Prakash Dhamala – Retired Doctor Ra Galat Aushadhi

प्रकाश धमला – रिटार्यड डाक्टर र गलत औषधि

एक अञ्जुली घाम लिएर
वर्ष चिसिएका ती निरिह अनुहारहरुमा
अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ?
शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु
शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा
शताब्दिऔंदेखि स्वातन्त्रता डुबिरहेको नहरहरुमा|

तर
तिमी स्वातन्त्रता नहरहरुबाट झिकिरहेछौ
तिमी अधिकार बलेसीबाट उठाइरहेछौ
मलम लाउनु पर्नेहरुलाई
मलम लगाइरहेछौं
शल्याक्रिया गर्नेहरुलाई
शल्याक्रिया गरिरहेछौ
बेहोसीहरुलाई
कानाहरुलाई
बहिराहरुलाई
अनि
सपाङ्ग मानवलाई पनि उपचार
कहाँ-कहाँ, के-के गरिरहेछौ|

मलाई प्रस्ट थाहाँछ
तिम्रा उपचारका विधिहरु
तिम्रा र्सजनका अनौठा र्स्पर्शहरु
ओपरेशन थिएटर भित्रका वार्तालापहरु
तिमीले त दुर आकस्मिक कक्षाहरुमा
लिंडेढिपीको एम्बुलेन्सले ओसारी रहेछौ धाइतेहरु
तर
विचारा घाइतेहरु अपरेशनपछि
विचारा मुनाहरु उपचारपछि
विचारा बृद्दाहरु डिस्चार्जपछि
सबै-सबै बोल्नै नसक्ने
फिल गर्ने नसक्ने
हिड्नै नसक्ने
देख्नै नसक्ने
जीवित मानव पो भएछन्|

सुन्नुहोस त
म एक रिर्टार्यड डाक्टरलाई सोधिरहेछु
मेरा आफन्तको हाल खबर
उनी भन्छन् “एउटा इतिहास मासिरहेछ”
कारण – म जिज्ञासा राख्छु
उनी भन्छन्
“हामीले संघर्षको अलवा कायर औषधी प्रीस्क्राइब गरेछौं

लामो समयसम्म पराधिनताको बेडमा सुताइराखेछौं”
वस …………………………..

– Adelaide Australia