Dr. Rabindra Sameer – Nepal Ki Sekuwa?

डा. रवीन्द्र समीर – नेपाल कि सेकुवा ?
(Source: नेपाल साप्ताहिक ३९८)

दिउँसोको २ बजेको छ ।

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षालयमा थचक्क बसेको छु । बारबार घडी हेररिहेको छु र आँखाहरू आगन्तुकको हूलतर्फ निर्निमेष बिछ्याएको छु । मेरा हातमा दुईवटा सुकिला खादाहरू र दुई झुप्पा ताजा र सुन्दर फूल फुलेका छन् । छेउमै रहेका पानीका बोतल र झोला मेरोे साथी बनेर बसेका छन् । थाइल्यान्डकी मित्र डा प्रानी र उसकी प्राध्यापक मित्र झोला गुडाउँदै बाहिर निस्कँदै छन्, अनुहारभर िनवीनता, उत्सुकता र अनिश्चितताको क्रिम पोतेर ।

‘नमस्ते ∕ सवस्डी खप् !’ गलामा खादा ओडाइदिँदै हातमा भएको फूलको गुच्छा दिएर उनीहरूलाई स्वागत गर्छु म । उनीहरूको अनुहारमा पोतिएको अन्योल र अनिश्चितताको रंग एकाएक गायब हुन्छ । “प्रो बिअ !” प्रानीले उसको मित्रसँग परचिय गराउँछे । “आर यू डियर रवीन !” बिअले पूर्वपरििचतझैँ मेरो परचिय मलाई दिन्छे ।

ट्याक्सी चालकसँग सात सय रुपियाँबाट मोलमोलाइजा गरी बल्लतल्ल म तीन सयमा कुरा मिलाउँछु र उनीहरूलाई ट्याक्सीमा राख्छु । ट्याक्सी गुड्ने बेलामा चार/पाँच जना मुसदन्डे ठिटाहरू आएर हामीलाई बाहिर निस्कन आदेश दिन्छन् । म स्तब्ध हुन्छु । एकैछिन हामी बसेको ट्याक्सी ड्राइभर र उनीहरूबीच चर्काचर्की पर्छ । मेरा पाहुनाहरूको मुहार पुनः कृष्णाभ हुँदै जान्छ । त्यो ट्याक्सीवाला युनियनसँग सम्बद्ध होइन रहेछ, युनियनवालाहरूले हामीलाई अर्को ट्याक्सी देखाउँछन् । “उफ ! प्रथम ग्रासे मक्षिकापातः !” म अपमानबोधले पानीपानी हुन्छु । “के भयो ?” हामीबाट केही गल्ती त भएन रवीन ?” उनीहरू बिलखबन्दमा परे । “हाम्रो गल्ती होइन, उनीहरूको प्राविधिक गडबडी हो,” फेर िओरालेर अर्को ट्याक्सीमा बसाउँदै मैले मनमनै भनेँ, यो हाम्रो लोकतन्त्रको स्थापित समस्या हो । विमानस्थलबाट होटलतर्फ लाग्दा हाम्रो सडकको अवस्था देखेर मेरो छाती चरक्क चिरएिर आयो । कस्तो कुरूप सडक, कुरूप पेटी, खाल्डैखाल्डा भएको मानौँ सडक नभएर कुनै खण्डहर हो, जहाँ वर्षौंअघि मानिसहरू बस्थे । त्यस्तै कुरूप बालुवा, इटा र गिट्टीका थुप्रा, असरल्ल फोहरको डंगुर, अव्यवस्िथत सहरीकरण, कुरूप फुटपाथे पसल, पिनासले पनि हार खाने दुर्गन्ध, वर्षातमा हिलो र गर्मीमा धूलोको चक्रीय साम्राज्य, थोत्रा गाडीहरूको कालो मुस्लो, कर्णपटल फुट्लाजस्तो ध्वनि प्रदूषण… हरे ! सुन्दर शान्त पर्यटकीय देशको राजधानीको यो बेहाल, म ती विदेशीहरूका सामुन्ने लाज र ग्लानिले रातो भएँ ।

होटलमा पुर्याएर पूर्णताजगी भएपछि मैले उनीहरूलाई साँझपख विदेशी पर्यटकहरूको मुटु भनिने ठमेल घुमाउन लगेँ । ठमेलमा थुपि्रएको नाकै खाने फोहरको डंगुरले म पुनः अपमानित भएँ । उनीहरूले फोहरको पहाड र खाल्डाखुल्डीलाई नदेखून् र तिनमा नठेसिऊन् भनेर आकाशतिर हेर्दै उनीहरूलाई अग्ला घरमा टाँगिएका होर्डिङ् बोर्डहरूतिर मात्र ध्यान केन्दि्रत गराउँदै हिँडँे । बाठो म मात्र छु र ? अर्को बिहान उनीहरूलाई लिएर म स्वयम्भूको डाँडोतिर लागँे, केही नौलो कुरा देखाउन सकिन्छ कि भन्ने सुरले । विदेशी पर्यटकहरूलाई एक सय रुपियाँको टिकट रहेछ । काउन्टरको झ्याल खुला थियो तर टिकट दिने मान्छे थिएनन् । पैसा तिर्न पाँच मिनेट कुर्यौँ तर पनि टिकट काट्ने कारन्िदो आएन र हामी लाग्यौँ उकालो बिनाटिकटै । विदेशतिर राज्यले स्वदेशी तथा विदेशी आगन्तुकहरूबाट अनिवार्य रूपमा टिकट लिएर उक्त ठाउँको आकर्षक व्यवस्थापन गरेको हुन्छ, हाम्रो देशमा टिकट पनि काट्न नपाइने ?

स्वयम्भूको शिखरबाट उनीहरूले सयौँ तस्बिरहरू खिचे, चारै दिशाबाट काठमाडौँलाई हेरे अनि बुद्धको गुम्बामा पूजा गरे, म सन्तुष्ट भएँ, हृदयमा एक किसिमको गौरवबोध भयो । दिउँसो उनीहरूलाई छाउनीको संग्रहालय, पाटनको कृष्णमन्दिर परसिर घुमाएर लगेँ कीर्तिपुरस्िथत ‘मिनी लुम्बिनी’मा । त्यहाँ उनीहरू थाई भिक्षुलाई भेटेर निकै पुलकित भए, प्रार्थना गरे, भेटी चढाए, थाई भाषामै मजाले कुरा गरे, थाई शैलीमा नै हाँसे, म पुनः पुलकित भएँ ।

साँझ, नयाँसडक, वसन्तपुर, हनुमानढोका, दरबारमार्ग, सुन्धारालगायतका क्षेत्रमा घुमाएँ अनि जमलस्िथत दोहरी रेस्टुराँमा लगेँ । अर्को बिहान ट्याक्सी रजिर्भ गरेर हामीहरू नगरकोटतिर लाग्यौँ । शिवरात्रिका दिन परेकाले बाटोमा सयौँ डोरी र बाँसका तगाराहरूलाई सिक्का र नोटले पन्छाउँदै अगाडि बढ्यौँ । भक्तपुरबाट नगरकोटतिर लागेपछि नागबेली सडक, पुराना कलात्मक बस्ती, गुराँसका पोथ्राहरू र वरपिर िदेखिने हरयिा लोभलाग्दा डाँडाहरूलाई नयनपटल र तस्िबर-यन्त्रमा राख्दै ११ बजे नगरकोट पुग्यौँ । नगरकोटस्िथत रसिोर्टको क्षितिजमा मुस्कुराइरहेका हिमाल, सिररिी चलेको चिसो बताससँगै मीठो कफी सुक्र्याउँदै गफिँदा हाम्रो थकान हामीबाट बिदा भइसकेको थियो । “त्यो माउन्ट एभरेस्ट हो सर !” होटलको वेटरले उनीहरूलाई उत्तेजित बनायो । धेरैबेरसम्म सगरमाथामा आँखा टाँसेर निःशब्द बोलिरहे, उनीहरू । शुद्ध नेपाली खाना खाएपछि हामीहरू नगरकोटस्िथत टावरको टुप्पोमा पुग्यौँ र तल हेर्यौँ । आहा ! कति सुन्दर हाम्रो नेपाल !

दिउँसो भक्तपुर दरबार क्षेत्रतिर लाग्यौँ । बाहिरका पर्यटकहरूले १० डलरको टिकट काट्नु पर्दो रहेछ । मैले जासुसी गर्न उनीहरूलाई ‘भुटानी हौँ भन’ भनँे । टिकट काउन्टरमा बसेको कर्मचारीले भुटानको राजधानी, राजधानीको नाम र उनीहरूको थर सोध्यो, उनीहरू लाजले निहुरीमुन्टी भए, म गौरवान्वित भएँ । कमसेकम पेसागत इमानदारी त देखियो यो कारन्िदाको । भक्तपुरको टिकट काउन्टरमा टिकट लिएर भित्र प्रवेश गरेपछि हामीहरू भक्तपुरका दरबारहरू, मन्दिरहरू एवं गल्लीहरू चहार्यौँ । सफा चौर, सफा बाटो, पुरातन कलात्मक वस्ती, मलाई भन्न मन लाग्यो, कमरेड रोहित जिन्दावाद !

उनीहरूको भोलिपल्ट र्फकने कार्यक्रम भएकाले हामीहरू उपहार सामग्री किन्न गयौँ ठमेलतिर । उनीहरूले धेरै माल-सामान किने, मैले पनि प्रानीको बहिनीलाई स्वयम्भूको मूर्ति र ज्वाइँलाई सानो चिटिक्कको नेपाली खुकुरी किनिदिएँ । म थाइल्यान्ड भ्रमणमा रहेका बेला उनीहरूले चाओ पराया रभिरको जहाजमा आतिथ्यपूर्ण डिनरको व्यवस्था गरेका थिए, त्यो झझल्कोमा भावुक भएँ म । सामान किनेर फर्किंदा ठमेल बिहानको ठमेल थिएन, अघिका साइनबोर्ड थिएनन् । सावर डान्स रेस्टुराँ, ब्लू डान्स एन्ड वार… यस्तै यस्तै रात्रिनाम थिए, ठमेल बजारमा । केटीहरू केटातर्फ हेरेर सुसेलिरहेका थिए, केटाहरू केटीतर्फ हेरेर सुसेलिरहेका थिए । त्यो सुसेलीमा यौन विम्ब थियो, यौन अपिल थियो र थियो यौन मार्केटिङ् । कुकुरको भुकाइ, डान्स रेस्टुराँको चर्को आवाज, सडक बालबालिकाको मगन्ते कुइँकुइँ, प्रहरी र यौन व्यवसायीहरूको लुकामारी ‘बिचरा बूढो ठमेल, चाउरी परेका गाला मुसार्दै मुख बंगाइरहेको थियो- यो ‘ओपन सेक्रेट’ कहिलेसम्म ? दुनियाँ घोषणा गर्न तँछाडमछाड गर्ने नेताहरूले ‘रेडलाइट स्वायत्त गणराज्य’ घोषणा गरे त यो लुकामारी बन्द हुन्थ्यो नि !

होटलमा फर्किएपछि उनीहरूले आँखा चिम्लेर बुद्धको ध्यान गर्न थाले । म पनि ध्यानस्थ भएँ र हाम्रा देवताहरू- माओवादी, कांग्रेस, एमाले, मधेसवादी, राजावादीलगायत सबै नेताहरूप्रति नतमस्तक भएँ, “हे मेरा देवगण ! हजुरहरूको अपार कृपाले यो तीन दिन बन्द भएन, यहाँहरूलाई कोटि कोटि प्रणाम ! हे मेरा ब्रह्मा, विष्णु, महेश्वर ! यहाँहरूको कृपाबिना न हामीले सास फेर्न सक्छौँ, न हातमुख जोड्न सक्छौँ ! हजुरहरूको सानो आदेशले हाम्रो देशमा बहेको हावा पनि टक्क रोकिन्छ, सडकमा आगोको मुस्लो बल्छ, लाठी, खुकुरी तथा बन्दुक बोकाएर हामीलाई नै ठोक्न तयार बनाउँछौ । यस्ता देवगणको स्तुति हजार जिब्रा भएका शेषनागले त गर्न स्ाक्दैनन् भने हामी निरीह जनताले के सकौँला र प्रभु ! हजुरहरूले यो अनाथको अन्तरआत्माको पुकार नसुनेको भए मेरा पाहुनाहरूले तीनै दिन एयरपोर्टनजिकका होटलहरूमा सेकुवा चपाएर आफ्नो देश फर्किने थिए अनि उनीहरूका साथीहरूले ‘नेपाल कस्तो लाग्यो ?’ भनेर प्रश्न गर्दा उल्टै प्रतिप्रश्न गर्ने थिए होलान्, ‘नेपाल कि सेकुवा ?’ धन्य प्रभू ! यसो हुनबाट तिमीले जोगायौ । तिमीलाई कर जोडी कोटिकोटि प्रणाम छ ।

Dr. Raindra Sameer – Dhunga Ko Devta (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – ढुङ्गाको देवता (लघु कथा)
(Source: मधुपर्क)

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउला ।

अर्कोदिन छोराको नाडी झनै पाताला हुदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्‍यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउदा दूध बाहिर झरेको थियो ।

बच्चालाई कठैवरा ! विचरा !! भन्न उसको घरमा आफन्तहरुको भीड लाग्यो, त्यहा भन्दा ठूलो भीड ढुङ्गाको वरिपरि लाग्यो- पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शीवाद लिन ।

त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्‍यो, श्रृष्टिको रोलक्रम अनुरुप उसको पालो मिचियो । बलिन्द्र धारा आसु बहाउदै मसानघाटमा छोरालाई कणकण बनाएर ऊ रुदै फर्कियो, उसको जीवनमा सुनामी आयो ।

उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढुङ्गा अर्थात् देवताको पखाल्यो अर्थात् पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो ।

भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लागेर बीस रुपियामा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फक्र्यो ।

उसलाई आˆनो दोस्रो सनकप्रति गर्व लाग्यो-मैले गर्दा आज कसैको पेटमा अन्न त पर्‍यो ।

-गुल्मी, हाल पो.ब.नं. १३१४२, काठमाडौ

Dr. Rabindra Sameer – Nishedh Ko Raajniti (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – निषेधको राजनीति (लघु कथा)

सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।

चिसो हावाको वहाव एवं सङ्लो पानीको धमिलिकरणसंगै परिवारभित्र पनि कथाहरू फेरिंदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाडको लागि खुकुरी बोक्न थाले, अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न वाध्य भए ।

…त्यो यो घरवाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तर्सथ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ …सहअस्तित्व एवं वसुधैवकुटुम्वकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकिर्णभिडन्तले परिवार भित्रका सवै सदस्यहरू थाके, गले र कमजोर भए ।

यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैचामा हात्ती भएर निस्किए, शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनीको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन – बल्ल खायो त्यसले ।

Dr. Rabindra Sameer – Buba Ra Bubaharu (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – बुबा र बुबाहरु (लघु कथा)

‘बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।’ उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
* * *
‘बच्चु ! तिमो पिता आउनुभयो ।’ रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो ।
* * *
‘फुच्चे ! तिमो बालाई चियो लगिदेऊ ।’ उसले पोल्दापोल्दै मसानघाटबाट उछिट्टिएको जस्तो कालो भुस्तिघ्रेलाई डराइ-डराइ चिया पुर्याइदियो ।
* * *
‘सानु ! डयाडीको कोठामा बत्ती पुर्याइदेउ !’ यसपटक पनि ऊ आज्ञाकारी बन्दै कपाल पालेको तथा कानमा मुन्द्रा लगाएको झयापुल्लेको मुहारमा बुबाको प्रतिबिम्ब खोज्न विवश भयो ।
* * *
‘छोरा ! हेर त तिमो बुबा तीन वर्षछि लाहुरबाट आउनु भो, खुट्टामा ढोगिदेउ ल ।’ उसले यसपटक पनि अनास्थापूर्वर्क बुबा खुट्टामा टाउको राख्यो ।
* * *
एक साँझ बुबा र आमाको बीचमा सुतेर तोतेबोलीमा कुरा गरिरहेको बेला छोराले आफ्नो आमासँग साध्यो – ‘मम्मी – हाम्रो लाहुरेबुबा सधैँ यहाँ किन बसेको -‘ उसको आमाले उत्तर दिइन्- ‘बाबु ! यो उँहाकै घर हो, उहाँ तिमो बुबा……. ।’ अनि हाम्रो बुबा नभएको बेलामा हामीसँग सुत्न आउने बा, पिता, बाबा डयाडीहरु …….. आजभोलि किन नआएको -‘