Sitaram Acharya – Deshbhakti Geet

सीताराम आचार्य – देशभक्ति गीत

अघि बढौं पछि नहटौं
देशको सेवा गर्नको निम्ति ढिला नगरौं

उभिएको छ सगरमाथा हाम्रै हिमालमा
जन्मेका हुन् गौतम बुद्ध हाम्रै नेपालमा
फुल्छ गुराँस नाच्छ डाँफे हाम्रो वनैमा
गढेको छ देशको माया हाम्रो मनैमा
उठौं अब धेरै नसुतौं
देशको प्रगतिमा नै आफ्नो भविष्य कोरौं
देशको सेवा गर्नको निम्ति ढिला नगरौं

फरक भूगोल, विविध सीप अनि संस्कृति
यी सबैको एकता नै हाम्रो उन्नति
चिनाउनु छ संसारलाई हाम्रा गाउँहरु
बनाउनु छ विकसित हाम्रा ठाउँहरु
जुटौं हामी कहिल्यै नफुटौं
नेपालीले नेपालीलाई सधैं इज्जत गरौँ
देशको सेवा गर्नको निम्ति ढिला नगरौं

अघि बढौं पछि नहटौं
देशको सेवा गर्नको निम्ति ढिला नगरौं

-टेक्सास, सं. रा. अमेरिका / फेब्रुअरी १५, २०१३