Milan Limbu – Anishchit Udaya

मिलन लिम्बू – अनिश्चित उदय

घमासान युद्धमा
सुरक्षा कवज
आन्जानमा
थाहा नपाई
फुट्नु पर्छ
अनि मात्र
तिम्रो उदय निश्चित छ ।
तर,
अभागी तिमी !
जहिले नियोजनको शिकार
कवज फुट्दैन
अब तिम्रो उदय
झनै अन्योलमा
बिना कवज
युद्ध हुनै छाड्यो
आधुनिक र सुरक्षित
युद्ध कवजहरु बन्न थाले
जव सम्म
कवज कमजोर हुँदैन
कसैले युद्ध जित्न सक्दैन
युद्धवाज दुवैले होस नगुमाएसम्म
तिम्रो उदय अनिश्चित ।
अब तिम्रो उदय
युद्ध कवजकै भरमा छ
दुवै युद्धवाज
तिम्रो उदय असुरक्षित ठान्छन्
त्यसैले
तिमीलाई सुरक्षा कवजसँगै
कुनामा
भित्तामा
अन्य
एकान्त स्थानहरुमा
मिल्काइराख्न चाहन्छन् युद्धवाजहरु
यो उद्देश्यका साथ कि
तिम्रो उदय नहोस !
तिमी
दुई युद्धवाज भन्दा के कम ?
फेरि अर्को स्वरुपमा
उनै युद्धवाजसम्म पुग्छौ
अर्को घमासन युद्ध कुर्छौ
अनि फेरि पुरानै चाल
त्यसैले
तिम्रो उदय अनिश्चित ।
तिम्रो उदयका लागि त
युद्धमा सुरक्षा कवज नै
प्रयोग हुनु हुँदैन
अञ्जानमा
युद्ध कवज ध्वस्त भएर
दुबै युद्धवाज हारे भने मात्रै
तिम्रो उदय सम्भव छ
तर,
तिमीलाई सुख छैन
वैधानिक हत्याराको
प्रयोगमा उनीहरुको
प्रेतआत्माले
तिम्रो हत्या गर्न
निर्देशन दिनेछन्
त्यसैले
तिम्रो उदय अनिश्ति !

– वुधबार, 22 आश्वीन, 2071