Harihar Dahal – U Muskurai Raheko Thiyo

गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण उ अत्यन्तै ब्यस्त हुन्थ्यो| प्रमुख बक्ताको रुपमा होस् वा पुरस्कार ग्रहणका लागि होस,उ देश-बिदेश समेतका कार्यक्रममा गैरहन्थ्यो|

उसको ब्यक्तित्व,मानवीय संवेदना,उदारता र योगदानका बारेमा देश-बिदेशका पत्रपत्रीका समेतले प्रमुख समाचार का रुपमा लेख्ने गर्दथे|स्वाभिमानी चरित्र,लगनशिलता र अनुशासन को नमुना थियो उ| सधैं हाँसी रहन्थ्यो| रिस घमन्ड र आक्रोस कहिल्यै देखिएन उसमा |
उ बारम्बार यिनै कुराहरु भनिरहन्थ्यो-” कि जन्मनु भनेको मर्न र मार्न का लागि हैन,जिवन बाँच्नु को उद्द्धेस्य श्रृजना र परिमार्जन का लागि हुनु पर्दछ|ध्वंस, बिनाश र हत्या जस्ता अमानबिय अपराध कायरहरुले मात्र गर्दछन|सुधार र बिकासका नाममा बिनास गर्नु अपराध हो|भौतिक बिकास र सामाजिक परिवर्तनका लागि चेतना को बिकास हुनु जरुरी छ”|यिनै सर्बमान्य र सत्य भनाइ र गराइका कारण सर्बत्र संमानित थियो उ|अन्याय, अत्याचार र गरीबि बिरुद्ध का अभियानमा उसले कसैलाई पनि रुवाएन| माया र संयमताको उत्कृष्ट हतियार प्रयोग गरेर संसार जित्दै थियो उ |उसको व्यबहार र चरित्र देख्दा यस्तो लाग्थ्यो कि उ समाज-बिकास र सुधार का लागि बरदान हो |

एक्कासी उ गाउँबाट हरायो|कहाँ गयो,के भयो,कसैलाई पनि थाहा भएन।गाउँ भरी रुवा-बासी चल्यो| प्रशासनले उसलाई भेट्टाउनेलाई ५० लाख रुपैया पुरुस्कार को घोषणा गर्योन|अथक् प्रयास गर्दा पनि उसलाई कँहि-कतै भेट्टाउन सकिएन |

घाँस-दाउरा लिन जाने गाउँलेहरुले हराएको एक महिना पछी एक्कासी उसलाई जङलमा भेट्टाए। छातीमा गोली ठोकी, हात-खुट्टाहरु भाँचेर, रुखमा बाँधिएको अवस्थामा भेटिएको उसको शरीर गन्हाइ रहेको भएपनी अनुहार चाँही अझै मुस्कुराइरहेको थियो |

– क्यालिफोर्निया

Krishna Dharawasi – Aama

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।

आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।

उनलाई बिहे गरेर ल्याउ“दा घरको दुःख पटक्कै घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी, कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौ“ हामीले । २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिए“ ।

साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरबिीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौ“ हामी । भान्सामा पसेपछि ती सधै“ अलमलिएको देख्थे“ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थे“ म । उनले न हाम्रो गरबिीको अपमान गरनि्, न माइतीको सम्पन्नताको स्मरण ।

कहिलेकाही“ तिनलाई मैले एकोहोरो हेररिहेको देखेर लजाउ“दै तिनी सोध्थिन्, “के हेरेको होला नि बित्थामा †” म मुसुक्क हा“सी दिन्थे“, अर्कै हा“सो । समय अनुसार केटाकेटीहरू जन्मदै गए“ । उनी झन् परपिक्व र धरती हु“दै गइन् । आमाको वृद्धतास“गै घरका जिम्मेवारीहरू उनका का“धमा र्सदै गए ।

एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, “हेर् नानी † घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउ“ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले त“लाई मैले झै“ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू ।”

आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, “अब म कति नै बा“चौ“ला र † बा“चे पनि दिनदिनै बूढी हु“दै गएकी छु । अबको संसार तिमीहरूको हो ।”

नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हु“दै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउ“दै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।

साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।

आज जब घरको सम्झना आउ“छ, एकैचोटि सारा विगत मान्द्रोझै“ ओच्छ्याएर आउ“छ आ“खाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।

जतिपल्ट घर जाउ“ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अ“ध्यारो बन्छ । आ“खाभर िचलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अ“गाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चात्त्ाापमा बगिरहेका यी आ“सुको के अर्थ छ र – तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफै“लाई छातीमाथिको ढुङ्गो भएको छ ।

धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिए“ ।

लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परविेश । घरवरपिर िसदा फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बा“झै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हा“गाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खा“बोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आ“गनमा जतासुकै झारैझार, हि“ड्ने गोरेटो मात्र थियो आ“गन ।

घर सुनसान थियो, कही“ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी ‘खाक्खुक्’ गरे“ । एकदम नै असजिलो लाग्यो । कसैले देखिहाल्छन् कि भनेझै“ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझै“ हतार पनि लाग्यो । हि“ड्ने बेलामा सोचेको थिए“, “कसैलाई भेट्दिन“ गाउ“काहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हर्ेछु, बोलिछन् भने दर्ुइ-चारवटा मनका पीर बिसाउ“छु, बोलिनन् भने पनि एकपल्ट हेरेर सा“झ-सा“झ पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।”

भित्र कोही हुनर्ुपर्छ भन्ने लाग्यो । विस्तारै थरथराउ“दा पाइलाले सि“ढी उक्ले“ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरे“ । आ“खै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । विस्तारै ढोका ढक्ढकाएर बोले“, “को छ भित्र – दिउ“सै ढोका किन लगाएको -”

एकछिनसम्म कुनै चालचुल आएन । फेर िएकपल्ट अलिक जोडले ढक्ढकाए“ । भित्र मान्छे भएझै“ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङ्मा अडेस लागे“ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।

विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औ“लाहरू । एकापट्टकिो ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखे“ तिनलाई । आ“खै अ“ध्यारा भए मेरा ।

केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेर िभित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सि“ढी ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउ“दा हातले गिलास समाते“ र तनतनी पिए“ । छेउमा उभिएर अर्काेपल्ट थप्न खोजिन्, मैले ‘भो’को इसारा गरे“ ।

तिनी गिलास र लोटा लिएर फेर ितल झरनि् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।

निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।

म यी सबै दृश्य चुपचाप हेररिहेको थिए“ । कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रसिाउलिन् भनेर प्रतीक्षा गररिहे“ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी न रसिाएकी जस्ती, न रोलिन् जस्ती । उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।

त्यत्तिकै चुपचाप बसिरहे“ म । उनको अनुहारमा सीधा आ“खाले हर्ेन सकिन“ ।

जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो ।

भित्र कता मन हुरुक्क भएझै“ लाग्यो । पुलुक्क हेरे“ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन् । दुब्लाइछन्, आ“खाका वरपिर िकालो भएको, दुवै आ“खाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औ“लाहरू फुटेका थिए ।

मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरबिीमा सा“झको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सि“गारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भर“िदै थियो घर । आमाका जस्ता मायालु हातले सधै“ स्याहार्थिन् उनले मलाई । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकस“ग झगडा, न छोराछोरीस“ग झर्काे, फर्काे, न पाहुनापासास“ग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको –

आज,

अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।

उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घा“टी साफ गरे“ र बल गर्दै बोले“, “केटाहरूले फोन गर्दैछन् – कति भयो गएका –

पुलुक्क हेरनि् ।

आ“खा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइ“तिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपे“, “मस“ग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपिया“ पुर्‍याइदिएको थिए“ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिए“ ।”

झन्झन् झररिहेका थिए, तिनका आ“खाबाट आ“सु । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।

“तीन वर्षछि त आइहाल्छन् केटाहरू । कमाएर आउलान्, व्यवहार हर्ेलान् । ठूलोचाहि“को बिहे भएपछि बुहारी साथी भइहाल्छे ।”

म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिए“ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिए“ । तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।

जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउ“ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने बाध्यता मात्र छ ।

निकैबेर फेर िमौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझै“ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन । फेर िबोले“, “रजनी † किन चित्त दुखाउ“छ्यौै – मैले आफ्नो भूल स्वीकार गरसिक“े । मैले माफी पनि मागिसके“ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइन“ । जहा“ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हु“ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्‍यो । म यो भासमा आफै“ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिन“ । मैले यी सबैकुरा बा“ड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।”

म ज्यादै भावुक भइसकेको थिए“ । अब आ“सु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भए“ म । केही पनि बोल्न सकिन“ ।

तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउ“दा हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हु“दै गयो । सोडाझै“ उम्लिएर आएको मन विस्तारै शान्त हु“दै गयो । विस्तारै टाउको उठाएर हेरे“ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, “आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रु“दै नहि“ड्नू । आफ्ना कर्महरूको परण्िाामलाई स्वीकार्नू । घरीघरी यहा“ आइरहुन पर्दैन । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउ“-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरििदनू । यस जीवनको केही काल हामीले स“गै बिताएका थियौ“ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषस“गको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूस“गको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंस“ग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेस“ग घरीघरी भेट्नु राम्रो देखि“दैन ।”

उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइन“ । तिनी रोलिन्, बिलौना गर्लिन्, रसिाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिए“ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी रहिछिन् ।

मन उदास भयो ।

टाउकामाथि परेका उनका हातहरू गह्रौ“ भए । यहा“सम्म हि“डेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आ“खामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासि“दै भासि“दै सकि“दै गएजस्तो हु“दै गयो ।

सा“झ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठे“, विस्तारै सि“ढी ओर्लंे । आ“गनमा उभिएर एकपल्ट माथि हेरे“ । बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आ“सु बगिरहेका थिए । आ“सु पुछेकी थिइनन् ।

नेपाल साप्ताहिक
अंक २९३

Sushma Manandhar – Bargaining (Nepali Laghu Katha)

सुषमा मानन्धर – लघु कथा – बार्गेनिंग

“सुन्नुस् न केटाकेटीहरु सडकमा जालान् हेर्नुस् है । म पानी थाप्न हिंडे ।” सुन्तली गाग्री च्यापेर निस्की । पिंढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आँखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो ।

केटाकेटीहरुका लागि आँगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पाँग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले किच्यो गाडीले किच्यो …छिनमै होहल्ला भयो त्यहाँ ।

“नछोड् । गाडी रोक् । ड्राइभरलाई जान नदे । हाम्रो बच्चा मार्ने ज्यानमारालाई छोड्दैनौं ।” भीडले गाडी छोपिसकेको थियो । ऊ पाखुरा सुर्कदैं भीडमा सवैभन्दा अगाडि थियो ।

“हेर्नुस् हाम्रो मात्र दोष हैन । बच्चा एक्कासी वाटो वीचमा आइफगेको थियो । रोक्दा रोक्दै पनि…… ” ड्राइभर हेर्दा सोझै देखिन्थ्यो ।

“हाम्रो बच्चालाई खेल्न आँगन बनाइ देऊ न त अनि सडकमा जाँदैनन् । जो चोर उसैको ठूलो स्वर हिँड्नुस् थाना ।” उसको उग्र रुप देखेर ड्राइभर आत्तियो “हेर्नुस् म पनि विरामी मान्छे लिएर हिँडेको छु । बेलैमा अस्पताल नफगे अप्ठयारो हुन्छ मलाई । क्ररालाई मिलाउन खोजौंकिन थानासम्म जाने?”

“यसो क्षतिपूर्ति दिएर क्ररा थामथुम पारे त भैहाल्यो नि ।” गाउँका एकदुइ टाठाबाठाले सुझाए ।

“म त दश लाख भन्दा एक पैसा कम लिन्न । छोरो पो मरेको अरु हो? बांचेको भए पढेर लाखौं कमाउंथ्यो ।”

“दश लाख त गाह्रो पर्छ । आमालाई ओखती गर्नै बाँकी छ । अलि कम गर्नुस् ।”

“आठ लाख दिनुस् । मान्छे पो मरेकोके क्रनै क्रखुरा हो?”

“दुइ लाखमा मान्नुस्मलाई हतार भैसक्यो ।”

“पाँच लाख…।”

“साँढे दुइ लाख । यो भन्दा बढी क्यै गरी दिन सक्दिन ।” ड्राइभरले हात जोड्यो ।

“आ…मा…” सडकमा पछारिएको बच्चोको मुखबाट अस्पष्ट र शिथिल आवाज आयो । घुँडा घिस्रिएर रगत बगेको रहेछ । व्यर्थ वादविवादमा दुवैले समय खर्चे । बच्चोलाई उठाएर गाडीभित्र राख्दै ड्राइभरले उसलाई पनि भित्र बस्न अनुरोध गर्यो “ल हिँड्नुस् अब थाना हैन अस्पताल जाने ।” अघिसम्म कुर्लंदै गरेका सुन्तलीका बुढा लुसुक्क गाडीभित्र पसेर घाइते छोरासँग बस्यो ।

Bhojraj Neupane – Traffic Island Ki Yubati

ट्राफिक आइलैण्डकी युवती (भोजराज न्यौपाने)

‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्योत । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी । ऊ एक महिना अघिदेखि सडकको चोकमै बसेकी छे । काठमाडौँमा बढेको चीसोले उसलाई कुनै असर नगरेको अनुभव सडकमा हिँड्नेहरू गर्छन् । च्यातिएको एकसरो लुगानै उसको र्सवश्व भएको छ । उसको दिनरात त्यहीँ एकसरो लुगाकै भरमा बितेको अनुभव हुन्छ । मान्छेहरूले उसलाई धेरै थोक भने (‘ऊ बहुलाही हो रे । ‘ऊ पहिला वेश्या थिई रे । ‘उसलाई एड्स लागेपछि आफन्तको हेलोहोचो सहन नसकेर सडकलाई नै आफ्नो घर बनाएकी रे । तर तीमध्ये कसैले थाहा पाएनन् ऊ को हो – र कसरी सडकमा आइपुगी – एक दिन कुनै भद्र वृद्ध महिलालाई उसको हविगत देखेर दया लागेछ । पशुपतिको दर्शन गर्न हिँडेकी ती महिलाले उसलाई सोधिन्- ‘नानी तिमी को हौ – यसअघि धेरैपटक साँझमा घर कहाँ हो -‘ भनेर सोध्नेहरूको भन्दा बेग्लै आवाज थियो यो । उसलाई घरथर सोध्नेदेखि दिक्क लागिसकेको थियो । सोधखोज गर्नेहरूको उपेक्षाले ऊ आजित भइसकेकी थिई । उनीहरूलाई आफ्नो परिचय नदिउँजस्तो उसलाई लागिसकेको थियो । उसले ती महिलाको आँखामा हेरी । ती महिला उसलाई आफ्नै आमा जस्तै लाग्यो । ऊ जसोतसो उठी र महिलाको खुट्टा च्याप्प समाती । उसलाई आमाको काख भेट्टाएजस्तो लाग्यो । घुक्कघुक्क गरी धेरैबेरसम्म रोएर बसी । आमाले उसलाई अँगालोमा राख्दै सोधिन् ‘नानी तिमीले केही भनिनौ तिमी को हौ, कहाँबाट यहाँ आयौ -‘ उसलाई डाँको छोडेर रुन मन लाग्यो । भक्कानो फुटेर आयो । उसले रुँदै भनी ( आमा, मेरो नाम शोभा हो । मेरो घर रामेछापको भदौरे हो । आमालाई उसले यति राम्रोसँग कुरा गर्न सक्छेजस्तै लागेको थिएन । उसको बोली सुनेर उनले भनिन् (तिमी किन यहाँ बसेकी त -तिम्रो कोही आफन्त छैनन् – कसरी सडकमा आइपुग्यौ – उसले आमाको आँखामा हेरी र अघाउञ्जेल रोई । आमाले उसलाई आफूसँगै मन्दिर जान भनिन् । दुवैजनाले पशुपतिको दर्शन गरे । आमाले आफ्नै घर लगिन् । पेटभरि खाना खुवाइन् र भनिन् ( ‘ल भन तिमी कसरी सडकमा आइपुग्यौ -‘ ‘दस वर्षघिको कुरा हो’ उसले आफ्नो दुःख सुनाइ (‘म गाउँकै स्कुलमा कक्षा ८ मा पढ्दै थिएँ । बिहान सबेरै एक डोको घाँस काट्नु, खाना खाएर स्कुल जानु र बेलुका स्कुलबाट फर्किनेबित्तिकै अर्को एक डोको घाँस ल्याउनु मेरो दैनिकी थियो । घरमा पढ्ने मौका पटक्कै मिल्दैैनथ्यो । तैपनि मेरो पढाइ भने तेज थियो । म सधैँ कक्षामा पहिलो हुन्थेँ । एक दिन नातामा गाउँको काका पर्ने मानबहादुर टुप्लुक्क आइपुग्यो र उसले बुबाआमालाई भन्यो ( सधैँ छोरीलाई पढाएर मात्रै बस्छौ कि छोरीको कमाई पनि खाने विचार गरेका छौ – सुरुमा त मानबहादुरको कुरा उनीहरूले बुझ्दै बुझेनन् । पछि मलाई विदेशको एउटा कम्पनीमा जागिर लगाइदिन्छु बिनसित्ती किन पढाइराख्छौ भनेपछि उनीहरूको मन फेरियो । मुस्किलले स्कुल पढाउँदै आएका मेरा बुबाआमालार्इर्र्विदेशको जागिर भन्नासाथ खुसीको सीमा रहेन । छोरीलाई पढाएर कुनै फाइदा छैन भन्दै आएका उनीहरूलाई मेरो कमाइमा लोभ लागेको थियो । सुरुमा त मैले आफू धेरै पढेर मात्रै जागिर खाने भनेकी थिएँ तर गाउँका आफन्तले समेत विदेशको जागिर राम्रो हुने भन्दै जागिर खान दबाब दिए । सबैको सल्लाहअनुसार मैले जागिर खाने मनस्थिति बनाएँ । जागिर लाइदिने बहानामा मानबहादुरले दुइ दिन बस र त्यसपछि रेलमा हिँडायो । मुर्म्बई पुगेपछि फिरोज नाउँको साउदी अरबको मान्छेको साथ लगाएर एउटा बेकरी कम्पनीमा काम लगाइदिन्छु, महिनाको चालीस हजार हुन्छ, तँलाई त्यहीँ पठाइदिन्छु भन्यो । मैले हुन्छ भनीदिएँ । मलाई थाहा थिएन मानबहादुर दलाल हो भन्ने । उसले फिरोज नाउँको दलालको जिम्मा लगाएर छाडिदियो । फिरोजसँगै म साउदी अरब पुगेँ । नेपालको दुगम गाउँकी सोझी म साउदी अरबको व्यस्त शहरमा पुग्दा मैले पत्याउनै सकिन संसार यति ठूलो र यति सुन्दर छ भनेर । ‘साउदी अरब पुगेको पहिलो दिनमा पो थाहा भयो’ उसले डाँको छाडेर भनी( फिरोज भन्नेले पनि मलाई त्यही साउदी अरबको एक दलालको घरमा सधैँ बस्ने गरी भारतीय पचास हजार रुपियाँमा बेची सकेछ । ‘त्यसपछि म छाँगाबाट खसेजस्ती भएँ ।’ उसले सुस्केरा हाली ( एकैचोटि पहाड खसेर थिचेजस्तो भयो । सात समुद्रपारि न कोही आफन्त छन्, न त चिनेजानेका कोही । सिङ्गो जीवन पशुसरह बेचिनु कम्ती कहालीलाग्दो भएन । बोल्दाबोल्दै उसका आँखाका डिल भत्किए । आँखाबाट खहरेको भेल बग्न थाल्यो । ‘साउदी पुगेको दोस्रो दिनदेखि नै उसले खुट्टा मिच्न लगायो’ भक्कानो छाड्दै उसले भनी(‘मैले अटेर गर्दा उसले बेस्सरि पिट्यो र त्यही रात मलाई बलात्कार गर्योे । त्यसपछिका मेरा प्रत्येक क्षण नरकमय भए । मान्छेको जीवन पैसाको मोहमा पशुसरह बिक्दो रहेछ भन्ने लाग्यो । आफूलाई मान्छे हुनुमा गर्व गर्ने म अहिले पशु हुन नपाएकोमा पछुतो मानिरहेकी छु । ‘बिहान घर बाहिर जाँदा उसले मलाई ताला लगाएर थुनेर जान्थ्यो आँखामा क्रोधको ज्वाला बाल्दै उसले भनी (‘बेलुका र्फकँदा मसँग सुताउन एक दुइ जना ग्राहक लिएर आउँथ्यो । मेरो दैनिकी नै एक वर्षति यहीरूपमा बन्यो । रुन्थेँ, चिच्याउँथेँ मेरो आँसुले केही भएन । म त्यही नरकमा बस्न विवश भएँ । त्यहाँ पुगेको एक वर्षछि म निकै बिरामी परेँ । बिरामी हुँदा उपचार त कता हो कता, मलाई एक रात गाडीमा लगेर त्यही पशुले अनकन्टार ठाउँमा छाडिदियो । ज्वरोले उभिन सक्ने अवस्थामा थिइँन म । मध्यरातमा सडकको फुटपाथमा सुतेको बेला त्यहाँको पुलिसले भेट्यो र मलाई अस्पताल पुर्या यो । उपचारकै क्रममा मेरो ज्वरो त ठीक भयो तर डाक्टरले मेरो रक्तपरीक्षणमा एचआईभी पोजेटिभ भएको बताए ।

मैले आफ्नो जीवन नष्ट पार्नेलाई सजाय दिलाउन त्यहाँको अदालत जाने विचार गरेँ तर मलाई त्यहाँका वकिलहरूलेे कुनै सहयोग गरेनन् । उल्टै मलाई त्यहाँको पुलिसले दुख दिए र यहाँ फर्काइदिए । उसले आफ्नो दुःख सुनाइरहँदा ती आमाले आँखाबाट आँसु झारिरहेकी थिइन् । ‘आमा मैले नेपालमा फर्केपछि पनि त्यत्तिकै नरकको जीवन बिताउनु परेको छ’ उसले महिलासँग विलाप गरी । नेपाल आएपछि लगत्तै गाउँ गएँ । गाउँमा त्यही मानबहादुरले मैले काम छाडेर वेश्या भएको हल्ला फिँजाएछ । आफ्नै दाजुभाइले जीउ बेचेर रोग भित्र्याएको भन्दै घरमै पस्न दिएनन् । आफू जुन घरमा हुर्केँ, बढेँ त्यही घर आफ्नो नभएपछि मेरो बाँकी को रहृयो र आमा – त्यसैले मैले सडकमा बस्नुको विकल्प भेटिनँ । आमाले उसलाई सधैँ आफूसँगै बस्न भनिन् तर ऊ मानिन । भनी( ‘आमा म तपाइँको घरमा बस्नलायक छैन । म सडकमै मर्छु ऊ आमासँग बिदा भएर हिँडी । भोलिपल्ट बिहान मन्दिर जानेबेला चेेाकमा निकै ठूलो भीड देखियो । आमा सरासर भीड नजिकै पुगिन् । उनलाई मृतक युवतीलाई नजिकैबाट हेन मन लाग्यो । हे भगवान् आमा चिच्याइन् । त्यो लास त शोभाको थियो । आमा बेहोस भएर ढलिन् । मान्छेहरू भन्दै थिए ( बहुलाहीलाई गाडीले किचेर मारेछ । पछि थाहा भयो उसलाई ठक्कर दिएर मार्ने गाडी त्यही मानबहादुरले चलाएको थियो ।

भोजराज न्यौपाने
From: Madhupark

Deepak Jadit – Man Badhi Ho Man Badhi Hoina

दीपक जडित – मन बाढी हो, बाढी मन हैन

मनेकि आमा चिच्याउँदैथिई, ‘ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला’गो । हन कति सुत्न सकेका हौ तिमी त?’, र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो ।

यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परेको प्राचिन ऋषिमुनिहरुको कुटी जस्तो छाप्रो उभ्याएको थियो ।

उसको घरदेखि मुन्तिरको अर्को पाखामा मनेकि आमाले साह्रै कचकच गरेकिले उसले बाख्रा पाल्न मिल्ने सानो कटेरो उभ्याएर त्यसभित्र यौटा टाट्नो पनि गाडेको थियो । त्यहि कटेरो भएको पाखामा मनेकि आमाले स-साना ड्याङहरु बनाएर कसैमा सुठुनी, पीँडालु, कसैमा भिण्डी, घिरौंला, कसैमा तरुल ईत्यादि रोपेकि थिई । त्यसदेखि तल क्रमश होचो हुँदै खोलाकै बगरसम्म तीनचार तह अरु जमिन थियो जहाँ यसपाली आकाशबाट प्रसस्त पानी परेकोले बेलैमा धान रोपेर रहर लाग्दो पारेका थिए उनिहरुले । सालको मुश्किलले पाँच सात मन धान भित्र्याउने उनिहरुले यो साल कम्तिमा पनि बाह्र पन्ध्र मन धान भित्रिने आशा राखेका थिए ।

झण्डै दुईहप्ता जति अगाडी करेसोमा सुठुनी रोप्दा मनेकि आमाले उँधो धानबारीतिर आशापूर्ण नजर लगाउँदै भनेकि थिई, ‘अब एस्पाली चैं धान काट्ने बेलाँ हाजिराले चारानी सम्मको झुमुक बनाउनु पर्ला ।’

सुठुनीका बेला टुक्र्याईदिँदै गरेको मनेको बाउले स्वास्नी तर्फ हेर्दै नहेरी भनेथ्यो, ‘त्यसोभए यो ट्याक्रो चैं किन बनाउन ला’कि नि? कि तैं बस्छेस याँ छुट्टेर?’ मनेको बाउले बाख्राको कटेरोलाई सम्बोधन गरेकोथियो ट्याक्रो भनेर । त्यहाँ जसरी भएपनि यसपाली हिउँदमा एकमाउ बाख्रा किनेर पाल्छु भनेकि थिई मनेकि आमाले कुनैदिन ।

लोग्नेलाई जवाफ दिँदै उसले भनिथि, ‘तेसो त तिम्ले पनि गर्देलाउ नि अलि अलि थै’थाप त ।’

मनेको बाउ केहि नबोली सुठुनीको बेला टुक्र्याईसकेर रोप्दैगरेको ड्याङ्गमाथी राखिदिएर हिंडेथ्यो । मनेकि आमाले मनमनै सोचिथि, ‘नथप्देर त काँ मान्छु र म? कत्ति भो कानमा लाउने रहर गरेको । ब्ये गर्दा नि ईसङ भाग्ने भ’र लाउँन पाईंन । एस्पाली चैं जसरी भए नि लाउँछु ।’

तर तीनचार दिनदेखि अविरल भैरहेको वर्षाले उनिहरुको सपना क्रमश जोगीखोलाको भेलसँगै बगाउँदैथियो । उनिहरुको धानबारी आधाउधो त बाढि शुरु हुँदै धाद्रो लागिसकेकोथियो यतिखेर खोला बढेर घरैसम्म आउला जस्तो भैरहेथ्यो ।

‘ईन्लाई त केई को चिन्ता छैन गाँठे!, ऐले त्यो कटेरो सटेरो बगाउँछ अनि था’पाउँछन् ।’ लोग्नेलाई उठाउने प्रयत्नमा लागीरहि मनेकि आमा ।

‘कति कराउँदिर’छे यो आइमाई । तेत्रो खेत जम्मै धाद्रोले लग्यो, भएन पानीले डुबेको छ त्यो जाबो कटेरो जोगार के गर्नु? त्यो कटेरोले भात ख्वाउने हैन चुपलाग ।’ ओच्छ्यानबाटै फतफतायो मनेको बाउ ।

‘खेत धाद्रोले लग्यो, पानीले डुब्यो भनेर चुपलागीर’नु त? खेत त फेरी आघुँ बिराउँला न, त्यै खोलाको बगर त हो नि त्यो खेत । तर यो कटेरो त जोगाउन सकिन्थ्यो । बिर्ष्यौ यो कटेरो बनाउन बाँस माग्न जाँदा नेउपान्नीले बचन ला’कि ?’ मनेकि आमा कराउन पनि छोडिन छाप्राको दुलोबाट बाहिर हेर्न पनि छोडिन । लोग्ने उठ्ला र केहि गर्ला भन्दै निक्कै बेर मुख ताक्दा पनि हल न चल भएर सुतिरहेपछि उसले आफैं निस्केर कटेरोतिर जाने विचार गरी र छाप्रोको ढोका खोली ।

लुँडिएर पानीको बाछिटा सहितको एक झट्का स्याँठ घरभित्र पस्यो र मने र मनेको बाउलाई उठायो । पहिलेनै ब्युँझेपनि डरले थरहरी भएर गुँडुल्किरहेको मने उठेर कुनातिर घुस्रियो ।

‘हैन तँलाई कालले धजो हालेर काँ’लान खोजेको हो राती र हुँदो?’ मनेको बाउ उठिसक्दा मनेकि आमा फरिया सुर्केर अलि दह्रोसँग बाँधिवरी बाहिर निस्किसकेकि थिई । बाहिरबाटै बोली उ, ‘तिमीलाई भनेको लागेन त । म कटेरामा भ’को एउटा गुन्द्री भा’नि झिक्छु नि अब ।’

‘तँ धेरै बा’दुरनी हुन नखोज है । ऐले बालुवा खाँद्छ खोलाले अनि था’पाउँछेस् ।’ मनेको बाउ स्वास्नीलाई हपार्दै छाप्रोको दैलोमा पुगेर अलिकति खोलेर बाहिर चिहाउन थाल्यो ।

घनघोर वर्षाले निष्पट्ट अँध्यारो पारेको थियो बाहिर । उसले अनुमान लगायो रातको त्यस्तै नौ, साँढे नौ बजेको होला । घरिघरि मेघको गड्याङगुडुङ गर्जनसँगै विजुली चम्कँदाको उज्यालोले एकैपल सबै कुराहरु देखिने र फेरी अन्धकारमा सबै लुप्त हुने क्रम चल्दैथियो ।

त्यसैगरी झिलिक्क विजुली चम्केको उज्यालोमा मनेको बाउले देख्यो उसकि स्वास्नी कटेरोमा पुगेर घुँडामाथीसम्म पानीमा डुबेर गुन्द्री तान्दैथिई । उसले फेरी हपार्यो, ‘हैन तँ किन मुण्टेकि होस् त्याँ? भोलीबिहानसम्म यो घरै नछोडी सुख छैन । फर्की छिट्टो ।’

त्यो अन्धकार रातमा मनेकि आमालाई वास्तवमै कालले कुत्कुत्याएर त्याँहा लगेको थियो । आकाश गर्जिदैं दर्किरहेथ्यो । त्यसमाथी जोगीखोलाको गर्जनाले त्यो कालो रातलाई अझ डरलाग्दो बनाएको थियो । काखीमा गुन्द्री च्यापेकि मनेकि आमा कटेरोबाट निस्किँदै गर्दा ‘आमा!’ भन्दै चिच्याएर पानीमा उत्तानो पल्टिएको पनि मनेको बाउले अर्कोपटक मिलिक्क विजुली चम्कँदा देख्यो ।

अँध्यारोमै फेरी उ करायो, ‘तँलाई भनेको थेँ नि मैले । उठ् उठ्, उठेर एता आईज ।’ तर तेज रफ्तारमा बगिरहेको जोगीखोलाले मनेकि आमालाई उठ्ने मौका नदिई डुबाउँदै उतार्दै अलि तल पुर्याईसकेको हुँदो हो । यता मनेको बाउले भने स्वास्नी बोल्ली, उठेर आउली भनेर निक्कैबेर बाटो हेर्यो । यसबिचमा पनि निक्कैचोटी विजुली चम्कियो । प्रत्येक पटक विजुली चम्किँदाको उज्यालोमा उसले स्वस्नीलाई देख्ने प्रयत्नमा आँखा तिखार्यो । दुईचार पटक उसले स्वास्नीलाई बोलायो पनि तर खोलामा बगिसकेकि मनेकि आमा किन बोल्थि र?

विजुली चम्केकै उज्यालोमा कटेरोको छानो बग्दै गरेको देखेपछि भने उसलाई उसकी स्वास्नीलाई खोलाले लगिसक्यो भन्नेमा द्विविधा रहेन । उसको आङ्ग जिरिङ्ग भएर आयो । कुनताको अन्धकार त्यसमाथीपनि झन अन्धकार थपिएझैं भयो उसलाई । उसको आँखामा अँध्यारो जगत फन्फन्ति घुम्न लाग्यो ।

अँध्यारो कुनामा चुपचाप परिस्थिती नियाँलीरहेको मने लुसुक्क बाउको छेउमा पुगेर सोध्यो, ‘ए बाउ, आमा खै नि?’ लगभग उसले पनि अन्दाज लगाईसकेको थियो आमालाई खोलाले बगायो होला भनेर । छोराको प्रश्नले निन्द्राबाट ब्युँझेझैं झसँग भएर मनेको बाउले भन्यो, ‘नजा भन्दा मानिन, लग्यो तेरी आमालाई खोलाले । हामीलाई पनि लान्छ आजै राती भागेन भने ।’ मने डाँको छोडेर रुँदै आमालाई बोलाउन थाल्यो । मनेको बाउले पनि आफुलाई सम्हाल्न सकेन । दुबै अँध्यारोमा रुँदै चिच्याउँदै गाउँलेलाई गुहार्न थाले ।

त्यो निष्पट्ट अन्धकारमा खोला र आकाशको गर्जना चिर्दै उनिहरुको आर्तनाद गाउँसम्म पुगेपछि केहि गाउँलेहरु हातहातमा टर्चलाईट बोकेर आइपुगे मनेको घरसम्म । मनेको बाउले रुँदै आफ्नी स्वास्नी खोलाले बगाएको बिलौना सुनायो । केहि गाउँलेहरु हातमा टर्च लाईट बोकेर जोगीखोलाको किनारै किनार अलि तलसम्म कुदेर गए पनि । छेउछाउका रुखविरुवा, खेत, बाली केहि नभनि सबै सोहोर्दै काल नै बनेर बगेको त्यो भयंकर बाढिमा मनेकि आमा फेलापर्ने त रत्तिभर गुञ्जायस थिएन ।

गाउँलेले मने र मनेको बाउलाई बेलैमा घर छोडेको भए स्वास्नी बाँच्ने थिई भन्दै कराउँदै राति नै घर छोडाए । उसका बचेखुचेका झिटिगुन्टा पनि गाउँलेले नै ओसारीदिए । घर छोडेर गाउँमा शरण लिन पुग्नु मनेको बाउको लागी ठुलो कुरा थिएन । उसले जानेदेखि नै यस्तै जिन्दगी भोग्दै आएको हो तर यसपटक मनेकि आमा साथमा नहुनु ठुलो कुरा भएको थियो उसलाई ।

भोलीपल्ट बिहान पनि गाउँलेहरु मनेकि आमालाई कतै खोलाले किनारतिर मिल्काएको छ कि भनेर खोज्न निस्के । निक्कै तलसम्म खोज्दापनि मनेकि आमा फेला परिन । मने र मनेको बाउ मणी हराएको सर्पझैं बनेका थिए । यौटा पत्निवियोगमा अर्को मातृ वियोगमा परेर बेसुरा बनेका उनिहरुलाई कसैले कर गरेर केहि खुवाउन समेत सकेनन् । त्यसैदिन गाबिस अध्यक्ष आएर उनलाई सान्तवना दिँदै घरबासको जसरी भएपनि बन्दोवस्त मिलाईदिने वचन दिएर गए । गाबिस अध्यक्षले गाँसबासको चाँजो मिलाईदिने कुरा गरेको बेला मनेको बाउ ग्लानीले फतक्क गलेको थियो । चुनावताका उसले तिनै अध्यक्षलाई विपक्षि उमेद्वारले दिएको दुईचारसयको प्रलोभनमा परेर तथानाम गाली गरेको थियो । भोट माग्न आउँदा उसले तिनलाई आफ्नो आँगनमा टेक्नधरी दिएको थिएन ।

त्यसैबेला उसले चुनावमा आफुले सघाएको उमेद्वारलाई भेट्ने अठोट गरेको थियो । गाउँको अध्यक्षमा उनले हारेका भएपनि उसले भोट दिएको उनकै पार्टीका अर्का झन ठुला नेता यसबेला मंत्री बनेका थिए । चुनावताका तिन्ले उसलाई अर्थोक केहि गर्न नसके पनि जितेँ भने सरकारको तर्फबाट बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर वचन दिएका थिए ।

एकातिर गाउँमा धमाधम जोगीखोलाले बगाएकि मनेकि आमाको खोजी भैरहेथ्यो र कतै फेला परिरहेकि थिइन अर्कातिर मनेको बाउ भित्रभित्रै छट्पटीईरहेको थियो कि सारा गाउँको अघिल्तिर गाली बेईजत गर्दै हुर्मत काढेको अध्यक्षको दयापात्र भएर उसैले जुटाईदिएको गाँसबासमा कसरी बस्नु ? गाउँलेले भोली के भन्लान भन्ने तापले भित्रभित्रै जलेको मनेको बाउ लुरुलुरु तिनै उमेद्वारको घरमा पुग्यो जस्ले सिकाएर उसले हालका अध्यक्षलाई तथानाम भनेको थियो ।

बाटोभरी उसले भोलीको सपना देख्दै गयो । यदि उसले चुनावमा सघाएका नेताले उसलाई विदेश पठाउन मद्दत गरेभने उसले पनि गाउँको अरबे बस्नेतले जस्तै खोलाले नलग्ने ठाउँमा खेतबारी किन्नेछ । अझ कतारे साईंलोले जस्तै एकतले पक्काको घर बनाउनेछ । उसको मनेपनि स्कूल पढ्ने हुन्छ । ‘जे भएपनि मैले भोट हालेको मान्छे पो हुन् त केहि त पक्कै पनि गर्छन्’, दह्रो विश्वास बोकेर पुग्यो उ नेताको घरमा र आफ्नो दुखेसो पोख्यो ।

मनेको बाउको कुरा सुनिसकेपछि अध्यक्षमा पराजित नेताले भने, ‘अहिले दुख परेका बेला सम्झियौ मलाई ? भोट हाल्ने बेलामा सम्झेनौ, मलाई भोट दिएका भए हार्थें र म? भोट चैं अरुलाई नै हालेर जितायौ । खुब मन्त्रीलाई भन्दिनु पर्ने तिम्रा कुरा । मन्त्री त देशको समस्या पो हेर्छन् तिम्रो घरको समस्या पनि कहिँ मन्त्रीले हेर्छन्? जाउ न तिमीले भोट हालेर जिता’को अध्यक्षकोमा । भोट त उसैलाई हालेका थियौ होला त हैन?’ आफ्नो ठानेको नेताको कुरा सुनेर मनेको बाउको मन त्यसैगरी करक्कै भाँचियो जसरी खाडीमा पाकेको तितेपाटा धुँदा किसानले फेद भाँच्छ ।

एकछिन अघिसम्म उसले देखेको सपना पनि हुरीबतासले रुखको हाँगो भाँचेझैं भाँचियो । उसको मन उडेर धेरै टाढाको रमाईलो संसारमा पुगेको थियो तर नेताको घरबाट खिस्रिक्क परेर फर्किंदाको यथार्थ साह्रै तितो भयो उसलाई ।

उसलाई लाग्यो ‘एकैछिनमा कहाँ कहाँ पुग्ने मान्छेको मन त बाढी पो रहेछ !’ बाढी सम्झंदा फेरी उ भित्रको बेदना सग्लो भएर आयो । ‘मन जसरी बाढी हो बाढी पनि त्यसैगरी मन भैदिए ?’ उ सोच्दै गयो, ‘बाढी पनि पनि यदि मन हुँदो हो त मन टाढा टाढा पुगेर फर्किएजस्तै अस्ति रातीको बाढी पनि फर्केर आउँथ्यो होला अनि मनेकि आमापनि फर्किन्थि होली । त्यसो भैदिए उसले आफ्नो ठानेको नेताको वचन पनि सुन्नु पर्ने थिएन । आफुले तथानाम भनेको अध्यक्षको दयापात्र पनि बन्नुपर्ने थिएन तर बाढी त मन होइन रहेछ । अब उसकि मनेकि आमा फर्केर आउँदिन आईछे नै भनेपनि लाश बनेर आउनेछे ।’ अझ सोच्दै गयो उ, ‘मन चैं भने पक्कै बाढी नै रहेछ उर्लिएर जहाँ पुगेपनि क्षणमै फर्केर आफ्नै हालतमा आईपुग्ने । जसरी उसको मन बाढीझैं उर्लेर कहाँ कहाँ पुगेर फेरी तुरुन्तै फर्किंदैथियो उसकै हालतमा । आफुले तथानाम गाली बेईजती गरेको अध्यक्षको दयापात्र बन्न ।’

उसलाई त्यतैबाट नौ डाँडा काटेर कसैले नदेख्ने गरी मुग्लान भासिने विचार पनि उठ्यो मनमा तर बाढी घटेपछि कतै बगरमा पुरिएकि उसकि स्वास्नी फेलापरि भने । त्यसको काजक्रिया पनि त उसैले गर्नुपर्छ । उसलाई स्वास्नीको नभेटिएको लाशको मायाले गाउँतिरै डोहोर्याउँदै लग्यो । मनमा भने उसको लागी यो गाउँको मानो सकिएको पक्कपक्की थियो ।