Yuddha Prasad Mishra – Jaagriti Aayo

युद्धप्रसाद मिश्र – जागृति आयो

भोका नांगा पीडितहरूको
पीडाको अब आयो आँधी
महल अटारी हल्लिन लागे
हिमगिरिको पनि टुट्यो समाधी

विलासितामा हुन गो हलचल
श्री सम्पत्तिकन लाग्यो ब्याधी
ठूला-ठालुका चम्चाहरू सब
गए हतासिन संगीनवादी

जनतालाई उठ्नै नदिने
जालझेलले पल्टा खायो
प्रतिगामीकन निष्कृय पार्दै
जीवित जागृत दुनियाँ आयो

(लहर १८।१९, २०४६)