Nirbhik Rai – Aguwama Pani Bhar Hune Desh Bikas

निर्भीक राई – अगुवामा पनि भर हुने देशको विकास (राष्ट्र खच्कने सामरिक तुजुकले)

घामजस्तो चम्किलो माओ उदाउनले
अँध्यारो भागेको चीनमा
जूनतुल्य टल्कने देङ झुल्कनले
उज्यालो भित्रिएको चीनमा राती पनि
राती समेत उज्यालो पाउँदा
चीनमा विकासले छिटो बाटो काटेको
गर्मीको बेला जुनेलीमा पनि हिँडी
भरियाले बाटो छिटो काटे झैँ
भौगोलिक अवस्था गतिलो भएर मात्र देश नसप्रने
ब्राजिल( अमेरिकाजस्तो र
नेपाल स्विजरलैन्डजस्तो नसप्रेझैँ
असल नेतृत्वले मात्र
पौरखी र ज्ञानी पछौटे -जनता) तयार पार्ने
चीनले Olympic Game
जितको साथ मैझारे गरेकोले
त्यो हरेक क्षेत्रमा महाठालु भएर निस्कने
सम्भावना अझ तिखारिएको
चीन महाठालु दरिने
सम्भावना उदाउँनुको मुख्य कारण
सक्षम नेतृत्वको अगुवाइमा युद्घमा नअल्झि
आर्थिक मजबुतीको लागि एकोहोरो धसिनु भएको
अमेरिका महाठालुबाट गिर्ने
सम्भावना देखिनको मूल कारणहरु
त्यो युद्घमा अल्झिइ अल्मलिनु,
काँडाघारीमा शिकारी अल्झिइ अल्मलिए झैँ
युद्घको लछारोले खच्कनु भएको,
मान्छे छेराउटीले हैटु -कमजोर भए तुल्य
चीन महाठालु दरिएपछि
अमेरिकाले झैँ त्यसले पनि
रैँदालो लाउँने सम्भावना हुने
अर्को महाठालु ननिस्कन्जेल,
गोहीले पानीमा रैँफाडो लाए झैँ
सम्पत्ति र शक्तिको नत्र के काम
राष्ट्रको ढिकुटी रित्याई
निजी सेखी झार्नु सजिलो हुने अगुवालाई ।

१५असोज २०६६, मनमैजु, काठमाण्डू
जन्मथलो :- नेपालेडाँडा, भोजपुर ।