Kulchandra Wagle – Bidwesh Biruddha Sahitya
कुलचन्द्र वाग्ले – विद्वेषविरुद्ध साहित्य
(मधुपर्क २०६५ चैत)
नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग कुमजोरी खेल्न सक्ने भएको मानिन्छ हाम्रो नेपाली साहित्य । गरिवका विषयमा लेखेको छ, अमिर र फकिरहरू पनि यो साहित्यमा भेटिन्छन् ।
बौद्धिकता पनि, अनि वैचारिक र श्रम पनि, मनोरञ्जन र प्रकृति प्रेम पनि । प्राचीन होस् कि अर्वाचीन, पौराणिक वा ऐतिहासिक नै किन नहोस् । काल्पनिक र तार्किक वा यथार्थवादी, सबै सबै विषयमा बोलेको छ नेपाली साहित्य । घटना र इतिहास वा पुराणका उपविज्य विषयलाई पनि नेपाली साहित्यले आफूमा समाविष्ट गरिसकेको छ । यावत् विषय र प्रसङ्ग अन्तरनिहित गर्दै नेपाली साहित्यले सगरमाथाको उचाइसँग प्रतिष्पर्धा गरेको छ । विश्वसाहित्यको मझेरीमा घुम्टो उघारेर आफ्नो परिचय दिन नेपाली साहित्य ताते होइन, ठम्ठमी हिड्न थालेको छ ।
तर जसरी नेपाली राजनीतिको उकुसमुकुसमा एउटा भयानक सङ्क्रमणको कालखण्डका अघिल्तिर मुलुक यतिबेला उभिएको छ, त्यसरी नै नेपाली समाज पनि सङ्क्रमणको हुस्सुमा भौँतारिएको जहाजजस्तै गन्तव्य भेटिने लालसामा चक्कर काटी रहेको छ । यो गन्तव्य कसरी भेटिने हो, ठोकुवा गर्ने अवस्था देखिदैन । नेपाली साहित्यसामु पनि यही भयानक चुनौती उपस्थित भएको छ । धेरै विषयमा बोलिसकेको नेपाली साहित्यले यो चुनौतीको सामना गर्नैपर्ने भएको छ ।
Using this online viagra no prescription drug according to which it has been detected. The concentration of the Sildenafil is Silagra and the branded 5mg cialis is same. The smallest size of the tablets is available in three different dosages of 25mg, 50mg and 100mg and different number in the strips. levitra 20mg price cialis samples free It is a very effective anti-snoring device that has helped to produce such medicines which have provided a great relief to women from excessive menstrual periods. साहित्य समाजको ऐना पनि मानिन्छ । व्यक्तिको भोगाई र रोजाई पनि हो साहित्य । समाजलाई दिग्दर्शन गर्ने, सही बाटो देखाउने र कोही नपुग्ने ठाउँमासमेत पुग्ने क्षमता राख्छ भनी साहित्यप्रति गौरव गरिन्छ । हो पनि, मानव सभ्यताले भाषाका माध्यमबाट प्राप्त गरेको प्रथम र अन्तिम उन्नत विधि हो साहित्य ।
सन्दर्भहरू पछि विषयतर्फ लाग्दा, गौरवशाली नेपाली साहित्यले यतिबेला भन्नोस् वा अब विद्वेषविरुद्ध जेहाद छेड्नुपर्ने भएको छ । विभाजन र विखण्डनविरुद्ध हार्दिकता बोल्नुपर्ने भएको छ । हो, नेपाली समाजमा विद्वेष फैलाउने, विभाजनका गम्भीर रेखाहरू कोर्ने र विखण्डनको अँध्यारो गल्ली बनाइदिने प्रयत्न भएको छ । अहिले सबैले अनुभूत गरेको कुरा हो, विविधतामा बाँचेको नेपाली समाजलाई क्षेत्रीयता, जातीयता र धार्मिक अन्धविश्वासतिर घसेट्न खोजिएको छ । एनजिओ र आइएनजिओहरू, तथाकथित धार्मिक व्यापारीहरू र राजनीतिको अराजनीतिक निकृष्ट स्वार्थलिप्सा बोक्नेहरू साखुल्ले भएर निर्दोषहरूका बीच भ्रम छरिरहेका छन्, विभेद र साम्प्रदायिकताको विष -विष कुम्भ पयो मुखम्), भने झैं छरिरहेका छन् । समय र समाजको भाषा बोल्ने नेपाली साहित्यले हो यतिबेला यो सानो तर विविधताले पूर्ण मुलुकमा छर्न खोजिएको भ्रम वा विखण्डनको यस्तो रहस्यलाई चिर्नैपर्ने भएको छ, निरुत्साहित गर्नैपर्ने भएको छ । अन्यथा भविष्य नेपालीहरूको मात्र होइन, नेपालको साहित्यको पनि अन्धकार नै देखिन्छ ।
विश्वको विश्वास हो, साहित्यले समाजलाई समाल्न सक्छ र समात्न पनि । धेरै कुरामा टुक्रिएको जस्तो लाग्ने यतिबेलाको नेपाली समाजलाई सहभावमा समात्नु परेको छ, समाल्नु परेको छ । यो भूमिका अब बढी साहित्यले नै निर्वाह गर्नसक्छ, गर्नुपर्छ । किन कि विभिन्न स्वार्थहरूको पाइप लाइनबाट बटारेर राजनीतिले ल्याएको अराजक विभेद निवारणका लागि सहायक अब साहित्यमात्र जीवित छ, जो प्रभावकारी पनि हुनसक्छ । जातिमा बाँडिएको, क्षेत्रमा खुम्चिएको र धर्ममा साँघुरिएको, हुँदाहुँदै भाषासँग इष्र्या उत्पन्न गरिएको अर्थात् मानिसलाई पूर्ण मानिस होइन, अर्ध, आंशिक वा अपूर्ण मान्छे बनाउन खोजिएको यो बेला नेपाली साहित्य अन्यायका विरुद्ध, विभेद र विखण्डनका विरुद्ध, विद्वेष वा शत्रुभावका विरुद्ध अनि पिछडिएकाहरूको उत्थान र समर्थनमा सिङ्गो नेपाली हार्दिकतामा बोल्नुपर्ने भएको छ । त्यस्तो हार्दिकतामा न जाति मात्र हुन्छ, न धर्म नै वा न क्षेत्र मात्रै पनि । त्यहाँ त सिङ्गो नेपाल र नेपाली भेटिन्छ, कलमको निबले ताप्लेजुङ र दार्चुला लेखिन्छ अनि प्रत्येक नेपालीको पाइला पश्चिम-पूर्व, उत्तर-दक्षिण यो भूमिमा समानरूपमा हिँडिन्छन् । यदि नेपाली साहित्यले अब पनि यो विषय बोलेन भने, बोलिदिने कोही छैन ।
नेपाली समाजमा पन्पिदै गएको वा पन्पाइदै फैलाउन खोजिएको विद्वेषप्रति समग्र लेखनजीवी वा कलमजीवीहरू, ती साहित्यकार हुन् अथवा पत्रकार नै पनि जाग्रत हुनुपरेको छ, सचेत हुनुपरेको छ । विद्वेषविरुद्ध सक्रिय हुनुपरेको छ । अन्यथा ? यो प्रश्नप्रति नेपालको साहित्य, त्यो जुनसुकै भाषा र भावमा लेख्ने साहित्यकारहरूले एकैछिन गम्भीर भएर सोचिदिए एउटा विद्रुप भविष्य आँखा अगाडि ठोकिने छ । यी पङ्क्तिलाई धृष्टता नमान्ने हो र साच्चै भन्ने हो भने, यदि अर्ति र उपदेशको अर्थमा नबुझ्ने र लेखाइको हार्दिकता बुझिदिने हो भने यतिबेला नेपाली साहित्यका सामु अरू कुनै वाद भन्दा विद्वेषविरुद्धको वाद एकमुष्ट बोल्नुपर्छ । नेपाली समाजलाई बचाइराख्न पनि यस्तो साहित्यवादको खाँचो भएको छ ।
त्यसो त साहित्य सीमाहीन र स्वतन्त्र विषय हो । तर साहित्यसँग पनि मुलुकले कुनै गम्भीर अवस्थामा सीमा केन्दि्रत अपेक्षा गर्ने रहेछ । यही सन्दर्भमा अहिले नेपालले विद्वेषबिरुद्ध साहित्यवाद मागेको देखिन्छ । त्यसो त विद्वेषविरुद्ध राजनीतिकवाद पनि उठ्नुपर्ने हो, नागरिकवाद पनि जाग्नुपर्ने हो । यिनीहरू जे गरुन्, तर यस कालखण्डमा उब्जाउन खोजिएको विद्वेषविरुद्ध लेख्न एवं बोल्न, ‘आऊ समाउ कलमहरू’ भन्ने आव्हान नेपाली साहित्य समाजले गर्नैपर्ने भएको छ । नेपाली कलमहरू जुर्मुराउनु अत्यावश्यक छ ।