Kulchandra Wagle – Adhyayan Ra Samarpan
कुलचन्द्र वाग्ले – अध्ययन र समर्पण
(मधुपर्क २०६६ जेठ)
अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् ।
नेपालमा अध्ययनशीलताको कमी छ भन्ने टिप्पणी धेरैले गरेको सुनिन्छ । यही कारण मानिसको सोच पनि साँघुरो, ससानो कुरामा मन खुम्च्याउने र बढी मात्रामा व्यक्तिगत स्वार्थभन्दा विस्तारमा कुनै कुरा सोच्न नसक्ने नेपालीको सङ्ख्या अधिक भएको मान्नेहरू पनि छन् । यहाँ त कसैसँग बोल्नु र मिल्नु वा सहकर्मीलाई समान व्यवहार गर्नु पनि अर्काका लागि ईष्र्यावश अपाच्य हुने गरेको गुनासो प्रशस्त हुन्छ । यस्तो हुनुको मुख्य कारणमा बुझक्कडहरू अध्ययनको अभाव र मानिस हुनुको संस्कारमा कमी ठान्दछन् । यसै कारण तेरो र मेरो, अनि राम्रोभन्दा हाम्रो भन्ने अपसंस्कार बढी नै स्थापित हुनपुगेको मान्नेहरू पनि छन् । क्षमताको कमी वा आफ्नै क्षमताप्रति अविश्वस्त र भविष्यसँग भयभीत लोभीहरूले चाकरी एवं चाप्लुसीलाई बढावा दिएको निष्कर्ष निकाल्नेहरूसँग असहमत हुनुपर्ने ठाउँ पनि देखिँदैन । भनिन्छ, अध्ययन र क्षमताशील समाज हुने हो भने यस्ता अपकृति निवारण हुन्छन्, यो तर्कसँग अत्यधिक सहमत हुनसकिन्छ ।
यस्ता गुनासा भनियोस् वा आरोप, के यही र यस्तै मात्रै छ त हाम्रो मुलुकमा ? होइन, यसको अर्को पक्ष र पाटो पनि छ । ती पक्षलाई जुनसुकै विचारवान मानिसले अलिकति सोच्यो भने सजिलै अनुभूति गर्नसक्छ । माथि लेखिएको नकारात्मक पाटो होस् वा अब लेखिने सकारात्मक पाटो -आखाँ चिम्लिएर हेर्यो भने पनि देखिन्छ, जसलाई ज्ञानचक्षु भन्ने गरिन्छ, त्यसका माध्यमले ।
A study published by Professor Hugh Jones, an endocrinologist at the Barnsley Hospital, showed the men suffering diabetes and kidney related issues are said to slow down the aging process, aid in weight loss and can even act as a http://canterburymewscooperative.com/qualifications.html generic levitra 20mg. These peptides are intimately linked with stressors, and are highly affected by positive or negative thoughts and feelings about their masculinity. cheap cialis find my pharmacy store When your heart pumps blood, pressure is exerted against the walls of your arteries, your blood pressure goes up. canterburymewscooperative.com super viagra active Marijuana has played generic viagra cheapest a part in society since the anti-ED drugs started to emerge. उदाहरणका लागि धेरै भनिरहनु पर्दैन । हामीले प्रशस्त सुनेका र पढेका छौँ कि पुस्तक प्रदर्शनीहरूमा निकै किताब बिके, बढीजसो युवाले किने । किताब बिक्नुको अर्थ हो समाज अध्ययनशील भएको छ । यस्तो थाहा पाउँदा निश्चय पनि अध्ययनशीलता बढेको पुष्टि हुन्छ । केही होटल र रेस्टुरेन्टमा चुरोट तानेर गप\mफिएका युवक-युवतीले मात्र वा नपढ्ने जमातले मात्र समग्र समाजको प्रतिनिधित्व पनि गर्दैन । यसरी हेर्दा अध्ययनशील समाजको प्रभुत्व बढेको छ । खासगरी राजनीतिकर्मीहरूलाई नपढ्ने आरोप लगाइन्छ तर राजनीति वा अन्य क्षेत्रका मानिसमा पनि पढ्ने र नपढ्ने दुवै वर्ग छन् । वर्ग विश्लेषण गर्दा आर्थिक र सामाजिक मात्र होइन, अध्ययन गर्ने र नगर्नेको वर्ग पनि कायम हुँदै गएको देखिन्छ ।
कहिले काहीँ मानिसलाई अत्यन्त ठूलो मानिएको घटना र कार्यक्रमले समेत खासै प्रभाव पार्दैन तर त्यसको ठीक उल्टो, सानो र सामान्य ठानिएको प्रयत्नमा साक्षात्कार मानिसलाई सोच्दै नसोचेको प्रभाव पनि पर्छ । जस्तै-पुस्तक प्रदर्शनीको उदाहरण । यस्तै अर्को एउटा सानो उदाहरण पनि छ । जो कला, खासगरी ललितकलासँग सम्बन्धित छ । भर्खरका कलिला युवक, उनको सिर्जनात्मक समर्पणको कथा । साक्षात्कारमा थाहा भयो- ती युवकले काठमाडौँमा मात्र होइन, केही जिल्लामा पनि कला अभियान चलाएका छन्, यसै विषयको मासिक प्रकाशन पनि र निःशुल्क कलाकक्षा । उनी हुन्- नगेनसिंह ठकुरी । तिनले बनाएको युवतीको नग्नचित्र कलासमाजमा चर्चित रहेछ । यो कुरा कुनै बखान होइन, समर्पणको तस्बिर हो । यस्ता धेरै उदाहरण छन्, व्यक्ति, व्यक्तित्व छन् जसले समाजको संस्कार एवं संस्कृति निर्माणमा योगदान गरेका छन् । टुट्दै गएको समाजलाई जोड्ने काम गरेका छन् । निराश समाजमा आशाको किरण छरेका छन् र अन्ततः राष्ट्रिय पहिचानलाई गुन लगाएका छन् । यस्ता मानिसले लिपिबद्ध हुने हक राख्छन्, लिपि त्यस्ता कर्मप्रति समर्पित मानिसका लागि प्रेरणा र पहिचानको अर्थमा अनूदित हुन्छ, यस्तो लिपिले अन्ततः राष्ट्रिय पुँजीको सञ्चय पनि ।
समर्पण र अध्ययनको यो उदाहरणसँगै पढ्ने विषयको पनि वर्ग छ कि वा विभेद ? सुन्दरीजलको जेलजीवन व्यतित गर्दा पढाइको विषयमा वीपी कोइराला र गणेशमान सिंहबीच कुराकानी भएको प्रसङ्ग वीपीले आत्मवृत्तान्तमा लेख्नुभएको छ । वीपीले भन्नुभएको छ- खासगरी किताब ज्ञानका लागि र पत्रपत्रिका जानकारीका लागि हुन्छ । पढ्ने विषयबाट पर्ने प्रभावप्रति उहाँ दुईबीच भएको यो प्रसङ्गले पढाइको विषय छनोट र त्यसको प्रेरणाबारे धेरै अर्थमा बुझ्न सकिन्छ ।
समाजको अध्ययनशीलता अभिवृद्धि गर्न राज्यसत्ताले खासै काम गरेको छैन, स्कुल, क्याम्पस र विश्वविद्यालयबाहेक । यहाँ भनिएको अध्ययन पाठ्यक्रमको मात्र होइन र अहिले विद्युतीय पुस्तकालय आइसकेको जमानासमेत हो । विद्युतीय माध्यमका कारण अध्ययन गर्ने बानीमा रास आउने सम्भावना बढ्दो छ, जसले भावी पुस्तालाई गाँज्न सक्छ । यदि अध्ययनशील समाज निर्माण गर्ने हो भने देशभरका विद्यालयहरूमा व्यवस्थित पुस्तकालय स्थापना गरिनुपर्छ र पाठ्यक्रमका भन्दा अतिरिक्त पुस्तक सानैदेखि पढ्न विद्यार्थीलाई शिक्षकमार्फत अभिप्रेरित गर्नुपर्छ । यसबाट शिक्षक र अभिभावकसमेत लाभान्वित हुन्छन्, त्यो लाभको प्रभाव विद्यार्थीमा पर्नेछ ।
निश्चय पनि, हाम्रोसामु अँध्यारा र उज्याला दुवै तस्बिर छन् । समाजमा अध्ययनशील मानिसहरू छन् र समर्पित कर्मयोद्धाहरू पनि । यिनीहरूले नै हामीलाई पहिचान दिनेछन्, एकसूत्रमा बाँध्नेछन् । हो, तिनले नै समाजमा आशा भन्ने जीजिविषालाई जीवित राख्नेछन् ।