Dinesh Bikram Thapa – Tusharo Pida Haru

दिनेशविक्रम थापा – तुषारो पीडाहरु

अझै लेखिन बाँकी छन्
मान्छेका
ज्यादतिका कथाहरू
अमुक यात्रामा उनीहरू
स्वार्थका युद्धहरू
किन लडिरहन्छन् ?

उसको उपभोगवाद
सहअस्तिŒवलाई
स्वीकार गर्दैन
प्रकृति निरास हुँदैछ
तात्दैछ पृथ्वी दिनप्रतिदिन
मान्छेको अराजकता विरुद्ध
कतै लाग्दैनन् मुद्दाहरू
अदालत पनि
उनीहरूकै कब्जामा छ
के प्रकृतिको गर्भका
अजस्र स्रोतहरू मान्छेका मात्रै पेवा हुन् र ?

प्रकृति मान्छेका लागि मात्र बाँच्दा
मान्छेहरू प्रकृतिका लागि अलिकति बाँच्नु पर्दैन ?
अचेल देख्दै छु म,
प्रकृति अनौठो पीडाहरू बाँचिरहेछ
सुन ए कवि,
मान्छे भएर पनि तिमी कम स्वार्थी छौ भने
तिम्रा कविताका हरफहरूमा लेखि दिनु
तुषारोपीडाहरू
दुःखले मेरो मन रोइरहेछ
यो पटक
जिरीमा तुषारो पर्दैन परेन ।