
कहालीपुर्ण चर्किएका भाष्करका रश्मि,
शून्य अस्तित्व बोकेका मेरा छाया
र मरेतुल्य नरहरु!
सुनकोसीको क्रुर व्यग्रता,
भोटेकोसिको आडम्बरी थुनाइ,
डाँडा-पाखाका बजार ओर्लाई
र यी तथाकथित सर्वश्रेष्ठ मानवजातिको आर्तनाद!
गगनचुम्बी हिमचुचुराका आँसु,
शिर निहुराहिरहेका चोमोलुङ्मा र कन्चनजङ्घाहरु,
वेदनाजन्य ध्वनि निकालेर बगेका हिमनदीहरु,
अघोरी बनेका लेक र तालहरु!
डिपार्टमेन्टल महल बनेर उभिएका चारकोसे झाडी,
प्राण विहिन जङ्गल
प्यासी मुहान
र आना र दाममा चिरिएका जमिन।
दृश्य दुईमा म खोज्दछु-
बट्टामा सिमित कस्तुरी,
गुगल चित्रमा सिमित डाँफे र मुनाल,
क्यानडाको भिसा लागेका काँडेभ्याकुर,
दुर्ग खोज्दै हिडेका सारौँ र परेवा!
साउदीको रापिलो घाममा टटि्एका बलभद्र र अमरसिहंहरु,
रातका रानी बनेका भृकुटी र सीताहरु,
अमेरिकामा पाइप कस्दै गरेका पृथ्वीनारायण र जङ्गबहादुरहरु,
र दुतावास धाउदै गरेका कर्मठ नेपली युवाहरु!
क्यासिनोमा पत्ती फिट्दै गरेका भानुभक्तहरु,
कोठीका रिवन काट्दै गरेका देवकोटाहरु,
व्यभिचारी बनेका लेखनाथहरु
र ज्ञानशून्य समहरु!
उपेक्षित बन्दै गएका वेद र उपनिषदहरु,
मिथ्या भाषण बनेका गीता र रामायण्हरु,
निरर्थक बनेका प्रश्नोतर र मुनामदनहरु,
विना परिश्रम सिर्जिएझैँ श्रीमदभागवत
र छन्द भाचिएको मेरो साहित्य!
दृश्य तीनमा म नियाल्दछु-
भाचिएको सहनाई,
भ्वाङ परेका डम्फु,
खिया लागेका नौमतीबाजाहरु
अनि एकादेशका झैँ बासुरी र सारङ्गीहरु!
राष्ट्रिय धुनले पाकेका कान,
मङ्गलधुनले फाटेका जाली,
डिस्को धाएका नारायण गोपाल र तारादेवीहरु
र शरीर मात्र उत्तेजित पार्ने बेसुरा सङ्गीतहरु!
दिनानुदिन प्यारा बन्दै गएका क्याप्सुल र ट्याब्लेट,
विदेश भ्रमणमा पठाइएका यार्सा र चिराइतो,
कुहिएका पाँचऔले र सर्पगन्धा,
सखाप भएका ती सञ्जीवनीहरु!
बुट्टा कुँदिएको अग्राख,
‘बेड’ भनेर चिनिएको उत्तीस,
विराजमानका साधन बनेका साल र पयूँ,
र यही क्यानभास अडाइएको हाड्बेल र वयर!
नापो छोटिएका घाँघरहरु,
सङ्ग्राहलयमा सजाइएका गुन्यू-चोलीहरु,
घर पुस्ने टाला भएका दौरा-सुरुवालहरु
र लत्याइएका परम्परागत पोसाकहरु!
दृश्य चारमा म खोजिरहेछु-
पूर्खाको रगतको मुल्य,
समग्र स्वार्थविहिनता,
राष्ट्रघातीको उठिबास
र मुर्झाएको देशभक्तिमा
सञ्जीवनीको सञ्चार !

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर

Haribhakta Katuwal – Mero Yo Geet Ma Jun Murchhana Chha

हरिभक्त कटुवाल – मेरो यो गीतमा जून मुर्छना छ

मेरो यो गीतमा जून मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ?

एउटै छ धरती आकास एउटै
एउटै छ उछवास चाहना एउटै
तरंग धेरै बिक्षिप्त मनमा
आँखाले मात्र को गन्न सक्छ?

तिमी हात म देऊ म पृत दिन्छु
तिमी आँट देऊ म जीत दिन्छु
रहर कुँदेका पाइलाहरूलाई
बन्धनको सागर को खन्न सक्छ?

शब्द – हरिभक्त कटुवाल
स्वर – नारायण गोपाल
संगीत – अम्बर गुरुङ

Shiva Prasad Gautam – Desh Banaun

शिवप्रसाद गौतम – देश बनाऔँ
(Source: Madhuparka मंसिर २०६५)

नेपाली नेपाली बीचमा नबनौँ हामी विकल
मेची-काली हो हाम्रो जन्मभूमि नेपाल ।
यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव
देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत ।

जन्मजातमै मान्छे ठूलो-सानो हुँदैन
श्रम र सीपको योग्यताले बन्छ मान्छे महान्
सङ्कीर्ण कर्मवादले बन्दैन मुलुक असल
एकताको शान भुली नबनौँ कौरव-पाण्डव ।

आमाको छाती चुस्नेहरू नबन्नु पराई सुखमा
पराईको ओझेल मोह हुन्छ ओस समान ।
नठानौँ तुच्छ देश आफ्नो देखेर पराई मोहमा
दूधै पिलाए पनि सापले छोड्दैन कसैलाई डस्न ।

-स्यूचाटार-८, काठमाडौँ

Bimala Adhikari – Royeki Chhin Nepal Aama

बिमला अधिकारी – रोएकिछिन् नेपाल आमा

देशै भरि छाएको छ घनघोर संनाटना
बर्बर आसु खसाल्दैछिन आज मेरी नेपाल आमा,
रोएकिछिन नेपाल आमा आज देशमा दुःख पर्दा
आफ्नै सन्तानहरु बीच झगडा र मारकाट् हुँदा,
सन्तानलाई Continue reading “Bimala Adhikari – Royeki Chhin Nepal Aama”

Sadhana Sharma – Naya

साधना शर्मा – नयाँ

काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
हाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।

Kumar Simkhada – Raati Uthne Gaun

कुमार सिंखडा – राति उठ्ने गाउँ

घाम डुब्छ क्षितिजपारि उठ्न थाल्छन् आत्माहरू
एकै रातलाई फेरि जीवन बोकी
अशान्तिमा कुञ्जिएका, सबका अघि सुलिएका
रहस्यमै लुकाइएर कालन्तरमा भुलिएका
बन्द ढोका झ्यालहरू खोली

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

मिरमिरेमा पानी भर्न आइमाईको लहर
त्यै हुलमा मिसिनलाई बांगिनीको रहर
आफ्नो पिंढी नपोतेको वर्षौं भएछ नि
कुरिरा’छन् बालबच्चा लोग्ने घरमा पानी
पँधेरीमै गाडिएका, संगीबाट छाडिएका
बाँच्ने रहर हुँदाहुँदै जीवनबाट टाढिएका
रुन्छन् सँगसँगै डाँको छोडी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

झरी झरी साउनझरी पाँचभाइलाई पीर
सिम्ले खेतमा खोला पस्ला, बास खोलैतिर
जुगौंदेखि बाँचिआए यही खेतको भरमा
यो नभए एकै गेडी अन्न हुन्न घरमा
खोलाखोलै बगिएका, पहिरोभित्र पुरिएका
अरुलाई जोगाऊँ भन्दा आफूआफैं लुटिएका
आफ्नो जीवनको अर्थ खोजी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

कोही भन्छन् किचकन्नी छन् कोही भन्छन् राँके
यो गाउँभरि भूतप्रेत बस्छन्
कोही गाउँछन् हावासँगै कोही एक्लै नाच्छन्
अन्धकारमै भए पनि केही प्रहर बाँच्छन्
आफ्ना रहर इच्छाहरू सम्झी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

Mohan Duwal – Sarpaharu

मोहन दुवाल – सर्पहरू

सर्पहरू
अभिनय गर्न माहिर छन्
सर्पहरू
विषले डस्न खप्पिस छन्
विषलाई आफ्नो आभूषण सम्झेर
गौरव गर्न रुचाउने यिनीहरू
गर्भमा विष राखेर
विष झार्न सिपालु छन् ।

विषालु सर्पहरूलाई
मान्छेहरूभित्र भएको सर्न्दर्भ थाहा छैन
छिर्न दिनु हुँदैन घरभित्र यिनीहरूलाई र्
धर्म र कर्म भनेको नै
अरूलाई विषले डस्नु हो भन्छन् यिनीहरू ।

निमिट्यान्न पार्नर्ुपर्छ
विषालु सर्पहरूलाई बस्ती-बस्तीबाट
लठ्ठीले पिटेर तह लाग्दैनन् यिनीहरू
लठ्ठीले जति ठोक्नुस् यिनीहरूलाई तपाईं
आँखा चिम्लेर मरेकै जस्तो अभिनय गर्छन्
टुक्रा टुक्रा पारिदिनुपर्छ यिनीहरूको अस्तित्वलाई
नत्र यिनीहरू फेरि-फेरि पनि ज्यूँदो हुन खोज्छन् ।
र्सपहरू भनेको र्
र्सपहरू नै हुन्
विष बोक्न माहिर र्सपहरू
मान्छेको बस्ती बस्तीबाट लघारी दिनर्ुपर्छ र्
र्सपहरूलाई कदापि माया नगर मित्रहरू !
विषका थैली बोक्ने यी विषालु सम्राटहरू
मान्छेका प्रिय मित्रहरू हुनै सक्दैनन् ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Abir Khaling – Timro Yaad

अबिर खालिङ्ग – तिम्रो याद

शिशिरका नांगा रुखका हाँगाहरु हेरेर
हताश हुन नपाउँदै तिम्रो याद आउँछ

उन्मादका धुन सुनाउँछ ।

तिम्रो याद
पुरातात्विक खननबाट प्राप्त अवशेष होईन /
जीवनेच्छाको बस्तीमा
माघको मायालु घाम /
ऊदाश उराठिलो प्रहरमा
सौम्य सुललित गजल ।

गाउँ छाडेर जानेहरुलाई
साश छाडेर हिँड्नेहरुलाई
तिम्रो यादको संगीत सुनाउँ ?
हाम्रो अंगालोलाई लत्याएर कोही पर पुगिसक्यो
हाम्रो स्थापित सम्बन्धको विरुद्ध यु्द्ध लडिसक्यो
ऊ सिकन्दरझैं हाँस्न अघि तिम्रो यादको चंगा उडाउँ?

फूलमा / चरामा / नदीमा / खेतमा / गाउँमा
उनीहरु कहीं छैनन
तिम्रो यादको बाँसुरी बजाएर सम्मोहित तुल्याउंछु ।

(Sent to Sanjaal Corps via Email)

Niroj – Pass Hune Rahar Ma

निरोज – पास हुने रहरमा

बैशको ब्याडमा असार लागिसक्दा पनि
खेतका आलीहरु मिलाउनु छैन तिमीलाई
र बनाउनु छैन राम्रो मेलो पनि
यद्दपि परिक्षणको कसीमा मलाई राखेर
कति निर्धक्क तिमी भन्छ्यौ-
‘म हेरिरहन्छु Continue reading “Niroj – Pass Hune Rahar Ma”