Manu Brajaki – Gun Gari Farki Jane (Nepali Gajal)

गुन गरी फर्किजाने त्रि्रो हात रै’छ,
फुलेपछि झरिजाने पारिजात रै’छ ।

हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो,
काँढामाथि सजिएको फूलपात रै’छ ।

र्सर्ूयसित रिसाएर हिँड्नेहरूलाई,
माया गरी फकाउने कालो रात रै’छ ।

छुटे इष्टमित्र सबै छुटे साथी-सङ्गी,
एक्लो छैन किनभने बाटो साथ रै’छ ।

बेनामी नै लेखिएछ यति धेरै चिठी,
मेचमाथि जिन्दगीको खातैखात रै;छ ।

तर्ीथव्रत गर्दागर्दा बिर्सिएछौं ‘मनु’,
मदिराझैं पञ्चामृतको कडा मात रै’छ ।