हरिप्रसाद भण्डारी – प्रवृत्ति
(Source of this story: मधुपर्क जेठ, २०६८)
सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।
मन्दिर र कुटीहरूमा चढाएको फूल-प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको बिगबिगी थियो । एक-दुइटा बिराला पनि थिए तर सयौँ मुसाकामासु बिरालाको सङ्ख्या नगण्य थियो ।
मुसाहरूको बगालमा काले र खैरे नामका दुइटा मुसा थिए । दुवै साथीसाथी थिए । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैँ सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।
घरिघरि बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पार्यो भने अकालमा मर्न सकिन्थ्यो । सधैँ सतर्क भएर हिँड्थे ।
बिरालाको फूर्ति देखेपछि काले मुसालाई बिरालोको बन्ने इच्छा भयो र आफ्नो इच्छा साथीलाई
सुनायो ।
-‘जाबो बिरालो !’ खैरेले भन्यो ।
तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फूर्ति देख्दा उसलाई ईष्र्या
लागिरहेको थियो ।
कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पार्यो र बिरालो बन्ने इच्छा जाहेर गर्यो । योगीले आफ्नो योगको बलका आधारमा कालेलाई केही समयका लागि ढाडे बिरालो बनाइदिए ।
‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उपि|mयो, रमायो र वरपर दौडियो ।
बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ, ऊ आहाराको खोजीमा निस्कियो । खैरे र उसका साथीहरुले देखे- काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।