Dhruva Thapa – Jahan Paisa Le Biteka Pal Kinna Paindaina

ध्रुव थापा – जहाँ पैसाले बितेका पल किन्न पाइदैन
(क्यालिफोर्निया अमेरिका)

मलाइ एक्लै लड्दै उठ्न देउ
मलाइ आफ्नो बाटोको काडा
आफ्नै हातले हटाउन देउ
मलाइ स्वार्थी मान्छेको साथ चाहिदैन
जहाँ पैसाले बितेका पल किन्न पाइदैन ।

मलाइ मेरै गाउको धुलोमा खेल्न देउ
मलाइ मेरै गाउको समस्या झेल्न देउ
मलाई मेरै गाईको दुध पिउन देउ
मलाई मेरै गाउमा जीउन देउ
मलाई यहाको भौतिक सुख चाहिदैन
जहाँ पैसाले बितेका पल किन्न पाइदैन ।

मलाई एक मुट्ठी सफा स्वास फेर्न देउ
मलाई निर्मल झरनाको पानि पिउन देउ
मलाई आफ्नो बाटो आफै रोज्न देउ
मलाइ यो सब भौतिक सुख चाहिदैन
जहाँ पैसाले बितेका पल किन्न पाइदैन ।

मलाइ आफनै संसारमा रम्नदेउ
मलाई आफ्नै दुखमा गम्न देउ
मलाइ एकपल म भएर बाच्न देउ
मलाइ यो सब सम्मान चाहिदैन
जहाँ पैसाले बितेका पल किन्न पाइदैन ।

मलाइ कोहिनुरको त्यो ताज नदेउ
मलाई अस्वमेघ घोडाको राज नदेउ
मलाइ अमृत मन्थन गरेर पनि नदेउ
मलाइ विश्व बिजेताको ताज् चाहिदैन
जहाँ पैसाले बितेका पल किन्न पाइदैन ।

मलाइ बरु सक्छौ बने …….
बुद्धको जस्तो अलिकता बौदीकता देउ
गान्धीको जस्तो अलिकता अहिंसा देउ
मदर टेरेसाको जस्तो अलिकता हृदय देउ
मलाइ हिटलरको जस्तो सासन चाहिदैन
जहाँ पैसाले बिताका पल किन्न पाइदैन ।