Krishna Dharawasi – Aama

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।

आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।

उनलाई बिहे गरेर ल्याउ“दा घरको दुःख पटक्कै घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी, कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौ“ हामीले । २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिए“ ।

साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरबिीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौ“ हामी । भान्सामा पसेपछि ती सधै“ अलमलिएको देख्थे“ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थे“ म । उनले न हाम्रो गरबिीको अपमान गरनि्, न माइतीको सम्पन्नताको स्मरण ।

कहिलेकाही“ तिनलाई मैले एकोहोरो हेररिहेको देखेर लजाउ“दै तिनी सोध्थिन्, “के हेरेको होला नि बित्थामा †” म मुसुक्क हा“सी दिन्थे“, अर्कै हा“सो । समय अनुसार केटाकेटीहरू जन्मदै गए“ । उनी झन् परपिक्व र धरती हु“दै गइन् । आमाको वृद्धतास“गै घरका जिम्मेवारीहरू उनका का“धमा र्सदै गए ।

एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, “हेर् नानी † घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउ“ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले त“लाई मैले झै“ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू ।”

आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, “अब म कति नै बा“चौ“ला र † बा“चे पनि दिनदिनै बूढी हु“दै गएकी छु । अबको संसार तिमीहरूको हो ।”

नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हु“दै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउ“दै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।

साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।

आज जब घरको सम्झना आउ“छ, एकैचोटि सारा विगत मान्द्रोझै“ ओच्छ्याएर आउ“छ आ“खाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।

जतिपल्ट घर जाउ“ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अ“ध्यारो बन्छ । आ“खाभर िचलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अ“गाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चात्त्ाापमा बगिरहेका यी आ“सुको के अर्थ छ र – तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफै“लाई छातीमाथिको ढुङ्गो भएको छ ।

धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिए“ ।

लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परविेश । घरवरपिर िसदा फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बा“झै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हा“गाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खा“बोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आ“गनमा जतासुकै झारैझार, हि“ड्ने गोरेटो मात्र थियो आ“गन ।

घर सुनसान थियो, कही“ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी ‘खाक्खुक्’ गरे“ । एकदम नै असजिलो लाग्यो । कसैले देखिहाल्छन् कि भनेझै“ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझै“ हतार पनि लाग्यो । हि“ड्ने बेलामा सोचेको थिए“, “कसैलाई भेट्दिन“ गाउ“काहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हर्ेछु, बोलिछन् भने दर्ुइ-चारवटा मनका पीर बिसाउ“छु, बोलिनन् भने पनि एकपल्ट हेरेर सा“झ-सा“झ पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।”

भित्र कोही हुनर्ुपर्छ भन्ने लाग्यो । विस्तारै थरथराउ“दा पाइलाले सि“ढी उक्ले“ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरे“ । आ“खै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । विस्तारै ढोका ढक्ढकाएर बोले“, “को छ भित्र – दिउ“सै ढोका किन लगाएको -”

एकछिनसम्म कुनै चालचुल आएन । फेर िएकपल्ट अलिक जोडले ढक्ढकाए“ । भित्र मान्छे भएझै“ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङ्मा अडेस लागे“ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।

विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औ“लाहरू । एकापट्टकिो ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखे“ तिनलाई । आ“खै अ“ध्यारा भए मेरा ।

केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेर िभित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सि“ढी ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउ“दा हातले गिलास समाते“ र तनतनी पिए“ । छेउमा उभिएर अर्काेपल्ट थप्न खोजिन्, मैले ‘भो’को इसारा गरे“ ।

तिनी गिलास र लोटा लिएर फेर ितल झरनि् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।

निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।

म यी सबै दृश्य चुपचाप हेररिहेको थिए“ । कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रसिाउलिन् भनेर प्रतीक्षा गररिहे“ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी न रसिाएकी जस्ती, न रोलिन् जस्ती । उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।

त्यत्तिकै चुपचाप बसिरहे“ म । उनको अनुहारमा सीधा आ“खाले हर्ेन सकिन“ ।

जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो ।

भित्र कता मन हुरुक्क भएझै“ लाग्यो । पुलुक्क हेरे“ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन् । दुब्लाइछन्, आ“खाका वरपिर िकालो भएको, दुवै आ“खाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औ“लाहरू फुटेका थिए ।

मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरबिीमा सा“झको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सि“गारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भर“िदै थियो घर । आमाका जस्ता मायालु हातले सधै“ स्याहार्थिन् उनले मलाई । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकस“ग झगडा, न छोराछोरीस“ग झर्काे, फर्काे, न पाहुनापासास“ग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको –

आज,

अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।

उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घा“टी साफ गरे“ र बल गर्दै बोले“, “केटाहरूले फोन गर्दैछन् – कति भयो गएका –

पुलुक्क हेरनि् ।

आ“खा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइ“तिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपे“, “मस“ग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपिया“ पुर्‍याइदिएको थिए“ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिए“ ।”

झन्झन् झररिहेका थिए, तिनका आ“खाबाट आ“सु । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।

“तीन वर्षछि त आइहाल्छन् केटाहरू । कमाएर आउलान्, व्यवहार हर्ेलान् । ठूलोचाहि“को बिहे भएपछि बुहारी साथी भइहाल्छे ।”

म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिए“ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिए“ । तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।

जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउ“ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने बाध्यता मात्र छ ।

निकैबेर फेर िमौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझै“ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन । फेर िबोले“, “रजनी † किन चित्त दुखाउ“छ्यौै – मैले आफ्नो भूल स्वीकार गरसिक“े । मैले माफी पनि मागिसके“ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइन“ । जहा“ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हु“ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्‍यो । म यो भासमा आफै“ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिन“ । मैले यी सबैकुरा बा“ड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।”

म ज्यादै भावुक भइसकेको थिए“ । अब आ“सु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भए“ म । केही पनि बोल्न सकिन“ ।

तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउ“दा हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हु“दै गयो । सोडाझै“ उम्लिएर आएको मन विस्तारै शान्त हु“दै गयो । विस्तारै टाउको उठाएर हेरे“ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, “आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रु“दै नहि“ड्नू । आफ्ना कर्महरूको परण्िाामलाई स्वीकार्नू । घरीघरी यहा“ आइरहुन पर्दैन । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउ“-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरििदनू । यस जीवनको केही काल हामीले स“गै बिताएका थियौ“ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषस“गको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूस“गको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंस“ग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेस“ग घरीघरी भेट्नु राम्रो देखि“दैन ।”

उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइन“ । तिनी रोलिन्, बिलौना गर्लिन्, रसिाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिए“ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी रहिछिन् ।

मन उदास भयो ।

टाउकामाथि परेका उनका हातहरू गह्रौ“ भए । यहा“सम्म हि“डेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आ“खामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासि“दै भासि“दै सकि“दै गएजस्तो हु“दै गयो ।

सा“झ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठे“, विस्तारै सि“ढी ओर्लंे । आ“गनमा उभिएर एकपल्ट माथि हेरे“ । बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आ“सु बगिरहेका थिए । आ“सु पुछेकी थिइनन् ।

नेपाल साप्ताहिक
अंक २९३

Krishna Dharawasi – Aba Kahile Aaunchheu Nani

“तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।
सधैं टन्न भरिएको जस्तो लाग्ने त्यो घर र त्यहाँका चोटाकोठाहरू आज रित्ता र सुनसानजस्ता थिए । सरसामानले अस्तिजस्तै भरभिराउ घर तर रित्तो र खाली थियो । जता हेर्‍यो, उतै केही नभएजस्तो । छरछिमेकमा बोलेका आवाज सबै दौडेर आएर हाम्रै घरमा पसिरहेझैँ लाग्थ्यो, भिरालोमा बगेको पानीझैँ ।
जीवन त कति सामान्य कुरा रहेछ, कति कफल्लो ! मनका पत्रैपत्रहरूमा बाँधिएको यो तर ससाना कुराहरूले भरिएको लाग्ने ।
कति डर लाग्थ्यो हामीलाई बाबाको उपस्थिति, अनुहार र आवाज । घरैभरि, टोलैभरि एउटा डरलाग्दो व्यक्तित्व थियो उहाँको । बाबाले सुन्ने गरी हामी कोही बोल्दैनथ्यौँ । आमाकै वरिपरि लुटपुट गथ्र्यौं सधैँ । हाम्रा हरेक मागहरू आमामार्फत पुग्थे बाबासम्म । कहिल्यै आफ्नो अगाडि उभ्याएर केही सोध्नु पनि भएन उहाँले । बाबालाई बसेका ठाउँमा चियाखाजा पुर्‍याउन पनि ‘तँ जा, तँ जा’ गथ्र्यौं हामी दिदीभाइ ।
एक थप्पड कुट्नुभएको थिएन, एक शब्द गाली गर्नुभएको थिएन । मागेका कुनै कुराको अभाव अनुभव गराउनु भएको थिएन तर त्यसै डर लाग्थ्यो हामीलाई बाबाको उपस्िथति । बाबा घरमा भएका बेला हामीले कहिल्यै ठूलो स्वरले बोलेको थाहा छैन ।
हामीजत्तिकै नभए पनि डराएकै देख्थ्यौँ आमालाई पनि । हामी त साना केटाकेटी थियौँ तर आमा किन डराउनु हुन्थ्यो होला ! कहिल्यै आमाबाबाको पनि बाझाबाझ र झगडा भएको थाहा पाएनौँ तैपनि आमा त्यत्तिकै दबिएकी, डराएकी देखिनुहुन्थ्यो ।
हामी हुर्किंदै, बढ्दै गएपछि विस्तारै बाबाको नजिक पर्दै गयौँ । बाबाले पनि हामीलाई सोधखोज गर्न थाल्नुभयो । हाम्रो पढाइबाहेक बाबाले हामीसँग अरू कुनै कुरामा सोधखोज गर्नु भएन ।
एसएलसी उत्तीर्ण गरेपछि पालैपालो भाइ र म घरबाट टाढा भयौँ । घरबाट टाढा भए पनि आमाबाबाको सम्पर्कबाट ओझेलमा थिएनौँ । भाइ त त्यति वास्ता गर्दैनथ्यो घरको तर मलाई किन किन साह्रै याद आइरहन्थ्यो घर । सबैभन्दा धेरै माया लाग्थ्यो आमाको, डरसँग मिसिएको जस्तो माया लागिरहन्थ्यो बाबाको पनि । आफू जन्मेको-हुर्किएको ठाउँ, साथी-छरछिमेकीको सम्झना कसलाई आउँदैन ! तर, माध्यमिक शिक्षा पूरा गरेपछि सदाका लागि छोडिँदो रहेछ घर । फेरि कहिले रहरले पनि, इच्छाले पनि घरमा बस्न नपाइँदो रहेछ । घर छोडिदाखेर िछोडिदा रहेछन् सबै आफ्ना पि्रय वस्तुहरू । विस्तारै अनुभव हुँदै गयो, घरसँगै आमा छोडिनुभयो, बाबा छोडिनुभयो, आफ्ना रहरलाग्दा प्यारा सरसामानहरू छाडिए । डेराको बास भयो, सधैं अभाव र असुविधाको जीवन सुरु भयो ।
छुट्टीमा छोटो समयका लागि घर जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, “तिमीहरू अब ठूला भयौ, घर छोडिहाल्यौ । काखै रत्तिो भएजस्तो लाग्छ । यत्रो घर छ, यत्रा सरसामान छन्, तिमीहरूकै लागि भनी भेला गरििदएका कैयौँ चीजहरू छन् । हेर ! अब यी सबै बेकामे भए । सुनसान लाग्छ घर । बिरानो हुन्छ मन । बोल्ने साथी पनि कोही हुँदैन । तिमीहरूका बाबाको कुनै ठेगान छैन, कहिले कहाँ, कहिले कहाँबाट फोन गर्नुहुन्छ । प्रायः एक्लै बस्नुपर्छ यस घरमा, अनाथजस्तो । तँ त बरू छुट्टीमा पनि आउँछेस्, तेरो भाइ त झन् के भा’को ! छुट्टीमा पनि उतै घुमेर बिताउँछ । कहिलेकाहीँ त मनमा विरक्त लागेर आउँछ । यत्रो जीवन, त्यसै बितेछ यही घर र आँगनको संसारमा ।
आमाका कुरा सुन्दा त्यसै त्यसै मन अमिलो भएर आउँथ्यो तर आमाको मायाले हामीले आफ्नो भविष्य बिगार्नु हुने थिएन, हामीलाई उहाँहरूले नै त्यसो गर्न पनि दिनुहुने थिएन ।
बाबाप्रति पनि गुनासा थिए आमाका ः “तिमीहरूका बाबा साह्रै अनौठा हुनुहुन्छ । मनका कुरा कहिल्यै नखोल्ने ! जतिबेला पनि कुरैकुराले भरिए को बाकसजस्तो बोल्नै डरलाग्दो । कहिल्यै कडा स्वरले नबोलाए पनि मनमा गह्रौँ त्रास बोकिरहनुपर्ने ! स्वतन्त्रताको बोध हुनै सक्दैन । केही कुराले जतिबेला पनि थिचिरहेजस्तो । यस्तै डरले मैले कहिल्यै पनि आफ्ना रहरका कुराहरू गर्न सकिनँ । मन लागेको खान र लाउन सकिनँ । कुनै कुराको अभाव नदेखिए पनि मलाई यो सम्पन्नताको अनुभूति हुनै सकेन नानी ! तिमीहरू जन्मेपछि तिमीहरूसँगै खेलेँे । आफ्ना सबै रहर र खुसीहरू तिमीहरूमा मिसाएँ । अब त तिमीहरू पनि छैनौ, तिम्रा बाबा मलाई कहिल्यै पल्टाउन नसकिने ढुङ्गोजस्तो लाग्नु हुन्छ ।”
अनौठो थियो आमाको अनुभूति बाबाप्रति । हामीलाई पनि त्यस्तै हुनुहुन्थ्यो बाबा । तर, गाउँ-समाजमा उहाँको उपस्थिति विशिष्ट थियो । एक असल समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो ।
मेरो बिहे भइसकेपछि एकदिन बाबाले पहिलोपल्ट गम्भीर भएर बोल्नुभो !
“नानी ! अब तिमीमा ठूलो जिम्मेवारी आएको छ । पराइघरमा धेरै असुविधाहरू हुन्छन् । तिमी जहाँ पुगे पनि, जस्तै अप्ठ्यारो परे पनि, यो घर तिम्रो हो, यहाँ भएका सबै कुरा तिम्रै हुन्, चाहिएको जे पनि आफ्ना लागि प्रयोग गर्न सक्छ्यौ । निर्धक्क आमासँग भन्नू र लिनू !”
त्यस दिन म साह्रै भावुक भएकी थिएँ । बाबाले मलाई कति माया गर्नु हुँदोरहेछ भन्ने थाहा पाएँ । आँखाभरि आँसु भरिए । भन्नु भो, “छोरीका कमजोरी भनेका यिनै आँसु हुन् । यिनलाई लुकाउन सिक । आँसुले सधैं हेप्छ, मनलाई दरो बनाउनू । अब तिमी नयाँ संसारमा जीवनयुद्ध गर्न जाँदैछ्यौ ।”
साँच्चै नै एकाएक मन दरोजस्तो भयो । मेरा लागि बाबा र लोग्ने दुइटा दरा अभिभावक थिए । रोजेको लोग्ने पाएकी थिएँ । बाबाले असहयोग गर्नुहोला भन्ने कत्रो डर थियो मनमा तर उहाँले सहजै स्वीकारिदिनुभएको थियो । आमामार्फत बाबाका कानमा पुगेको मेरो प्रस्ताव एकाएक विवाहमा परिणत भएको थियो । म त्यसै दङ्ग परेकी थिएँ ।
तर, एकदिन आमाको कुराले म अचम्मित भएँ । उहाँले भन्नु भो, “छोरी ! बाबु भए पनि, लोग्ने भए पनि लोग्नेमान्छे भनेको लोग्नेमान्छे नै हो । उनीहरूमा हामीमा जस्तो हार्दिकता हुँदैन । संसार घुमिरहने स्वच्छन्द तिनीहरू अनेकौँ स्वभावले रङ्गिएका हुन्छन् । तिमीहरूले देख्दा कहिल्यै केही नभन्ने तिमीहरूका बाबाले पनि मलाई कति दुःख दिनु भएको छ । यो मन कहिल्यै खुसी छैन, प्रसन्न छैन । जहिले पनि जेलमा परेको जस्तो लागिरहन्छ । एउटा सानो घेरामा थुनिएर संसार हेर्दाहेर्दै बित्यो जिन्दगी ।”
आमाका आँखा भरिए का थिए । रोइहालेको जस्तो देखिएको थियो अनुहार । गला अवरुद्ध थियो उहाँको । भन्नुभो, “यो जीउ स्वस्थ रहेसम्म मात्र हुन्छन् लोग्नेहरू आफ्ना । जीउले साथ दिन छोडेपछि साह्रै गाह्रो छ नानी तिनीहरूको माया पाउन । रोगी भएकी छु भित्रभित्रै । सारा संसारको ख्याल गर्ने तिम्रा बाबा मेरो उपचारका लागि एकछिन पनि समय निकाल्नु हुन्न । महिनौँ भइसक्यो म दिनदिनै असक्त हुँदै गएको । घरबाहिरको संसारै देख्न पाइएन, न आफ्नो भन्ने अलग्गै सम्पत्ति रह्यो । सदा टाट्नामा बाँधेको बाख्रोजस्तो, हालिएको घाँस खाएर आइयो । आज शरीरभरि लुगा र गहना भरभिराउ छन् तर पोल्टामा एक पैसो छैन ।”
आमाका कुराले शरीरभरिको मासु थरथरायो । कहिल्यै कल्पना नगरिए को कुरा भन्दै हुनुहुन्थ्यो आमा । देखिएको सुखभित्र दबिएको दुःखको डरलाग्दो चित्रण थियो । बाबाको अनुहार टाटैटाटा परेको ढोँगी लोग्नेमान्छेजस्तो लाग्यो । मनमा कताकता रसिजस्तै उठेर आयो । महिलावादी दिदीहरूले भन्ने गरेका पुरुषविरोधी विचारहरू सत्यजस्ता लाग्दै गए । सम्झेँ, रमेशलाई । उसको अनुहारमा पनि बाबाकै रङ देखियो । त्यस्तो माया लाग्ने लोग्ने पनि एकछिन छाया परेको अनुहारमा फेरियो ।

बाबाले मेरो अनुहार नहेरी सोध्नुभएको थियो । निहुरनिुभएको थियो उहाँ । पढेजस्तो गररिहेको हातको पत्रिका भुइँमा खत्रक्क खसेको थियो । भनेँ, “हो बाबा ! अब जान लागेकी । ज्वाइँको पनि अफिसबाट फोन आएको आएकै छ । नानीको पनि पढाइ धेरै छुटिसक्यो । मैले पनि अब तीन महिनाभित्र थेसिस् बुझाइसक्नुपर्छ ।”
निकैबेर केही बोल्नुभएन । लामोलामो सास फेरेजस्तो देखियो । टाउको नउठाएरै भन्नुभो, “श्यामले त दुई-चार दिन छुट्टी लिएर बसेकै भए पनि हुने । ऊ पनि हतारिए र हिजै हिँड्यो । उसको पनि नानीको पढाइ छुट्यो रे, बुहारीको जागिर बित्यो रे ! उसकै पनि थुप्रै कक्षाहरू छुटे रे ।”
केही बोलिनँ म । मनभित्र अव्यवस्थित बजार भरिए को थियो । यसो नियालेर हेरेको, तपतप झररिहेका थिए उहाँका आँखाबाट आँसु भुइँमा । त्यस्तो कडा मान्छे, आज आँखैआँखा बगिरहेको देखेँ । अवरुद्ध स्वरमा एक्लै बरबराएझैँ गर्नुभो, “तिमीहरूकी आमा साह्रै सोझी भनेको तर पापी रहिछ, त्यसले मलाई जीवनमा कहिल्यै आफ्नो ठानिन । कहिल्यै उसले आफ्नो मनको कुरा भनिनँ । जहिले पनि मेरै कुरा मात्र सुनिरही, मानिरही । आफ्ना रहर, इच्छा, आवश्यकता केही भनिन । मैले नै बुझेर जे-जे दिएँ, त्यही त्यहीमा रमाएजस्तो गरछि । म सोझो मान्छे, उसले मलाई यत्रो धोका दिएको कसरी जान्नू ! त्यत्रो बिमार लागेको रहेछ, कसरी खप्न सकेकी ? किन एकपल्ट पनि नभनेकी ? सुरुमै थाहा पाएको भए जति पैसा खर्च गरेर पनि त म निको पार्ने थिएँ । संसार घुमाउने थिएँ, उसका लागि यो सारा सम्पत्ति उडाउने थिएँ । मलाई किन चाहिएको थियो र यो सम्पत्ति ? तिमीहरू सबै आफ्नो खुट्टामा उभिएकै थियौ…। बालखैमा आमा मरनि् । सौतेनी आमाको रुखो व्यवहारमा हुर्किएको म । जहिले पनि आमाको मायाको रहर लाग्थ्यो । तिम्री आमालाई कहिलेकाहीँ आमाजस्तै ठान्थेँ । कहिल्यै केही भन्दिनथेँ । उसको चित्त दुख्ला भन्ने लागिरहन्थ्यो । तर, उसले त मसँग मन खोल्नुपर्ने नि ! एकैचोटि त्यत्रो रक्तश्राव भयो, पहिल्यैदेखि हुँदोरहेछ नि, किन खपेकी त्यसले ? उपचार हुनै सकेन ।”
च्याप्प अँगालो हालेर रुन मन लाग्यो । आँसु थाम्नै सकिनँ । आमाप्रति बाबाको त्यत्रो माया कठै  ! आमाले कहिल्यै थाहा पाउनुभएन ।
एकाएक अत्यधिक रक्तश्रावबाट आमाको निधन भएको समाचारले हामी स्तब्ध भएका थियौँ । अनेक गरेर प्लेनको टिकट मिलाइदिए साथीहरूले । घाटमै मात्र भेट्यौँ आमाको शवलाई । सबै थोक त सकिएको थियो, त्यही रुन बाँकी थियो, रोयौँ दिदीभाइले एकअर्कालाई अँगालो हालेर ।
आमाको काम सकिएको पन्धौँ दिनमा भाइ आफ्नो परिवारसहित हिँडेको थियो । दुई दिनपछि म हिँड्न लागेकी थिएँ । रमेश हतार गररिहेको थियो तल ।
एकदिन रमेशले कुरैकुरामा भनेको थियो, “बाबाको ब्लडप्रेसर छ, डाइबेटिज छ, केही गरी बाबा तलमाथि भइहाल्नुभो भने आमालाई चाहिँ हामी नै ल्याउनुपर्छ है शोभा !” त्यो दिन म रमेशलाई हेरेर साह्रै भावुक भएकी थिएँ ।
…तर, आज ?
मलाई हिँड्नु कि बस्नुभयो ।
विस्तारै भन्नु भो बाबाले, “जाऊ बाबु जाऊ  ! तिमीले जानैपर्छ । जीवनलाई रोक्न सकिँदैन । भविष्यका विरुद्ध हिँड्नु हुँदैन ।”
म त्यत्तिकै उभिइरहेँ । थप्नुभो, “आमा थिई आइरहन्थ्यौ । अब त ऊ पनि छैन, केका लागि आउँछौ होला र ! यो सबै सिर्जना तिमीहरूकै आमाको त रहेछ, ऊ गई, सबै गयो ।”
बसेको ठाउँबाट उठेर बाथरुमतिर लाग्नुभो, म उभिएकै ठाउँमा टुक्रुक्क बसेँ ।
तल रमेश कराइरहेको थियो, “शोभा ! छिटो गर न, गाडीले हतार गररिहेछ ।”

नेपाल साप्ताहिक अंक ३२४

Krishna Dharabasi – Biralo

भित्तामा टँसाएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइनँ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बाँकी बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहाँकहाँदेखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौँला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

मेरो पुस्तकप्रेम देखेर आमा छक्क पर्नुहुन्थ्यो । जता गएर आउँदा पनि मेरा झोलाबाट पुस्तक नै निस्कन्थे । घरका सबै जनाले मेरो त्यस रुचिको सम्मान गर्दै मलाई नसोधी सानो कागजको टुक्रा पनि फाल्दैन थिए । तर, एकाएक धमिराले त्यस्तरी पुस्तक खाइदिएको देखेर आमा पनि नराम्रँे गरी पिरोलिनुभयो । म त रोएँ पनि धुरुधुरु । २०३३ सालमा घर डढ्दा, त्यसबेलासम्मका सबै पुस्तकहरू आगोले खाएको थियो, त्यसपछि समेटिएकाहरू यसपालि धमिराले खाएको थियो । सम्पत्तिकै सट्टा पुस्तक सङ्कलनमा लागेको म पटकपटक यस्ता दर्ुघटनामा परिरहेको थिएँ ।

धमिराले पुस्तक खाएपछि हारेको र रिसाएको मनले अबदेखि यस्तो र्‍याकमा किताब नराख्ने भनी बजारबाट एउटा ठूलो टीनको बाकस किनेर ल्याएँ । केही समय त्यसमा किताब राखियो तर कतिवटा बाकस किन्ने भन्ने समस्या पनि आयो र भनेको पुस्तक फुत्त झिक्न पनि गाह्रो भयो । त्यसैले बाकसलाई परित्याग गरी फेरि र्‍याकतिरै लागेँ, तर अब दर्ुइ/चार, दर्ुइ/चार दिनमा र्‍याक चलाइरहने गर्न थालियो । आमा, सीताजी जसले पनि बेलाबेला पुस्तकहरू चलाएर धमिरा लागे/नलागेको हर्ेर्ने गर्नुहुन्थ्यो ।

हुँदाहुँदै एकपल्ट फेरि घरमा एकाएक मुसाको आतङ्क बढ्यो । यति मुसा फैलिए कि केही चीज पनि सद्दे हुन छोडे । ओछ्यानका सिरक, डसना, सिरानीदेखि बेलुका खोलेर राखेको लुगासम्म बिहान उठ्दा काटिसकेको हुन्थ्यो । यस्ता बेलामा किताब त झन् मुसाकै गुँड हुन पुग्यो । रिसैले विष ल्याएर राखिदियौँ । सुरुसुरुमा दर्ुइ/चारवटाले खाएर कताकता अप्ठ्यारो चेपतिर गएर मरेछन्, कुहेर गन्हाएर घरमै बसिनसक्नु दर्ुगन्ध व्याप्त भयो । हैजै फैलिएलाजस्तो भयो । विष ख्वाएर मार्दा पनि घरमै बस्न नसकिने भइयो ।

मुसाले पुस्तकमाथि गरेको ज्यादती फेरि खपिनसक्नुभयो । कति महत्त्वपर्ूण्ा पुस्तकहरू जतासुकै काटिदिएर कामै नलाग्ने बनाइदिए । मुसाको यस आतङ्कले दिक्क हुनुभएकी आमाले एकदिन कहाँबाट हो एउटा सानो बिरालोको बच्चो लिएर आउनुभयो । बिरालो म्याउँम्याउँ गरेर कराउँदै घुम्न थालेपछि मुसाहरू विस्तारै घट्दै गए । सुरुमा सानै थियो बिरालो । त्यसले मुसा मार्न सक्ने कुरै थिएन । तर पनि मुसाको लागि त्यो आतङ्कित थियो । हामी सबैले माया गर्‍यौँ त्यसलाई । दूधभात खान दिने, काखमा राख्ने गर्न थाल्यौँ । बिरालो पनि चाँडै रत्तियो हामीसँग ।

म जब बिहानै उठेर पढ्न वा लेख्न बस्थेँ, बिरालो कताकताबाट म्याउँम्याउँ गर्दै आएर मेरो काँखमा ‘घुरुरुरु’ गर्दै बस्थ्यो र सानो बालकजस्तो आँखा चिम्लिएर निदाउँथ्यो । ठूलो हुँदै गएपछि साँच्चै नै त्यसले घरका मुसा मार्न थाल्यो । कताकतातिरबाट पनि मारेर ल्याउँथ्यो । बिरालो घरमा ल्याएपछि मुसाको अत्याचारबाट साँच्चै मुक्त भइयो ।

बिरालो घरमा आएपछि बुहारी भएको घरझैँ ढुक्क भयो मेरो पुस्तकालय । र, बिरालो मेरो एकान्तको साथी पनि । हुँदाहुँदा त्यसले मलाई एकक्षण पनि नछोड्ने भयो । म जता जान्छु त्यो मेरै पछिपछि । म बाथरुमभित्र पसेँ भने त्यो बाहिर ढोकामा बसिरहन्थ्यो, भान्सामा भए म्याउँम्याउँ गरी छेउमै हुन्थ्यो । मैले आफ्नो भागबाट अलिकति भात नदिई त्यो त्यहाँबाट चलबलाउँदैन थियो । बिरालोले मलाई पछ्याएको देखेर कहिलेकाहीँ आमा हाँस्दै भन्नुहुन्थ्यो, “हैन साह्रै गहिरो पिर्ती पो लायौ त तिमेरुले । यो बिरालो तेरी पर्ूवजन्मकी बेहुली हो कि के हो -” म पनि हाँस्दै भनिदिन्थेँ, “तपाईंले नै खोजी ल्याइदिएकी बुहारी हो त †” हाँसो हुन्थ्यो घरमा । सीताजी भन्थिन्, “साँच्चै नै यो त मेरी सौताजत्तिकै भई ।” वास्तवमा त्यो बिराली पोथी रहिछे । हामी सबै हाँस्यौँ । हामी हाँसेको देखेर कुरा बुझेझैँ त्यो टुलुटुलु हाम्रो अनुहारतिर हेरिरहन्थी र आफ्ना खुट्टाहरूले उसको अनुहार पुछिरहन्थी । लामालामा जुँगा हल्लाउँदै फेरि आएर मेरै काँखमा बस्थी । हातले उठाएर पर पुग्ने गरी फ्याँक्दा पनि थेत्तरो बालकजस्तो विस्तारै आइहाल्थी ।

बिरालोसँग ज्यादा घुलमिल गर्नु राम्रो हुँदैन, बिरालाका रौँहरू निलियो भने त्यसले पछि दमरोगको समस्या उत्पन्न गर्छ आदि भन्थे मान्छेहरू । तर, बिरालीको साथ मलाई अभ्यस्थ हुँदै जान थाल्यो । ऊ आएर काखमा नबसी म झन्डैझन्डै लेख्नै नसक्ने जस्तो पो हुन पुगेछु पछि त । निकैवटा लेख-रचनाहरू बिरालीबिना नलेखिएरै खेर गए कतिपल्ट । आमा भन्नुहुन्थ्यो, “काखमा छोरी नसुती लेख्न सक्दैनस् -” हाँस्थ्यौँ हामी । साँच्चै नै मलाई त्यो बिराली ‘छोरी’ जस्तै नै लाग्न थालेकी थिई । पशुसँग मान्छेको यस्तो प्रेम होला भन्ने मैले सोचेको थिइनँ । बिराली पनि निकै नै कुरा बुझ्ने भएकी थिई । त्यसले घरमा मलाई एकैछिन नछोडे पनि अफिस वा अन्यत्र जानुपर्दा कहिल्यै पछ्याउँदैन थिई । तर, साँझसम्म पनि त्यो आँगनमा, म आउने बाटोतिरै उभिएर हेरिरहेकी हुन्थी । जब म आँगनमा पुग्थेँ, त्यसले मेरा खुट्टामा लुटपुटिएर, सुँघेर र जीउमा चढ्न खोजेर माया गर्थी । हिँड्दाहिँड्दै अल्भिmएर लडिएला वा झुक्किएर कुल्चिएला कि भन्ने पीर पार्थी त्यसले ।

जेहोस्, बिराली घरको घनिष्ठ सदस्यजस्ती भएकी थिई । साना केटाकेटीहरू पनि बिरालीसँग खेल्न रमाउँथे । त्यसले मुसो समातेर खेलाई-खेलाई मारेको देखेर साना छोराछोरी रमाइलो मान्थे ।

छिट्टै नै त्यो जवान भई । सानो बोन्र्साई बाघजस्तो देखिन थाली । ठूलो सुरिलो स्वरले लेघ्रो तानेर कराउँदै घरभरि घुमीघुमी घरको रखवाली गर्न थाली । कहिलेकाहीँ आधा रातसम्म पनि हराउन थाली । आमा हाँस्दै भन्नुहुन्थ्यो, “तेरी छोरीको उमेर पुग्यो, अब घर बस्न छोडी ।”

ढिलो आइपुग्दा मान्छेलाई जस्तो हकार्नुहुन्थ्यो आमा, “कहाँ गएकी थिइस्् घर छोडेर – अब बैँस चढ्यो तँलाई – कुनचाहिँले विष ख्वाएर मार्ला अनि थाहा पाउलिस् । घरै बसिरहनुपर्दैन † भोलिदेखि तेरो खुट्टा भाँचिदिन्छु ।”

कुरा बुझेकी जवान अविवाहिता छोरी डराउँदै, धकाउँदै आफ्नो कोठातिर पसेझैँ विस्तारै सिँढी चढ्थी र खुरुरु कुदेर भित्र पस्थी । मेरो छेउमा आएर बस्थी । म सजिलो गरी पलेँटी कसी दिन्थेँ, त्यो डराउँदै काखमा बस्थी । अनौठो खाले माया लाग्थ्यो त्यसको । त्यसैत्यसै मानवीकृत हुँदै गएकी थिई त्यो । राती सुत्दा पनि कहिले गोडामुनि, कहिले सिरानीतिर आएर टाँसिएर सुतिरहेकी हुन्थी । कहिलेकाहीँ सीताजीले झर्किएर त्यसलाई हातले टिपेर पर पुग्ने गरी फालिदिन्थिन् तर फेरि कतिखेर आइसकेकी हुन्थी ।

केही समयपछि त्यो मोटाउँदै गई । एकदिन आमाले भन्नुभयो, “अब यो ब्याउने भइछे । कति बच्चा पाउने हो – बिरालाका छाउराले घर सारै फोहोर गर्छन् ।”

नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली बियाएको चर्चा चलिरहेको थियो । एक/दर्ुइ दिनदेखि बिराली मेरो छेउमा आएकी पनि थिइन् । खाने बेला पनि त्यस दिन बिराली आइन । सीताजीले भनिन्, “आज अचम्मै भयो । यो हाम्रो घरको पशु होइन है, यो त मान्छे नै भइसकी ।”

“के भयो र -” मैले सामान्य चासो देखाएँ ।

उनले भनिन्, “हामी घरमुनि चिया खाजा खाएर बसिरहेका थियौँ । तलामाथि गन्द्रयाङगुन्द्रुङ आवाज आइरहेको थियो । बिरालीले मुसो खोज्दै होली भनी खासै याद गरेनौँ । बिराली पनि अनौठो आवाज निकालेर बेलाबेला कराउने गर्थी । निकैबेरपछि चालचुल हरायो । हामी बसेकै थियौँ । माथिबाट विस्तारो बिराली सिँढी ओर्लेर आई र अनौठो पाराले आमाको अनुहार टुलुटुलु हर्ेर्दै माया लाग्दो गरी म्याउँम्याउँ गर्न थाली । हामीले त्यसको कुरा बुझेनौँ । आमाको खुट्टाको वरिपरि लुटुपुटु गर्दै कुदेर सिँढीतिर जाँदै, फर्केर हेर्दै फेरि फर्केर आउँदै आमाको साडी दाँतले टोक्दै उप|mेर सिँढीतिर जाँदै गर्न थाली । आमा उठेर पछि लागेपछि त्यो सुरुसुरु सिँढी चढ्न थाली । एकक्षणपछि आमाले माथिबाट बोलाउनुभयो, “ए सीते † यता आइज आइज †” माथि पुग्दा आमा छक्क परेर खाटको छेउमा उभिएर हेरिरहनुभएको थियो । बिराली खाटमाथि टुक्रुक्क बसेकी थिई र त्यसको छेउमा एउटा सालनालसहितको मरेको बच्चो खुनमा लटपटिएको थियो । त्यस दृश्यले हामी दुवै जना अचम्भित भयौँ । त्यसले त हामीसँग सहयोग पो मागेकी रहिछे । तन्नैसमेत उठाएर लगेर त्यसलाई माटोमा पुरिदियौँ । ”

सीताजीका कुरा सुनेर अनौठो लाग्यो मलाई । माया पनि लाग्यो ।

अब त्यसको स्वभावमा परिवर्तन आउन थालेको थियो । त्यो अब फोहोरी र अटेरी पनि हुन थालेकी थिई । त्यसले मुसा मार्न छोडेकी, गाउँतिर जान थालेकी र जथाभावी दिसा गर्न थालेकी थिई । घरकै कोठाचोटातिर पनि हग्न थालेकी थिई । त्यसको बिग्रिएको बानीले अब आमा र सीताजी दिक्क हुन थालेका थिए । तर, मलाई त त्यो बानी परेकी थिई । लेख्न बस्नेबेलामा ‘सु…री’ भन्नासाथ कहाँबाट प्रकट हुन्थी, आएर काखमा बसी हाल्थी ।

एकदिन आमाले भन्नुभयो, “अब यस बिरालीलाई घरमा राख्नुहुँदैन । कत्राकत्रा बाघजत्रा ढाडेहरू आएर घरै लडाउलान्जस्तो गर्न थाले । यो पनि अब पहिलाकी जस्ती छैन । यसले मुसा पनि मार्दिन ।” आमाको कुरा त्यति राम्रो लागेन तर मैले केही पनि भनिनँ ।

नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली आँगनमा थिइन । कोठा, धारा, भान्सा सबैतिर चहारेँ तर कतै पनि बिरालीको उपस्थिति थिएन । खाना खाँदै गर्दा चर्चा चलाएँ, “खै आज त बिरालीको चालचुल छैन ।”

सीताजीले भनिन्, “आज आमाले त्यसलाई बोरामा हालेर माथि नारायणचोक पुर्‍याएर आउनुभयो ।”

मलाई भित्र कहाँ चिसो गरी दुख्यो । नमीठो लाग्यो, त्यस्सै मन बिरसिलो भयो । तर, केही पनि भनिनँ । सीताजीले भनिन्, “अस्तिदेखि त्यसलाई आमाले कहाँकहाँ पुर्‍याए पनि आमाभन्दा चाँडो त्यो घर आइपुग्थी । आजचाहिँ यसबेलासम्म आइपुगेकी छैन ।”

मनमा सानो आशा पलायो, “ए † त्यो आउनसक्ने रहिछे ।”

तर, त्यो रातभरि पनि आइन । भोलि बिहान खाना खानेबेलासम्म पनि आइपुगेकी थिइन । मनमा केके नराम्रोजस्तो भइरह्यो । कुनै प्रिय मित्रसँगको विछोडजस्तो । बेलुका घर पुगेँ । त्यसको चालचुल थिएन । लेख्न बसेँ, मन लागेन, त्यत्तिकै सुतेँ ।

दिनहरू बित्दै गए । विस्तारै बिराली विस्मृतितिर ठेलिँदै गई । म बिरालीबिना पनि लेखपढ गर्न अभ्यस्त हुँदै आएँ । फाट्टफुट्ट मुसाहरू फेरि देखापर्न थाले, चकचक गर्नथाले । मुसो देखेपछि बिरालोको सम्झना हुन्थ्यो र मन अमिलो भएर आउँथ्यो ।

२२ दिनको बिहान ढोका खोल्दा बिराली एकैचोटि उप्रिmएर मेरो कम्मरमा आइपुगी । म तर्सिएँ पनि । कम्मरबाट सोहोरिएर त्यो भुइँमा पुगी र म्याउँम्याउँ गर्दै वरिपरि घुम्न थाली । माथि मेरो अनुहारतिर हेर्दै खुट्टा चाट्दै गर्न थाली । म अनौठो भावुकताले भरिएँ । एकाएक मेरा आँखा रसाएर आए, त्यसलाई हातले उठाएर अनुहारको नजिक ल्याएँ । त्यसले मेरो गालाभरि, निधारभरि जतासुकै चाट्न थाली । काँधमा चढी, टाउकामा टेकी, पिठ्यूँपट्टबिाट भुइँमा खसी फेरि बाँदरजस्तो उफ्रिएर छातीतिर आई । त्यसका नङ्ग्राले कपडा छेडेर छालामा कति ठाउँ दरफर्‍यायो पनि ।

अब बिराली मलाई एकछिन नछोड्ने भएकी थिई । त्यत्रो दिनपछि पनि त्यसले आफ्नो घर चिनेर फर्केर आएपछि आमा पनि त्यसप्रति दयालु हुनुभएको थियो । उहाँलाई एक किसिमको पश्चातापजस्तो पनि लागेको थियो । जे होस्् पहिलाजस्तै त्यो म पढ्न बसेपछि काखमा आएर सुतिरहन्थी ।

तर, पहिलाभन्दा बढी नै गाउँ डुल्ने बानी बढेको थियो त्यसको ।

एक बेलुका त्यो थिइन घरमा । आज बिराली कता गइछ भनी सबैले चर्चा गरे । राती ओछ्यानमा पनि त्यो आइन ।

आधा राततिर कताबाट त्यो आइपुगी । बाहिर ढोकामा एकोहोरो कराइरहेपछि झर्को मान्दै सीताजीले ढोका खोलिदिइन् । त्यो भित्र पसी । हामी फेरि सुत्यौँ । विभिन्न कोठाहरूमा बद्याकबुद्रुक गर्दै त्यो रात बिराली झर्को लाग्ने गरी कराइरही । सीताजीले झर्किंदै भनिन्, “ढाडे चाहिएछ साँडेलाई फेरि आज रातभरि सुत्न नदिने भई ।”

हामी त्यत्तिकै निदाएछौँ । कतिबेरदेखि त्यो कराउन छोडी, थाहा भएन । बिहान उठेर प्रातर्ःकर्म सिध्याई सदाझैँ पढ्न बस्दा यसो भुइँमा थुपारेको पुस्तकको थाकतिर हेरेको त पुस्तकलाई सिरानी लगाएर बिराली मस्त सुतिरहेकी थिई । कति मजाले निदाइछ यो भन्दै छोई हेरेँ, चलबलाइन, ध्यान दिएर हेरेको त त्यो कतिबेला मरेर अररो भइसकेकी रहिछे ।

मन चिसो भयो, जीउ शिथिल भयो । लल्याकलुलुक भएँ । मूर्तिजस्तो एकोहोरिएछु कतिबेरसम्म । त्यसैलाई हेरिरहेँ ।

नेपाल साप्ताहिक
अंक १३०

Krishna Dharawasi – Kati Din Po Bitchha Ra Yas Manchhe Sanga

मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्‍न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्‍न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्‍याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।

साथीहरू जिस्कन्थे, जिस्क्याउँथे पनि। उनीहरूमध्ये कतिले केटा साथीहरू छानिसकेका थिए, कतिले छान्न सकेका थिएनन्। मनमनमा मन पराएका केटाहरू आफ्नो छेउ नै नपर्ने गुनासो पनि थियो कतिको। कसैले टाढाका केटाहरूलाई पत्राचार गरेका थिए। जे होस्, हामी केटासाथीहरूको चर्चा, संसर्ग र खोजीतिर ढल्किँदै थियौँ।

म धेरै राम्री थिइनँ तर नराम्री पनि थिइनँ। साथीहरूका समूहमा म अलग्गै केही कुराले आकर्षक नै थिएँ झैँ लाग्छ। मनमा एक किसिमको अहम् जस्तो पनि थियो। आकृति स्पष्ट नभएको, नदेखेको, नचिनेको तर कुनै युवकको इच्छा भने हुन थालेको थियो। देखेका मध्ये, जुनै पनि कुनै न कुनै रूपले राम्रा लाग्थे तर ती किन राम्रा, केले राम्रा थिए – बुझ्दिनथेँ। तथापि तीमध्ये कुनैलाई पनि नायकका रूपमा सोच्न थालेकी भने थिइनँ।

धेरै-धेरै पढ्ने, के-के हुने, ठूलो मान्छे हुने आदि सपनाहरू थिए। यस संसारमा धेरै विकृति र कुचालहरू थिए र तिनलाई नाश गर्नुपर्ने थियो।समाजमा चलेका सैयौँ नराम्रा कुराहरूको भण्डाफोर पनि गर्नुपर्ने थियो। पढ्नमा निकै जाँगर चल्थ्यो। जान्ने भएर अरूलाई जित्‍न तथा कसैलाई देखाउन मन पनि थियो। तर त्यो ‘कसै’को टुङ्गो लागिसकेको थिएन। स्कुल जाँदा र फर्किँदा बाटामा केटाहरू पनि सँगै हुन्थे। एउटै गाउँटोलका साथीहरू सानैदेखिका सँगी पनि थिए। हाँसखेल, रमाइलो र झगडा पनि भइरहने। एकअर्कामा मर्यादा पनि नराखी ”तँ-तँ” चल्ने केटाहरू तर हाम्रा संरक्षकजस्ता पनि थिए। उनीहरू हाम्रा रक्षकजस्ता भइरहन्थे प्रायः। हामीले हेपे पनि, जे भने पनि तर अप्ठ्यारो पर्दा सहयोग गर्ने तिनीहरू नै हुन्थे।

तिनैमध्येका केही केटाहरू मसँग बेग्लै प्रकारले प्रस्तुत हुन सिक्दै थिए। लजाउने, धकाउने, भावुक हुने, बाटामा पर्खिबस्‍ने तिनीहरू, मलाई कुनै बेला सुरक्षा कुनै बेला सङ्‍घर्षजस्तो अनुभव हुन थालेको थियो। मुखले केही भनिहाल्न नसके पनि त्यसप्रकारले उनीहरूले मलाई विशेष रूपमा महत्त्व दिएको मन परेको थिएन। कहिले को कहिले को बाटामा आलेटाले गर्दै पर्खिबसेका हुन्थे। एक्लै स्वतन्त्र वा फुक्का हुन नपाएको अनुभव गर्दै थिएँ म। भित्र मनमा कतै त्यही पर्खिनेहरूमध्ये कसले पर्खेको चाहिँ राम्रो होला भन्ने पनि छुट्टिइसकेको थिएन। तर कुनै दिन बाटामा उनीहरूमध्ये कोही पनि भेटिएनन् भने त्यसैत्यसै दिक्क चाहिँ लागेजस्तो हुन्थ्यो।

यस्तै बेलामा, हाम्रो स्कुलमा एउटा नयाँ सर भर्ना भए। उनका बारेमा एकदुई दिनमै खुबै चर्चा भयो। उनले पढाउन थालेका कक्षाका साथी नयाँ सरको प्रशंसा गर्न थालेका थिए। नभन्दै एक दिन नयाँ सर हाम्रो कक्षामा पनि आए र अबको गणित विषय उनले नै पढाउने भए।

देख्तैखेरि खुसी लाग्यो। अनुहार, आवाज, उचाइ, हिँडाइ, हँसाइ सप्पै राम्रो लाग्यो। उमेर पनि हामी विद्यार्थीको भन्दा खासै धेरै थिएन। मनमा हर्कजस्तो भएर आयो। गणितमा कमजोरी अनुभव गर्थेँ तर नयाँ सरले पढाउन थालेपछि त्यस्सै सजिलोजस्तो लाग्‍न थाल्यो, जान्दै पो गएँ राम्रैसँग। स्कुल पुग्‍न हतार लाग्ने, छुट्टी भएको मन नपर्ने, बाटामा केटाहरूले पर्खेको दिक्क लाग्ने, कक्षामा सबैभन्दा अघिको बेन्चमा बस्‍न मन लाग्ने, के-के पो हुन थाल्यो मनमा।

एक दिन साँझ स्कुलबाट घर आइपुग्दा घरमा पाहुनाहरू थिए। तीनजनामध्ये एउटा भर्खरको युवक थियो। मैले नचिने पनि घरमा आएका पाहुनाहरूलाई शिष्टाचार पुर्‍याउँदै नमस्कार गरेँ र भित्र पसेँ। पिताजी पाहुनाहरूसँग कुरो गरिरहनुभएको थियो। आमा आफ्नै कोठामा धानधुन गर्दै हुनुहुन्थ्यो। म मेरो कोठामा पस्‍नेबित्तिकै भाउजू बत्तिएर आउनुभयो। राम्रोसँग पुस्तक समेत राख्‍न पाएकी थिइनँ, भन्नुभयो-

”नानी ! बाहिर आएका मान्छे चिन्नुभयो ?”
“देखेको भए पो चिन्नु ? को नि भाउजू तिनीहरू ?”

भाउजूले नराम्रो रिसाएझैँ झर्केको अनुहार पारेर भन्नुभयो – ”खै ? केही बुझ्दिनँ म यस घरको चाला। हामी आइमाईले बोल्नै नहुने। तपाईँको दादा पनि उस्तै बाबा पनि उस्तै। यति चाँडै तपाईँको बिहे गर्न के बितेको छ र ? तपाईँलाई हेर्न आएको रे।”

म छाँगोबाट खसेजस्ती भएँ। जीउ लल्याकलुलुक भयो। केही बोल्न सकिनँ। भाउजूको अनुहार एकोहोरो हेरिरहेँ। भाउजूको उमेर पनि मेरो भन्दा खासै धेरै थिएनँ। एक वर्ष अघिमात्र दाइसँग उहाँको विवाह भएको, एस.एल.सी. परीक्षा दिने बित्तिकै।

”कति पढ्ने मन थियो आफूलाई, पढ्न दिएनन्। तपाईँलाई पनि त्यस्तै हुने भो अब। राम्ररी हेर्नू आफ्नो बेहुलो।”

रिसाएरै बोलेर निस्कनुभयो उहाँ कोठाबाट। भाउजू निस्कनेबित्तिकै आमा पस्‍नुभयो। बडा दयनीय र जिज्ञासु भएर आमाको अनुहारतिर हेरेँ तर त्यहाँ भाउजूको अनुहारजस्तो भाव थिएन, बरू कुनै ठूलै उपलब्धि हात पर्न लागेको जस्तो गर्व थियो। भन्नुभयो – ”के भन्दै गई तेरी भाउजू ? ठूला मान्छेले गर्न लागेको काममा किन भाँजो हाल्न खोज्छे यो घरकी बुहारी भएर ? त्यसको कुरा नसुन् है जमुने।” निस्कि पनि हाल्नुभयो। मैले केही बोल्नै परेन।

राति धेरैबेरसम्म तिनीहरूले आमाबुबा, दाजुहरूसँग बात मारे। मैले अर्को कोठामा भित्तामा कान लगाएर सुनिरहेँ कुराहरू। कति बुझेँ, कति बुझिनँ। बुझे-नबुझेकालाई जोडजाड गर्दा निचोड थियो – ” केटाका बाबु छैनन्, ऊ बर्सीको हुँदै मरेका। विधवा छोरी र नातिलाई माइतीले आफैँसँग लगी केही वर्षपछि छोरीलाई अर्को बिहे गरिदिएका र नातिलाई मावलीले नै पालेका, हुर्काएका। धनी मावली भएकाले केटाको पैतृक सम्पत्तितिर कुनै चासो नलिएको, उनीहरूले नै एक अंश दिएको। मावलका हजुरबा, हजुरआमा दुवै बितिसकेका, सबै मामाहरूको आ-आफ्नै घर-व्यवहार सुरु भएकाले भान्जालाई पनि बिहे गरी अलग्गै व्यवहार गर्न छुट्याइदिने सोच भएको। राम्रो शीलस्वभाव भएकी घरानियाँ र व्यवहार थाम्‍ने केटीको खाँचो परेको। केटो सोझो, भलाद्मी, त्यस्तो उस्तो छट्याइँ-फट्याइँ नजान्ने, धेरै नपढेको भए पनि इमान्दार र गरिखाने प्रकारको रहेछ।”

सुनेर दिक्क लाग्यो। तत्काल केही गरिहाल्नु, बोली हाल्नु, विद्रोह गरिहाल्नु पनि सान्दर्भिक थिएन।

बिहान आमाले पाहुनाहरूलाई चिया पुर्‍याउन अह्राउनुभयो। स्वाभाविक थियो, घरमा आउने पाहुनालाई चिया पुर्‍याउनु तर यो विशेष बेलाको चिया पुर्‍याउनु भनेको त्यसै-त्यसै अप्ठ्यारोलाग्दो भयो। चिया पुर्‍याएँ, आएँ। तिनीहरूको अनुहार हेर्दा पनि हेरिनँ, हेर्न मन पनि थिएन। झन् त्यस टुहुरालाई देख्‍नुपर्ला भनी उसकै अनुहारतिर ढाड पारीदिएँ।

छिट्टै हिँडे स्कुल। बाटाभरि अनेक कुरा आइरहे मनमा। अब बिहे हुनेभो भन्ने कुरोले साह्रै नै पीर पर्‍यो। मनपर्दो गरी हाँस्‍न, खेल्न, पढ्न, रमाउन केही गर्न पाइएको थिएन। भर्खर एस.एल.सी. दिएकी भाउजूको बुहार्तन देखेर म दिक्क भएकी दिएँ। भाउजू बेलाबेला मेरा कोठामा मलाई पढाउने निहुँले रुनुहुन्थ्यो। उहाँ किन रुनुहुन्थ्यो त्योचाहिँ मैले सोधेकी थिइनँ।

बाटामा पर्खिबस्‍ने केटाहरूको माया लाग्न थाल्यो। हिजो घरमा आएको बल्ड्याङ्ग्रेभन्दा त बरू बाटोमा पर्खिने आफ्नै कक्षाका केटाहरू राम्रा थिए, तीभन्दा पनि राम्रा थिए स्कुलमा पढाउन आएका नयाँ सर।

स्कुल जानु मात्र भयो। पटक्कै पढ्न मन लागेन। टिफिनमै बिरामी भएको बहाना गरी छुट्टी मागेर घर आएँ। बाटैदेखि ज्वरो आउला जस्तो भयो, आइदेओस् ज्वरो बरु लामो बिरामी परूँ, बिहे टरोस् जस्तो पनि लागेको थियो तर त्यस्तो केही भएन, मनमा मात्र त्यस्तो लागेको रहेछ। छिट्टै घर आएको देखेर आमा खुसी हुनुभयो।

”राम्रै भयो, चाँडै आइस्। अब भोलिदेखि स्कुल जानुपर्दैन। लुगाफाटा किन्ने, गहना बनाउने काममा लाग्नुपर्छ। भन्नुमात्र बिहे, सजिलो त कहाँ हुन्छ र ? पात चाहियो, दुनाटपरा गाँस्‍नुपर्‍यो। कति काम छ कति। बिहे गर्ने भएपछि यति हतार नगरेकै भए पनि हुने नि। लोग्नेमान्छेलाई के छ र ? हाँकिदियो बस। गर्नुपर्ने त सप्पै आइमाईले।……….।”

आमा के-के बोलिरहनुभएको थियो, म सरासर कोठामा पसेँ र भित्रबाट चुकुल लगाएँ। आमाको कुरो सुनेपछि भने शरीर पानीपानी भएको थियो। डङ्‍ग्रङ्ग पल्टेँ खाटमा। आँखाबाट बलेँसीमा झरेको पानीको धाराझैँ आँसु बगिरह्यो।

खाना खाने बेलामा आमाले आएर धेरैबेर ढोका ढकढक्याउनुभयो, मैले ढोका खोलिनँ। त्यत्तिकै फत्फताउँदै जानुभयो। एकक्षणपछि भाउजू आउनुभयो। मैले बिस्तारै ढोका खोलेँ। कोठामा पसेकी भाउजू मभन्दा धेरै दुःखी देखेँ। साह्रै माया लाग्यो उहाँको। भन्नुभयो – ” नानी ! एक वर्षअघि यस्तै भएकी थिएँ म पनि। के गर्नु ? जतिसुकै ठूल्ठूला कुरा र भाषण गरे पनि हामी नारीलाई उस्तै हो। ………। हिँड्नुहोस् खाना खान।”

भोक थिएन। नबोली दुई गाँस खाएर उठेँ।

”हैन यो त भागमात्र बसी त, के भएको छ तँलाई ?” आमाको प्रश्न थियो।

बोलिनँ, लागेँ कोठातिर।

अनेकौँ कुराहरू आइरहे दिमागमा। साथीसङ्गीहरू आए, मलाई पछ्याउने केटाहरू आए, नयाँ सर आए। त्यो बल्ड्याङ्ग्रे टुहुरो आयो। रातभरि निद्रा लागेन। भविष्य कालो, अँध्यारो थियो। सबै खुल्ला बाटाहरू बन्द भएका थिए र एउटा मात्र बाटो अँध्यारो सुरुङतिर पसिरहेको थियो। त्यसको अघिअघि धिपधिपे बत्ती बोकेर बल्ड्याङ्ग्रे हिँडिरहेको थियो।

”त्यसलाई लोग्ने मान्नुपर्ने, त्यसकी स्वास्‍नी हुनुपर्ने, त्यससँग एउटै कोठामा, एउटै ओछ्यानमा सुत्‍नुपर्ने, त्यसलाई जे भने पनि गर्न जीउ छाडिदिनुपर्ने, त्यसो कुरो काट्न नहुने, त्यसलाई हजुर भन्नुपर्ने…।………।” सोच्तै जीउ सिरिङ्ग भएर आयो। आधा रातमै उठेर चिच्याऊँ जस्तो लाग्यो।

आजभोलि गर्दै दिन बित्तै गए, बिहेको तयारीका लागि धमाधम थियो। मलाई भने खासै जाँगर थिएन। साथीहरू भेट्न आए, रोए, गए। कसैले जिस्क्याए, गए। केटाहरू आए-भेटे, टुलुटुलु हेरेर गए। दिनदिनै मन गल्दै गयो, विद्रोह शान्त हुँदै गयो। बिहे नगरी नहुने भएपछि एक्लै छटपटाउनुको कुनै अर्थ थिएन। भाउजू पनि सम्झाउनुहुन्थ्यो- ”मान्छे राम्रै छ भन्छन्, आ-आफ्नो भाग्यको फल हो। धनसम्पत्ति प्रशस्तै छ रे। मावलीले पनि दिएको, बाबुपट्टिको पनि। अब धेर पीर नलिनू नानी। नराम्रो मान्छे पनि दिनदिनै अलिअलि, अलिअलि गर्दै राम्रो-राम्रैजस्तै हुँदै आउँछ।”

जति नै भए पनि त्यसप्रति मन फर्किन सकेन। राम्ररी नहेरेको मान्छे, त्यसै-त्यसै मन नपरेको। स्कुलबाट आउँदा झ्वाट्ट देखिएका तीनजनामध्येको एउटा केटो ठूलाठूला आँखा भएको मात्र याद छ। बिस्तारै आत्मसमर्पणजस्तो हुँदै गयो। मनमा आउन थाल्यो- ”ठीकै छ, गरिदिन्छु बिहे। आखिरी त्यससँग कति दिन पो बित्छ र ?”

यस्तो सोच्ता मन अलमल्ल पर्थ्यो। त्यससँग नबिते, कससँग बित्छ त जीवन ? तर त्यसको कुनै उत्तर थिएन तथापि मनमा बारम्बार दह्रो गरी एउटै कुरो दोहोरिरहन्थ्यो – ”त्यससँग मेरो कति दिन पो बित्छ र ?”

भनेकै समयमा बिहे भयो र धुमधामले भयो। लुगाफाटा, गरगहना माइतीपट्टिबाट पनि प्रशस्तै थियो, बेहुलापट्टिबाट पनि। साथीहरूले ”ब्युटी पार्लर” मा लगी राम्री पार्ने भएभरको प्रयत्‍न गरेका थिए तर मनमा भने कुनै प्रसन्नता थिएन। जिस्क्याउँथे- त्यसले मलाई कुनै लाजजस्तो पनि लाग्दैनथ्यो। बरु हेर न, म तिमीहरू सबैलाई के गरेर देखाइदिँदी रहिछु भन्ने लाग्थ्यो मनमा तर त्यो के गर्ने भन्ने चाहिँ टुङ्गो थिएन। यो निश्चित गरेकी थिएँ कि ऊसँग मेरो धेरै दिन बित्‍नेवाला चाहिँ थिएन।

एउटा अलग्गै राम्रै घर बनाइदिएको रहेछ नयाँ। त्यसैमा लगेर भित्र्याए। नयाँ घरमा सबैथोक नयाँ थियो। कताकता मनमा खुसीजस्तो पो भयो। मानिसहरू छाँटिँदै गएपछि मेरो कोठामा एकजना महिला पसिन्। झन्डै चार दशक उमेर खाएकी तिनले भित्रबाट ढोका बन्द गरिन्। मेरो छेउमा आएर बसिन् र बेहुलीको घुम्टो उठाएर अनुहारतिर हेरिन्। तिनका आँखा आँसुले भरिएका थिए तर अनुहार खुसीले भरिएको जस्तो थियो। भनिन्- ”नानी ! म तिम्री सासू हुँ नाताले, तर सामाजिक हक मलाई छैन। तिम्रो पतिकी आमा भएर पनि म तिम्रो ससुराकी विधवा भएर बस्‍न सकिनँ। कलिलैमा पति गुमाएकी अभागी नारी थिएँ। घरकाले साह्रै हेला गरेपछि माइतीको शरण परेकी मैले अर्को बिहे गर्नुपर्ने बाध्यता सहेँ। तर मैले आफ्नो छोराप्रतिको आमाको कर्तव्य कहिल्यै बिर्सेकी छैनँ। आज म मेरो अनाथ छोरो तिम्रो पोल्टामा हाल्न आएकी छु। तिमीले त्यसको ख्याल गर्नू आमा भएर। यसले बाबुको त अनुहारै देखेन, आमाको माया पनि पाउन सकेन। मावलमा हजुरआमा र माइजूहरूको औपचारिक मायाले हुर्किएको यो साह्रै दयनीयजस्तो देखिन्छ। थोरै बोल्ने, काम गरिरहने, हाँस्‍नै बिर्सिएजस्तो यसलाई जीवन सिकाऊ नानू ! धनको त कुनै अभाव छैन तिमीहरूलाई, तिमीले यस केटाको जीवनमा खुसी भर। सुखपूर्ण बितोस् तिमीहरूको जीवन।”

उनी मेरो कुनै उत्तर नपर्खी जुरुक्कै उठेर हिँडिन्। राम्री अनुहार पनि ठम्याउन पाएकी थिइनँ। पछाडिबाट मात्र देखेँ एक क्षण ढोकाको चुकुल नखोलुन्जेल।

मन नपरेको मान्छे कसरी मन पर्छ ? केही गर्दा पनि मन परेन ऊ मलाई। हेर्दा साह्रै घिनलाग्दो, नराम्रो पनि थिएन। पहिलो सोचेजस्तो बल्ड्याङ्ग्रे पनि होइन रहेछ। हातगोडा, जीउडाल पनि खोट लगाउनुपर्ने थिएनन्। धेरै नबोल्ने, बलैले बेलाबेला मुसुक्क हाँस्‍ने, बिस्तारो बोल्ने, कामका कुरो मात्र गर्ने रहेछ स्वभाव। दुईजनामात्र भएको त्यत्रो घरमा सुनसानजस्तो लाग्थ्यो। घरका चोटाकोठा कताकताबाट टुलुटुलु हेरिरहेका देख्थेँ। त्यसका आँखा बाणझैँ भएर शरीरका खासखास अङ्गमा गाडिएझैँ लाग्थे। रातरातभरि अन्धकारले थिच्थ्यो, पहाडले किच्थ्यो। छटपटाउउँदै उज्यालो पार्थेँ। रिस उठ्थ्यो।

कहिले खाने कुरामा विष हालिदिऊँ जस्तो लाग्थ्यो, कहिले राति निदाएको बेला घाँटी थिचिदिऊँ कि जस्तो लाग्थ्यो। कहिले आफैँ कतै गएर झुन्डिदिऊँ, हिँडिदिऊँ झैँ लाग्थ्यो।

कति नै बोलाए पनि, कर गरे पनि, मलाई माइत भने जान कहिल्यै रहर लागेन। भाउजूको माया लागे पनि आमा र बाबालाई सम्झँदै रिस उठेर आउँथ्यो। निक्कैपल्ट मैले त्यससँग झगडा गर्ने कोसिस गरेँ तर उसले कहिल्यै मेरो रिसमा तेल थपेन, सधैँ म हार्थेँ, रित्तिन्थेँ।

पालैपालो मन नगर्दानगर्दै तीनओटा सन्तान जन्मिए। पछिल्लोपल्ट जन्मेकी थिई छोरी। त्यसलाई देखेपछि भने मनमा बेग्लै खालको मायाजस्तो पलाएको थियो। नत्रभने अघिल्ला दुवै छोराहरू मलाई प्लास्टिकका खेलौनाजस्ता लाग्थे। नियमानुसार दूध चुसाउँथेँ, सफासुग्घर गर्थेँ, काखमा लिन्थेँ तर तिनीहरूप्रति कहिल्यै उस्तो माया जागेन। तिनलाई काखमा लिइरहँदा तिनका बाबुका अनुहारमा आँखा नाच्थ्यो र भुईँमा राखिदिन्थेँ रुवाउँदै। मनमा लागिरहन्थ्यो – ”कति दिन पो बित्छ र त्यससँग मेरो।” रोइरहेका छोराहरू बोकेर फुल्याउँदै हिँड्थ्यो ऊ।

उसलाई रिस उठोस्, ठानी कहिले के फुटाइदिन्थेँ, कहिले के भत्काइदिन्थेँ। काम नलाग्ने कुरामा जथाभावी खर्च गरिदिन्थेँ। खानेकुरामा पनि कहिले चर्को कहिले पिरो बेस्वादको परिकार बनाइदिन्थेँ। धेरैजसो अर्कै कोठामा सुतिदिन्थेँ, बेलैमा ढोका लगाएर। ऊसँग राम्रोसँग, नरिसाएको भएर कहिल्यै बोल्दिनथेँ। तर यी कुनै कुरोले पनि उसलाई कहिल्यै छोएन।

कस्तो चिसो र चाम्रो थियो ऊ। उसका मनमा के कुरा थिए त्यो कहिल्यै भनेन। माइतीमा मैले आमा बाँचुन्जेल एकप्रकार पाइला राखिनँ भन्दा पनि हुन्छ। भाउजूको निकै माया लाग्थ्यो तर आमाका रिसले म कैयौँ पटक लिनै आउँदा र बोलाउँदा पनि गइनँ। दुईपल्टजति बाबा आफैँ आउनुभएको थियो। सुत्केरी ख्वाउन भनी पनि पटकैपिच्छे लिन आएका थिए तर गइनँ। सानो छोराका पालामा आमा आफैँ आउनुभयो, रुनुभयो, जानुभयो।

‘तैँले यसरी किन माया मारेकी हामीलाई ? किन रुवाएकी मलाई। तीजमा बोलाउँदा पनि आउँदिनस्, चाडवाडमा पनि आउँदिनस्।” मैले आमालाई कुनै जबाफ दिइनँ।

”आमाको मन तेरो पनि छ, पछि थाहा होला सन्तान हुर्किएपछि।” आमाले यसो पनि भन्नुभयो।

तर मलाई उहाँको भनाइसँग मनमनमा हाँसो उठ्यो। मैले कहिल्यै छोराछोरीलाई माया नै गरेकी थिइनँ, मलाई के थाहा हुनु ? मैले सन्तानहरूलाई रहरले, रुचाएर जन्माएकै भए पो तिनको माया हुनु। ती त बल्ड्याङ्ग्रेको एकतर्फी शरीरसुखका परिणाम थिए। उसले मेरो शरीरका अङ्ग-अङ्गसँग खेल्दाखेल्दै तिनीहरू जन्मिएका। ती जन्मने क्रममा मलाई अत्यन्त असुविधा र पीडा भएको थियो। जन्मिसकेपछि आफ्नै शरीरमा उत्पन्न दूध आफ्नै सुविधाका कारण तिनलाई चुसाएकी हुँ।

भित्रैदेखि एकैपल्ट कुनै दिन, एकैछिन भए पनि त्यसको मलाई माया लागेन, मन पग्लिएन। म एकान्तमा रोइरहेको देख्ता पनि त्यसले कहिल्यै किन रोएकी भनेर सोधेन, फकाएन।

कसरी बितेछन् दिनहरू यत्रा लामा वर्षको फन्का मार्दै। छोराहरू हुर्किँदै, बढ्दै, पढ्दै, दुवैले उच्च शिक्षा पूरा गरे। ठूलोचाहिँ दुई वर्षअघि उच्च शिक्षा अध्ययनका लागि भनी अमेरिका पुगेको छ। भाइचाहिँ पनि दादासँगै जान रातदिन इन्टरनेटमा झुन्डिइबस्छ। छोरीले पनि यसपालि बी.ए.को अन्तिम वर्षको परीक्षा दिई।

बाहिरबाट देख्दा कहिल्यै पनि हाम्रो घरभित्र कुनै समस्या थिएन। सानो तथा सुखी परिवार थियो हाम्रो। आयस्रोत राम्रो थियो, झैझगडा थिएन। दुई छोरा एक छोरी रहरका सन्तान देखिन्थे। तिनीहरूले पनि भनेजस्तै शिक्षा आर्जन गर्दै थिए। माइत आएका बेला सासू पनि भेट्न आउँथिन् र जहिले पनि उनले आफ्नो छोराको ख्याल गर्नू भन्थिन्। तर आमा-छोरा राम्ररी बोलचाल गरेको भने कहिल्यै देखिनँ। उनी भन्थिन् – ”बुहारी ! तिमीले मेरो छोराको जीवन सफल पारिदियौ। यो घरलाई मन्दिर बनायौ तिमीले। गाउँभरि तिम्रो प्रशंसा सुन्छु काँक्राका चिराजस्ता छोराछोरी पायौ। तिनीहरू ज्ञानी र विद्वान् भए।”

उनका कुरा सुनिरहन्थेँ र मनमनै अलमल्ल पर्थेँ। के उनले भनेको जस्तो थियो त मेरो घर ? के यो मन्दिर भएको थियो ? मनमनै हास्थेँ उनका कुराले।

छोराहरूले कहिल्यै मलाई पिरोलेनन्, तिनीहरू जतिबेला पनि बाबुकै नजिकमा हुन्थे बाबुसँगै सुत्थे। खर्चबर्च सबै कुरा बाबुबाटै पाउँथे। कहिल्यै कुनै दिन उनीहरू मसँग केही मागेनन् वा ममार्फत बाबुसँग सिफारिस गराउन खोजेनन्। उनीहरू जे माग्थे बाबुले पुर्‍याइदिन्थ्यो। मसँग मात्र कहिल्यै तिनीहरूले एक पैसा मागेनन्। केही कुरा किनिमागेनन्। मैले देख्तादेख्तै तिनीहरू तिनकै बाबुजस्तै देखिँदै गए।

आज आएर सम्झिरहेकी छु, मैले जीवनलाई कसरी बिताएँ। न दुःख भन्नु, न सुख भन्नु। न खुसी भन्नु न बेखुसी। आफैँभित्रको वैयक्तिक असन्तुष्टिले भरिएको कस्तो खाले जीवन भोगिएछ। उमेरको यो छ दशक उकालीमा आइपुगेर आज पछि फर्किएर हेरिरहेछु जीवनलाई- कस्तो अनौठो र बेरसिलो बालुवा बितेछ त्यो।

कहिल्यै माया नगरिएको र सदा घृणा गरिएको लोग्नेको लास लडेको छ आँगनमा। सानो छोरो, छोरी र आफन्तहरू रुवाबासी गरिरहेका छन्। गाउँभरिका सबै भेला भएर उसको गुणको चर्चा गरिरहेका छन्। गाउँभरिकै सबैभन्दा भलाद्मी, ज्ञानी सहयोगीका रूपमा उसको स्मरण गरिँदै छ। मेरा वरिपरि बसेका महिलाहरू मलाई सम्झाइरहेका छन् – ”छोराछोरीको अनुहार हेर्नू, तिनीहरूको छाता हुनू अब। मर्नु बाँच्नु प्रकृतिको नियम हो- जसले पनि एकपल्ट मर्नैपर्छ।”

म लासको छेउमा बसेर टुलुटुलु हेरिरहेकी छु, त्यस शान्त अनुहारलाई।

ती बल्ड्याङ्ग्रे आँखा अब सदाका लागि बन्द भइसकेका थिए। त्यस गम्भीर अनुहारमा पनि अब गम्भीरता थिएन। आनन्दले निदाएजस्तो शान्त देखिन्थ्यो लास। कहिल्यै केही नभन्ने ऊ अब अशरीरी हुन लागेको थियो। कसैले चिसो हुने गरी एकोहोरो शङ्ख फुक्यो। घरको वातावरण मृत्युशोकले गुन्जियो।

एकाएक आँखाबाट बरर आँसु झरे। घ्याप्प घोप्टो परेछु उसको छातीमा। कसैले उठाएनन् हात समातेर। फेरि हेरेँ त्यो शान्त अनुहार। भित्र कतैबाट हुकजस्तै पलाएर आयो- ”अब त कहिले पो भेट हुन्छ र यस मान्छेसँग।”

झापा

Krishna Dharabasi – Ti Udasi Ankha

ती उदासी आँखा


सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?

बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, ‘हेल्लो !’

उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।

मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ ।

बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।

मीरा र मेरो यो ‘प्रातयात्रा’ सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ । यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।

श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो । उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्‍यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ । प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।

घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।

जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन । आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, ‘दिक्क लाग्यो, एक्लै बस्न, अनि…।’

केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, ‘मीरा ! घर जाने होइन – भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने – उनीहरूको पढाइ बिग्रेला नि फेरि ।’
‘भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ – म त अब नजाने गरी आएकी ।’

म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, ‘मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।’

उनले भनिन्,’मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।’
नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।

त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, ‘प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।’

उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?

जे होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक ‘लोग्ने’मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी । मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।

निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।

मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।

जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ – के अर्थ छ ?

छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो । पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।

घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ ।

साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्‍यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।

मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, ‘अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।’

तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।

उनको टाउकोमा हात खेलाउँदै भनेँ,’किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?’

अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, ‘आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।’

एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।

म अलमल्ल भएँ । सोधेँ, ‘कसको देहावसान भयो ?’

मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, ‘कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।’

कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, ‘सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।’
पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।

झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, ‘मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।’

उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, ‘हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।’

राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।