Dhruva Thapa – Desh Ta Deshai Bhayo, Bidesh Ko Pani Haal Kharab Chha Sathi

ध्रुव थापा – देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी
(क्यालिफोर्निया अमेरिका)

कसले कसको कुरा सुन्ने ?
सबै अरुलाई होच्याएर आफुलाई पार्छन माथि
देश त त्यस्तै भो बिदेशपनि दुशित भो साथी।

सात समुन्द्र पारिपनि छैन कोहि आफ्नो साथी
लड्छन सबै यहाँ पनि भन्दै सानो र ठुला जाति
विश्व कहाँ पुगिसक्यो हामि कहिले उठ्ने माथि
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी।

बरु परिचय दिदा नेपाली न भनेकै जाति
देश र रास्ट्रियतालाई कतै राखेर थाती
लड्न थालेका छौ भन्दै बंश र जाति
कस्तो रोग लाग्यो यो नेपाली माथि
भानिदेउन कसो गरौ ए मेरा साथी
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी।

शान्ति र संविधानलाई राखेर थाति
लड्दै छौ आज खोजि विभिन्न जाति
कसरि नङ र मासु झैँ मिलेका साथी
बैरी भयो आज फरक हुदा संस्था र पार्टी
कस्तो दिन आयो भनन ए साथी
किन लड्छौ एक अर्काको नाकै काटी
तिमि र म मा को हो तल र माथि
थाहै न पाई मित्रता टुट्यो है साथी
यस्तो नया नेपाल त न भएकै जाति
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी .
फेरी पहिला जस्तै कहिले बनौला साथी
नाच्दै गाउदै गाउभरी तल र माथि
मिटाइ सबैको धर्म र जाति
चलाउन पाउ एउटै अक्षता पाति
के त्यस्तो दिन हेर्न चाहना छैन साथी ?
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी .

आऔ एक जुट भइ हिडौ साथी
फाली सब बैरी भाव माथि
यसपालाको दशैमा यहि
आशिर्बाद थापौ निदार माथि…
गरौ आक्रमण भेदभाव माथि
के आज मलाइ साथ दिन्छौ साथी ?
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी .

हामी सबै हौ नेपाली सबको एउटै जाति
गरौ विजय आज हामी भेदभाव माथि….
सबै ले भानौ हाम्रो हो नेपाली जाति …
एउटै बोटको हौ हामि फुल र पाति
मान्छे ले नै हो बनाएको यो भिन्न जाति
यसलाई सबै मिलि फालेकै जाति
मरे पछी सबै जानु छ माथि
कि के भन्छौ हे मेरा साथी….
देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी .