Janak Karki – Purush Ko Nagna Mastiska

जनक कार्की – पुरूषको नग्न मस्तिष्क

यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा
पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू
दनदनी बलिरहेको छ आगो
चुल्होमा टेस्टास्ट्रनको इन्धनले

ताप्केमा तातो तेलमा
डीप फ्राइ हुदैछ
सन्नी लियोनीका टाङ्गहरू
कुक्करले सिट्टी बजाइरहेको छ
पोर्नसाइटको नग्न युवतीहरूलाई

भान्छा कोठामा पाकिरहेको परिकारहरूले
छोडेर गएको तिव्र काम वासना

अत्याधिक काम भोकले
अल्जाइमरको रोग हुनुपर्छ

अब चिन्दैन उसले आफ्नो-बिरानो
मान्दैन उसले धर्म-अधर्म
जान्दैन उसले सानो-ठूलो
ठान्दैन उसले दया-माया

भोकले ,
उ खान्छ शिशुको नयाँ भोटो
बालिकाको फुलबुट्टे जामा
किशोरीको कुर्ता सलवार
युवतीको लेगिज
बृद्धको गुन्यु चोली

ए चिकित्सक बिज्ञान
तिमी के हेरेर बसेको
निर्माण गर यस्तो औषधि
उसको दिमागमा पाक्न छोडोस्
अश्लील परिकारहरू।