Puskar Bista – Sukranu Ko Saundarya Shastra

पुष्कर बिष्ट सुक्राणुको सोैन्दर्यशास्त्र

च्यातिएपछि आकासको छाति
कहाँ बग्ला गुलाफको रगत
कुन पहाड भएर चढ्ला समागमको प्रेम गीत
भर्खर त उठेको हुन् यो धर्तिको आँखामा इन्द्रेणी  जस्ता सपनाहरु
शुन्यताको भिमकाय स्वरुप
यो आकाशको टाउकोमा
किन बज्रारिरहन्छोै उन्मुक्तीको घन
फेरि सुम्सुम्याइरहन्छोै र
लगाइ रहन्छोैं  सान्त्वनाको   मलहम
च्यातेर आफ्नै प्रतिछायाँको ग्राफ
लेखिरहन्छोै आबेगको वर्णमाला
सुन्यताको मध्यबिन्दुमा
उठाएपछि तिमीले पाउ
सुक्रकिटकै सोैन्दर्यमा हाँस्नेछ एउटा सृष्टि
अो मनरुपा नहेर न त्यसरी क्षोभले ढुङ्गाको अनुहारमा 
नलेखिदेउ न घृणाको महाकाब्य ।

अस्तित्वको पर्दामा लागेको लेउ
खस्दै खस्दै गइरहेछ
उठाएपछि आफ्नो टाउको
चालेपछि खुट्टाहरु के देखिन्छ अगाडी ?
देखिदैनन्  सूर्यको आर्दतामा  हाँसीरहेका दुधे ताराहरु
देखिदैन र पश्चिमको पहेलो घाम
कुन उन्नयनको परिकथा लेखिरहेछोैं आक्रोषका दलिलहरु घोलेर ?
सुक्राणुको सोैन्दर्यशास्त्र लेखियोस् अो कोमलीका तिम्रो चोैबन्दीको फेरमा नै  ।
उन्मुक्तीको रटानमा कतै प्रकृती खुद  बिरुपाक्ष नभैजावस् ।

पुष्कर बिष्ट 
सल्यान नेपाल 

Diyesh Ratna Shakya – Singha Durbar, Maile Ke Sajaya Paunchhu

दियेश रत्न शाक्य – सिंहदरबार, मैले के सजाँय पाउँछु बुझी पाउँ?
                                  

म यो निवेदन दिएरै भन्छु
यो लकडाउनको राजभरि मैले विगो गरें
यति मैंले जानीबुझी ‘लक’ गरिनँ
र खुल्न दिएँ ,चल्न दिएँ

हरेक दिन बिहानैदेखि
मैले आँखालाई खुल्न दिएकै हो
र झ्यालबाट हेर्न दिएकै हो
मात्र यति पीरले कि
कतै मैले आँखा बन्दको बन्दै राखें भने
मेरा नजिकका
आफन्त ,छिमेकी र गाउँलेलाई पनि
चिन्न छोडुँला भनेर

कहींकतै कोरोनाको गन्ध
आफ्नो गाउँठाउँसम्म आइपुग्यो कि भनेर
मैले नाकलाई सुँघ्न अह्राएकै हो
र कोरोना कतातिर बास सर्दैछ भनेर बुझ्न
कानलाई
भएभरका मिडिया सुन्न लगाएकै हो

यो  मैले स्वीकारेरै भन्छु
यो मुख चाहीँ अर्ध ‘लक ‘छ
विगत केही महिनादेखि मैले
सिंहदरबार सरकारविरुद्ध
सडकमा नारा लगाउन पाएको छैन
बिचरा मेरोलागि बोलिदिने
अाखिर यही जिब्रो त छ
त्यसैले स्वादमा रमाऊन् भनेर
केही खान दिएर
लकको क्रमभङ्गता गरेकै हो

यो छातीलाई देशको सिमाना दुख्दा
मलम लिएर उभिनुपर्छ भनेर
फुल्न दिएको पक्कै हो
सधैं ज्यावलमा रमाउने यो हात
त्यसै बसेको देखेर
कमसेकम यो निवेदन लेख्न
कलम समाउन दिएको पक्कै हो
न भोलि भोकभोकै परेर लुरे ज्यान 
हुन्छ कि भनेर
पेटलाई बढी कोच्न दिएको पक्कै हो

अब खुट्टाको कुरो मात्र किन लुकाउने ?
बन्दा-बन्दीमा थच्चिरहँदा
कतै खुट्टा नचलेर म कुजिएँ
वा पक्षघातले थलिएँ भने
अस्पताल बासको भार थपिएला
र घरको भोक-बजेटमा धक्का पुग्ला भनेर
मेरा पाइतालालाई कमसेकम
घरैमा भर्याङको सिंढी गन्न
र पुलिसको आँखा छलाएर
मर्निङवाकमा डुल्न  पठाएकै हो

म कबुल गर्छु
मैले गरेको कसुरको फेहरिस्त  यत्ति नै हो
म बिन्ति जोड्छु
मलाई अहिल्यै ,तुरन्तै अहिले नै
मेरो गाउँको सिंहदरबारको न्यायालयमा
मलाई सजायँ हुन्छ या हुन्नको निर्क्योल गरिदिए
यो भूकम्प मन 
लकडाउनलाई पुरै सुहाउने गरी
शान्त रहने थियो

Bhimnidhi Tiwari – Janina Deha Paile Yo Prem Ma Dubayen

भीमनिधि तिवारी – जानिन देह पैले यो प्रेममा डुबाएँ

जानिन देह पैले यो प्रेममा डुबाएँ
लागेन हाथ मोती गोता हजार खाएं

फक्रे गुलाफ थुंगा देखि भई म मोहित
आशा र लालशाले पाऊ उतै बढ़ाएं

औला जसै लगियो टीपू टपक्क भन्दा
कांढा बिझे पचासौ तातो रगत चुहाएं

मौका गयो दुबैको धोको रह्यो दुबैको
पाईन टीपन फेरी बर्षौ कल्पी बिताएं

यो प्रेमको नतीजा दुखै रहेछ साथी
आफन्त जो गुमएं शत्रु सयों कमायें

शब्द – भीमनिधि तिवारी
संगीत – शिव शंकर
स्वर – भक्तराज आचार्य

Prajwal Prasain – Apriharya Chha Hai Upakari Kisan

प्रज्वल प्रसाई – अपरिहार्य छ है उपकारी किसान

खान हैन खुवाउन, बाच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, उ खटिरहन्छ
चाहदैन उसको सरिरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।।

उपकारी छ, झुकिरहन्छ निरन्तर
त्यसैले नै हैन हामी उसलाई नै गर्छौ तिरस्कार
किसान सुन्दा खेती, पाती, हिलो, मैलो सम्झन्छ हाम्रो मनले
केही धन कमाउँदा नै गरिब ठान्छाै उसलाई हामिले
तर दयामाया हैन छिछीदुरदुर गर्छ हाम्रो तनले
हाम्रै निम्ति श्रममानै आफ्नो जीवन व्यतित गर्ने
श्रमिकको श्रम नदेख्ने हाम्रो यो मन
घेरिएको छ मिहेनत बिना कमाएको त्यस पापी धनले ।।

के सुख के दुख, के हासो के रोदन
त्यही खेतको हिलो र माटाेसँगै रमाउछ किसान
मन हुनेले दिईहाल्छन् नि भनी आफूपनि मौन बस्छ
यो समाजमा त चलन् नै छ हैन र
चुप लाग्ने तिर त सरोकारवालाको पनि ध्यान किन जाने र
पुगि सरि भएसम्म यो अधर्मी समाजमा यहीँ नै चलिरहन्छ
कुविचार नहटेसम्म सबैको घरमा पापको दियो नै बलिरहन्छ ।।

धनको हैन मनको कमिले
अहंकार भरी फुलिएका सबैलाई
एकदिन बेस्सरी निचोर्ने छ भोकमारिले
भोकभोकै मर्नुपर्दा, पापी धन पनि काम नआउँदा
अनि मात्र तुलना गर्नेछन् किसानको महत्व सबैले
बेलैमा सोचौ है
नत्र छाड्नुु पर्ला पछिल्ला पुस्ताकालागि
यहीँ सन्देश र निसान्
तसर्थ अपरिहार्य छ है उपकारी किसान ।।

नाम-प्रज्वल प्रसाई
कछ्या-११
रतुवामाइ-मोरङ्ग

Tanka Subba – Gorebahadur Haru

टंक सुब्बा – गोरेवहादुरहरु

हिजो तागाधारीको विरुद्धमा कलम समाउनेहरु
जनजाति हु भनेर उत्ता हिन्दुधर्म मान्नेहरु
दशै हाम्रो चाड हुदै होईन भनेर
खुसुक्क दशै मनाउनेहरु
विजया दशामीको दिन निर्धक्क
पुरेतहरु Continue reading “Tanka Subba – Gorebahadur Haru”

Phanindra Nepal – Pinjara

फणीन्द्र नेपाल – पिँजरा

यो सुनको हो
यो चाँदीको
अनि यो चाहिँ फलामको
थरीथरीका पिँजरामा
चराहरु लोभिए
तिनीहरुले सुनको पिँजरा रोजे
चञ्चल हुँदै भित्र पसे
सुनको तारमा टेकी
फ¥याफुरुक नाचे
आप्mनो ठाउँ रोजी
हर्षले हाँसे
खेली खाई थाके
पहिलो रात बेहोसीमै सुते।
होसमा आई बिहान उठे
माटाका खपटामा
मालिकले हालिदियो
जूठो चारो र बासी पानी
गोपीकृष्ण भन्– भन्दै
रमाउन थाले साना नानी
बिचरा चरा
भोक प्यास पश्चातापमा
रोए कराए
मालिकले लठ्ठी देखाउँदा
अलिक डराए
उड्न खोज्दा
पखेटा कुँजिएका पाए

उता नजिकै जङ्गलमा
चराहरुले उन्मुक्त गाए
‘कत्ति बस्नु यसरी !’
यता बन्दी चराहरु
पिँजरा फोरी बाहिर आए ।

Bhupi Sherchan – Mainbatti Ko Sikha

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार ।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

Shrawan Mukarung – Aaimaai

कुनै समय–
पुतली, फूल, प्रभात
चरा, बतास, इन्द्रेणी
र, ऊ सङ्गी थिए

हिउँ, झरी, जुहारी
र केटा–साथीहरू
स्कुल, गोरेटो, साँझ
र दहको ऐना थपिए क्रमशः

वि.सं.२०५९ साल माघ १ गते
ऊ १६ वर्षकी भई–
पोहोर Continue reading “Shrawan Mukarung – Aaimaai”

Balkrishna Aajad – Dai Lai Mero Prashna

बालकृण्ण आजाद – दाईलाई मेरो प्रश्न

दाई
किन म आज सम्म
मिथ्या र भ्रममा बांचिरहेछु-
र,
संसार देख्ने मृगतृण्णामा
आफ्नै आंगनका
सुन्दर बेगम बेलीहरुलाई
न्ाजरअन्दाज गरिरहेछु-
अनि,
पिडाहरुलाई परिभाषित Continue reading “Balkrishna Aajad – Dai Lai Mero Prashna”

Hem Nath Ghimire – Samjhana

हेमनाथ घिमिरे – सम्झना

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।
आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।

बिहान Continue reading “Hem Nath Ghimire – Samjhana”

Gyanendra Gadal – Dil Ko Pukar

ज्ञानेन्द्र गदाल – दिलको पुकार

आँखामा अनन्त चाह छ
मुटुमा गहिरो प्यार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।

जून दिउँ कि तिमीलाई शीतलता जूनको
फूल दिउँ कि तिमीलाई कोमलता फूलको
दिन सक्छु हिरा-मोती
या, मायाको जुहार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।

आकाश दिउँ कि तिमीलाई व्यापकता आकाशको
उज्यालो दिउँ कि तिमीलाई अनुभूति प्रकाशको
दिन सक्छु आडम्बरी
या, दिलको पूकार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार

कोलोराडो, अमेरिका

Nirajan Sapkota – Astitwa

निराजन सापकोटा – अस्तित्व

मलाई मेरै अस्तित्वमा स्वीकार्ने बानी गर ए समाज..
एउटा घर , गाडी , motorcycle र दुई नानी को परिभाषाले नबाध….
मान्छु म आफैमा एउटा प्रस्न लिएर आएकोछु…
तर तिमीले मलाई बारम्बार झक्झकाइरहनु पर्दैन…
मेरा सम्बादहरु Direct जिन्दगीसित नै हुनेगर्छन…
म मनमा खुशी भए मुस्कुराउछु गुराँस झैँ…
आँखामा रोदन भए मुर्र्झाईदिन्छु सिमलको भुवाझै…
मेरो मुहारमा कुनै अभिनय छैन…
र Double Standard भन्ने चलचित्रको screening अझै पनि चलेको छैन…
म हास्छु त स्वभाविक लाग्छ…
रुन्छु त कतै Glycerin बगेको हुन्न…
तिम्रो Barometer मा म झोखिन सक्दिन…
किनकि मेरो Metric नै अर्को छ…
र जोखिनै पर्छ भन्ने पनि छैन नि…
शायद त्यति गारो पनि नहुनु पर्ने हो बुझ्नको लागि..
Harvard को कुनै डिग्री झैँ…
कोशिश त गर … मलाई मेरै अस्तित्वमा स्वीकार ए समाज …
Regret गर्नेछैनौ…

(c) Nirajan Sapkota, ‘Memoirs of Time’, 21/11/2014, 6:40 pm…

Biplav Pratik – Nango Shahar

बिप्लव प्रतिक – नाङ्गो शहर

आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचा मानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको फुलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू…
यस्तो अवस्थामा, यस शहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि शहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।

Bhupendra Subba – Bajiya Ankha Haru

भुपेन्द्र सुब्बा – बजिया आँखाहरू

बरू झुण्ड्याइदिउँ उँधोमुण्टे
बजिया आँखाहरू १
सीधा हेर्नुको अभियोगमा दर्ता
मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा ।
कसले देख्नु भनेको थियोरु
घनटाउके प्रश्नझैँ
घनटाउके मान्छेहरूरु घनटाउके सपनाहरूरु
निधारमा गुजुल्टिएर नसाहरु भतभत छन्
युद्दको पीरो निस्श्वास फुक्दै।
सडकमा मान् कि बारुद हिँडेको होरु
आकासमा चरी कि बारुद उडेको होरु
नदीमा माछी को बारुद पौडेको होरु
कुन्नि कसले छाडेको लावारिश ब्रिफकेशभित्र
खाँदिएको चीसो शङ्कझैँ मन
डरसरि उठाउँदै राख्नु छ।
बजिया आँखाहरू।

पल पल क्यार्र क्यार्र काठकीरा
घरको मूलखाँबो किट्दै बज्छ।
कुरुस बोक्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
ँजन्नत’ भन्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
स्वर्ग भन्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
अबोध त्यो मान्छे हराएको सुचनाहरुको बजार छ।
निश्छल त्यो मान्छे ठगिएको दुर्वल आवाज छ।
दुर्वल त्यो मान्छे दबिएको ठूलो आवाज छ।
सीधा त्यो मान्छे रेटिएको रोगी चीत्कार छ।
छ्यास् अनुहारमा दिक्कलाग्दो उडिरहने झीँगाहरु१
बाहिर निस्किएर एकफेर कराऊँ लाग्छ,
अलिकति सफा हावाको कतिरु
अलिकति खुल्ला आकाशको कतिरु
अलिकति चोखो पानीको कतिरु
अलिकति हरियो डाँडाको भाउ कतिरु
दिन बन्दूकको नालमा तेर्सिएर सुत्छ।
रात मसानघाटमा तर्सिएर उठ्छ।
भन, एकैबेर शान्तिको कतिरु
भन, एकै मुठ्ठी सासको कतिरु
छ्यास् अनुहारमा घरिघरि आइरहने झीँगाहरु पनि१
मैले फूलबारीमा बाँधिएका मायालु हातहरू
प्रेमिकाको हत्याको दृश्यमा यस्तो नाचेको देखेको थिइनँ।
ँचीस् मुसी चीस्’ खेल्दा झुप्पिएका रमाइला हातहरु
संगीतहरूको हूलमा बम पड्काउँदै नाचेको त देकेको थिइनँ।
मैले बगरमा बस्ती राख्ने जुझारु हातहरू
एकार्काका घर ढाल्दै यस्तो नाचेको कहिल्यै देखेको थिइन।
हेर्नू
फूलबारीमा बिरानो हातहरू। हेर्नू
चीसो गोजीभित्र नमीठो घुसार्दै हिड्नु छ। हेर्नू
सप्पै अमिलो जति घाँटिमा उगेलिएर ढक्क अड्कन्छ।
बजिया आँखाहरू१

भुइँ सोहोरेर हजुरको नजरलाई मेरो सलाम। नदेख्नू
उखेलिएर गाँठिएको जरैजरा आकाश। नदेख्नू
तानिएर चुँडिएको केस्रैकेस्रा धर्ती।
लामो झीनो डोरीमा पृथ्वी डल्लो झूण्ड्याएर
मुक्काबाजीमा अभ्यासरत् छन् मनहरू। के गर्नुरु
बरू उँधोमुण्टै झुण्ड्याइदिउँ१
धमिलो ऐना अगाडि उभेर
आफू आफू नहुनुको क्रुरभन्दा क्रुर बिम्ब
सहृदय हेरिदेऊँ। या अल्टएर गरेको कल्दरको फेर पक्रेर
साँच्चै सुग्घर हुनुको भ्रम फुल्लिएर
नरमाइलो सन्तोष हत्तु होइन्जेल पो मुस्काइदिउऊँ।
के छ ररु
के छ ररु खालि
खालि सीधा हेर्नुको अभियोगमा दर्ता
मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा
बजिया आँखाहरू

Balkrishna Sama – Kavita Ko Byapti

बालकृष्ण सम – कविताको व्याप्ती

एक साधु ठूलो डालो लिएर
कविता बटुल्न वनतिर लाग्यो,
डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,
कतै पाएन,
उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;
हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।
प्रश्न सुनिसकी रसिक बोल्यो- “कहाँ छ जहाँ कविता छैन,
शुष्क आँखाले हेर्‍यो भने त छैन त त्यै झरना पनि नीरस छ,
त्यो रौँझैँ जोबन झरिरहेको शून्यमात्रको उद्घोष छ,
क्यै पछि पानी सब निख्रन्छ र त्यो पाखो खल्वाट हुन्छ !
तर साधु, अनुरागले आफ्नो छाती लिपिहरे,
ठाँटो जमीकन सम्म भएको रक्त-हृदयको सतहमाथि
दुःखी संसारको चोट एकत्रित पारी
उच्छ्वासले शक्ति प्रहार गर,
अनि अनुभूतको छाल उठाई मस्तकसम्मन् छिटा पठाऊ,
आँखा जलजल रसिलो भएपछि सबै नियाली हेर,
सहानुभूतिले नानीलाई सूक्ष्मदर्शक पार,
अनि त ढुङ्गाका नसा-नसामा पनि रगत चलिरहेको देख्छौ,
पत्थरको मुटु छाम्न सक्दछौ,
अनि पहराले रस बहाउँछ,
तिमी बविता पाउँछा !
यति भनेर घामको मइनझैं
रसिक लत्याकलुतुक भै पग्ल्यो, साधुको आँखा पनि पग्ल्यो,
रूखहरू खोटोझैं पग्ले, फलफूल महझैं पग्ले,
हरिया फाँट पोखरीझैं पग्ले,
समस्त ब्रह्माण्ड हिउँझैं पग्ल्यो, आकाशगंगा भै पग्ल्यो,
ताराहरू सारा जलबिन्दु बने,
साधुले आफूलाई आफैँ जत्रो आँसुको एक थोपो पाएँ,
अनि दिग्दिगन्त विश्वभरि नै अणु-अणुको गर्भान्तरमा उनले
प्रलय घनघोर गर्जनमा ओतप्रोत भएर
कविता उर्लिरहेको पाएँ ।

Shreeshisha Rai – Andhyaro Ma Mero Akriti

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको छु

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म दौडिरहेको त छु तर
सरासर तिमीसम्म आएर
सामुन्ने उभिएर म
तिम्रो आँखामा हेर्न सक्दिन
किनभने Continue reading “Shreeshisha Rai – Andhyaro Ma Mero Akriti”

Dhruva Thapa – Jasle Jati Khaye Pani Hunchha

ध्रुव थापा – जसले जति खाएपनि हुन्छ
(क्यालिफोर्निया अमेरिका)

साथि यो नया नेपाल हो
पुराना सबै भुलेपनी भो
नया नेपालमा जसले जे गरेपनि हुन्छ
जसले जति खाए पनि हुन्छ

गरिब देशको धनि प्रजा
देसै भरि छ Continue reading “Dhruva Thapa – Jasle Jati Khaye Pani Hunchha”

Mani Lohani – Desh Ka Naam Ma

मणि लोहनी – देशका नाममा
(नेपाल साप्ताहिक, अंक २९८)

आस्थाको सुकिलो देवताजस्तो जनताको आ“खामा
अड्याएर सपनाको भरेङ
त्रि्रै केही नागरिकहरूले
माटोको मोलतोल गरिरहेको
तिमीले सुन्यौ देश –

सपना फुल्ने आखामा मृत्यु टासिएको छ
डुबेका छन् मान्छेहरू
अनिश्चित भविष्यस“गै आशङ्काको दहमा
सहर निदाएको अभिनयमा जागिरहेछ
ग्ाणतन्त्रको नारासगै
गाउ“ आतङ्कको मियोमा नारिएको छ अझै
किलाझै ठोकिएका छन्
नागरिकहरूको
आखा, ओठ र हातहरूमा
लेख्न बाकी संविधानका धाराहरू ।

डा“डाबाट भर्खरै ओर्लेको घाम
र, क्यान्टोमेन्टभित्र कैद आ“खामा देखिएको सपना
आरुका फूल र विस्थापितका रहर
घुरको आगो र मधेस आन्दोलन
र्भ्ार्खरै विजयी नेताको ओठमा नसुहाएको
नया“ नेपालको नारा
र दरबारबाट जारी वक्तव्यहरू
किन सबै उस्तैउस्तै लाग्छ देश –

पाठशालाबाट फर्किरहेछन्
पुस्तकविहीन कलिला नानीहरू
र उनीहरूस“गै फर्किएको छ
अपेक्षाको मूलबाटो
हरेक बिहान अखबार होइन
सङ्घीयता पढिरहेछन् मानिसहरू
न्ोताहरू घरभित्रै असहिष्णु भइरहेका बेला
त्रि्रा केही नागरिकहरू
म्ााटोको मोलतोलमा जुटेका छन् ।

र, देश तिमीचाहि“
चुपचाप छौ… निस्पिmक्री
कुनै उदास मलामी सा“झजस्तै
के तिमीलाई हाम्रो भविष्यको चिन्ता लाग्दैन देश !

Baidyanath Upadhyaya – Dhani Manchhe

धनी मान्छे

तिमीलाई धनको घमण्ड छ
मेरो गाडी छ
बैंंकमा अजस्र जमा छ
मेरो आलिशान महल छ
भन्ने ठान्छौ भने
तिम्रो भए भरको धनले
थोरै सुख किनेर त देखाउ।

तिम्रो धनले सुविधाको ओछयान किन्न सक्ला
तर निद्रा किन्न सक्तैन
तिम्रो धनले मीठो भोजन किन्न सक्ला
तर भोक किन्न सक्तैन
तिमी सुविधाको शीत ताप नियंत्रित कक्षमा
रात भरि निद्रा नलागि ऐया र आथा गरिरहँदा
गरीब झोपडीमा मान्छे
थाहा नपाउने गरि निँदाईरहेका हुन्छन।
तिमीलाई भोजन अपच भएर
खान मन नलागि रहेको बेला
गरीब मानछेहरू रुखा सुखा
मस्ती ले खाई रहेकै हुन्छन।

तिमी गुणी पनि छैनौ
ज्ञानी पनि छैनौ भने
तिम्रो धन तिम्रो लागि
एउटा रोग हो
आपत हो
अनि केवल धन मात्रै भएको व्यक्ति त
अति दुखी
अनि दरिद्र पनि हो।

साँचो अर्थमा
धनी व्यक्ति त त्यो हो
जो सुखी छ, संतुष्ट छ
धनले किन्न नपाउने
कति चीजहरू तिमीसँग छ।
त्यस्लाई जाँचि हेर
त्यो नै धनी हुनुको
विशेषता हो।

Sandhya Regmi – Brikshya

सन्ध्या रेग्मी – वृक्ष

आदि अनादिदेखि आ“धीवेहरीहरूस“ग जुधेर कहिल्यै नहारी
युगौ“युगदेखि चट्याङ् र गर्जनहरू खपेर कहिल्यै नडगी
सदियौ“देखि वर्षात्हरू रुझेर कहिल्यै नगली
अनगिन्ती शिशिरहरूमा उजाडिएर वसन्तमा पुनः मौलाउ“दै
नीलो आकाशमुनिको धरतीमा शीतलता र सुगन्ध फैलाउ“दै
मुस्कुराइरहेछ ऊ सदा
आङ्खनो शरीर काट्न आउनेहरूलाई पनि छहारी दि“दै ।

पहाडपर्वतका काखमा ऊ ‘देवदारु’ भएर बा“चिरहेको छ
हिउ“ नै हिउ“को माझमा ऊ ‘क्रिसमस ट्री’ भएर हा“सिरहेको छ
बालुवैबालुवाको साथमा ऊ ‘पाइन ट्री’ भएर नाचिरहेको छ
डढेर सूर्यको रापमा आपूm पखेटा फट्फटाएर तिमीलाई पङ्खा हम्क“दै
धूलो र धुवा“ खाएर पनि तिम्रा लागि स्निग्ध सौम्य हरियाली बोक्दै
अमृतसरि नरिवल फलाउने आङ्खनो शिर छेदनको पीडा भोग्दा पनि
वीर बनेर उभिइरहेको छ ऊ सदा ।

उसले तिमीलाई सदा दिएको मात्र छ
तिमीबाट कहिल्यै केही लिएको छैन
बाढीपीडितहरूलाई
भूकम्पपीडितहरूलाई
घरवारविहीनहरूलाई
आगलागीबाट आहतहरूलाई
समाज र राष्ट्रले केही राहत नदि“दा
उसले एउटी आमाले झै“ उनीहरूलाई
वात्सल्यपूर्ण काख दिएको छ
मीठो नीदको रात दिएको छ
ना¨ो आङ्मा पात दिएको छ
चोखो अङ्कमालले साथ दिएको छ ।

आपूm बलेर तिमीलाई ताप दिएको छ
आपूm जलेर तिमीलाई प्रकाश दिएको छ
एकसाथ तिमीलाई उसले
गास, बास र कपास दिएको छ
त्यति मात्र होइन
तिम्रो मुटुको प्रत्येक ढुकढुकीको लागि
सास दिएको छ
कहिल्यै घात नहुने विश्वास
र कहिल्यै नमर्ने आश दिएको छ ।

परोपकारको अर्को नाम हो वृक्ष –
‘सेवितव्यो महान् वृक्ष फलछाया समन्वित
यदि दैवात्फलं नस्यात् छाया केन निवार्यते’
‘स्वयम् न खादन्ति फलानि वृक्षाः’
कति उपकारी छ ऊ कति सेवादायी छ
आपूmले एक दाना अन्न नखाइकन
तिम्रँ लागि
आलीका आली
डालीका डाली
थालीका थाली
फल फलाउ“छ, पूmल फुलाउ“छ, अमृत बगाउ“छ ।
‘ग्लोबल वार्मि¨’ बाट पृथिवीलाई बचाउ“दै
‘ग्रीन हाउस ग्या“स’ निष्काशन घटाउ“दै
पर्यावरणीय प्रदूषण नियन्त्रण गरिरहेको छ
दुर्गन्ध दूषणरूपी विनाशकारी दानवहरूलाई
गृहवासीनजीक आउन नदिई बीचैमा रोकेर
तिम्रो निवासको पहरेदार बनी रहेको छ
कहिले गर्वले उठ्दै
कहिले विनम्रताले झुक्दै
उन्मुक्त मन लिएर खुल्दै
हरेक प्रातः सन्ध्यामा चराहरूस“ग चिरबिराउ“दै
हरेक गोधूलि सन्ध्यामा सुसेली हाल्दै मुरली बजाउ“दै
कहिले आरूका पूmल बनी श्वेत फुल्दै
कहिले अनारका पूmल बनी लाली छर्दै
ऊ तिम्रो आ“गनमा स्वर्गद्वार बनी झरेको छ ।

तिमीले भत्काउन खोजेको सभ्यतालाई पनि उसले बचाएको छ
तिमीले लत्याउन खोजेको संस्कृतिलाई पनि उसले जोगाएको छ
सङ्गालेर प्राणी र वनस्पतिका जात–जात
उसले आपूmमाथि एउटा म्यूजियम नै सजाएको छ
दिएर शान्तिदूत बुद्धलाई ध्यान र ज्ञान
उसले एउटा सिङ्गो इतिहास नै बनाएको छ ।

ऊ कागत बन्छ तिम्रा लागि – आपूm पिसिएर
र खोपाउ“छ आङ्खनो शरीरभरि काव्य
ऊ तागत बन्छ तिम्रा लागि – आपूm जलेर
र दिन्छ ऊर्जा जीवनभर दिव्य
ऊ नगद बन्छ तिम्रा लागि – आपूm रेटिएर
र दिन्छ तिमीलाई अकूत सम्पत्ति
ऊ रगत बन्छ तिम्रँ लागि – आपूm मेटिएर
र दिन्छ तिमीलाई सुन्दर सन्तति
पूर्वान्हका जराजरामा
मध्यान्हका हा“गाहा“गामा
अपरान्हका पत्रपत्रमा
ऊ तिम्रो जीवनयात्राको शुभकामना कोरिरहेको हुन्छ
तिम्रो अञ्जुलिभरि अमृत भरिरहेको हुन्छ
तिम्रो ललाटभरि सौभाग्य छरिरहेको हुन्छ ।

उसका सुसेलीमा गौरवमय गाथाहरू मात्र होइन
अव्यक्त कथाहरू पनि छन्
आफै“मा निस्सासि“दाका व्यथाहरू पनि छन्
ऊ भोकाउ“छ – तर लुट्दैन
तड्पिन्छ – तर गुनासो गर्दैन
छट्पटाउ“छ – तर चिच्च्याउ“दैन
ऊ पिरोल्दैन कसैलाई
जाइलाग्दैन कसैमाथि
अडिग छ आङ्खनो धर्ममा
विश्वस्त छ आङ्खनो कर्ममा
पुण्यको नाममा पाप त तिमी गर्छौ
महायज्ञको नाममा महाभारत त तिमी मच्चाउ“छौ
क्रान्तिको नाममा भ्रान्ति त तिमी ल्याउ“छौ
बुद्धको नाममा युद्ध त तिमी लड्छौ
ऊ त बिचरा
फा“डिन्छ, ढालिन्छ, भा“चिन्छ
काटिन्छ, चिरिन्छ, च्यातिन्छ
थिचिन्छ, पिसिन्छ, कुटिन्छ
अनेक चोट सहेर हरेक टुक्रामा पनि ऊ
तिम्रा लागि उपयोगी बनेर नै बा“चिरहेको हुन्छ ।

जन्मेकै दिनदेखि तिमीलाई काखमा लिइरहेको
जीवनभरको साथी ऊ
तिम्रो मृत्युउप्रान्त पनि साथ नै हुन्छ
आपूm काटिएर टुक्रा–टुक्रा भएर पनि
एउटा बलियो आधार बनी
ऊ तिम्रो लाश बोक्छ
अनि पुनः जलेर
प्रकृतिको काखमा
सम्मानका साथ
ऊ तिम्रो दाहसंस्कार गर्छ
तिमीलाई प्रज्ज्वलित दागबत्ती दिन्छ
त्यही वृक्ष जसको अनन्त उपकारप्रति
तिमीले कहिल्यै कृतज्ञता प्रकट गर्न जानेनौ
त्यही वृक्ष जसको सामु
तिमीले कहिल्यै श्रद्धाले शिर झुकाउन चाहेनौ
मायालु हातहरूले झै“ आङ्खना पात–पातले
तिमीलाई तर्पण दिन्छ
तिमीलाई समाधिस्थलमै पनि
झुकेर श्रद्धाञ्जलि अर्पण गर्छ
आङ्खनो अस्तित्व मेटेर ऊ
तिम्रा लागि आङ्खनो जीवन समर्पण गर्छ ।

हरेक व्यक्तिले आङ्खनो कर्तव्य सम्झी
जीवनकालमा एउटा मात्रै रूख भए पनि रोपिदिने भए
ह्दयको एउटा खण्डमा वृक्षमहिमा खोपिदिने भए
पृथिवीको स्वास्थ्य–रक्षार्थ वनविनाश रोकिदिने भए
मानिसको आयु सा“च्चि नै लम्बिने थियो
धरती सधैं जवान भइरहने थियो ।

मानिसको आयु सय वर्षको हुन्छ
एउटा सालको रूखको आयु हजार वर्षको हुन्छ
जानिराख,
रूखलाई दुखाएर तिमीले आङ्खनै दुर्भाग्य बढाइरहेछौ
रूखलाई सुकाएर तिमीले आङ्खनै आयु घटाइरहेछौ
आकाशबाट त्यति सिक्न सक्दैनौ तिमी
जति धरतीबाट सिक्न सक्छौ
पूmलबाट त्यति सिक्न सक्दैनौ तिमी
जति रूखबाट सिक्न सक्छौ
धेरै भयो पूmलैपूmलका गुच्छाहरू सजाएको
पूmलैपूmलका झुप्पाहरूस“ग मायाप्रीति लगाएको
अब रूखका कथा पनि स“गाल्न सिक
रूखका व्यथा पनि अ“गाल्न सिक
सिर्जनाका अलिकति बीज धरतीमा रोपी
मुटुभित्रको अलिकति माया रूखमा पोखी
रूखका गुणहरू आत्मसात् गर्न सिक
आङ्खना पापहरूको पश्चाताप गर्न सिक
वृक्षले जस्तै सहिष्णुता छर्दै
वृक्ष झै“ स्वाभिमान बन्न सिक
मनुष्य †
वृक्षको स्वभाव अब आपूmमा स्थापित गर्न सिक ।