Suren Upreti – Chasma (Nepali Nibandha)
सुरेन उप्रेती – चश्मा
अटवा,क्यानडा
कसैले चश्माको नालिबेली बारे सोध्यो भने मलार्इ अँह वाक्य पनि फुट्दैन । यसका नातागोता, आफन्त कोहि थाहा छैन । कसले र कहिले यस सान्सारिक माया मोहमा यसलार्इ पार्यो त्यो पनि थाहा छैन । तर पनि यसलार्इ मैले सानो छँदै देखि देख्दै आएको छु । ठ्याक्कै तीथि मिति थाहा नभए पनि पहिलो पटक ज्योतिषिबाका कानमाथि डोरिले बाँधेर राखेको देखेको हुँ । लात्तिहान्ने गार्इ दूहुँदा डोरिले खुट्टा तन्काएर किलामा बाँधे जस्तै देखिन्थ्यो गरुवाका कानमाथिको चश्मा। दुबै तिर नाकका डाँडीमा टेकेर आँखालार्इ छोपेर उभिएको थियो । आजकालका सपिङमहलका पर्खालको रूपमा उभिएका बाक्ला शिसा जस्तै लेन्स पनि वाक्ला थिए । मेरो दिमागमा भने ज्योतिषिबाको चश्मा देखे पछि चश्माले मान्छेका ग्रह दशा, भविश्य सबै देखाउँदो रहेछ भन्ने पर्यो।
पहिलो दिन दाजु दिदिसँग झुण्डिदै स्कुल जाँदा त्यो भन्दा अझ राम्रो राता खुट्टा भएको चश्मा गुरूजिका कान समातेर नाकमाथि बसेको देखेँ । त्यो झन राम्रो थियो । ज्योतिषिबाको चश्मा भन्दा पनि राम्रो । गुरूजीले चश्मालार्इ नाकको टुप्पातिर सारेर चश्मा माथिबाट मलार्इ चिहाए । मरो ध्यान गरूजीमा भन्दा पनि उनले लगाएका चश्मामा थियो । मेरो चश्मा प्रतिको जिज्ञाशा झन बढ्दै गयो । अब त बाटो हिंड्दा पनि कसले कस्तो चश्मा लगाएको छ भन्नेमा मेरो ध्यान केन्द्रित हुन थाल्यो । एक दिन जिल्लाबाट विधालय निरिक्षक आएका थिए । उनका पुक्क परेका खाइलाग्दा गालाका विचमा चुरेपहाड जस्तै नाक ठडिएको थियो । त्यही नाकमाथि कालो चश्मा हिंउदका दिनमा घाम तापेर बसेका भैंसी जस्तै भएर डम्म बसेको थियो । बेला बेलामा त्यो चश्मालार्इ टाउको तिर सारेर हेयरबेण्ड जस्तै गरेर अड्काउँथे । यो देखे पछि चश्माहरू पनि विभिन्न रंगका हुँदा रहेछन् भन्ने मैले लख काटें । अब मलार्इ चश्माको भूत नै चढ्यो । जसरी पनि एउटा चश्मा चैं धडेरै छोड्ने अठोट गरें । तर मलार्इ थाहा थिएन । चश्मा कहाँ फल्छ । चश्माको कत्रो रूखहुन्छ । काँचै टिपेर लाउनेहो की पाकुन्जेल पर्खनु पर्छ । टिप्न सकिने हो कि हैन नाना प्रश्नहरू खेल्न थाले मनमा ।
जहाँ इच्क्षा त्यहाँ उपाए भनेझैं मैले चश्मा लगाउन धेरै कुर्नु परेन । स्कूलबाट फर्किंदा गल्लिमा सिमालीको बार थियो । त्यहाँ पँहेलै भएर पँहेलेका लहरा लहरिएका थिए । कसैले अमरलता पनि भन्थे । त्यसलार्इ टिपेर भक्का भक् चश्मा बनाउन लागें । एउटा त बनाएर धडी पनि हालें । मेरो चश्मा देखेर अरू केटा केटीले पनि चश्मा बनार्इ माग्न थाले । मेले थुप्रै चश्मा बनाएर अरूलार्इ पनि लगार्इ दिंए । चश्मा लगाए पछिको त दृश्य नै बेग्लै । सोचार्इनै बेग्लै हुने । शान नै बेग्लै । शिर नै उच्च भए जस्तो लाग्ने । यसरी पहिलो चश्माको अनुभव बटुलें । विस्तारै चश्माका बारेमा बुझ्दै र जान्दै लगें ।
चश्मा त बिभिन्न रंगका जातका ,थरका,धर्म र पार्टिका हुँदा रहेछन् । तपार्इलार्इ अच्म्म लाग्न सक्छ चश्मामा पनि यती धेरै विविधता र प्रकार हुन्छन् भन्दा । हो मलार्इ पनि अचम्मै लाग्यो । तर हुँदो रहेछ । चश्मा भन्ने अचम्मकै हुँदो रहेछ । तपार्इ कस्तो चश्मा लगाएर हेर्नु हुन्छ त्यस्तै विचित्रको दृश्य देखाइ दिँदो रहेछ चश्माले । तपार्इले पनि सुनेकै हुनुपर्छ । नेपालमा धिरेन्द्रको चश्माको निकै ठूलो चर्चा थियो । उनको चश्माले जस्तै बाक्ला लुगाले छोपेर राखेका बस्तुहरू पनि छर्लङ्गै देख्थ्यो रे । त्यही चश्मा लगाएर कलेज वाहिर गाडी रोकेर दृश्यपान गर्थे रे । रेका कुरा हुन । त्यो त कि उनका आत्मालार्इ थाहा होला कि त उनका मतियार विकाशहरूलार्इ थाहा होला ।
So, they are the same genre and rightly called the discussed drug as cialis properien . Columbia River Knife & Tool or(CRKT) started levitra store making knives in 1994. The best thing cialis in india about this drug is its flavors. Some Final generic 10mg cialis Teenage Dating Advice for Girls With the high cheekbones, long necks and square jaws. अव गएको दोश्रो संविधान सभाको निर्वाचन ताकाको कुरा गरौं । त्यसबेला जुन पार्टीको चश्मा लगाएको मान्छे भेटिन्थ्यो । उसले सबै त्यही पार्टीका समर्थक र भोटर्स देख्थ्यो । नेताले समेत सबै संसारै आफ्नै पार्टीका देखेर सयौ पटक सम्म बहुमत र दुइतिहार्इका भाषण ठोके । जनजातिको चश्मा लगाएर हेर्दा सबै जनजाति नै मात्रै देखे अशोकहरूले । जता पनि आफ्नै मान्छे देख्न थाले पछि आफ्नो शक्तिको अट्क्लनै भएन उनीहरूलार्इ । कुमार लिङ्देनहरूलार्इ अरूपार्टिहरूलार्इ लिम्वूवानमा छिर्नै नदिने कुरा वोल्न लगायो यहि चश्माले । बैधबाका चश्माले सबै तिर आफ्नै क्याडर मात्रै देखाइ दियो । चुनाब बहिष्कार अन्त्यमा प्रचंण्ड हराउमा केन्द्रित भयो । मदेशवादी नेताहरूलार्इ मधेशमा बस्ने सबै मधिसे देखाएर धोका दियो । प्रचण्डहरूलार्इ त आफ्नो चश्माले धोका मात्र दिएन । जहाँ जाँदा पनि जनसागर देखाइ दिने । ल अव त नेपाल नै प्रचण्डपथिय भयो भनेर ढुक्क बनाइ दियो तर नतिजाले पुल्टुङ बाजी खेलार्इ दियो । मार्ने मर्ने खेल खेलेर आएकाले दरो मुटु भएर मात्रै नत्र भिमशेन थापाको उपाय अवलम्वन गर्न बेर थिएन । यो सबै चश्माको खेल त हो नी ।
ज्ञानेन्द्रलार्इ यही चश्माले ढाडश दिन्छ र कमलथापाले नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्रहुने पक्का भो भनेर भाषण पड्काउँछन् । सुशिल कोइरालाले प्रमको चश्मा लाउना साथ यै मूला चश्माले टनकपुर भारतकै हो भन्न सिकाएको थियो । खड्रग ऒलीलार्इ टनकपुरले खरव खरव नाफा गर्छ भन्दै सम्झौता गर्न लगाएर भाषण खोक्न लगायो । । यहि चश्माले हौडा,लौडा काण्ड,बब्फर काण्ड मच्चाउन प्रेरित गर्यो । हतार हतार विप्पा सम्झौतामा सहि जोत्न उक्सायो ।
सोझो मान्छेले लगायो भने पनि त्यसै जस्मरीको मोतीकोहारले झैं नराम्रो सँग मान्छे बदल्छ यो चशमाले । कसरी तस्कर सँग र डन सँग सम्वन्ध गाँस्ने भनेर उकास्छ । कसरी पानी टेंकीमा पैसा लुकाउने उपाय सुजाउँछ । सालीपटिका सातपुस्ते र भिनाजु पटिका नौपुस्तेलार्इ पुग्ने धनबटुल्न लगाउँ छ । सुनको व्यपार , वोइङमा लेनदेन, योजनाहरूको कमिसन र शेयरको कारोवार गराउँछ । सरूवा ,बढुवाबाट कोषेली थपाउँछ, यो सबै चश्माकै कमाल त होनी ।
मह खाएकालार्इ मात्रै त महको श्वाद थाहा हुन्छ नी भने झैं एक पटक चश्माको श्वाद पाएकाले त मरे पनि चश्मा नपाउनजेल छोड्दैन । संविधान बनाउन गएका पार्टिहरू एउटा गृहको विवादले झण्डै महिना दिन सम्म झूण्डिनु त्यसैको उदाहरण हो । त्यो गृहको चश्माको मज्जा चाखिसकेका बामदेवका आँखाहरूले के मान्थे । लासामा सुन छ मेरो पार्टी बुच्चै भन्ने उक्ती बामदेवहरूलार्इ राम्रै थाहा थियो र बार्गेनिङ गरेका थिए। सुन आउने र जाने बाटो गृहमन्त्रीको चश्मालगाए पछि मात्र क्लियर हुन्छ भन्ने राम्रै अनुभव छ ।
यो चश्मालगाए पछि को सँग बोल्ने ,कसको हितमा काम गर्ने, कसलार्इ खुशि तुल्याउने यसैले निर्णय गर्छ । माधव नेपालले प्रधानमन्त्रीको चश्मालगाएका वेला झापा आन्दोलनका डिकेन्द्र राजवंशीलार्इ अपमानित पार्दै आरूको बोटमा फल्न बाध्यपार्ने पनि यहि चश्मा हो । सँगै जेलबसेका साथिहरूको महल,गाडी र शान हेर्दा कहिलै पेट भरिएन ,छोराहरूको स्कुलजाने रहर मेटिएन । शाहुको रिणघटेन । उनको चश्माले जिउने अर्को उपायनै ठम्याउन दिएन । जेल जीवनका उर्जासिल दिनहरूले झन झन घोच्न र रोप्न थाले । समयले व्यंग्य गर्न थाल्यो । शहिद भएका साथिहरूले पनि गिज्याएको अनुभूति गरायो र बाध्य पारेर पार्टि कार्यालयकै प्राङगणमा समाप्त पार्यो यही चश्माले ।
यो चश्मा अति निर्दयी,क्रूर र बिश्वास गर्न नसकिने खालको छ । कहिले स्वार्थका लागि एउटा सँग लगन गाँठो जोड्छ र अर्कालार्इ धुलो चटाउँछ । कहिले उग्र राष्ट्रबादी बन्छ र नाला पानी देखि कालापानी सम्म विरोध गर्दै मार्चपास गराउँछ । कहिले लगेर नदि नाला त के सगरमाथा नै चढाउँछ । भाइ भाइ लडाउँछ । सज्जनलार्इ सडाउँछ । तस्करलार्इ कुर्इन्टलको माला चढाउँछ । दुइचार करोड खाँदा भ्रष्ट भन्न पाँइदैन । हाम्रा नेता महान छन् । भ्रष्टचार गर्नु नेताको अधिकार हो भन्दै जुलुश उतार्छ । नैतिकतालार्इ निमिट्यान्न पारेर विवेक सून्य बनाइ दिन्छ । कालोलार्इ सेतो देख्ने बनाउँछ । विद्वतबर्गलार्इ चाकरी गर्न सिकाउँछ । घमण्डको पगरी गुथेर फणउठाएर गजधम्म भएर बस्न अर्डर दिन्छ र मरिच झैं आफ्ना पिराले आफैं चाउरिने बनाउँ छ ।
यो चश्माको महिमा भनौ या छुल्यार्इ भनौ । न जानेर जान्न सकिन्छ न बुझेर बुझ्न सकिन्छ । चोरलार्इ चौतारी र साधुलार्इ सुली चढाउने यो चश्मा। यो विचित्रको चश्मा ।