मनु ब्राजाकी – चिता नै दियालो भयो
घुम्टो अब उघार न रात सारै कालो भयो
लाज ढाक्ने लुगा सबै च्यातिएर टालो भयो।
आत्मज्योति निभेपछि सिरेटोले काम्छ मुटु
चिता बाली ताप्नेलाई आज नै उज्यालो भयो।
वन–जंगल छैन कतै हरियाली मासिएछ
वीरताको बाघ पनि अब त बिरालो भयो ।
उपवनमा फुल्ने पूmल रातरानी भएपछि
जुनेली नै पुतलीलाई माकुरोको जालो भयो।
आत्मछलको भट्टिभित्र कृष्ण जैलेदेखि पसे
अबला र सबलाको मृत्यु पालैपालो भयो।
हात थाप्यो हात गयो, घुँडा टेकयो गोडा गयो
हातखुट्टा गुमेकालाई सम्म नै उकालो भयो।
अन्यायको विरुद्धमा बल्ने आगो ननिभाऊ
हेर उता शहीदको चिता नै दियालो भयो।