Abir Khaling – Tatashthata

अबिर खालिङ्ग – तटस्थता

छुन चाहन्न तिम्रा मखमली हातहरु ।
बगेर गएका निर्मल पानीका थोपाहरू तिम्रामात्रै रहुन ।
तिम्रो निर्मलतामा नुहाएर
म पवित्र हुन पाउँ ।

बजेका छन तिम्रा पाउजेब छमछम
कुन नृत्य तालमा?
जड्ताको सिन्धुलाई महासिंचन गरेर तिम्रो रूप दिनु
ऊषर मरूशुष्क त्यो माटोलाई
तिम्रा वाणीले भिजाउनु ।

फर्केर नहेर्नु
म टाढा भईसकेको हुनेछु ।

(Sent to Sanjaal Corps via Email)