Aryabiman Chitrakar – Brainless Ka Inkalab

हैवान, माफ गर्नुस्, अलि बढि नै भएछ।
राक्षसी स्वभावका, बर्वर भ्याकुर
सतहहीन भई उब्जेका कन्दमुल
अमानवीय अंशका जंगली #स्वाव,
ईर्ष्यालु भाकाका माकुर माकुर घुर…

दम्भरुपि बगैंचाका शालिन माली
द्वेष एरोटिज्मका बिख्यात फ्रायद
बिखण्ड तर बैभव, व्यग्र सायद
विष वमनका रसमा कलह हालि
घुटुक्क निल्छन्, हालीमुहाली

कानोको आँखा फोड्दै ,लाटोको हात काट्दै
अनि अन्धोको जिब्रो थुत्दै, झ्याली पिट्दै भन्दे
अब इन्क्लाब हुन्नन् साहित्यका,पक्षघातका पर्याय भए सबै इन्टेन्स्ड कविहरुका गिद्दी निकालि, तहखानामा थुन्दे।।।

दिवाकार वैरोचनका आगडी, रविभ्रमको चेष्टा
आक्रान्त शिशिर माझ वरुण स्वयम् मिथ्या
मेरो सोचको गर्लाऊ अपहरण, अहम् लाई नाकाबन्दी
विचारको उर्वर भुमीमा, हुन्न एक ब्रेनलेसले कुनै मन्दी

साहित्यमा कू लगाई गर्लाऊ सिर्जनामाथी कर्फ्यू
कठ्पुटलीलाई देखाऊ यस्ता भ्रामक भ्यू
म त्यो कानो होईन जसको आँखो फोडिएको छ
म त्यो लाटो होईन जसको हात काटिएकोछ
म त्यो अन्धो होईन जसको जिब्रो थुतिएकोछ
म रचनाको त्यो गिलोटिन हुँ, धार नै काफि छ
मेरा शब्दले नै धराशयी भएका छौ
फेरि के? एक पटक बोलेर नि देखाऊँ??

Aryabiman Chitrakar – Koila Ka Attahas Haru

कोईलाका अट्टहासहरु

नमस्ते म कोईला।
कोईराला होईन के!!!
अ! हजुर त्यही कोईला
अस्ति भर्खरै तपाईंको सेतो सामाजिक भित्तामा
रिसाएको अवस्थामा
फ * यु कम्युनिज्म लेख्ने
म त्यही अबोध कोईला।

मेरा अहम् का जर्रा जर्रा माथी
पेट्रोलरुपि तिम्रा कथित स्व्यागका
झिल्का फ्याँकि, हाँस्दै छौ साथी??
मलामी ती निर्दोष वर्षा
के बुझ्थियौ, कति भो जाती
स्वान भुकाई तिम्रो , उभों उभों
भुलेछौ के? को वजिर को हाथी??

आज पनि शान्त तर सुसज्जित
मेरा अहम् का कोईला
म त जातै ले कालो
लेख्ने नै भएँ कालो
हिजो उसको त
आज तेरो पालो।
तालव्यमा लगा लगाम्
हस्तलाई भलो
चिन्दैन कोईलाले
को भेना को सालो??
कोईला हुँ, त्यसैले कालो।

खोक्रा आदर्श तिम्रा र मिथ्या छ चिन्तन
म त बुझुँला , सहुँला तर
कोईलाले गर्दैन मनन
लुरुक्क कुन ओढार कुन गुफामा
अचेल गर्दैछौ हाईवर्नेशन??
रवाफका ताँती के भएकै हो त थाँती?
कोईला जान्न चाहन्छ, के हो कारण?
कारण, बिहाईन्ड डिस आईशोलेशन
कोईला खोजी हिडिरहेछ एक्लै
कहाँ हो खोई लोकेशन???

( श्याम, कृष्ण , काला, कालो, डार्क, ब्ल्याक समिश्रणको कोईलाको अट्टहास अचेल सेता भित्ताका अभियन्ताहरुले सन्कुचित र पराजित लवजमा स्वीकार्दै छन्)

कोईला अब इन्क्लाबमा ब्यस्त छ
कालो रुपि अमिलो चोपले
तिम्रो पोल खोल्नुमा मस्त छ।
कोईला फीलिङ्ग प्राउड
इट ईश बियोण्ड क्लाउड।
हेल्लो आईम कोईला।
माफ गर्नु होला
नमस्ते म कोईला।
कोईराला होईन के
अ! हजुर म कोईला

Aryabiman Chitrakar – Manai Ta Ho Part 2

आर्यविमान चित्रकार – मनै त हो -२
(To read previously written Manai Ta Ho Part 1, click here)

मनै त हो के बुझोस्
यसले तिम्रा इर्ष्याका अवलांसहरु
अलंकारमै हुन्छन सिमित बरु
दिंदैनन कुनै सारांश अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा निन्दाका डिप्लोमेसीहरु
सौहार्द स्वीकार्छन बरु
आफ्नै वर्गीकृत हितैषीहरु

मनै त हो
के बुझोस् यसले
तिम्रा खोक्रा आदर्शका चट्टानहरु
ठोक्किएरै बस्छन बरु
बनिदिन्छ आफैमा बलवान अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा सहानुभूतिका मलामीहरु
राम नाम जप्दै बरु
दिन्छन व्यंग्यात्मक सलामी अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा आचरणका दीवारहरु
कैद हुन्छन आफ्नै इन्द्रियमा बरु
कैदी कैयौ हजार यहाँ लाचार अरु …

Aryabiman Chitrakar – Ulka Grand Design

डिपार्टेड राजनितीको अचेल म रिजाईन खोजिरहेकोछु
कम्युनिष्ट थोर कमाउ-निष्ट बेसि बुझिरहेकोछु
गिरिजा बाबु, रेष्ट ईन पीस
तर अर्को उल्का ग्राण्ड डिजाईन रोजिरहेछु
कोईराला नभए नि कोईला खोजिरहेछु
जसले यी सेता सामाजिक भित्तामा
ठुल्ठुला अक्षरले लेख्न सकुन
फक यु कम्युनिज्म्
यस्तै साथी अचेल रोजिरहेछु

स्याना-मेना, लावालस्कर अनि झोले ती पार्केट
रुकुमेली काँईला टर्न्ड् कोभिडे फिलिङ्ग स्याड
@स्कुले क्वाराईन्टिन विथ 69 अडर्स्
ब्याक टु टाउन, भुँडेलाई किकप्याड
एक करोड मात्रै ,महारानीलाई कार्पेट!!!!
दुबईमा लाईफगार्डको इस्तिहारसंगै
बिके भाई रातारात भेरीमा ट्रायल दिन्छ
अनुतिर्ण उसका शोधकार्य , भाईरल भईदिन्छ
कलयुगे कृष्ण(मिडिया) हतारमा
ठकुरीलाई शकुणीको उपनाम दिन्छ
के म यहि पत्रकरिता रोजिरहेछु?

खैर, चिर निन्द्रामा हुँदा, चीर हरण होईन्छ
आठ कक्षा फेल, तर प्राध्यापक डाक्टर भईन्छ
हाथको बोसिय तत्व त साबुनले पखाल्लाऔ
चरित्रमा लगेको कोरोणा के ले पखाल्छौ???
अनुहारमा दाग छ, ऎनालाई दोष लगाउछौ।।
कोई कार्पेट फेर्छ्न् त कोई किड्नी
कोई महाराजगंज धाउँछन् त कोई लैनचौर
कोई बेमौसमे बिगुल फुक्छन्
भिसिट नेपाल ईन सिड्नी ।।।


कोहि पाहुना कुरिरा’छन् त कोहि MCC
कोहि सिमाना धाईरा’छन् त कोहि BBC
देशले जङ्गबहादुर खोज्दा
बेमौसमी जुहारी र लाजनिती गाइ’राछ
स्वाबलम्बी तिम्रो PC कति के ROMमा चलिरा’छ
जातिय मेरो मोबाईलमा बाबु-RAM ह्याङ भईरा’छ

Aryabiman Chitrakar – Uslai Prashna Nagara

आर्यविमान चित्रकार – उसलाई प्रश्न नगर

उसलाई रंगको प्रश्न नगर
जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ….
कालो निलो हरियो र रातो मा के छ र??
जब उसले तिम्रो जीवननै रंगाएको छ

उसलाई उत्साह को प्रश्न नगर
जसले तिम्रो खिन्नतामा हर्षविभोर छाएको छ
दुख सुख र तुषारपातमा के छ र??
जब उसले तिम्रो जीवनमा हर्सौल्लास ल्याएको छ

उसलाई वासनाको प्रश्न नगर
जसले तिम्रो तृष्णामा पनि भरोशा गरेको छ
निराशा, छल र कपट मा के छ र???
जब उसले तिम्रो जीवनमा सुनौलो आशा पाएको छ

उसलाई रंगको प्रश्न नगर
जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ….
कालो निलो हरियो र रातो मा के छ र??
जब उसले तिम्रो जीवननै रंगाएको छ

Aryabiman Chitrakar – Samarpan

आर्यविमान चित्रकार – समर्पण

एउटा स्पर्शले तिम्रो यहाँ
हजारौ कम्पनहरु पैदा गर्छन
एउटा मुस्कानको लागि तिम्रो
कोहि लाखौ सौदा गर्छन
ती लाखौ सौदाहरुका माझ
अल्झिएको यो मेरो मन
गर्दैछु तिमिप्रति समर्पण

एउटा Continue reading “Aryabiman Chitrakar – Samarpan”

Aryabiman Chitrakar – Jyanai Leu Baru

आर्यविमान चित्रकार – ज्यानै लेऊ बरु

कति सताउछौ अझै अरु
ज्यानै लिउ सिधै बरु
घाइते त बनाएर छोडेकै छौ
किन आउछौ लगाउन
झूठा मल्हमहरु????

कति तड्पाउछौ अझै अरु
राजी छु, सांसै त्याग्न बरु
सक्दिन यसरि निस्सासिएर बाँच्न
चोखो माया दिएको छु
के तिमि सक्दिनौ र साँच्न???

कति रुवाउछौ अझै अरु
सक्छौ भने प्राणै लिउ बरु
आँशुको खोलामा डुबाएर गयौ
हात दिएँ तर फर्किएनौ तान्न
के भुल्यौ तिमीले, म पौडिन जान्न???

कति चिथोर्छौ अझै अरु
नुन चुकै छरिदेउ बरु
सहेरै बस्ने छु चोटहरु
बुझाउनेछु यो मनलाई
लगाएर गयौ ओखातिहरु…

कति लुछ्छौ अझै अरु
केवल हाड त छोडिदेउ बरु
स्वांस त कहिले को उडिसक्यो
केवल लाशमा सिमित भावनाहरु
कति खेल्छौ त्यहि लाशसंगै अरु??

कति आउछौ लगाउन झूठा मल्हम अरु
डुबाएर जाउ, नआउ बचाउन बरु
सहेरै बस्ने छु सबै चोटहरु
बुझाउनेछु यो मनलाई
लगाएर गयौ ओखातिहरु
कति सताउछौ अझै अरु
ज्यानै दिन्छु सिधै बरु

Aryabiman Chitrakar – Aljhiyeko Bas

आर्यविमान चित्रकार – अल्झिएको बस

भेदक जब तिम्रा कालरात्रि हुन्छन
मेरा सुनौला बिहानीहरुमा
च्यातिदिन्छ्न मेरा सम्पूर्ण सपनाहरु
निरिह त म कहिले थिए र ??
केवल एउटा अनुनयमा अल्झिएको बस…..

सुसज्जित तिम्रा षड्यन्त्रका बाणहरु
किन तन्कायौ मेरा बिमर्शहरुमा
रोपिदिन्छ्न मेरा स्वच्छन्द भावनाहरु
लाचार त म कहिले थिए र???
केवल शालीनमा संयम बस ….

अभिशप्त तिम्रा भुजाहरु
किन आउछन मैलाउन मेरा तृष्णा
आभाष गराउछ्न केवल ग्लानी
अतृप्त त मा कहिले थिए र???
केवल वास्नालाई पन्छाएको हुँ बस…..

धारिला तिम्रा आचरणका छुराहरु
छेड गर्छन,मेरा नियतिका थैला
गर्छु टाल्ने असफल प्रयासहरु
बिवश त म कहिले थिए र ???
केवल समर्पणमा होमिएको बस…..

स्वार्थी तिम्रा प्रचारहरू
ठगिन्छु म आफ्नै प्रकारमा
नमुना प्रस्तुत हुन्छ , आत्मकेंद्रित्को
उपेक्षित त म कहिले थिएन र ???
केवल अपेक्षाम आश्रित बस…..

Aryabiman Chitrakar – Samaya

आर्यविमान चित्रकार – समय

दिन अनि रात
फेरी अर्को प्रभात
आकाश पाताल अमोग
त्रास सन्त्रास र सुयोग
अहम अभिमानी
हुनेछ त्यो भाग्यमानी
गर्नेछ जसले जय
अमर अजय
अलौकिक अदृश्य
म हु समय

विधाता हु म
छु म विराट
सुन हे मनुष्य
गर्भम़ा मेरो
छ तेरो भविष्य
दिर्घशाली बलवान
अमोग,अदृश्य
हु एउटा समय

तृष्णा,चाहना खोइ के मोह
पलभरको पाहुना हो यो देह
निराकार, पूर्ण र निमित
सबथोकमा आश्रित र सिमित
मिथ्या मेरा लागि तेरो क्रोध
सर्वशक्तिमान हु, तँ गर बोध
धैर्यको गर संचय
हुनेछस त विजय
अजर अमर अदृस्य
महारुद्र स्वयम् समय

Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!

Aryabiman Chitrakar – Anayash

आर्यविमान चित्रकार – अनायश

तिम्रो मित्रता पनि देखें साथी
तर त्यहाँ कुनै साथ थिएन
हो पिएँ होला धेरै चोटी तिमिसंग
तर त्यसमा कुनै मात थिएन……….

निस्वार्थ, सदभाव गरें
तर त्यहाँ कुनै जात थिएन
क्लेश, Continue reading “Aryabiman Chitrakar – Anayash”

Aryabiman Chitrakar – Timi Bujhdainau Sanu

आर्यविमान चित्रकार – तिमी बुझ्दैनौ सानु

दन्त्य कथाका रोबोटहरु यहाँ
साइबरनेटिक घोस्टका पुराण सुनाउछन
तिलिस्मीय सञ्जालहरु यहाँ
गगनचुम्बी महलका कुना ताक्छन
खोइ कहाँ राख्ने हो परमाणु!!!!

फ्लाईओवर Continue reading “Aryabiman Chitrakar – Timi Bujhdainau Sanu”

Aryabiman Chitrakar – Marda Hun

आर्यविमान चित्रकार – मर्द हुं

म घमण्डी हुं, छु अभिमानी
लोकले जानुन,ती आफै अज्ञानी
यस्तै हुं म,एक स्वाभिमानी
जल्छु बरु झुकिन्न
बोल्छु बरु रुकिन्न
मर्द हुं थाकिन्न
छोरा मान्छे हुं
मार्छु बरु मरिन्न….

तेलमा भिजेको कपास हुं
आफु बल्छु तर
सबैलाई न्यानो दिन्छु
आंधी-तुफान हुं
आफ्ना अधिकार नभए
बरु खोसेरै लिन्छु
छोरा मान्छे हुं
आफ्नो पौरख जान्छु

एटलस हुं
धर्तीमा बसेर आकाश थाम्छु
शिव शंकर हुं
तिम्रालागि कालकुट निल्छु
आफु हारेरपनि केवल
तिमि जितेको हेर्छु
छोरा मान्छे हुं
आफ्नै हारमा रमाउछु……..

दन्केको आगो हुं
सीमाहीन मेरा आकार
तिम्रा एक ‘आत्था’ संग झस्किन्छु
रुद्र जब मेरा अवतार
तँलाई चुलोमा सल्काई
तेरै आहार पस्किन्छु
तर पनि मर्द हुं
आफै संयम हुन्छु…….

अमोघ वर्षा हुं
तिमि बाँझो हुन्नौ
हृदय मेरो बिशाल
एक पटक छुन्नौ??
हासेर माग,
आफ्नै मुटु पनि दिन्छु
चुनौती दिन्छौ..
तेरो कलेजो पनि खान्छु
छोरा मान्छे हुं
आफ्ना कर्तव्यलाई मान्छु
मर्द हुं, नडराऊ
सबै सम्हाल्छु !!!!!!

छोरा मान्छे हुं
आँशु लुकाएर पनि
हंसिदिएको छु
मर्द हुं
तिम्रा खुसीका लागि
आफैलाई मास्सिदिएको छु

रोएर पनि हासेको छु
हारेर पनि हासेको छु
घमण्ड गर्छु आफैमा
छोरा मान्छे भएको छु !!!!!!!!!!!!

Aryabiman Chitrakar – Biddhutiya Samsarga Ka Sarki Haru

आर्यविमान चित्रकार – विद्युतीय संसर्गका सार्कीहरु

ब्रीडिंग स्टेटमा मस्त पदार्थहरु
विन्तरका चरमसुख भोग्दैछन
अभिमानका रीलेटिव दर्जीहरु
बिछोडका कैँचीहरु चलाउदैछन् ..च्याट च्याट च्याट….

सम्बन्धका सिरकहरु तन्ना हुदै
रुमाल अनि पोछा बन्छन
नेपथ्यमा मियोसिस प्रकियाहरु
एक पछी अर्को निरर्थक हुन्छन…फ्यात फ्यात फ्यात

अभिशप्त तृष्णाहरु सिरानिदेखी
पलंग,बिस्तार हुदै शौचकक्ष पुग्छन
भर्चुअल निलिमाका रंगीन तस्बिरहरु
विद्युतीय चित्रकारहरु कोर्छन…सत् सत् सत् …

यान्त्रिक क्लोनहरु बिद्रोहका क्रिडामा मस्त
पर्पेचुअल रेप्लिका, सुसज्जित र ध्वस्त
हाईब्रिड सम्भोगहरु छन् DNA हीन
संसर्गका सार्कीहरु टाँका काट्न तल्लीन..टक टक टक….

Aryabiman Chitrakar – Sunaulo Bihan

आर्यविमान चित्रकार – सुनौलो बिहान

आँखै अगाडी छर्लंगै रात बिते
नया दिन नया प्रभातले घच्घचायो
उठेर बाहिर यसो हेर्छु
झरी परेको रहेछ
सबै जाँगरहरु फेरी सुते

आगमन सायद उसको
होला नौलो बिहान
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
दुखको ओच्छ्यानमा ढल्किदै
लगाएको छु पीडाको सिरान…..

हरेक रातको मानसिक तनाव
परेन केहि नयादिन को प्रभाव
मिथ्या लाग्छ, के बाच्नु यसरि
रोउ, कराउ, चिच्याउ बेस्सर
सक्दिन पो के गरूँ फेरी???

आँखै अगाडी छर्लंगै रातबिते
सबै जाँगरहरु फेरी सुते
निभेको दियो फेरी बालेनं कसैले
दन्केको मुटु चाल पाइनौ तिमीले??
फेरी पनि बाँचेको छु
भित्र भित्रै खन्दै आफ्नै चिहान
किन यो रात्री हुदैछ निशेष
किन दिन्नौ मलाई सुनौलो बिहान???