Ramesh Bikal – Naango Rukh

रमेश विकल – नाङ्गो रूख
(नेपाल साप्ताहिक)

त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ ।

हिउंदमा मात्र होइन बर्खामा पनि यो नाङ्गै रहन्छ । अरू वरिपरिका बाग-बगैंचा र उपवनहरूका रूख बुटयानहरूमा हरिया पालुवा फुट्ता यसमा हरियोको किञ्चित् आभाससम्म हुन्न । यो सदा एक रूपमा उभिएको हुन्छ- उजाड, उदाङ्ग)
चार पांच वर्षो केटाकेटी छंदा म झगडालु र पिराहा थिएं । -पछि आमाहरूले भनेको, सुनेको ।) मलाई कन्ट्रोल गर्न आमालाई निक्कै मुस्किल पथ्र्यो । अनि आमा त्यसै रूखलाई औंल्याएर मलाई तर्सर्ाा खोज्नुहुन्थ्यो -हेर, त्यो रूखमा भूत बस्छ । उसले रुने केटा-केटीलाई त लगिहाल्छ ⁄) म पनि रुनुभन्दा पहिले एकपटक त्यस रूखतिर घोप्टे आंखाले हेर्न बाध्य भैजान्थें । -ए क्याहो त ⁄ सांच्चै नै त्यस रूखमा भूत बसेकै छ कि त – म रोएको सुनेर उसले मलाई समातिहाल्छ कि त -’) तर त्यति बेला त्यहां भूत हुदैनथ्यो । सायद ऊ कतै खेल्न गएको अथवा ठूलो भूत भए अड्डा सड्डा गएको हुन्थ्यो । मेरा लागि यो खुब ठूलो मौका हुन्थ्यो । भूतलाई झुक्क्याएर रुने । यसै गरी मैले जहिले पनि त्यस रूखको भूतलाई झुक्क्याएर रोएको थिएं ।

त्यसपछि म बिस्तारै ठूलो हुदै गएं । भूतका बारेमा छ र छैनका अनेक तर्कहरू सुन्दै गएं । -ए अनौठो विश्वमा यो छ र यो छैन भन्नु हुन्न ।’’ छोडिद्यौं- भूतको अर्थ हिजो ⁄ अथवा बितिसकेको । जुन बितिसकेको हुन्छ त्यसको अस्तित्व खालि सम्झनामा बाहेक कहां हुन्छ -’) मेरो मनमा पनि भूतको डर त्यति रहेन । सांच्चै भनुं भने मलाई रुनु पनि त थिएन । तब के को भूतको डर – तर पनि त्यो नाङ्गो रूखमा केही न केही भयानक कुराको आभास त जरुरै थियो । -त्यसको नाङ्गोपना नै त्यसभित्र स्वयम् एउटा डरलाग्दो आभास बनेको थियो ।) हो एउटा कस्तोकस्तो डरलाग्दो आभास । त्यसमा हेर्दा आंफैभित्र एउटा डरलाग्दो आभास जन्मेको म अनुभव गर्थें । र मलाई लाग्थ्यो यसले मभित्र विचित्र कम्पन पैदा गर्छ- आङ सिरिङ्ङ गर्छ, रौं ठाडा हुन्छन् । -केटाकेटीमा पनि आमाले देखाएको भूतको हाउले त्यति सारो मुटु हल्लेको र रौं ठाडा भएको थाहा छैन ।) के सांच्चै यस रूखसंग कुनै अदृश्य- रहस्य जोडिएको छ -‘ कहिलेदेखि यो रूख डरलाग्दोसंग नाङ्गिएको होला -‘ कि यो यसै गरी र्सवाङ्ग नाङ्गो नै उम्रेर नाङ्गै बढेको त होइन – यो प्रश्न बराबर म त्यो रूखसंग गर्ने प्रयत्न गर्छु -सायद यही प्रश्न म आफूभित्रको नाङ्गोपनाको अनुभूतिसंग पनि गरिरहेको हुन्छु ।) तर यसकोे उत्तर मसंग हुदैन, म निराश हुन्छु ।
तर मेरो छिमेकी सान्दाइसंग, मलाई लाग्छ जुनसुकै कुराको पनि जवाफ छ- एउटा कहिल्यै नरोक्किने खोकीका रूपमा । उनी यही खोकीको माध्यमबाट जुनसुकै प्रश्नको पनि उत्तर दिने प्रयत्न गर्छन्- भाउज्यूको अगाडि त भन्नु हुन्न ।’ रत तिमीलाई थाहा छैन, त्यो रूख सधैं यस्तो नाङ्गो थिएन । मैले यसमा वसन्तका कोपिलाहरू फुटेको पनि देखेको छु । तर अकस्मात् उनको चर्को बोलीमा ब्रेक लागेपछि म तत्कालै ठम्याउंछु- पक्का यसको कारण भाउज्यू हुनुर्पर्छ । अनि म त्यही सोझेरीमा ढोकैबाट आंगनतिर हेर्छु -हाम्रो कुरा सान्दाइको दक्षिणतिरको आंगनको कुनामा भैरहेको हुन्थ्यो । सान्दाइको आजभोलिको कीलो यही थियो । उनी दिनको अठाह्र घण्टा भनेझैं यही एउटा सत्रन्जीको छहारीमुनि एउटा मैलो ओछयानमा आफ्ना बितेका रमाइला दिनहरूको मुदा काखी च्यापेर लडिरहन्थे ।) नभन्दै मेरो अड्कल ठीक हुन्थ्यो । ढोकाको संघारमा उभिएकी भाउज्यू ज्यादै निर्मम र क्रूर आंखाले सान्दाइतिर हेरिरहेकी हुन्थिन् । अनि सान्दाइ’- बिचरा सान्दाइ- खोकी त उनको व्यक्तित्वलाई आधार दिने बहाना मात्र थियो । वास्तवमा भाउज्यूका आग्नेय नेत्र नै उनको हंस सुकाउने मूल कारण थियो । किनभने भाउज्यूको पार्रदर्शक आंखाअगाडि आफू संधै त्यही रूखझैं नाङ्गिएको अनुभव गर्थे उनी । तर उनी आफ्नो यो पराजयलाई सहजै स्वीकार गर्न सक्दैनथे । त्यसैले उनी यस पराजयको अगाडि सधैं सो अन्त नहुने खोकीलाई र्सार्दथे ।

त यिनै बिचरा सान्दाइ । उनीसंग प्रत्येक प्रश्नको जवाफ थियो । आखिर उनी राजनीतिका भूतपूर्व नेता थिए । उनले काम गर्ने जीवनीको अधिकांश काल राजनीतिको झन्डा कांधमा बोकेर हिंडेका थिए । तर बाह्रौं वर्षतपस्या गर्दा पनि -वास्तवमा नेताहरूको झन्डा बोक्न बाहेक उनको अरू कुनै टयालेन्ट पनि नभएकोले) नेताहरूको झण्डा मोटरले बोक्न थालेपछि उनी फाल्तु भएका थिए । त्यसैले उनी आफूलाई राजनीतिक पीडित सम्झन्थे । तर भाउज्यूको र उनका अरू सम्बन्धीहरूको दृष्टिमा भने सान्दाइ न कुन राजनीति पीडित थिए, न त कुनै ज्यानदार प्राणी, उनी एउटा ऐंजेरु थिए- कोरा ऐंजेरु ।

किन्तु सान्दाइ अझैं आफ्नो राजनीतिक प्रतिभादेखि संशयपूर्ण थिएनन् । त्यसैले उनीसंग जुन कुराको पनि रेडिमेड’ जवाफ हुन्थ्यो । -सायद कुनै आशावादी दार्शनिकको विचारबाट उद्धृत) त्यो अगाडिको नाङ्गो रूखको प्रश्नलाई लिएर पनि उनको रेडिमेड जवाफ थियो- ‘त्यो रूख हो, त्यो नाङ्गो रूख,’ तिमी हेर्दै जाऊ डाक्टर बाबु’ त्यसमा एक दिन अवश्यै कोपिला फुट्ला’ आखिर हाम्रो त्याग, तपस्या, सहिदहरूको बलिदान’।

सान्दाइको सो राजनीतिक जोस अझै पनि जस्ताको तस्तै जोसिएरै रहेको थियो र यही जोसै जोसमा अब उनी कति जोसिला भैसकेका थिए भने बिहान बेलुकी भातका गांससंग भाउज्यूका बचनको गिर्खा र व्यङ्ग्यका ठुन्का पनि किञ्चित नमानी चपाइदिन्थे । अनि दिनभर दक्षिणतिरको कुनामा निश्चित भएर लेट्थे र आफूसंग अर्ती लिन आउने ठिटाहरूलाई आफ्नो राजनीति ज्ञानको कवजले सुसज्जित तुल्याएर, उनीहरूको दिमागको पत्करमा जोसको आगो सल्काएर पठाउंथे ।

-अनि त्यही बेला भाउज्यू अगाडि परिन् भने उनको सो जोस खोकीको दोलाईभित्र लुक्न पुग्दथ्यो ।

यसै गरी सान्दाइ आफ्नो त्यो सानो आंगनको दक्षिण कुनामा खोकीको बहाना ओढेर पल्टिरहन्थे । अगाडिको नाङ्गो रूखलाई हेरिरहन्थे । उनको अगाडि नै सायद त्यस रूखबाट पात पालुवा झरे होलान् -कि यो रूखलाई हरियो भरिलो मैले देखें भन्ने भ्रमलाई मात्र उनले पालेका हुन् -) उनका सबै सपना नाङ्गिए होलान् । तैपनि उनी त्यसमा पालुवा फु्ट्ने आशलाई छोड्न सक्तैनन् ।

– हर्ेर्नुहोला डाक्टर बाबु, यसमा एकदिन पालुवा नफुटी छोड्नेछैन ।- उनी जोस्सिएर भन्थे र सायद उनी मेरा आंखामा पनि आफ्नै रङ्गको चस्मा चढाउन खोज्दथे । त्यस युगयुगान्तर देखिको नाङ्गो रूखमा कोपिला फुटेको मैले पनि देखोस् भन्ने उनी चाहन्थे ।
रात-बिहान जुनसुकै बेला पनि आफ्नो कोठामा पस्न खोज्दा मेरा आंखा पूर्वतिरको खुला झयालबाट झवास्झवास्ति त्यस नाङ्गो रूखमा पर्छन् । म त्यस रूखको नाउं र जात् पनि त चिन्दिनं । -के को रूख हो त्यो – बर – पिपल – चांप -‘) खालि यो नाङ्गो छ । भोक र दरिıताले चुटेर नङ्ग्याएको मानिसका करङै करङको ढांचा जस्तो यसका हांगा बिंगा फैलिएका हुन्छन् । यसले आफ्नो नाउं र जातिसमेत यही नाङ्गोपनामा हराइसकेको छ । मलाई आमाले केटाकेटीमा बताउनुभएको भूतको सम्झना आउंछ, सान्दाइले एक दिन बताएका झुन्डिएर मरेको मानिसको सम्झना आउंछ । -त्यो मानिस त्यसै रूखको उत्तरपट्टकिो नाङ्गो हांगामा झुन्डिएर मरेको थियो रे ⁄’ अथवा झुन्डयाएर मारिएको थियो रे- जे होस्, के फरक पर्छ र -) मलाई कता-कता डर लागेर आउंछ । आमाले बताएको भूतको डर होइन, बरू कता मैले पनि त्यसैको कुनै हांगामा झुन्डिएर मर्नुपर्ने त होइन भन्ने डर ⁄ आखिर म पनि त त्यही रूखजस्तै पला-पला नाङ्गिदै गएको छु । ‘त्यसै सन्त्रासको स्थितिमा म सान्दाइको घरतिर हेर्छु उनी दीर्घरोगले अथवा मानसिक पक्षघातले डल्लिएका उही आफ्नो आन्ıो गाडिएको ठाउंमा आधी लेटेझैं आधी बसेझैं छन् । उनी बसमार अथवा आशा चुरोटको सर्को तानिरहेका हुन्छन्- ‘तिमीहरू यसलाई थोत्रिएको, नाङ्गो र केवल ढांचा मात्र देख्छौ । किनभने तिमीहरूले यसको बहारका दिनहरू देख्न पाएनौ । तर मैले त ठिटाहरू उनका कुरा त सुन्छन्, तर यसले उनीहरूका अनुहारमा आशाको किञ्चित रेखा पनि कोर्न सक्तैन । बरु असन्तोष र अविश्वासका रेखाहरू नै कोरिन्छन्- होइन सान्दाइ, यो जर्ीण्ा रूखलाई ढाली नै दिए के बिगार पर्दछ – बरु यसका ठाउंमा नयां बिरूवा रोपे के हुन्छ – तर सान्दाइ यस कुरामा मञ्जुर छैनन् । उनी त्यस नाङ्गो रूखको मोहमा टांस्सिएका छन् । उनी त्यसलाई ढाल्ने कुराले एक दम भड्किन्छन्- ‘के कुरा गरेको ⁄ यो नाङ्गिएको छ, तर यसले इतिहास बोकेको छ । इतिहास मेटाउन खोज्छौ तिमीहरू – मलाई सोच्न कर लाग्छ ⁄’ इतिहास बोकेको छ यसले -‘ कस्तो इतिहास बोकेको छ -‘ मान्छे झुन्डिएको इतिहास । मेरो आंखाअगाडि एक्कासि अनेकौं इतिहासका मुर्तिहरू जुलुस बनाएर हिंड्न थालेझैं मलाई भान हुन्छ- असङ्ख्य असङ्ख्य इतिहासका मुर्ति, जो आफू पनि प्रतिपल नाङ्गिदै गएका छन् । अनिश्चित प्रेरणाले जोरिएका पशुका बथान ⁄ के यी पनि त्यही नाङ्गो रूखका कुनै न कुनै नाङ्गा हांङ्गामा झुन्डिन जांदै छन् -‘ आजभोलि त्यस रूखमुनि एउटा अर्को नाङ्गो जोडा पनि थपिएको देख्न थालेको छु । एउटा बूढो माग्ने र तरुनी छोरी ⁄ म झयालअगाडि आफ्नो निश्चित ठाउंमा बस्नासाथ त्यस जोडालाई देख्छु । जराजर्ीण्ा कन्थामा प्रायः नाङ्गै ती त्यहां माग्न बस्छन् । बूढो आफूभित्र सम्पूर्ण शक्तिले चिच्याउंछ, केही दया र केही धर्मको नाउंमा । -नभए व्यापार कै नाउंमा,) बूढाको पस्रिएको कचौरामा निश्चित रूपमा परबाट उडाएर ल्याएको सुकेको पत्कर खस्छ । तरुनीकोमा यदाकदा’ म दिनदिनै सायद प्यारालाइज हुदै गैरहेको छु । म पनि प्रायः अठाह्र घण्टा त्यही झयालमा बसेर त्यस नाङ्गो रूखको माथिल्लो हांगामा हेरेर समय काट्न लागेको छु । सान्दाइले मेरा आंखामा पनि एउटा भ्रमको बीउ रोपिदिएका छन् । नभन्दै म पनि रूखका पालुवा देख्छु । एक दिन अकस्मात् उनी मलाई हकार्दै भन्छन्- डाक्टर बाबु ⁄ लौ हेर्नोस् ⁄ देख्नु भो तपाईंले -‘ रूखमा एउटा पालुवा फुट्यो नि ⁄’ मैले भनेको होइन तपाईंलाई – एउटा हरियो पालुवा त्यस रूखको आंख्लामा फुटेको छ ⁄’ अनि म अक्सर गरेर त्यसलाई त्यहां देख्नथाल्छु । के म पालुवा देख्ने भूल गर्न थालेको छु – अनि सान्दाइको जोसिलो लेक्चर कानको भित्र गुंजिएको सुन्न थालेको छु । तर यस जोसमा यदाकदा ब्रेक लागेपछि म अन्दाज गर्छु- भाउज्यू ढोकामा उभिएर सान्दाइलाई जल्दा आंखाले हेरिरहेकी छन् ।

यी सब लेक्चर र जोसका विरूद्ध म आफू भने दिनदिनै भित्रभित्रै खोक्रिंदै जान थालेको अनुभव गर्दै छु । म सम्पूर्ण रूपमा सीमित हुदै गएको छु- भाव, भाषा, विचार सबै रूपमा सीमित । मेरा चारेतिरका सीमाका घेराहरू सांगुरिंदै गएको अनुभव गर्छुु आफ्ना जहानबच्चाका आंखामा पनि सान्दाइका जहानबच्चाका आंखामा पौडिने भाव पौडिन लागेको देख्न थालेको छु । अब मलाई पनि सान्दाइकै जस्तो आफ्नो पराजय लुकाउनका लागी खोकी अथवा त्यस्तै कुनै र्सवमान्य रोगको ढाल आवश्यक भएको अनुभव हुन थालेको छ ।

-म पनि प्रायः त्यही पूर्वतिरको झयालसामु बसेर त्यस नाङ्गो रूखमा हेर्दै दिन काट्छु र आफ्नो मानसिक क्षोभ लुकाउन सान्दाइसंग प्रश्न गर्छ ुसान्दाइ त्यो पालुवा अझै देखिन्छ -‘) अनि एक दिन म के देख्छु भने सान्दाइका पुराना आस्थावान् आंखा च्यातिएझैं एक तमाससंग त्यो नाङ्गो रूखको सबैभन्दा माथिल्लो हांगामा क्वार्क्वार्ति हेरिरहेका छन् । उनको अनुहार आशाङ्का या आतङ्कले फुस्रो भएको छ । उनको पक्षघातले आक्रान्त शरीर झन जडझैं देखिएको छ ।

-के भयो सान्दाइ – मलाई पनि सान्दाइको आतङ्कको संक्रामकताले छोएझैं अनुभव हुन्छ । मेरा आंखा आधि सान्दाइमा र आधि त्यो नाङ्गो रूखको नाङ्गा हांगामा चाल्न थाल्छन् । – के भयो त्यो हांगाको पालुवा ⁄ सान्दाइ भयभीतझैं देखिन्छन् । उनको स्वर एकदम मर्ूछा परेझैं लाग्छ ।- त्यो पालुवा त्यहां देखिन्छ । डाक्टर बाबु -‘ म देख्न सक्तिनं नि’। मेरा आंखा धमिला भएका त होइनन् –
मलाई पनि आर्श्चर्य लाग्छ । अगिपछि मेरा आंखामा पालिएको भ्रम पनि आज छांटिएझैं छ । निकै कोसिस गरेर पनि त्यो पालुवाको भ्रमलाई देखिरहेको छैन । त्यो रूख मैले केटाकेटीदेखि देखेजस्तै नाङ्गो छ- सम्पूर्ण रूपमा नाङ्गो ⁄ -होइन सान्दाइ ⁄ तपाईंका आंखा धमिलो होइनन्, बरू चहकिला-तेजिला भएका छन् । म पालुवा देख्न सक्तिनं । -मेले त कुनै बेला पनि देखिन। आजसम्म सान्दाइले दिएको भ्रम मात्र आंखामा पालेर बसें) तपाईंका र मेरा दुबैका आंखा ठीक छन्’ ।’
-होइन, होइन -सान्दाइ नराम्रोसंग उत्तेजित हुन्छन् । त्यस नाङ्गो रूखमा पालुवा नभएको यो यथार्थको उद्घाटनले उनलाई मानौं अस≈य वेदना भएझैं देखिन्छ । मलाई पनि डर लाग्छ- सान्दाइ ⁄ -डाक्टर बाबु ⁄ सान्दाइ केटाकेटीझैं रोइदिन्छन् ।- के यो रूख सांच्चै नाङ्गो रहेछ त ⁄’ हो वास्तवमा मेरो घरअगाडिको त्यो रूख सुरुदेखि नै नाङ्गो थियो । -कहिले देेखि हो, कसैलाई थाहा छैन ।) सायद यसको जातै नाङ्गो । तर सान्दाइ र मैले एउटा भ्रम पालेर यसको हांगामा कोपिला फुटेको देख्ने प्रयत्न गरेका थियौं । अनि आज’-‘ मेरो झयाल त्यहीं छ । म -उमेरले बिस्तारै पाक्दै गए पनि) त्यहीं छु । मेरो झयालसामु म बस्ने ठाउं पनि त्यही रूपमा नाङ्गो छ । फगत फरक केही छ भने मेरो त्यस रूखलाई, त्यसको नाङ्गोपनालाई हेर्ने दृष्टिमा फरक छ । आज म त्यस रूखलाई त्यसका माथिल्ला हांगामा कोपिला फुटेको देख्ने भ्रम लिएर हर्ेर्दिनं । म आज त्यसको पूर्ण नाङ्गोपना र त्यसका साथसाथै आफू पनि नाङ्गिदै गएको अनुभव गर्न हेर्छु म कतिसम्म नाङ्गिन -खोक्रिन) सक्छु त्यसको अनुभव कस्तो हुन्छ, त्यसको ज्ञान गर्ने गहिरो इच्छा मनमा पालेर हेर्छु यसका साथै मेरो मनमा एउटा अस्पष्ट इच्छा यो हेर्ने पनि छ- त्यस रूखका नाङ्गा हांगाले कति मानिसको भारलाई झुन्डयाउन सक्छन् ।
तर जे होस्, यो नाङ्गो रूखमा अब कुनै पालुवा चढ्दैन, यो निश्चित छ ।- सान्दाइ ⁄ बरु यो नाङ्गो रूखलाई काटेर यसका ठाउंमा नयां बिरूवा’।

-होइन, होइन । सान्दाइ अझै यो बिचारलाई सहन सक्तैनन् । -आखिर यसले इतिहास त बोकेको छ ।

नेपाल साप्ताहिक
अंक १२४

Ramesh Bikal – Lahuri Bhainsi

रमेश विकल – लाहुरी भैंसी

‘लुखुर्‍या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । बोलिसकेपछि उनी आफैं झस्केर चारैतिर हेरे- नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिंगो । उनी आफैं लज्जित भए, अनि अलि खिस्सिएको स्वरमा तल्लो पाटो खन्न लागेको रामवीरे घर्तीलाई हकारे- ‘रामे, ए रामे ! लुखुरेको आँगनाँ केको रुमलो हो हेर् हेर् ! एउटा कालो-कालो डिंगोजस्तो पनि देखिन्छ नि ?’ ‘हँ, बा ? होइन बा, अस्ति कता हुँदो तल लुखुरे भैंसी लिन जान्छु भन्थ्यो नि, ल्यायो पो कि त !’- रामवीरे बडबडाउँदै द्वारेबाका आँगनतिर उक्ल्यो, द्वारेबाका गोडामा पुर्पुरो टेकायो, अनि निधारमा हातको छहारी पारेर लुखुरेको आँगनतिर नियालेर हेर्‍यो, ‘ए, हो त नि, ऊः क्या त त्यो भैंसी नै त हो, ल्याएछ ए बजियाले !’

‘लुखे बजियाले भैंसी ल्याएछ ?’- द्वारेबाले घोर आश्चर्यको स्वरमा भने, मानौं लुखुरेले भैंसी ल्याएको कुरा उनी सपनामा पनि पत्याउन सक्दैनन् । साँच्चै नै उसले भैंसी ल्याएको हो भने योजतिको घोर आश्चर्य र घोर अपराध अरु केही हुन सक्दैन ! आफूले एउटा भन्याजस्तो लाहुरी जम्का गर्दागर्दै छेपारोको उखान भैरहेछ, लुखुरे नाथुले भैंसी ल्याउने ! यो कसरी हुन सक्छ ? उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पडझैं लाग्यो । उनले मनमा असजिलोपनको अनुभव गरे- भित्र अलि चस्केझैं, भित्र मुटुमा कसैले फोनबाजाको सियोले च्वास्स घोचिदिएझैं उनलाई लाग्यो ।

‘कस्तो भैंसी ल्याएछ हँ, लुखे बजियाले ?’ … ‘खोइ, बा, गोडा चारेक सयसम्मको हेरेर ल्याउनुपर्ला भन्थ्यो लुखे’- रामेले सपनामा डुबेझैं एक तमासको स्वरमा भन्यो । उसका आँखा एक टिठ लागेर लुखुरेको आँगनतिर हेरिरहेका थिए । सायद, ऊ पनि आफ्नो यस्तै भैंसी बाँधिएको, अनि रूपले भएको सपनामा चहार्न पुगेको थियो । द्वारेबाको मुटुमा ज्यादै उत्सुकताको काउकुतीले कुत्कुत्यायो ! कस्तो भैंसी ल्याएछ त ए, लुखे बजियाले ! उनका गोडा भयानक आकर्षण शक्तिले खिचेझैं लुखुरेको घरतिर जोडिए । ‘हिँड्, हेरिहालौं । कस्तो भैंसी ल्याएछ त्यस बजियाले ।’

लुखुरेको आँगनमा मानिसहरू जम्मा भएका थिए । उसको चारवर्षे छोरो पोडे लाहुरी भैंसीका चारैतिर थपडी बजाउँदै घुम्दै थिए । बाबुले आकुरी भन्ज्याङमा भैंसी ल्याइपुर्‍याएदेखि नै उसको भैंमा खुट्टै थिएन । बाबु आँगनमा आइपुग्दानपुग्दै उसले बाबुले भैंसी ल्याएको कुरा आफ्ना सबै दौंतरीहरूलाई भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो । बाबुले आँगनमा पाइला राख्नासाथ ऊ खुसीको आवेगले उपि|mँदै गएर बाबुको दौराको फेर समातेर झुन्डिन पुगिसकेको थियो । ‘बा, हाम्रो भैंसी त हो नि ।… भने त यति ढुंग्रोभरि दूध दिन्छ बाबै ।… अनि मोही पार्ने । अनि धेरै घ्यू सहराँ लगेर बेचेर हाम्लाई राम्मो दौरा किन्ने ! किन्ने हगि बा ? … हगि भन्या…’

‘लौलौ, अब सहरमा जाँदा राम्रो दौरा किनिदिने’- लुखुरेका ओठमा अहिले मधुर हाँसो खेलिरहेको थियो । उसको मन आज प्रफुल्ल थियो । छोराको लिँडेढिपीले आज उसको मनमा कटुता पैदा गरेन, अनि वेदनाले उसको मुटु चिरेन, किनभने कटुता र आत्मप्रवञ्चमा पैदा गर्ने निराशा उसको खतम भैसकेको थियो । आज उसको आँगनमा लाहुरी भैंसी सारसौदै-बाँधिएको थियो । त्यो लाहुरी उसको सानु छोरोको धेरै कालदेखिको लिँडेढिपी र नमर्ने सपनालाई पूर्ति गर्न कल्पवृक्ष भएर उसको दैलोमा बाँधिएको थियो । उसले लाहुरीतिर अत्यन्त स्नेह र ममताको आँखाले हेर्‍यो । सन्ध्याको शतल हावाको स्पर्श उसलाई त्यति बेला भाग्यको मृदु हातले स्पर्शझैं लाग्यो, आमाको स्नेहको सुमसुम्याइझैं लाग्यो । ऊ विस्तारै लाहुरीतिर गयो- गजबको लाहुरी भैंसी ! बडो बारमाने बाटाजत्रो कल्चौंडो । झिंगा पनि चिप्लेलाजस्तो चिल्लो-कालो जीउ, छोटाछोटा, मोटामोटा सिङ- उसका अंगप्रत्यंग सबै रोमाञ्चित भएर आए । ऊ लाहुरीको जीउमा अति ममताले मुसार्न थाल्यो ।

लुखुरे मात्र होइन, आज उसकी स्वास्नी घैंटी पनि उमंगमा डुबेकी थिई । उसले आज अघिपछिको जस्तो झर्कोफर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिई । अघिपछि लुखुरेले लोहोटामा पानी माग्दा दसथरी जवाफ दिने उसको आज बोल्नै नपरी पानी टक्र्याई । अनि, लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पीठाको खोले पकाएर लाहुरीलाई खान दिई । दुई डोका खाँदीखाँदी घाँसको भारी ल्याएर पिँडीमा थुपारेकी थिई- योचाहिँ भरेलाई भनेर । अनि, आज ऊ बडो उत्साहले भित्र र बाहिर फर्‍याक र फुरुक्क गरिरहेकी छ । लुखुरेले हेर्‍यो, ऊ मनमनै फुल्यो । यो सबै लाहुरीको प्रताप थियो । नत्र घैंटीको हँसिलो अनुहार हेर्न, उसको मीठो बोली सुन्न लुखुरेको आँखा चैबीसै घन्टा छटपटाउँथे, कान चौबीसै घन्टा तिर्खालु हुन्थे । एक वचनको दस वचन जवाफ दिने, राम्रो कुरालाई पनि नराम्रो र अपि्रय रूपमा लिने, कहाँको अघिपछिको घैंटी ! कलह र दुष्टताकी मूर्ति, अनि कहाँ हँसिलीखुसिली आजकी घैंटी- ममता र सेवाकी मूर्ति ! मुग्ध भएर स्वास्नीको फर्‍याकफुरुक हेरिरहेको लुखुरे अति प्रशन्न भएर हाँस्यो । अनि, चारैतिर हेर्‍यो- आज सम्पूर्ण प्रकृति नै हाँसेजस्तो उसलाई लाग्यो । पश्चिमपट्ट िडाँडामाथिसम्म फैलिएको सिन्दुरे लाली अनि घरको वरिपरि फैलिएको वन-जंगल, पाखा, पहरा अनि रुखपात सबैले आज उसको खुसीमा खुसी मिसाएर हाँसेझैं उसलाई लाग्यो । उसले अहिले साँच्चै पाँच-पाँच कोस बाटो हिँडेर आएको थकाइ सबै बिर्सियो । ऊ बीसवर्षे जोसमा आफ्नै हातले लाहुरीको चाकरी गर्न थाल्यो । आफ्नै हातले फेरि खोले तताएर खान दियो, जीउमा कटकटिएका सुकेका गोबरका पाप्रा आफ्नै हातले धोई-पखाली गर्‍यो । पाडालाई आफ्नै हातले तेल खान दियो । यो सबै सकेपछि ऊ मग्न भएर लाहुरीको जीउमा मुसार्न लाग्यो- त्यसैत्यसै, यसैको जीउमा टाँस्सिउँलाझैं, लीन हुँलाझैं !

त्यसैबेला उसको आँगनमा द्वारेबाले पदार्पण गरे । उनको साथमा रामवीरे थियो, अनि घमाने र खलाल पनि थिए । द्वारेबाले आफ्ना चीलका जस्ता आँखा त्यो देख्दै रहरलाग्दो लाहुरीमा गाडे- चीलले सिनुमा गाडेझैं तीखा, घोच्ने आँखा । अनि, अरुले पनि विभिन्न भाव र सपना आँखामा भनेर त्यै लाहुरीमाथि मानसिक हमला गरे । ‘कति हालिस्, ए लुखे ?’ मग्न भएर लाहुरीलाई सुमसुम्याइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले झस्क्यो, ‘हँ बा ?” उसले हडबडाएर हेर्‍यो, द्वारेबा आँगनमा । ऊ हडबडाएर उठ्यो, हत्त र पत्त द्वारेबाको गोडामा ढोगिदियो, अनि लेग्रो तानेर भन्यो, ‘अँ… काँ बा, पर्‍यो नाइँ गोडा सत्रेक बीस ! कि कसो बा ?’- उसले अलि जिज्ञासुक आँखाले द्वारेको मुखमा हेर्‍यो ।

लुखुरेको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको संगीत र आँखामा छचल्कने सुनौलो सपना द्वारेबाको आँखामा त्यति मीठो लागेन । हृदयमा केले-केले चस्स घोचेझैं अनि जिभ्रामा अलि टर्रो, तीतो नमीठोपना रमाएझैं उनले अनुभव गरे । उनको अनुहार अलि नमज्जा लागेझैं एक पलको निम्ति खुम्चियो, आँखामा दावानलको फिलिंगोझैं कुन्नि के हो रोक्कियो, तर यी सबै विरोधाभाषलाई आफ्नो मीठो चिप्ल्याई भित्र छोप्न उनी तत्कालै सफल भए । ‘खोइ बाबै, यसै भन्न त कहाँ सकिन्छ र, भैंसीको जात ।’ यति भनेर उनी भैंसीको नजिकै गए । नजिकै गएर उनले भैंसीको सबै कुरा जाँचे-निहुरेर थुन र कल्चौंडो जाँचे, चारैतिर घुमेर जीउडाल, आँखा, सिङ सबै जाँचे- फराकिलो पुठ्ठा, बारमाने बाटाजत्रो कल्चौंडो, अनि मोटामोटा थुन, अनि चिल्लो कालो झिंगा पनि चिप्लेलाजस्तो आँङ, नीला निर्दोष आँखा छोटाछोटा, मोटामोटा सिङ-भैंसी साँच्चै गतिलो देखिन्थ्यो, रहरलाग्दो । द्वारेबाको मन धमिलिएर आयो- धुँवाले ध्वाँसिएर कपडा धमिलिएजस्तो ।

‘भैंसीलाई त अलि बढी नै हालिछस् । दूध कति देला ? कल्चौंडो मात्र भएर के गर्नु, मासु खान भएन मोटो छ भनेर !’- उनका आँखा र नाक अलि खुम्चिए । लुखुरेको सातो उडिगो । ‘किन र बा ?’ उसले सशंकित र भयभीत आँखाले द्वारेको आँखामा हेर्‍यो ! त्यहाँ उसले कुनै किसिमको विकार पहिल्याउन सकेन, किनभने द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुँगाभित्र लुकेको ओठमा फरफराइरहेको थियो । अब द्वारेबाले उसको शंकाले फुसि्रएका आँखामा गहिरोसँग हेरे, अनि एकपटक फेरि जाँच्नै कष्ट उठाए । उनले लाहुरीको चारैतिर घुमेर जाँचे, अनि अन्त्यमा बढो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे, ‘बाबै, भैंसी त धम्की छ, कसो ए रामे, हेर् त, कि मैले जानिनँ ?’ रामवीरेले एकपटक द्वारेबाको आँखामा हेर्‍यो, अनि उनले जस्तै भैंसीको चारैतिर घुमेर जाँच्यो । अनि खुलाल, घमानेले पनि त्यही अभिनयलाई दोहोर्‍याए । अन्तमा रामवीरेले बडो लाचारीसाथ घोषणा गर्‍यो, ‘द्वारेबाका आँखा किन झुक्किन्थे र ? यस्ता कत्ना-कत्ना भैंसी खेलाइसक्नुभा’ पो त, कसो घमाने दाइ ? भैंसी धम्की नै होइन त ?’

‘हँ’- घमाने र खुलाल एकै साथ घन्के । हुन त त्यो घन्काइमा रामवीरेको समर्थन अथवा विरोध के थियो कुन्नि, तर द्वारेबाले यसलाई आफ्नो समर्थनपट्ट िबंग्याइहाले । ‘हाम्राँ आँखालाई भुल पार्न त बाबै… यै ज्यानले कत्ना-कत्ना भैंसी सुमरियो, आँखा गतिला नभैदिया भा’ त ढुटीमाटी भैसक्ने थियो ।’ लुखुरेले दिउँसै तारा देख्न थाल्यो । अन्ततः कालिमाको महाराहुले आफ्नो चिरकालदेखिको सपनाको जुनलाई सलक्क निलेझैं उसलाई लाग्यो, अनि आफूचाहिँ अनन्त अन्धकारको खाडलमा अमल अमल भास्सिएझैं- कुनै समाउने काँसको बुटोसम्मन् छैन । हे भगवान् ? ‘होइन बा, ज्याम्दीका ढकाल त किरिया हाल्थे नि ? केही खोट रहेछ भने सित्तैं भो भन्थे नि त ?’… तैपनि उसले छाम्ने कोसिस गर्‍यो । द्वारेका आँखीभौं केही खुम्चिए, ‘को, त्यै बाउँठे ढकाल ? त्यसका कुरा पत्याउन थाले त मान्छे खोलाँ’ पर्छ । कतिलाई भड्खाराँ’ जाक्यो, त्यस्तो बेइमानी पो त त्योेे ! कसो रामे … कि मैले मिथ्या बोल्या’ हुँ ?’

‘कैले बा, यो भैंसी धम्की रहेनछ रे भने त हाम्रो मुखाँ’ जाँड हालिदिनु ।’ रामवीरे घर्तीेले बडो दृढ भएर भन्यो र आफ्नो बचनको तौल द्वारेबाका आँखामा खोज्यो । लुखुरे दुवै हातले पुर्पुरो समातेर आँगनमा बस्यो । केही क्षणअगाडिको उसको मानसिक सपनाको फूलबारीमा एक्कासि तुसारो वैरियो । अघिसम्म उमंगमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरणमा अहिले अवसादको कालो बादल दौडियो । उसका आँखा तिरमिराउन थाले, आँखाअगाडिको हाँसिरहेको आकाश, गाइरहेका चराचुरुंगी, नाचिरहेका लहरा-पात सबै धमिला देखिन थाले । शरीरभर पसिना चिटचिटाएझैं उसलाई लाग्यो । के त उसले वर्षौंदेखि पालिराखेको सपनाको संसारमा भुइँचालो आयो ? के त उसले सुन ठानेर पानीसरि पैसा वैरिएको वस्तु पितलको टुक्रो ठहरियो … के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो ? हेर्दाहेर्दै घर, भैंसी, सानो पोडे सबैका अनुहार बादलभित्र पसेझैं उसलाई लाग्यो । ‘हे ईश्वर !’ … उसको छातीबाट एउटा दर्दिलो सुस्केरा निस्केरा निस्केर वायुमण्डलमा रुमल्लियो ।

‘असत्ती काठो ! भोलि नै लगेर त्यसको डिंगो त्यसैको दैलोमा मिल्काइदिन्छु’- लुखुरे दुःख र पीडाले बडबडायो । बाबुको एक्कासि बदलिएको भाव देखेर अघिसम्म संसारको बादशाहझैं खेलिरहेको सानु डराएको र शंकाएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो । अघिसम्म सम्पूर्ण अंग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान बर्साइरहेकी घैंटी पनि अहिले पानीमा परेको गुइँठा फुलेझैं फुलेको, ढोकाको एउटा फक्ल्याँटो समातेर उभिरहेकी थिई । लुखुरेले देख्यो- सबै अनुहार ओइलाएका थिए । द्वारेबा घोप्टे दिन बेलुकी भैंसीले दूध पनि थोरै दियो । वास्तवमा पाँच कोस बाटो हिँडाएर ल्याएको हुनाले यो स्वाभाविक पनि थियो, तर यो स्वाभाविक घटनाले पनि लुखुरेको मनमा शंकाको बीजलाई अंकुराउन मलजल गर्‍यो । साँच्चै दूध किन कम दियो ? भैंसी खोटो नभएको भए यस्तो किन भयो … रातभर ऊ ओछ्यानमा छटपटाई मात्र रह्यो । उसको जीउको एक-एक अणुमा हजारौं अरिंगालले चिलेझैं चर्किरहेको थियो । एकातिर बालक छोराको रातदिनको सपना-जपनापछिको रटना चकनाचुर हुनु, अर्कोतिर त्यतिका रुपियाँ खोलो लाग्नु । त्यो पनि आफ्नो गोजीबाट झिक्न सक्ने भैदिया भए के थियो र, पैसा भन्या छोराको हातको मयल, आज यसले कमायो भोलि उसले उडायो, भोलि उसले कमायो पर्सि यसले उडायो, तर नेपाल बाहुनको रिन उसले कुन जुनीमा तिर्ने ?- लुखुरे यताबाट उता उताबाट यता छटपटिन थाल्यो । अँध्यारोमा उसको आँखाअगाडि त्यो दुई सय पचास रुपैयाँ नेपाल बाहुन भएर नाच्न थाल्यो । अनि, त्यो नेपाल बाहुनको मूर्ति फलामजस्तै कालो भयो । अनि त्यसका औंलामा लामालामा नंग्रा निस्के- लामा-लामा नंग्रा आफूतिर बढ्दै आएका ।

असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केरा मिसिएको चित्कार त्यो अन्धकारमा रुमल्लियो । त्यो चित्कारले घैंटीको मनमा लोग्नेप्रति सहानुभूति जन्माउनुको साटो जुन उग्रक्रोधको राँको सल्काउन घ्यूको पो काम दियो । ‘खाइस् अभागी ग्वाङ्ग्रा ! यसो आफूभन्दा जान्ने-सुन्ने दुई-चार जनालाई लगेर देखाउनुपर्छ, त्यत्रो पैसा लगेर भडखाराँ’ वैरियो कि वैरिएनौ ! बुद्धिमा डढेलो सल्केको ।’ अघि साँझसम्म महामायाजस्ती घैंटीले अहिले रणचण्डीको अवतार लिइसकेकी थिई । एक त भैंसी स्याहार्ने लोभले उसलै आफ्नो नाकमा पनि उतारेर दिएकी थिई, दोस्रो त्यसमाथि त्यतिको रिन, अनि उसको ब्रह्माण्डमा आगो सल्किनु कुनै अस्वाभाविक थिएन । ‘एकातिर घरबाट साहुलाई सुम्प्यो, अर्कातिर अर्काको नाककान रित्यायो, त्यसमाथि माल ल्याएको पनि फुटेको आँखाले हेरेर । लगेर भोलि बिहानै जहाँबाट ल्याएको हो, त्यसको सिनो त्यसैको दैलोमा मिल्काएर आउनू, अन्धा !’

लुखुरेलाई अहिले अरू कुराभन्दा पनि स्वास्नीको वचनको धार असह्य हुन थाल्यो । ऊ रन्थनियो । ‘हे ईश्वर ! त्यति राम्रो भैंसी खोटी नभैदिया’ भए यो भुंग्रोमा किन पिल्सिनुपथ्र्यो ? … खोटी भैंसी पुक्लुक्क ढलिदियो भने ? …’ लुखुरेको मुटु काम्यो । उसले अँगेनाको आगो फुकेर बत्ती झुल्क्यायो । न बाँध्या, बाँध्यै किलैमा पुक्लुक्क ढलेको पो छ कि ! …

ऊ हुरहुराउँदै कटेरामा गयो । उसले बत्ती खोपामा राख्यो- भैंसी जस्ताको तस्तै किलामा बाँधिएको थियो- कालो, चिल्लो बारमाने बाटाजत्रो कल्चौंडो, झिंगा पनि चिप्लेलाजस्तो कालो आङ, छोटाछोटा, मोटामोटा पातला मुढे सिङ, नीलानीला निर्दोष आँखा ! कतै पनि कुनै हेरफेर छैन । उसको छातीबाट गहिरो सुस्केरा, सन्तोषको सुस्केरा निस्क्यो । तर, त्यो सुस्केरा चिसो थियो । साँच्चै यो भैंसी खोटी नभैदिया’ भए … झुक्यानमा पार्न त … यस्ता कत्नाकत्ना भैंसी सुमरिसकियो ।’ द्वारेबाको स्वर अझै उसको कानमा घन्किरहेको थियो । साँच्चै द्वारेबालाई झुक्यानमा पार्नु खेलाँची होइन । लुखुरेलाई सारै पीडा भयो ।

लुखुरे त्यताबाट फर्केर ओछ्यानमा पल्ट्यो, तर छटपटीबाहेक त्यो रात स्याइँस्याइँले उसलाई केही पनि दिन सकेन । त्यसमाथि स्वास्नीको घोचपेचले त उसको मुटु छियाछिया हुन खोज्दथ्यो । ‘अभागी ग्वाङ्ग्रा, केही गरी पत्तै नपाई भैंसी पुक्लुक्क ढल्यो भने के गर्ने सुर छ ए ! त्यस्तो खोटी भैंसीमा धन ओइरिएर…। साँच्चै घरिघरि लुखुरेको मुटु आशंकाले काम्दथ्यो । साँच्चै कतै किलामा बाँध्याबाँध्यै भैंसी भुक्लुक्क ढल्यो भने धम्की भैंसी न हो ! अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्यो, आँखाभरि भैंसीलाई हेथ्र्यो, अति मायाले उसको जीउ सबै मुसाथ्र्यो- चिल्लो कालो आँग, बारमाने बाटाजत्रो कल्चौंडो, छोटाछोटा पातलापातला सिङ अनि फराकिलो पुठ्ठा, निर्दोष नीलो आँखा । अनि, फेरि ओछ्यानमा आएर लड्थ्यो, तर घैंटीको मुटु छेड्ने बचनले सुइरोजस्तो भएर घोचिरहन्थ्यो । अनि त अँध्यारैमा आँखामा पछुतो र क्षमायाचना भनेर स्वास्नीतिर हेर्दथ्यो । वास्तवमा घैंटी पनि अब त अचाक्ली गर्न थालेकी थिई । बिचरा लोग्ने मात्रै के गरोस् ! उसले पनि खोलै लागोस् भनेर त पैसा ओइरिएको होइन ! यो त उनीहरूलाई भाग्यले ठगेको, बाउँठे ढकालको दया जागेको । यो कुरा त्यो स्वास्नी किन बुझि्दन ? ‘हे ईश्वर ! बाउँठे काट्टेको भस्मखरानी भैजावस् !… गरिबलाई रुवाएर … गरिबको धनले नपोली त कहाँ छोड्ला र !… परमेसोरी ।…’

‘आफूलाई पोल्या’ थाहा छैन, अर्कोलाई पोल्या सपना देख्ने ! त्यै सिनाको मासु बेचेर उडाउने सुर छ कि ग्वाङ्ग्रा ?’ घैंटीको स्वर रोग र पीडाले कामिरहेको थियो । ‘लुखुरे के गरोस् ! भैंसी नै फर्काएर लैजाउ“m त भने पनि एक त पाँच-पाँच कोस बाटो हिँडाएर लैजानु, दोस्रो लोप्पा ख्वाएर पठाइदिन्छ, के भनेर हात पर्‍या’ थैली फिर्ता दिइरहन्थ्यो र त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्यानमा पारेर सत्तेनाश नै गर्ने थिएन नि । लुखरे आफ्नो भित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडेझैं लडिरह्यो ।

भिोलिपल्ट द्वारेबाका पिँढीमा गाउँका बुजु्रुक जम्मा भएका थिए । यो गाउँको चलन- बिहानबेलुकी तमाखु खान, गफसफ गर्न, दुःखदर्द पोख्न ठूला-ठालुकै घरमा जम्मा हुन्छन् । गाउँभरिको टीका-टिप्पणी हुन्छ र भैरहेको पनि थियो । त्यसै बेला अँध्यारो मुख लाएको लुखुरे आयो, द्वारेबाका गोडामा शिर टेकायो र एकाछेउमा सारै डराएझैं बस्यो । ‘क्या हो, के भन्न आइस् लुखे ?’- द्वारेले आफ्नै कटु स्वरमा भने, ‘भैंसीले हिजो साबुत दूध दियो ?’ ‘दिएन बा, दिएन,… के दिन्थ्यो !’ लुखुरेले डुबेको स्वरले भन्यो । साँच्चै ऊ निराशाको अतल गहिराइमा डुबेको थियो । ‘हामीले भनेको त …’ द्वारेबाले अरुसित हेर भने, ‘यो लुखेर बजिया सोझो, मधेस मारेर आएको बाउँठे के मान्दथ्यो र, भसक्कै ठगिदिएछ । यो जैरे पनि उस्तै, सुझ न बुझसँग त्यतिका पैसा वैरिन हुन्थ्यो क त ! हामी पनि त थियौं नि ।’- यति भनेर द्वारेबा भर्खरै कान्छी घर्तिनीले टक्र्याएको तमाखुबाट खरानी उडाएर तान्न थाले ।

‘तब त भन्या । बिग्रने बोलमा आउँदैन मति भनेको त्यै हो । अब खोटी भैंसीमा थैली खन्याएर अब अरु कसले लाला त ?’- बुढाथोकीले लुखुरेको सुकेको अनुहारमा हेरेर भन्यो । ‘कुनचाहिँ यहीजस्तो आँखा फुटेको होला त, खोटी भैंसीमा थैली खन्याउने ? … त नै भन् न !’ द्वारेले भने र उपेक्षाले मुन्टो बटारे । ‘रिन गर्‍या’ त होलास् नि !’ घमानेले भन्यो । ‘यसको भैंसी खोटी रहेनछ रे भने त हाम्रो मुखाँ अभच्छे हालिदिनू’- द्वारेका पुरेत सीताराम पण्डितले हत्केलाले नाक मास्तिर फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे । अनि द्वारेबाको मुखतिर हेरे । वास्तवमा उनले लुखुरेको भैंसीको अनुहारमा पनि देखेर होइनन्, तर कदाचित् द्वारेबालाई खुसी पार्न सकिन्छ भने गाउँको भैंसीको त के कुरा बम्बईको तिलकराम मारवाडीले किनेको रोल्स रायस मोटरमा पनि खोट निकाल्न उनी पछि हट्तैनथे । यी सबै किसिमका साँचाझुटाको संयुक्त हमलाले लुखुरेको मनको कुनै पनि कुनामा कुनै किसिमको आशाको झिल्कोसम्म पनि रहन दिएन । उनको आत्मा विकल भएर विलाप्न थाल्यो । ‘द्वारेबा, म त खोलामा परेँ । असत्ती बाउँठेले मेरो त सर्वस्व गर्‍यो । … म त जोगी बनेर हिँडे पनि भयो, द्वारेबा !’

‘क्यार्छस् त बाबै, तेरा बुद्धिले त हो, हामीले गरेर हाम्रा सल्लाहलेक होइन । हामीलाई के भन्छस् !’ द्वारेबूढा ज्याद्यै कठोर देखिन्थे । लुखरेको मन भरिएर आयो । ‘बा, मैले आफ्नै बुद्धिले आफ्नै घेडामा बन्चरो हानेँ ! अब के गरौं बा ? … स्वास्नीको नाक, कानको त भला केही थिएन, भर्सेलो परोस् भनौं, नेपाल बाहुनको दुई सय पचास रिन कहाँबाट तिरौं ? हे ईश्वर ! अब म के गरौं !’- लुखुरेको स्वर साँच्चै वेदनाको भारले धरमराएझैं कामिरहेको थियो । ‘हे ईश्वर, म के गरौं !’ ‘अब अरु त जुक्ति नै छैन बाबै’- रामवीर कएक कुनाबाट बोल्यो । ‘अब त्यै सिनु लगेर फिर्ता दिए मात्र हो ।’

‘के कर्कलाको पातको पानीजस्तो कुरा गर्दो हो यो रामे छुसी’- द्वारेबाले रामवीरेको कुरालाई हावामा उठाइदिए ।

‘त्यो मुलुकमारा बाउँठे, त्यसलाई तिमीहरूले चिनेकै छैनौं । के भनेर दिइरहन्थ्यो हात पर्‍यो पैसा, ख्वाइदिन्छ लोप्पा ।’ ‘बा, म त बितेँ । अब के गरौं बा ? म त खौलाँ परेँ ।’- लुखुरे बगरको माछाजस्तै छट्पटायो ।

‘तँलाई त अख्खडै पर्‍यो । अब के गर्छन् ?’ रामवीरेले सबभन्दा हितुझैं बोलीमा सहानुभूति घोलेर भन्यो, ‘आ, द्वारेबा, अब त्यसो होइन, लुखे बौरा गाउँको गरिब हो, च्यापोमा परिगो, अब तपाईंले विचार नगरे कसले गर्छ यसको विचार ?’ ‘के कुरा गर्छस् ए रामे, तँ ? यसलाई उकास्न आफू खोलामा परौं ?’- स्वरमा उपेक्षा थियो द्वारेबा । ‘होइन बा, सौ पचास भन्या, तपाईंको निम्ति पासङबराबर छ, तर गरिबका त घरबास उठ्छन् । तपाईंले नगरे कसले गर्छ ।’- रामेले सिफारिस गर्‍यो । ‘हो बा, बिचरालाई तपाईंले नै गरिदिनुपर्छ । गरिब अनाथ हो, जुत्ताभर चाकरी गर्छ’- बुढाथोकीले पनि रामवीरेको कुरालाई टेवा दियो । द्वारेबाले निकैबेर गम खाए । आखिरमा बडो गम्भीर स्वरमा, मानौं लुखुरेमाथि जन्मजन्मान्तर बिसाउन नसकिने उपकारको बोझ लाद्न लागेकोझैं घोषणा गरे । ‘के तिमीहरू सबै त्यसै भन्छौं त ? त्यसै हो भने म के भनौं । एउटा गरिबको उपकारकै सही, तर … भैगो त लुखुरे पनि सय-पचासको मुख नहेरोस् । कि त सौ-पचास खर्चेर भैंसी तयार गराइछाडेँ, कि खोलामा जाक्किएँ । … एउटा गरिबको उपकारै हुन्छ भने … लौ के भन्छस्- लुखुरे ?’

‘ द्वारेबाका कुरा मनासिब हुन् । यस्ता भैंसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नुजस्तै हो । त्यति माया मार्दामा लुखेलाई मर्का छैन ।’ यो लेग्रो सीताराम पण्डितले झिकेका थिए । उनी धर्मका सारथी भएकाले उनले भनेको कुरा शास्त्रको वचन हो । मानौं, उनी यस सभाका निर्विरोध सभापति हुन् र उनको निर्णय अन्तिम निर्णय हो । ‘लौ पण्डितबाजेको समेत यही राय छ । तँ के भन्छस् ?’- रामेले लुखुरेको मुख हेर्‍यो । ‘तँ के भन्छस् त लुखे ?’ – द्वारेबाका आँखा निकै घोच्ने काँटका थिए । लुखुरे के भनोस् बौरा ! उसले सबैका मुखमा हेर्‍यो । द्वारे, बुढाथोक, रामे र पण्डितबाहेक सबै मौन थिए, उनीहरूका आँखामा विवशता थियो । उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे ।

त्यस दिन बेलुकीपख द्वारेबाको आँगनमा निकै रमझम देखियो । आँगनमा लाहुरी भैंसी बाँधिएको- चिल्लो, कालो, बारमाने बाटाजत्रो कल्चौंडो गरेको भैंसीका वरिपरि द्वारेका आधा दर्जन केटाकेटी झ्याम्मिएका थिए । द्वारेबुढा बीसवर्षे जोसमा सुसार गर्न लागेका । द्वारेले भुस्सा दिँदादिँदै एकपटक टाउको उठाएर हेरे- लुखुरेको आँगनमा आज रमझम थिएन । लुखुरेका बाबुछोरा आँगनको डिलमा उभिएका थिए । त्यसै बेला रामवीरे द्वारेका आँगनमा उक्लेर उनलाई ढोग दियो ।
‘कसो रामे, भैंसी, हीरा छैन त ?’
‘किन हुन्नथ्यो बा, लाखमा एक छ ।’
एकपटक फेरि द्वारेले र रामेले एकै पटक आँखा उठाएर लुखुरेको घरतिर हेरे । डाँडाबाट ओर्लेको साँझको मट्याइलो छायाले क्रमशः मट्याइलो पार्दै लगेका लुखुरेका बाबुछोराको आकृति एकपटक लाहुरीतिर हेरिरहेका थिए ।

Ramesh Bikal – Bhid Sangai Hindi Raheko Euta Manchhe

रमेश विकल – भीडसँगै हिंडिरहेको एउटा मान्छे
(रचना द्वैमासिक)

भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”

“हिंड्ने त गोडैले हो नि ! तिमीहरू पनि गोडैले त हिंडिरहेका छौ नि, होइन र <” उसले हाँसेर जवाफ दियो । तर सँगै हिंडिरहेको अर्को साथीले भन्यो – “होइन, कहिलेकाहीं गोडा र मन छुटाछुट्टै हिंड्छन् । मन त स्वतन्त्र हुन्छ । गोडाले हिड्दैमा ऊ पनि सँगै हिंड्छ भन्ने छैन ।”

“तर मन नहिंडी गोडामात्र त हिंड्नै सक्तैन । शरीरका सबै इन्द्रियलाई हिंडाउने त ‘मन’ नै होइन र <” – उसले गम्भीर भएर, तर हाँसेकै छन्दमा भन्यो । भीड हिडिरहेको थियो । ऊ पनि सँगै हिंडिरहेको थियो । भीडको माझबाट एउटा प्रश्न उठेर आकाशभरि फैलियो – “तर हामी कहाँ जाँदै छौं <”

“तत्काललाई त हामी खुला मञ्चमा जाँदैछौं । त्यहाँ हाम्रा नेताहरूले हामीलाई ‘नेतृत्व’ (मार्गदर्शन) दिंदैछन् । त्यहाँ आज पचासौं लाख जनता जम्मा हुन्छन् ।” – भीड बाटै अर्को आवाज उठ्यो । तर कुनै अर्कोले कुरा काट्यो – “होइन खुलामञ्चमा त्यत्रो – पचासौं लाख मानिस अटाउने ठाउँ कहाँ छ र <”

“आजलाई अटाउँछ; अटाउनै पर्छ । आजको यत्रो अभूतपूर्व ऐतिहासिक दिन ।” – पहिलोले जोडदार स्वरमा भन्यो । त्यत्तिकैमा भीडका अगिल्लो खण्ड खुला मञ्चमा पुगेर फैलियो । यो मञ्च मुलुकभरिका प्रमुख प्रमुख सहरहरूमा थियो । मञ्चमा ठूलाठूला नेताहरूको भाषण चलिरहेको थियो । भीडको वैरिने क्रम जारी थियो । कहाँबाट मात्र वैरिएका होलान् त यी मान्छेहरू सलहका बथान सरह ।

भव्य सजिएको मञ्चमा नेताहरूको बेग्लै भीड थियो । वक्ता नेता कुर्लिई कुर्लिई भाषण गरिरहेका थिए । त्यसलाई लक्ष्य गर्दै भीडबाट एउटा तीखो प्रश्न फैलियो । “नेताज्यू तपाईंहरू हामीलाई कता लाँदैहुनुहुन्छ – गन्तव्य के हो तपाईंहरूको <“बोलिरहेको नेता अलि अकमकियो । उसले आफू नजिकको अर्को नेतासँग कानेखुशी गर्‍यो । अनि भीडको प्रश्नतिर प्रतिप्रश्न हुर्र्‍यायो -“तपाईंहरू कहाँ जान चाहनुहुन्छ < किन भने तपाईंहरू सार्वभौमसत्ता सम्पन्न जनता ! जनताको इच्छा नै सर्वोपरि हुन्छ । जनता समूह हो – विश्वरूप हो भगवानको । समूहको (विश्वरूपको) इच्छा सामू व्यक्ति -नेता दल, पार्टीको इच्छाको केही मूल्य हुँदैन । भन्नोस् तपाईंहरू कहाँ जान चाहनुहुन्छ <”

“हामी प्रजातन्त्र पुनर्वहालीमा जान चाहन्छौं । हामी त्यहीं जान भनेर यत्रो लाठी मुङ्ग्री गोली खाएर आएका हुँ । – भीडमाझबाट एकजना बलिष्ठ युवक उठेर रोबदार आवाजमा भन्यो -मानौ ऊ नै यो सम्पूर्ण भीडको एक मात्र प्रतिनिधि हो । बोल्ने नेताले पनि आकाशतिर भालाजस्तो चोरी औंलो ठडयाएर भन्यो – “हो मैले तपाईहरूलाई त्यहीं लान ल्याएको । हामी लगभग त्यहाँ पुग्दैछौं । त्यसको पूवार्ध भेटिसकेका छौं । त्यसको पूर्व स्वरूप पुनर्जीवित भएर उभिइसकेको छ ! प्रतिगमनको शक्तिले हात खुट्टा छोडिसकेको छ ।” अब यसको उत्तर्रार्ध पूर्ण स्वरूपको भएर आउनु मात्र बाँकी छ । ”

यो नेता अगाडि अरू कोही बोल्न खोज्दै थियो, तर अर्को माइक्रो फोन अगाडि उभिएको नेताले उसलाई बोल्ने अवसर नदिएर भन्यो – “तर हामीले तपाईंहरूलाई लोकतन्त्रमा लान भनेर पो ल्याएका । हामी त्यहीं लान्छौं ‘राजा’ शब्दसँग अन्योन्याश्रति (राजाप्रजा) रहेको ‘प्रजातन्त्र’ धनी वर्गको विलासको साधन हो । हामीलाई धनको प्रभुत्वमा चल्ने प्रजातन्त्र होइन जनताको लोकतन्त्रमा जानु छ । ”

“तर लोकतन्त्र त हाम्रो एजेण्डामै छैन ।” – मञ्चको एउटा कुनामा खुम्चिएको अर्को नेताको स्वर उठ्न खोज्यो – “संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (पुरानो संसद) को पुनर्जीवन ।” यहीं पुग्न त हिंडेका हौं हामी । अहिले फेरि कुरा फेर्नु त भएन नि ।”

“कुरा फेर्ने नफेर्ने मूल मुद्दा होइन । नेपाली जनता ‘राजा’ सँग अन्योन्याश्रित भएर टाँस्सिएको ‘प्रजा’ (राजा-प्रजा) तन्त्रमा जान होइन शुद्ध जनता (लोक)को सम्पत्ति ‘लोक तन्त्र’मा जान भनेर हिंडेको हो । त्यसैले दलहरूको एजेण्डामा छैन भने राख्नु पर्‍यो । कुनै एजेण्डाले बनाएको होइन लोक ! लोक (जनता)ले बनाएको हो एजेण्डा । ” – अपार भीडबाट तुमुल ध्वनि निस्कियो अनि मञ्चमा कुर्लिइ रहेका नेतागण पनि जोस्सिए । एउटा नेताले माइकबाटै चर्को आवाजमा नारा लगायो – “लोक तन्त्र !” “जिन्दावाद ! जिन्दावाद !!” – आँखाले भेटुञ्जेलसम्म मञ्च अगाडि अपार भीडको आकाश भेदी प्रत्युत्तरले दिगन्त थर्कायो । तर मञ्चमा बसेका नेताहरूको भीडबाट एउटा नेताको चर्को स्वर जनसमूहको स्वरलाई उछिनेर माइकमा गुञ्जियो – “लोक तन्त्र मात्र होइन गणतन्त्रोन्मुख लोक तन्त्र ! हाम्रो अभियान त्यसै निम्ति हो ! त्यसैले हाम्रो अहिलेको नारा हो ! – गणतन्त्रोन्मुख लोकतन्त्र !

“हो हो हामी लोक तन्त्रमा मात्र अड्दैनौं । हाम्रो गन्तव्य गणतन्त्र हो ! हामी गणतन्त्रमा जान्छौं !” भीडबाट केही सशक्त आवाजहरू उठे । त्यस आवाजको संक्रामक लहर वायुमण्डलमा लहराउँदै मञ्चतिर बढ्दै मञ्चमा विराजमान सप्तदली नेता उपनेता गणहरूमा मतैक्य खलबलियो बोली चर्को स्वरमा साट्टियो । त्यो चर्को स्वरले पनि बढ्दै हल्लाको रूप लियो ! हल्ला खल्लाले विकसित हुँदै झगडाकै रूप लियो ।

“संवैधानिक राजतन्त्र हो हाम्रो परंपरा ।”

“संवैधानिक राजतन्त्र मात्र होइन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र- हाम्रो माटो सुहाउँदो तन्त्र संविधानले निर्दिष्ट गरेको तन्त्र ।”

“त्यो संविधान काम लाग्दैन अब ।”

“तर खारेज भएको छैन अझै सबै काम यसै अन्तरगत भैरहेका छन् ।”

“खारेज भैसकेको छ – जनताको मतले । नभएको भए गर्नुपर्छ । जनचाहना यही छ । संविधान सभा त्यसै कारणले ।”

“तर हाम्रो संविधान विश्वमा उत्कृष्ट संविधान ! सबैले भनेका । हामीले पनि मुक्त कण्ठले प्रशंशा गर्दै आएका । ”

“एउटै कुरा सधैं उत्कृष्ट रहिरहन्न; सधैं निकृष्ट पनि रहँदैन । सबै कुरा समय सापेक्ष हुन्छ । आजको हाम्रो माग अर्को संविधान ! संविधानसभा !”

“संविधानसभा अनि गणतन्त्र !”

“होइन, गणतन्त्रमा जाने बेला भएको छैन । हाम्रो देशले थाम्न सक्तैन त्यो । हाम्रा लागि लोक तन्त्र नै ठीक हुन्छ । ।”

“यो सोच प्रतिगामी सोच हो, देश र समाजको गति अवरुद्ध गर्ने । गणतन्त्रोन्मुख लोकतन्त्र नभै समाज देशले एक पाइला पनि अगि बढाउन सक्तैन । त्यसैले …. ”

“त्यसैले सीधा गणतन्त्र ।” – एउटा रोवीलो नेताले पहिलोको हातबाट माइक्रोफोन खोस्तै उच्च स्वरमा घोषणा गर्‍यो । “एकै फट्कोमा पुगिने ठाउँमा बीच बीच बेकारका अल्झोमा अल्झिएर ढिलाइ गर्नु प्रतिगमनको लक्षण हो । … प्रति क्रान्तिलाई मौका दिनु हो ।”

“होइन, यो व्यावहारिकता हो, सतर्कता हो, पोल्दा पोल्दैको भात नफुकी मुखमा हाल्दा जिब्रो डामिन्छ । यो मुखले मात्र गर्छ । मूर्खता प्रतिगमनको कारक हुन्छ ।”

“कसलाई भन्नुभो तपाईंले मूर्ख – ” – एउटा उपनेता जुरुक्क उठेर उग्र स्वरमा करायो । पहिले बोल्नेले पनि त्यस्तै ठाडो स्वरमा जवाफ दियो – “तपाईं आफैंलाई सम्झनु हुन्छ भने तपाईंलाई नै । मेरो विचारमा यस्तो प्रतिगामी प्रतिकृयावादी सोच राख्ने जति सबै मूर्ख – इतिहास नबुझने, समयको दिशासङ्केत नबुझने, राजनीति नै नबुझने स्वाँठ हो । हाम्रो लक्ष सीधा गणतन्त्र हो । ”

“होइन, त्यो हाम्रो माटोमा जन्मिएको होइन । …. हाम्रो आफ्नो त प्रजातन्त्र हो । हाम्रो परिचित ।”

“प्रजातन्त्र मात्र भन्नु धोका हो । लोकतन्त्रनै समाजका लागि उपयोगी हो ।”

मंचको हल्ला तीब्र हुन्छ । माइक खोसाखोसले मेच भाँचाभाँच । गाली गरागरको रूप लिन्छ । यो रोग संक्रामक हुँदै मञ्चमुनिको अपार भीडमा फैलियो । त्यहाँ पनि प्रत्येक मानिस प्रत्येक समूह, प्रत्येक गूट आफ्नो आफ्नो वर्चस्व कायम गर्न धक्कामुक्की गर्दै, एक अर्काको काँधमा चढ्दै अर्काको भन्दा आफ्नो स्वरलाई उग्र चर्को तुल्याउँदै, आफ्नो रुचि, आफ्नो अभीष्ट अनुरूप दिगन्त थर्काउँदै आकाशको छाती चिर्ने गरी नारा लगाउनथाले; लाखौं अन्धा मुक्काहरूले आकाशको छातीमा प्रहार गर्न थाले – “ईन्कलाब – जिन्दावाद !”

“प्रजातन्त्र – जिन्दावाद, जिन्दावाद !”

“लोक तन्त्र – जिन्दावाद, जिन्दावाद !”

“गणतन्त्रोन्मुख लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

“जन-गणतन्त्र- लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

त्यसै बेला त्यहाँ एउटा भीडबाट विचित्र नौलो दृश्य देखियो ! नौलो स्वर नौलो आवाज गुँजियो । एउटा मान्छे बीर अस्पतालको माथिल्लो वरण्डामा उक्लिएर घनगर्जन स्वरमा घोषणा गर्दैथियो :–

“मान्छे – मूर्दावाद ! मूर्दावाद !!”

“मानवतन्त्र – मूर्दावाद ! मूर्दावाद !!”

त्यो त्यही शुरुदेखि भीड सँगसँगै एक्लो हिडिरहेको मान्छे थियो ।

२०६३ जेठ १६

Ramesh Bikal – Ti Dui Nirdosh Ankhaharu

रमेश विकल – ती दुई निर्दोष आँखाहरू

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन ।

तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छोरा हो । किसान पनि अर्धकिसान । पश्चिम पहाडमा एउटा सानो गाउँ थियो, गर्भे । त्यसैको पुछारमा एउटा सानो झुप्रोमा उसको बाबु बिर्खे- बिर्खबहादुर र आमा दिलमाया दुःखजिलो गरी बसेका थिए । तर, पहाडमा मारकाट चल्न थालेपछि उनीहरू मैदानतिर झरेर एउटा सानो सहरनजिकै गाउँमा बस्न थालेका थिए ।

बिर्खबहादुर उमेर त्यति र्घर्किइनसकेको केही गरौँला भन्ने हिम्मत उसमा । ऊ नजिकैको सहरमा साहूहरूको भारी बोक्छ । अनि घरसर बनाउने काममा ठेकेदारहरूको काम पनि गर्छ । त्यसरी उसले एक पेट खान-लाउन पुर्या एर पनि दिलमायाको नाक, कान, घाँटीमा एकसरो सुन पनि भिर्दिनसकेको छ । दिलमाया पनि गाउँका ठूला ठालुका धन्दा चुलो गरेर केही न केही आर्जन गर्छे।

यसपल्ट बिर्खेले ठेकेदारबाट झन्डै एक महिनादेखिको ज्याला पाएको छैन । त्यसैले उसको भण्डारमा फाँकमुठी पनि छैन । त्यसैले ऊ ज्याला उठाउन गएको फर्केको छैन । दिलमाया आफ्नै करेसाबारीबाट तिहुन ल्याएर केलाउन लागेकी छ । सानो छोरो भुन्टे भोक लाग्यो भनेर रोर्यारइ गरिरहेको छ । “आमा भात किन नपका’ – हाम्लाई भोक लाग्यो भन्या भात दिनु हाम्लाई ।”

साँझ पर्न लागिसकेको छ । बिर्खबहादुर यतिखेरसम्म पनि आएको छैन । दिलमाया च्याँठिन्छे, “भोक लागे म के गरौँ त ? बा पैसा उठाउन जानुभा’छ । पसलबाट चामल, पीठो, नुन, तेल, मसला ल्याउनुहुन्छ । अनि पकाउँला ।”

तर, भुन्टे कराउन छोड्दैन । केटाकेटी हो, उसलाई घरमा केही छैन भन्ने के थाहा । उसको बिलविलाउदो मुख हेरेर दिलमाया भित्रभित्रै कल्पिन्छे । अनि त्यसैबेला झोलामा सामल बोकेर बिर्खबहादुर भित्र पस्छ । दिलमाया झोलाको सामान हेरेर असन्तुष्ट स्वरमा भन्छे, “यति मात्रै – दुइ-तीन दिनलाई पुग्दैन ।”

“के गर्ने हेर न त्यो मोरो राणा बाउ ठेकदारले पूरा पैसै दिएन । हजारवटा रुपिया फालिदियो । पैसा बाँकी छ । एक मन त त्यो पैसा त्यसैको मुखमा हिर्काएर आऊँ जस्तो लागेको थियो । तर, यो भुन्टेको पिलपिलाउदो अनुहार सम्झेँ । अनि पाँच सयको सामल ल्याएँ, दुइ-चार दिनलाई भए नि पुग्छ भनेर । पाँचोटा सयचैँ पैसै ल्याएको छु । केही परिहाल्ला भनेर “लौ ला, राख ।” बिर्खबहादुर जगमा पानी लिएर हातगोडा धुन भनेर बाहिर निस्क्यो । केहीबेरपछि हातगोडा धोएर भित्र पस्यो ।

“आमा हाम्लाई भोक लाग्यो भन्या, भात दिनु ।” सानो भुन्टे रोड्याइ गरेको गर्यौभ थियो । बिर्खबहादुरले टीठलाग्दो गरी उसको मुख हेरेर भन्यो, “ए झट्टै भात पका न त । मलाई पनि भोकले खरो भैरा’ छ ।”

दिलमायाले टुकी बाली । अनि भान्छाको सार्दाम ठीक गरेर दमचुली (स्टोभ) सल्काएर भात बसाली । तिहुन पहिले नै पकाएर झिकी । भात छड्कन थाल्यो । बाहिर रात निकै छिप्पिइसकेको थियो । त्यसैबेला ढोका घर्या क्क खोलेर दुर्इ जना बन्दुके भित्र पसे । चाइँचुइँ केही नगरी एउटाले बिर्खबहादुरलाई लडाएर घाँटीमा खुकुरी तेर्स्यायो, “तैँ होइनस् हाम्रो सुल्सुले लाग्यो ?”

“होइन के गरेको तिमरुले – को हौ तिमरु -” दिलमाया आतेसले चिच्याउन थाली । बाबुलाई लडाएको, आमा चिच्याएको देखेर सानो भुन्टे अताल्लिए रुन थाल्यो । अर्को चाहिले उसलाई सातो खायो । भुन्टे डरले चुप लागेर ओछ्यानमा घुस्य्रो ।

“पापी राक्षस हो । एउटा खाली हातको मान्छेलाई अत्तेचार गर्र्छौ – “मर्द हौ भने आओ मसँग जुध्न ।” दिलमाया नजिकैको खुर्पा उझाउँदै रणाचण्डीझैँ गर्जंदै उनीहरूतिर झम्टिछे । तर, अर्कोचाहिँले उसको खुर्पा समातेको हात समातेर बेस्सरी बटार्योर । खुर्पा भुइमा खस्यो । यतिञ्जेलसम्म पछिल्लोले बिर्खबहादुरको घाटी कसाइले रागो बोको रेटेझै रेटेर टाउको छुट्याइसकेको थियो । मझेरीमा रगतको ताली बनिसकेको थियो ।

दोस्रो चाहिले दिलमायालाई जकडेर विवश तुल्याएर भित्तामा अचेटेको थियो । यसले पहिलोलाई सम्बोधन गरेर कुत्सित पाराले भन्यो, “कसो, भाइ यसले त मर्द खोजेकी जस्ती छ नि – दिऊ यसलाई मर्द ?”

“ठीकै छ । यस्ता बराठसँग कुस्ती खेल्नु मजै हुन्छ ।” पहिलोले त्यही किलामा झुन्डिएको पुरानो लुँगीले रगतले भिजेको खुकुरी पुछ्तै भन्यो । अनि दुवैले दिलमायालाई हात बाँधेर मुखमा कपडाको बुझो कोचेर मझेरीमा लडाए । अनि दुवैले पालैपालो आफ्नो पाशविक यौनतृष्णा मेटे । सानो पुन्टे सातो गएर एउटा प्लास्टिकको निर्जीव पुतलीझैँ भएर हेरिरहेको थियो ।

आफ्नो पशुक्रीडा सकेर दुवै उठे । अनि कुत्सित हासो हास्दै अश्लील पाराले पहिलोले भने, “भाइ, यो बराठ आइमाईसँग कुस्ती खेल्दा भोक पनि लाग्यो । केही खान पाए ।”

“हो, मलाई पनि भोकले तालाबाला खेलाएको छ । हिजोदेखि यही सफाइ दौड म कुद्दाकुद्दा एक मुठी अन्न पनि पेटमा पर्याम होइन हेर न यसो केही पाइन्छ कि,” दोस्रोले भन्यो र दुवै मिलेर खानेकुरो खोज्न थाले । पहिलोको आँखा भान्छाको भातको कसौडीमा पर्योक । उसले खुसीको स्वरमा भन्यो, “भाइ कसौडीमा भात छ जस्तो छ नि हेर हेर”
दोस्रोले दमचुलीबाट कसौडी उतारेर हेर्योि अनि चहकिदै भन्यो, “रे’छ भाइ भात त, भर्खरै पकाएको, तात्तातै छ । स्टोभ पनि भर्खरै निभेको जस्तो छ । ए, यहा तिहुन पनि रहेछ । लौ थालौ । पेट पूजा गर्न ।”

दर्ुइ लास र रगतको तालबीच दुवै हिंस्रक जनावरहरूले आफ्नो हृदयहीन, पशुभोज मनाए । अनि जाने तरखर गर्दै दिलमायाको अचेत शरीरतिर हेरेर दोस्रोले सोध्यो, “यसलाई के गर्ने – यतिकै छोडिदिने ?”

“किन छोड्ने त्यसै बोल्ने जोखिमलाई – पुर्याोइदिने उसको लोग्ने गएको ठाउमा,” पहिलोले क्रूर स्वरमा भन्यो । अनि काधबाट बन्दुक उतारेर अचेत शरीरमा गोली हानेर पूर्णामृत तुल्याइदियो । त्यसपछि बाहिर निस्किएर अध्यारोमा हराए ।
अध्यारो रातको बीभत्स नाटकको पहिलो यवनिका पतन भयो ।

अनि फेरि दोस्रो दृश्यको पर्दा उठ्छ ।

भित्र उही पहिलो पर्दाकै दृश्य छ । त्यसैबेला अर्का दुइटा बन्दुकधारी दृश्यमा पस्छन् । ती पनि पहिलेकै जस्तो फौजी पोसाकमा छन् । काधमा बन्दुक छ । भित्रको त्यो बीभत्स दृश्य देखेर दुवै जना एकछिन अलमल्ल पर्छन् । अनि एउटाको बक फुट्छन्, “ए जोडा यहा यो हत्याकाण्ड मच्चाएर ती आतङ्ककारी त फुरुर उडिसकेछन् । हामी त आज पनि ढिला भएछौ । सधै हामी अपराधीभन्दा चार पाइला पछाडि नै पर्र्छौं । मरेपछि ओखती भन्याजस्तो ।”

“गर्ने के त यार आदेश नै ढिलो गरी पाउछौ । माथिका आदेश दिनेहरू आफ्नै मोजभोजमा मस्त भएर सबै कुरा बिर्सिन्छन् । अनि माझीको सल्लाहले सय घर डुबिसक्यो भन्याझै सबै हुने कुरा भैसकेपछि अनि हुकुमको गोली दाग्छन्, “लौ फलानो ठाउमा हमला हुदैछ रे । कुदिहाल कारबाहीमा । कति सजिलो,” दोस्रोले भन्यो ।

“त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।”

“हो भन्या हिजोदेखि त्यही एक पाकेट चाउचाउ, एक पुरिया बिस्कुट र एक तुम्लेट पानीको भरमा कुदिया’ छ । मलाई त यति उखर्माउलो भोक लाग्या छ, ढुङ्गो पाए पनि पचाउला भएको छ ।” अर्कोले भन्यो, “घर तन्नमजस्तो छ । यस्ता तन्नमहरूलाई पनि किन यसरी हत्या गरेका होलान् – यस्ताले कसैको के बिगार गरे होलान् र ?”

“होला केही वैरभाव भैगो छोडिदे । बरु कतै केही छ कि यसो आन्द्रासम्म उकास्न । मलाई भोकले तोरीको फूल देखायो ।” दोस्रोले भन्यो । अनि त्यो दुइटा बीभत्स लास, त्यो रगतको अहाल सबै कुरालाई त्यत्तिकै बेवास्ता गरेर त्यहा धुइधुइती छामछाम छुम गर्न थाले । एक जना हातको चोर बत्ती र्-र्टचलाइट) बालेर भित्री कोठातिर गयो । अर्को त्यही टुकीको बत्ती उठाएर धुइपत्तँल गर्न थाल्यो ।

“ए एक जोडा बाहिर हेर हेर यहा कसौडीमा अलि कति भात रहेछ । तिहुन पनि रहेछ, कसैले खाएर छोडेको । तैले के भेटिस् त्यहाभित्र -” पहिलोले कराएर भन्यो । दोस्रोले भित्रबाट निस्किदै भन्यो, “त्यहाँ त केही पनि छैन । घ्याम्पाघैटा रित्तै छन् । केही थाङ्नाथरा छन् त्यति हो ।”

“यहाँ अलिकति भए पनि भात रहेछ । अलिअलि भए पनि बाडीचुडी खाऊ आइज । एउटा आन्द्रेँ मात्रै भए पनि भरिएला । पहिलोले भन्यो । अनि दुवै जनाले बाडीचुडी कसौडीको भात सोरसार पुछपाछ गरेर खाए । अनि, हातसात धोएर जान भनेर उठे । तर, पहिलोको आँखा दिलमायाको नाक, कानका फूली, रिङ् र घाँटीको तिलहरीमा परे । उसले चहर्किंदै भन्यो, “जोडा यस मुर्दाको घाँटीमा, नाककानमा यी सुनका गहनाको के काम – हामीलाई बेचबाच गरेर दुई-चार दिन मैच्याङको भट्टीमा रमाउन त हुन्छ । फेरि हामीलाई दोष लाग्ने पनि त होइन । जङ्गलीहरूले मारेर नाक, कान, घाँटी पनि रित्याएर गएछन् भनिहाल्छन् ।”

अनि दुवैले मिलेर दिलमायाको लासबाट कति पनि धक/सङ्कोच नमानी ती सुनहरू झिकेर हिड्न तरखराए । तर, एक्कासि अर्कोको आँखा दिलमायाको धोतीको सक्कोमा बाँधेको गाँठोमा पर्योर । उसले खसखसिएर त्यो गाँठो फोएर हेर्यो्, बिर्खबहादुरले साँझ स्वास्नीलाई दिएको पाँच सयको नोट थियो । उसले चहकिएर साथीलाई भन्यो, “जोडा यहा एउटा पाच सयको नोट पनि रहेछ ।”

“खोइखोइ ?” अर्कोले त्यो नोट उसबाट झन्डैझन्डै खोसेझै गरी लिए भन्यो, “वा जे होस्, आजको दिनचाहि छुकै परेको रहेछ लौ ।”

अब त्यहाँबाट जान तर्खराउँदै एउटाले भन्यो । “जोडा भात त तातै थियो । हत्याराहरू भरखरै निस्केका जस्ता छन् धेरै पर पुगेका छैनन् होला । अलि छिटो गए भेट्न सकिन्छ । हिँड झट्टै ।” एउटाले हतार लगायो । अर्कोका आखा ओछ्यानमा दुम्किएर अत्यन्त त्रसित र भयभीत सातो उडेझै आखाले त्यस नाटकका दारुण, बीभत्स दृश्य हेरिरहेको सानो दर्शक पुन्टेमाथि परे । उसले सोध्यो, “जोडा यहाँ एउटा पिउसो रहेछ, यसको के गर्ने ?”

“के गर्नु अब । घाँटीमा घटेसी बनाएर झुन्ड्याएर हिँड्नुभएन । छोडिदिने यतिकै । भोलि बिहान कसैले आएर देख्लान् । अनि कोही नातेदार भए जिम्मा लाइदेलान्, नभए कुनै टुहुराहरूको बालघरमा लगेर राखिदेलान् हिँड ।” अर्कोले भन्यो र दुवै त्यहाँ बाट निस्केर अध्यारोको खोकिलामा हराए ।

यहाँ यसरी एउटा बीभत्स नाटकको मञ्चन भयो । तर, त्यस नाटकका दर्शक कोही थिएनन्, खालि एउटा सातो गएर संज्ञाहीनझैँ भएको सानो पुन्टेका दर्ुइ निरीह निर्दोष आँखाहरू मात्र थिए ।

दोस्रो प्रहरको रात बाहिर डरलाग्दो गरी चकमन्न थियो । त्यस चकमन्नतालाई घरिघरि पर गाउँ माझका गल्लीहरूमा भौतारिने भुस्याहा खिच्चाहरूले रोएको हुहु स्वरले भत्काउथ्यो । अनि बेलाबेलामा ज्यादै उराठलाग्दो गरी लाटोकोसेरो र अरू रात्रि चराहरूका कर्कश स्वरले रातको त्यो शून्य अध्यारो आकाशको विस्तृत छातीलाई चिर्दै दिगन्तमा गुज्थ्यो, “किर्रकिर्र किरिरिर्र । हुँ हुँ हुँ हुँ .. ह्वाँ ह्वाँ । यिनै स्वरहरूका माझ त्यहा एउटा अर्को स्वर थपियो, द्वाङ द्वाङ धडाम् ।”

यस स्वरले भने त्यहाँ गाउँ र बजारमा खतिखेरसम्म पनि जागा बसेकाहरूको मुटुको चाल बन्द गरायो । सबैका भयाल ढोकाहरू बन्द भए ढ्यामढुम ढ्याम्ढुम । अलि त्यसको दोस्रो दिन मध्याह्नको सबैजसले एफएम रेडियोमा महिला खबर वाचिकाको जीवनहीन स्वर गुज्यो, “गए राती पश्चिमाञ्चलको राजधानी नजिकैको एउटा सानो गाउँमा केही जङ्गलबाट आएका बन्दुकधारीहरूले त्यही सानो गाउँको पुछारमा छाप्रो बनाएर बसको ज्याला मजुरी गरेर खाने दुई लोग्ने-स्वास्नीलाई आधारातमा घरमा पसी बीभत्स हत्या गर्नुका साथै भएका धनमाल र महिलाका नाक, कान, घाटीका सुनको गहनासमेत लिएर फरार भए । घटनास्थलमा एउटा सानो तीन-चारवर्षो बालक लगभग संज्ञाहीन अवस्थामा भेटिएर उसलाई बालघरमा बुझाइएको । पछि गस्तीमा गएका सुरक्षाकर्मीहरूसँगको भिडन्तमा लुटेराहरूमध्ये दुर्इजना बन्दुकधारीहरू पनि मारिएका हाम्रा स्थानीय संवाददाता … ले बताएका छन् । अहिलेलाई म मेरा सहकर्मी … लाई यतिकैमा बिदा दिनुहोस् । पछि बजे यस्तैयस्ता खबर लिएर फेरि उपस्थित हुनेछैन । नमस्कार जय नेपाल ।

यो खबर रेडियो, एफएम, टेलिभिजन र स्थानीय राष्ट्रिय पत्रपत्रिकाले फूल जडीजडी प्रसार गरेपछि जनमानसमा एउटा आतङ्कको सृजना भयो । के पत्तो, समाचार वाचकले अर्को हत्या र हिंसाको खबर वाचन गर्ने बेलासम्म आफैँ पनि त्यसको सिकार बनिने हो कि ?

Ramesh Bikal – Pariksha Kendra : Maane Exam Hall (Hansya Byangya)

रमेश विकल – परीक्षा केन्द्र : माने एक्जाम् हल (हाँस्य-व्यंग्य)
(रचना द्वैमासिक)

स्थान : परीक्षा केन्द्र

पात्रहरू :
उल्फ के.सी. – खल पात्र
ज्याकिल शर्मा – अर्को पात्र
भ्यालेन्टाइन गुरुङ – एउटी पात्री
सेक्सी पाण्डे – मुख्य पात्री
फूलन के.सी. – खल पात्री
(अरु धेरै हल्लागिरी पात्र पात्रीहरू)
एङ्कर शर्मा – परीक्षा रेखदेख गर्ने शिक्षक

उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ

सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ

उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ

(सबै परीक्षार्थी उठेर हल्ला गर्दै नाच्न थाल्छन् । अलि पर एउटा कुनामा एउटा मेचमा उँघिरहेको एङ्कर शर्मा झल्याँस्स हुन्छ ।)

एङ्कर शर्मा : (न्यायाधीशको पारामा) : अर्डर ! अर्डर ! यो तिमीहरूको भाँड भैलो गर्ने ठाउँ डिस्को होइन, भट्टी होइन ! यो परीक्षा केन्द्र हो, एक्जाम् हल ! हल्ला खल्ला होइन ! खुरुक्क बसेर लेख्ने ! टेक योर सिट ! (सबै बस्छन्)

ज्याकिल शर्मा : (नजिकै बसेकोसंग) यो कुन चाहिं फिलीमको गीत हो भाइ ? यो मैले नहेरेको परेछ कि क्याहो ?

रेम्बो : यति पपुलर पिक्चर पनि नहेरेको ? तँ त साँच्चैको ड्याम्फुल नै रहेछस् भाइ ! यो हाम्रो हिरो नं. वन गोगो के.सी. र नं. वन हिरोइन लरनिङ् थापाले खेलेको ‘बलात्कार’को फेमस गीत हो । यस्तो पनि मिस गर्ने ?

ज्याकिल : (खुसामदी स्वरमा) ए ! लौ न भाइ, भन् त्यो कुन सिनेमा हलमा लाग्या छ अहिले ? म भरे नै गएर हर्छु भन् न प्लीज !

रेम्बो : (गजक्क परेर) जनसेवा सिनेमामा !

स्याम्बो : के हावाको भरको कुरा गर्छ यो रेम्बो ! जनसेवा हल भनेको त अहिलेको हो ? उहिल्यै खतम् भैसकेकोलाई आज सपना देख्छ । साउनमा आँखा फुट्या गोरु सधैँ हरियो देख्छ !

भ्यालेन्टाइन : (लाई स्वरमा) सर, सर ! म यो प्रश्नको उत्तर दिन सक्तिन । यसको सट्टा आफैं प्रश्न बनाएर दिन्छु । हाम्रो डेमाण्डमा ब्वाइज एण्ड गर्लको लागि फरक फरक प्रश्न हुनु पर्छ भन्ने छ ।

एङ्कर : त्यो त कसरी हुन्छ ? पुरुष महिला भनेको समान हुन्; समान अधिकार अझ बढी अधिकार हुनु पर्छ भनेर नयाँ सडकमा उफ्रने पनि तिमरु अहिले…

भ्यालेन्टाइन : त्यो त अर्थको मामिला पो त ! अरुमा त हामीलाई पुरुष भन्दा कमै काम गर्ने सुविधा चाहिन्छ नि !

एङ्कर : मैले अगि नै भनिसकें ! प्रिन्सीपल सरले लेख्नु भएको गाइड बुकबाट हेरेर उत्तर दिनु भनेर ? सके गाइड बुक पनि ल्याएकी छैन होली ! पैसा त लाग्छ नि अलि अलि ! त्यत्ति खर्च नगरेर आफ्नै बुद्धि र मिहिनेतले पास हुन खोज्ने कसरी असल र उत्तम विद्यार्थी हुन सक्छ ? यत्रो गाइड बुक किन्न पाइने बेलामा पनि गाइड बुक नल्याएको ? ऊ त्यो कुनाको दराजमा खात पुस्तक देख्यौ ? त्यो पुस्तकालय होइन बेच्न राखेको गाइड बुक हो । लौ तुरुन्त किनी हाल !

(फेरि फोनको घण्टी बज्छ , ऊ फोनको हातो उठाउँछ) ओ सेक्सी पाण्डे भन्या को हो ? तिम्रो फोन !

सेक्सी : (उठेर फोन लिदै) हेलो ! ….को बोल्या ! ? हैण्डसम् डार्लिङ्ग ! …ओ ! माई लभ ! …आई लभ यू ! आ’ रियली लभ या’ । … एक्जाम् ! कस्तो हुनु नि , बोर छ नि यार ! … आफ्नो बुद्धिले लेख्न पाइन्न भन्छ .. हो हो गाइड सर ! …उसको प्रिन्सिपलले लेख्या गाइड बुकबाट एन्सर गर्नु रे ! हेर न यार …कस्तो छ रे ! को गाइड सर ! बोर छ नि यार ! धोक्रे पाइन्ट एलो ज्याकेट, पुरानो ढाका टोपीबाट ‘पिग टेल’ जस्तै टुप्पी निस्केको छ । ऊ धेरैजसो मेचमै निदाइ रहन्छ । … डान्स पनि गर्न दिदैन , सिङ्गिङ् पनि गर्न दिदैन । … हेर न के गर्नु भन्या ! के सरलाई दिनु … सर तपाईंलाई !

एङ्कर : (रिसिभर लिएर) हेलो को ! …मलाई थाहा छैन । म त आफ्नो ड्युटी गर्ने हुँ । माथिबाट जे भन्छन् त्यै मलाई, तिमीसँग … (सेक्सीतिर) लौ फेरि तिमीलाई !

सेक्सी : हेलो ! हैण्डसम् डार्लिङ् ? उल्फ के.सीले आफ्नो अगाडि डेस्कमा चक्कु गाडेको छ … म कुमारी अगाडि पर्खन्छु । के फेरि सरलाई दिनु ? सर फेरि तपाईलाई !

एङ्कर : (ग्रहण यन्त्र लिएर) हेलो ? …के भन्नु छ फेरि तपाईंलाई …चक्कु …हो देखिरहेको छु … एउटा केटाको अगाडि डेस्कमा गाडेको छ । के मेरो जीवन बीमा छ ! जहान बच्चा पनि छन् एउटो छोरो एउटी छोरी ! … थ्याङ्क यू !

भ्यालेन्टाइन : साँच्ची सर ! थैङ्क यू लाई नेपालीमा के भन्ने ? मेरो मम् ड्याडले पनि घरमा नेपाली राम्रो बोल्नु हुन्न ! … इस्कुलमा त कुरै भएन …. आउँदै आउँदैन (ब्यागबाट लिपिष्टिक निकालेर ओठमा दल्न थाल्छे) ।

उल्फ के.सी. : साँच्चै ओ, माष्टर ! हाम्रो मागको बारेमा के भयो ?

एङ्कर शर्मा : मलाई थाहा छैन ! सुपरिटेन्डेन्ट कहाँ गएर सोध !

उल्फ के.सी. : तपाईंलाई थाहा नभए तपाईंको के काम त यहाँ ? …हेर्नोस् हामीलाई अरुथोक थाहा छैन, हाम्रो सबै माग पूरा हुनु पर्छ । चोरेर र किताप हेरेर मात्र होइन, आफ्नो बुद्धिले लेखेको एन्सर पनि मानिनु पर्छ । नत्र अनिश्चित कालको हडताल गरिन्छ ।

एङ्कर शर्मा : तर मेरो काम त यहाँ तिमरुले नियम पालना गर्छौ कि गर्दैनौ त्यो हेर्ने हो । गरेनौ भने रेष्टिगेट गर्ने हो । अरु कुरा त माथिबाट हेर्ने हो । तै पनि हेरौं त तिमरुले आ आफ्नो बुद्धिले के लेखेका छौ ?

ज्याकल शर्मा : मैले त कितापै हेरेर लेख्या छु । अस्ति मात्र गाइड बुक किनेर ल्याएको …नपत्याए हेर्नोस् यी ! …. (देखाउँछ )

एङ्कर शर्मा : खोई ? … (हातमा लिन्छ) यो चैं होइन । …यो त अर्कै ग्याङ्गको माष्टरले लेखेको । हाम्रो प्रिन्सीपलले होइन । हामीलाई हाम्रै सरको पुस्तकबाट चाहिन्छ । नत्र…

उल्फ के.सी. : (अगाडि सरेर) नत्र के ? … ओ तीन कौडी माष्टर ! अगाडि डेस्कमा चक्कु देख्या छ कि छैन ? र …यी मैले लेख्या छु आफ्नै बुद्धिले ! हेर्र्छौ – …लौ हेर !

एङ्कर शर्मा : खोई ? (उत्तर कपी लिएर पढ्छ) प्र˘न नं. एक गौतम बुद्धको बारेमा के जान्दछौ ? लमकरीमा लेख, उत्तर : बुद्ध पश्चिमको थारु राजा यलम्बरको छोरो हो । उसको मावली पूर्वको लिम्बुवानमा थियो मेरै मावली गाउँमा । …उसकी आमा सुत्केरी हुन माइत जाँदा धरान विजयपुर बुढा सुब्बाको शिकार बनमा ऊ जन्मिएको हो । पछि मावली तिरकै राई केटीसँग उसको बिहा भयो । छोरो पनि जन्म्यो । राई केटीहरू अलि स्वतन्त्र स्वभावका हुन्छन्; कसैको अण्डरमा बस्न सक्तैनन् । …के कुरामा खटपट परेर स्वास्नीले बुद्धलाई लात्तीले हानेर दर्बारबाट निकालिदिई । ऊ विरक्त भएर हिंड्यो । पछि युवराज लामाले उसलाई आफ्नो ‘नगर बधु’ भन्ने पिक्चरमा हिरोको रोल दियो । (पढ्दा पढ्दै खुशी भएर) वा : क्या डिसेन्ट आन्सर !

उल्फ के.सी. : अरु अगाडि पढन अनि देख्छौ ब्रिलियन्ट कसलाई भन्ने !

एङ्कर शर्मा : (पढ्दै) हिरो बन्नु भन्दा पहिले नै ऊ पद्म कन्या क्याम्पस अगाडि घुम्दै रोमाण्टिक गीत गाएर हिंड्थ्यो । ओ माई भ्यालेण्टाइन गर्ल, ऽऽ यू’र सो ब्यूटिफुल ब्यूटि ऽऽऽ आइ लभ् या ऽऽऽ लभ् या ऽऽऽ लभ् या ऽऽऽ एउटी केटीले एक दिन चप्पल फुकालेर मारि दनक दिएपछि ऊ फेरि भिक्षु बनेर स्वयम्भूको जङ्गलमा घुम्न थाल्यो, त्यहीं आम्रपाली भन्ने कलगर्लसँग उसको इलु इलु भयो । एक दिन उ एक्लै वनमा कुनै च्वाँक केटीको खोजीमा घुम्दै गर्दा एउटा रोगी बुढालाई भेट्यो । उसले सोध्यो “बुढा बा ! बूढो भए पछि कस्तो फिलिङ्ग हुन्छ हँ ?” बुढाले लामो सुस्केरा हाल्दै जवाफ दियो – “हेर बाबु ! शरीर बुढो भएर एक्सन अर्गेन चल्न छोडे पनि मनको अर्गेन त चलिनै रहन्छ – ‘जोबन गयो बैंस त गएन लैलै’ ! कुनै च्वाँक गर्ल देखेपछि इलु इलु गर्न इच्छा त हुन्छ । तर आफुले चाहेका योङ गर्ल कण्डाले टर्र्दैनन् । कुनै कुनै आफ्नै उमेर यताउतिका अधवैंसे खास गरी सेक्स हङ्ग्री वीडोहरूले आँखाभरि इलु इलुको भोक बोकेर आफूलाई हेर्छन् । तर आफ्नो मन जाँदैन । … यस्तै हुन्छ । …अनि कल्पनामै इलु इलु गर्‍यो बस्यो ।”

एङ्कर शर्मा : वा : लेख्न त गजबै एन्सर लेखेछौ । तर …. तर….

सेक्सी पाण्डे : तर के तर सर ? के यो झुठो एन्सर हो त सर ? इलु इलुमा स्याण्डलको किस पनि मिसिन्छ ! … मलाई कति रोमाण्टिक बुढाहरू इलु इलुको प्रपोज गर्न हुरुक्कै हुन्छन् । म सेक्सी पनि छु नि त अनि योङ् पनि । लौ त भने टीन एजर, अनि म उसलाई सेण्डलको ‘किस’ दिन्छु ।

फूलन के.सी. : वा ! क्या बोल्ड एक्सन । …के गर्नु, आफूलाई त कुनै योङ् केटाले त के कुरा एजेड विडोअरले पनि फुट्या आँखाले हेर्र्दैन । आफ्नो त पूरा बैंस नै यसै गरी बित्न लाग्यो । बैंस के अब त सिङ्गो जुनी नै बित्ने भयो !

भ्यालेनटाइन : (उत्सुक भएर) अनि सेक्सी ! अनि के भयो ? तिमीले स्याण्डल किस दिए पछि त्यो ओल्ड फुलले के गर्‍यो ?

सेक्सी पाण्डे : इलु इलुमा सेक्स किसको गिफ्ट पाएपछि के गर्छ गर्छ मान्छे – कि रेपिष्ट बन्छ , कि सिङ्गर बनेर साइड सङ्ग गाएर हिंड्छ; कि इलु इलु पोइट्री लेखेर पोएट बन्छ । केही बन्न सकेन भने कि झोली तुम्बा बोकेर जङ्गल तिर, गाउँ तिर पस्तछ । त्यस्तै इमोशनल फुल भए सुसाइड गर्छ । ओल्ड फुलहरू त न सिङ्गर बन्न सक्छन्, न पोएट । उनीहरू त रेपिष्ट पनि बन्न सक्तैनन् त्यो बोल्डनेस कहाँ, न सुसाइड नै गर्न सक्छ । जति बुढो भयो बाँच्ने इच्छा उति नै बढी हुन्छ । उसको एउटै मात्र गोल हुन्छ, झोली तुम्बा बोकेर भजन गीत गाउँदै हिंड्नु ‘अलख बम बम ! … लौ हजूर जोगीलाई मानामुठी दान ! …’ (सबै गल्ल हाँस्छन्) त्यसै गर्‍यो उसले । अथवा घरकै एउटा अँध्यारो कुनामा छोरा बुहारीले लत्याएर दिएको गाँस खाँदै लङ ब्रिदिङ गर्दै बाँच्यो होला । (एक पल्ट फेरि गल्ल हाँसो)

एङ्कर शर्मा : अर्डर अर्डर ! … इट्जि एनफ । …अब आफ्नो काम ! अहिले फेरि सुपरिटेन्डेन्टको राउन्ड हुन्छ । (हल्ला र उफ्राउफ्री झन् चर्किन्छ । डेस्कको चक्कु थरथर काम्न थाल्छ । माष्टर डरले थर थर हुँदै हनुमान चालिसा पाठ गर्न थाल्छ ।)

जय ! जय ! जय हनुमान गोर्साई

कृपा करो गुरु देवकी नाइ

भूत पिशाच नजिक नही आए

महावीर जब नाउँ सुनाए

(अनि उठेर) : म जान्छु प्रिंसिपल कहाँ । (निस्कन्छ )

क्यारोन : देख्यौ कसरी हारेको कुकुर झैं टाङ मुनि पुच्छर लुकाएर भाग्यो ।

उल्फ के.सी. : अकडिएर बस्या भए त खान्थ्यो नि ! राजेन्द्र खड्गीलाई विश्व बस्नेतले ख्वाए जस्तो !

फूलन के.सी. : वा : साँच्चै क्या बक्सिङ थियो हगि ? ढिस्यूँ ढिस्यूँ । .. क्या स्वाद आएको थियो ।

क्यारोन : तिमरु आइमाईलाई के थाहा बक्सिङको स्वाद !

ज्याकिल : आइमाई भनेर नहेप आजका गर्लहरूलाई, याद गर उसले फूलन के.सी. नाउँ लिएकी छ । उसका लागि एक दुइ मर्डर गर्नु ठूलो कुरो होइन ।

क्यारोन : ओ सरी फूलन ! …आफ्नो ‘फूलन’ ……….. मै माथि यूज नगर्नु नि फेरि ।

ज्याकिल : (हाँसेर) उसले अहिल्यै ट्राउजरमा सु सु गरिसके जस्तो छ । (सबै गलल्ल हाँस्छन् टेलिफोन बज्छ)

उल्फ के.सी.: (टेलिफोनको रिसिभर सुन्दै) हैलो ! को माष्टरनी ? उनी ठीक ठाक छन् डोन्ट वरी (हत्केलाले बोल्ने भाग छोपेर) माष्टरनीको सातो उडेजस्तो छ । (हात खोलेर) धन्दा नमान माष्टरनी, हाम्रो डेमाण्ड पूरा गरिदिए सम्म उनलाई केही हुन्न । डोण्ट वरी । (रिसिभर राख्छ )

भ्यालेन्टाइन : अँ साँच्चै त्यो छ नि त्यो नयाँ सिनेमा छ नि त्यो केरे ? ….चाहिया बेलामा आउँदैन नाउँ पनि के रे .. हो ‘लभ मेकिङ’ … हो अनि अर्को लाइन के रे ? भन न क्यारोन (क्यारोन शर्मा उठेर उसलाई आँगालोमा च्याप्छ दुवै हल्लिन थाल्छन् ।)

क्यारोन : ओ माई भ्यालेन्टाइन गर्ल ~~ ओ माई हनी लभ ~ लेट्स मेक ए लभ ~~ टुगेदर ~~ मेक अ रियल लभ ~~ लेट्स प्ले अ प्राक्टिकल लभ मेकिङ ~~ लेट्स डु एक्सपेरिमेन्ट अन लभ मेकिङ् ~~~ इट्स आवर रियल एजुकेशन ~~~ सेक्स एजुकेशन ~~~ इट्स आवर राइट् ~~~ ट्वेन्टी फस्ट सेञ्चुरी नीड्स -~~~ (एङ्कर शर्मा भित्र पस्छ)

उल्फ के.सी. : आयौ माष्टर ? के भने त सुपरिन्टेण्डेन्टले ? ….

एङ्कर : तिमरु बम्वैया नाङ्गा र मारकाटका सिनेमाको अमरीस पुरी, गुल्सन ग्रोभर नठान रे । ज्यादा त्यस्ता सिनेमाका पछि लागेर नहिंड रे । हाम्रा जमानामा त हामीले त्यस्तो केही गरेनौं रे !

फूलन : तपाईंहरूका पालामा त त्यस्ता सिनेमाहरू भए पो हेर्नु नि… ! तपाईंहरू त बारबर एजका ज्यू विस्टहरू !

एङकर : धेरै हामीलाई नहेप नानी ! हाम्रा पालामा जति अहिले के छ ? … हामी त अङग्रेजी नाटक

सेक्सपियर हेर्थ्यौ । संस्कृतका कथाहरू महाभारत पढ्थ्यौं, तरबारका खेलहरू, कुखुरा जुधाउने खेल, बरुवाल थुमा जुधाउने, बट्टाइ जुधाउने खेलहरू हेथ्र्यौ ।

सेक्सी पाण्डे : साँच्चै माडसाप यार ! महाभारत कसले लेख्या हो ?..(तर एङ्कर जवाफै नदिई बाहिर जान्छ)

फूलन : त्यति पनि थाहा छैन ? … महाभारत हरेकृष्णा हरेराम हरेकृष्णा हरेरामले लेखेको । हरेकृष्णा हरेराम भक्तपुर आउँदा तिमीहरू हेर्न गएनौ ? …हो त्यही लेखेको !

भ्यालेन्टाइन : तिमरु सबै बगमफुस । महाँभारत त देवानन्दले लेखेको । हरेकृष्ण हरे रामाले त महाँ भारतको बारेमा गीत पो गाएको ।

ज्याकिल : प्लीज भ्याल; त्यो रेडियो बजाउन बन्द गरिदेऊ न । मैले एक लाइन पनि कपी गर्न सकिन ।

भ्यालेन्टाइन : कहाँ हुन्छ ! म त म्यूजिक नसुनी एक अक्षर पनि लेख्न सक्तिन । …त्यही त भरखर “एउटा क्वेस्चन कम्प्लिट गरें ।

फूलन के.सी.: कम्प्लिट नाऊ लेख्ने जरुरी पनि छैन । पास्ट इज पास्ट !

सेक्सी : दाट्स राइट …तर क्वेश्चन भए पछि एन्सर त गर्नै पर्छ … तर अँ … अँ … पृथ्वी नारायण शाहले कस्तो ड्रेस लाउँथे हँ ? (एङ्कर शर्मा बाहिरबाट आउँछन् उनको पहिरन अहिले विचित्रको छ । अङ्ग्रेज नाइटहरूले लगाउने जस्तो : शिरमा शिर स्त्राण हातमा हर्क्युलसले लिनेजस्तो गदा, आङमा जालीदार ज्याकेट कम्मरमुनि घुँडासम्म झल्लरी जामा (स्कर्ट) ।

परीक्षार्थी : (खास गरी छात्राहरू अताल्लिदै कराउँछन्) : भूत ! भूत ! एकजाम हलमा भूत !

एङकर : ए : म भूत होइन, वर्तमान नै हुँ । तिमरुकै इनभिजिलेटर (मकुण्डो झिक्छ )

सेक्सी : ओ ! माड्साप तपाईंले त झण्डै हाम्रो सातो नै लिइदिनु भो ! …छ्याः म त कस्तरी डराएकी ।

भ्यालेन : म पनि ! म त अङग्रेज नाइटको भूत भनेर … यस्तो ड्रेस किन माड्साप ?

एङ्कर शर्मा : के गर्नु त ? तिमीहरूले कुन बेला चक्कु उठाएर हिर्काउने हो !

ज्याकिल : हामी किन हिर्काउँछौं ? हाम्रो माग पूरा गराइदिनु होस्न भैगो नि । हामीले आफ्नो बुद्धिले लेखेको आन्सर पनि ग्राण्ट हुनु पर्छ ; अनि

फूलन के.सीं : होइन, हामीले लेख्तै नलेखी हाजिर मात्र भए पनि पास हुन पाउनु पर्छ ।

सेक्सी पाण्डे : हाजिर पनि हुन नपर्ने … प्रिभिलेज हुनुपर्छ ; फर्म फिलप गरेपछि अटोमेटिकली पास भएको मानिनु पर्छ । होइन भने …

उल्फ के. सी. : (हावामा घुस्सा हिर्काउदै) हामीसँग जो टकराउला !

भ्यालेन्टाइन : त्यसले पाउडर पाउडर पाउडर भएर डष्टमा मिल्ला (टेविलको चक्कु स्वतः हावामा उठेर माष्टरलाई लखेट्न थाल्छ । माष्टर यो कुना र ऊ कुना भाग्न थाल्छ । आखिर ऊ छुरीको सामू हनुमान मुद्रामा – एउटा घुँडा टेकेर हात जोर्दै भजन गाउन थाल्छ ।)

ओम् जय ………

…………………..

……………………

……………………

(फोन बज्छ । डराउँदै डराउँदै गएर रिसीभर उठाउँछ) ह..ह..हेलो ! को सुपरिन्टेण्डेन्ट साब ! ..सबै ठीक छ । …. गाइड बुक त किनेका छैनन् तर पुस्तकहरू पल्टाएर लेख्ने एटेम्ट गर्दैछन् । … तर उनीहरूको डेमाण्ड चाहिं एकजाममा शामेल नभएपनि फर्म फिलप गरेपछि स्वतः पास भएको मानिनु पर्छ । …हस् ! … (केटाकेटीतिर) सुन्यौ तिमरुले ! मैले त एम्बुलेन्स र फायर ब्रिगेड चाहिन्न भन्या थिएँ , तर बाहिर आएर बसिसकेछ ।

उल्फ के.सी. ल ल भैगो ! अब ज्यादा बक बक नगर ! …हामीलाई आफ्नो काम गर्न देऊ । हामी डान्स गर्ने मूडमा छौं, कसो फ्रेण्डस् एण्ड कम्रेडस् !

फूलन : हो हो वी डान्स् … वी सिङ् … नत्र वी …(छुरा देखाउँछे)

एङ्कर (अलि आँटिलो बनेर) नत्र के ? … घरिघरि ध्वाँस नदेऊ । मसँग पनि छ त्यस्तो टेट फर टाइट गर्ने । (परीक्षार्थीहरूको भन्दा पनि ठूलो छुरी झिकेर देखाउँछ ) तिमरु त मेरा चेला हौ । म त गुरु हुँ तिमरुका ! …कतिसम्म तिमरुका ध्वाँस – डर त्रास र आतङ्कसामू निहुरमुन्टी न मात्र भएर बस्छौं र ? …हामीले पनि जान्या छ बिसौलीमाथि धार्नी बन्न ।

उल्फ के.सी. (कम्मरमा हात राखेर उठ्तै ) साँच्चै खोज्या हो त ?

एङ्कर : सडप् यु ब्लडी फूल !

उल्फ के.सी. यू सडप् ! ओल्ड फूल !

एङ्कर : यू… यू… यू…

(त्यहाँ एक्कासी चकमन्न छाउँछ । डेस्कमा गाडिएको चक्कु नराम्ररी थरथराउँछ । वातावरणमा आतङ्कको गन्ध सुँघेर एङ्कर एक्कासी विनम्र हुन पुग्छ ।)

हेर भाइ बहिनी हो ! … तिमरु भन्या देशका सपूत हौ । म जस्तो एउटा निरीह शिक्षकसँग झगडा गरेर के मिल्छ ? तिमरुसँग साँच्चै जोश छ, त्यो आक्रोश विकृतिसंग जुध्नमा लगाऊ, भ्रष्टाचार, आतङ्क बलात्कार, भ्रष्टाचारको विरोधमा, देश र समाजलाई अधोगतितिर होइन ऊर्ध्वतिर लैजान लगाउ । …तिमीहरूले त यो देशको यसको उन्नति प्रगतिको जिम्मा लिनु पर्छ । हामी त कति रहौंला र ? माटो, यो धर्ति यो देश त तिमरूकै हो ! यसलाई ध्वंशतिर धकेल्दा तिमरु आफैं ध्वंश विनासतिर धकेलिन्छौ । त्यसैले आक्रोश जगाऊ तर विकृतिको विरुद्ध, विनासको विरुद्ध । लौ तिमरु समझदार छौ, जे गर्दा आफ्नो भविष्य उज्यालो हुन्छ , आफ्नो चरित्र सफा र सुन्दर हुन्छ, सृजनात्मक हुन्छ त्यही गर । हामी हस्तक्षेप गर्दैनौ ।

भ्यालेन्टाइन (खुशी हुँदै) के तपाईंले साँच्चै भन्नु भएको हो माड्साप ? के हामीले देश बनाउन सक्छौ ?

एङ्कर : अवश्य सक्छौ , इमानदार बन्न सक्छौ, शुद्ध चरित्र भएका असल मान्छे बन्न सक्छौ तिमीहरूले साँच्चै चाहृयौ भने !

उल्फ के.सी. हो हामी देशका सपूत हौं ! हामी देश बनाउन सक्छौं । हामी मुलुकलाई ध्वंश तिर होइन सृजना तिर निर्माण तिर लगाउँछौं । भ्रष्टाचार !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. भ्रष्टाचारी ! … व्यभिचारी, अत्याचारी !

समवेत स्वर : मुर्दावाद ! मुर्दावाद !

उल्फ के.सी. लौ साथी हो ! …अब हामी लेख्न थालौं । हाम्रो कापी खाली छ । दिमाग खाली हुनेको मात्र कापी खाली हुन्छ । हाम्रो दिमाग खाली छैन । त्यहाँ करोडौं समस्याका समाधान छन् । खाली हामीसंग विश्वासको कमी छ । हामी अर्काको लहै लहैमा चाँडै लाग्छौं । हाम्रो यो बानीले भ्रष्ट बदमास र दुष्टहरूले हाम्रो घोडा चढ्छन्; हाम्रो जोश जाँगर र बुद्धिलाई आफ्नो क्षुद्र स्वार्थ पूरा गर्न उपयोग गर्छन् , गर्दैछन् र भोलि पनि त्यस्तै जमर्को गर्न सक्छन् । हामी त्यसमा नफसौं । …लौ अब काममा जुटौं । पढ्न लेख्न पाउने हाम्रो अधिकार !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

उल्फ के.सी. एकजाम दिन पाउने हाम्रो हक !

समवेत स्वर : जिन्दावाद ! जिन्दावाद !

(फोनको घण्टी बज्छ)

एङ्कर शर्मा (प्रफुल्ल मुद्रामा यन्त्र उठाएर) हेलो ! नानीकी आमा – … अँ, यहाँ सबै ठीक छ । धन्दा मान्नु पर्दैन । केटाकेटीहरू तल्लीन भएर प्रश्नको उत्तर दिंदैछन् । शान्ति छ । चिता बनाउनु पनि पर्दैन, दाउरा बनाउनु पनि पर्दैन । …होइन, होइन घाटको सामान केही किन्न पठाउनु पर्दैन । पुरेत दाजु भाइ कसैलाई बोलाउनु पर्दैन । …चक्कु – चक्कु पनि डेस्कमा गाडिएको छैन । …भनिहालें नि सबै लेख्नमा मग्नछन् । …बरु आफैं सक्छ्यौ भने शिव मृत्युञ्जयको सङ्कटा भैरवको स्तोत्र पाठ गरे हुन्छ; पछि आउने सङ्कट पनि रोकथाम होला ! … ल त… (रिसिभर राख्छ) अँ त तिमीहरूले लेखिसक्यौ !

समवेत स्वर : सक्यौ सर !

एङ्कर शर्मा : कस्तो गर्‍यौं ? …सर होइन, गुरु भन । म रिसाउन्न

भ्यालेन्टाइन : राम्रै गर्‍यौं जस्तो लाग्छ । थैङ्क्यु गुरु । तर थैङ्क्यूसंग गुरु वर्ड कति अड लाग्छ । थैङ्क्यूको नेपालीमा के हुन्छ गुरु ?

एङ्कर शर्मा (अलि अकमकिन्छन्) मलाई अहिले ठयाक्कै आएन । म डिक्स्नरी हेरेर भोलि भनिदिउँला ।

सेक्सी पाण्डे : ओ.के. सर ! ओ गुरु , हेप्पी डे । गुड नाइट् स्वीट् ड्रीम ।