Bhairab Aryal – Mero Kukur Swarge Bho

भैरव अर्याल – मेरो कुकुर स्वर्गे भयो !

घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरुले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरुले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरु लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अझ भनूँ भने पाण्डवहरु बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरुको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Sujan Budhathoki – Kunai Kunai Kukur

सुजन बुढाथोकि – कुनै कुनै कुकुर

मैले एउटा सुन्दर कुकुर देखे
र हसिलो अनुहार र आतुर शरीर लिएर
हासेर हेरिरहे उस्लाइ
सडकमा एकछिन
उस्ले पनि हासेरै हेर्यो मलाइ
र पुछ्छर हल्लाउदै सुङ्घुर झै सुघेर
घुमिरह्यो मेरो नज्दिक आएर
मेरो क्यामेष्ट्री जस्तै मलाइ ।

मैले उस्लाइ बिस्कुटका चोक्टा चोक्टाहरु दिएर
गए त्यहाबाट,

भोलिपल्ट जब उस्ले मलाइ दुरबाट सहरका गल्लिहरुमा
परिचित नजरले हेर्यो,
अनि आफ्ना कुकुर साथिहरुलाइ छाडेर
र लुखुरलुखुर आएर उसै गरि सुम्सुम्याउन थाल्यो मलाइ,
अफसोच
थिएन बिस्कुट त्यस दिन
मैले केबल मीठो मुस्कान र बोलबचन दिएर गए,

प्रतेक पटक म आउने बाटोहरुबाट
चोकचोकमा उस्ले मलाई देख्दा मेरो कार्यलय सम्म
हिडेर आउथ्यो अनि हासेरै जान्थ्यो,
र साझमा म फर्कदा साघुरो सडकको किनार हुदै
मेरो घरमा आउथ्यो
म भने उस्लाइ क्रमश एक परिचित नजर र प्रेमिल स्पर्शका लाम्टाहरु मात्र
दिएर जान्थे
हर्दिन हेरिरहन्थ्यो हर्दम उ मलाइ
मनोउ कि कुनै प्रेमिकाले
आफ्नो प्रेमको बाटो हेरे झै
हरकदम.कदम
सान्त प्रकृति अनि उन्मुक्त मन लिएर
जहाँ म कुनै ठुकुर झै पर्खिरहे उस्लाइ
कुनै युगको युगल जस्तै
हेर्दै र बोलाइरहे बाटोहरुमा जो चतुर
अनि स्वार्थी बनेर मुर्ती झै नबोली अनि नहेरी क्रुर
तर्किएर सिसा झै मेरा सपनाहरु चकनाचुर बनाएर
गयो उ
नत कैले पनि फर्किएर नै आयो
म भने आफ्नै सुरमा पागल जस्तै बनेर पर्खिरहे उस्लाइ
कि त्यि पुरानै गाउका गल्लिहरुमा
बोलाइरहे र फगत पर्खिरहे
ए मेरो हजुर भन्दै अझै
मेरो पृयासिलाई
त्यो बिगतको इमान्दार कुकुर जस्तै
सम्झिएर……!!

Sujan Budhathoki – Paltu Kukur (Nepali Gajal)

सुजन बुढाथोकी  – पाल्तु कुकुर

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदैसदै सन्तसाधु सज्जनलाई घुर्छ

रातभरी जुवातास रक्सी रन्डिबाजिमा भुल्छ(2)
घरभरी भने कोहिनुर अनि बुद्दको गजुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बिद्यालय हिडेकी बहिनि बलात्कृत भएरै मर्छे(2)
बेकार छ साला मेरि आमाको सपना
चकानचुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

मर्ने त आखिर मरेरै गयो हाम्रै खातिर हेर(2)
कि सहिदकै आसुले एकदिन हामिलाइ पुर्छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

भकारिमा धामन साप देखेर म भारत बोलाउछु
तर उ चोर स्याल हो जो म भन्दा पनि चतुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

कारागारमा घर बनाएर बस्छन यहाँ भगवानहरु
अचम्म लाग्छ यार मन्दिरमा भने फोहोर सुङ्गुर छ
मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

रातभरी मुसा मार्ने बिचरा बिल्लीहरु भगाएर(2)
गल्लिगल्लिहरुमा भन्छ कि उ यति बहादुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

बच्चाहरुकै गाँसगाँसबाट चिची घिचिरहन्छ (2)
बाघ झै गर्जन छ मानोउ कि यति मसुर छ
हो मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ

दिनभरी चोकमा बुद्दुहरुलाइ लोकतन्त्र
रास्ट्रभक्ती सुनाएर
साझमा स्वयम् सामन्तिको चोक्टाहरुमा दुगुर्छ
हो मेरो घरमा तेस्तो एउटा पाल्तु कुकुर छ

कुत्ता भएर खात्ते कुत्ता कै मरण मर्नुपर्छ साहेद
मलाइ थाहा छ कि तेस्को कस्तो कसुर छ?

मेरो घरमा एस्तो एउटा पाल्तु कुकुर छ
जो सदै सदै एउटा सन्तसाधुलाइ घुर्छ