Dhruva Thapa – Kasto Timro Bani Ho?

ध्रुव थापा – कस्तो तिम्रो बानि हो ?
(क्यालिफोर्निया अमेरिका)

कटरिना, सुनामी, स्यान्डी , किन तिमि रिसाउछौ ?
प्रकृतिको सुन्दर देनलाई किन यसरी गिज्याउछौ ?

निर्मल शान्त सितल गंगा कलकल बग्ने पानि हो
क्षणमै उग्र बनि आउने कस्तो तिम्रो बानि हो ?

डेब्बी, जोयसी. लेस्ली पनि तिम्रो अर्को नाम् हो
संसारलाई आतंकित पार्ने यहि तिम्रो काम् हो ?

नारि सुन्दर सुशील हुन्छिन तिमि भने एति उग्र
भैरव काली दुर्गा भन्दा तिमि किन अति उग्र ?

कसले तिम्रो इज्जतमा हात हाल्न आयो ?
थाहै न दिई तिमि भने लात हान्न आयौ

कस्तो कस्तो रुप तिम्रो चिन्नै गाह्रो भयो
गंगामाता तिम्रो रुपलाई जान्न गाह्रो भयो ।

कटरिना र सुनामीलाई तिमिलेनै हो पठाएको
अहिले फेरी स्यान्डीलाई तिमीले किन पठाएको ?

पेट्टी, राफेल, टोनी लाइचै कहिले न पठाउनु है
नारीलाई अबला भनि कहिले हेला न गर्नु है …

नत्र भने नारीले रुप धेरै लिन सक्छिन
एकै रातमा संसारको ज्यानै लिन सक्छिन ।