Chakendra Rai Kaidi – Netaji Lai Mero Aagraha

चकेन्द्र राई कैदी – नेताजीलाई मेरो आग्रह

नेताजीलाई मेरो आग्रह
उहिले उहिले
भारतीय सेनामा भर्ती गरेजस्तै
समानुपातिकको नाममा
सांसदहरूलाई भर्ती गरी
संसद्भवनलाई नै खुलामञ्च बनायौ !!
ऐतिहासिक
संविधानसभाको निर्वाचन गरी
अन्ततः जनताबाट तिरस्कारहरू नै
मन्त्री र प्रधानमन्त्री भयौ
धन्य छ नेताहरू !!
नेपाल र नेपालीलाई
अनि सिङ्गै विश्वलाई
एउटा अदभुत चमत्कार देखायौ
आफूले भनेजस्तो भए
सिङ्गै पृथ्वी जितेजस्तो गर्छौ
आफूले भनेजस्तो नभए
सर्वस्व लुटिएजस्तो गर्छौ
न देशको चिन्ता
न जनताको चिन्ता
धन्य छ बिन्दास नेताहरू !!
कहिले नयाँ दुलहा-दुलही
जस्तै चाटाचाट गछर्ाै
कहिले सौता-सौता र जार-जार
जस्तै काटाकाट गछौ
सीमापारिका राक्षसहरूले
नेपाल चेलीहरू बलात्कार गर्दा
मुख नखोल्ने
ए ! साधु नेता हो
नेपाली भूमि मिच्दा
हल्ला मात्र हो भनेर जनता
ढाँट्न खोज्ने
ए ! सुजाताहरू हो
अब त अति भएन र ?
गरिमामय संविधानसभालाई
तिमीहरूको रंगमञ्च नबनाई देऊ
देख्नेलाई लाज लाग्न थाल्यो
यो नाङ्गो नाच नाच्न पनि छाडिदेऊ
बिन्ती छ नेताजी
तिमीहरूजस्तो नेता
राजनीतिबाट टाढिदेऊ !!

– हाल: दोहा, कतार