Bikram Gyawali – Ma Marda Ko Tyo Kshan

बिक्रम ज्ञवाली – म मर्दाको त्यो छेण

एक्कासी एकदम आनन्द आयो । फेरी मलाई निकै गाह्रो पनि त भएको थियो । मेरो कानले सुन्न त सक्थ्यो तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन । मेरो आगडी आउने मान्छे ले मलाई चिनिस् भनेर सोध्थ्यो तर खै को रहिछ ठम्याउनै सक्थिएन ।

एक त बुढो भएको शरीर त्यसमाथी धेरै रोग । तर आज अचानक सबै दु:खाइ सकियो । अनी फेरी मैले आफु लडेर सुतेको आँफै ले देखेको छु । न त मैले देखेको ‘म’ ले सास फेरेको थियो न कुनै हलनलन । एकछिन पोछी छोरी आइ र बाबा भनेर रुन लागि । अनी श्रीमती चिच्चाएर डाको छोड्दै कराउँदै “मलाई एकलै छोडेर किन जानु भयो लैजानुस् सँगै ………. ” भनेर छोड्दै रुन लागि ।

अनी बिस्तारै रुवा बासीको ठुलो टान्दव नै हुन लाग्यो । फेरी कोइ भन्थे ” बिचरा दु:ख पाएको थियो गएर ठिकै भयो ” । यस्तै यस्तै बीचमा कोइ ले हरियो बाँस ल्याएछ अनी मलाई सेतो कपडाले बेर्न लागेका रहिछन् कोइ । रुवा बासिको पनि चर्को चर्को आवाज आएको थियो । मैले हेर्दा हेर्दै मलाई कपडाले बेरेर बाश मा राख्न लागे छर छिमेकीहरु र आफन्तहरु ।

“लाश लाई छिटो छिटो सेलाउन पर्छ” भनेर एक जाना बुढाले भन्दा पो म झसंग भए । हिज सम्म को जिवित म आज लाश पो भएको रहेछु भनेर ।

फेरी पोको पारेको मलाई बासमा राखेर बाध्न लागे सबै जाना मिलेर , बिस्तारै आफन्त हरु आउदै थिए । अनी कोइ चाही बिचरा एकदम असल मान्छे थिए गए भन्थे भने कोही चाही के गर्नु चली आको चलन भन्थे। कोइ चाही म सँग अली दिन आगडी गरेको झगडा र कल सम्झेर पछुताउदै पनी थिए । सबै जम्मा भई सके पछी मलाई राखेको बास सँगै मलाई पनि बोकेर हिंड्ने तर्खर गरे । आगाडी एक जना लाभा फाल्दै राम राम भन्थ्यो र पछाडिकाहरु सत्य हो भन्दै सन्ख फुक्दै थिए ।

एकछिनमा घाट पुगे तिनीहरु । म पनि पोछी पोछी गऐको थिए । यो घाटमा थाहा छैन म कतीको मलामी आएको थिए पहिला । तर आज मेरो आफ्नै मलामी संग मेरै लाश जलाऊन आएको छू । तल खोलाको छेउमा कसैले पहिल्य आएर दाउराको चाङ लगाएको थियो । अनी खोलामा मेरो खुट्टा छ्वाएर छेऊमा सानो आगो बाले । एक जना मरै घरको छेउका बुढाले “सबें सामान तयार छ ?” भने पोछि सबे मलामी मिलेर पोकाहरु हेरे । अनी ” ठिक छ ” । भन्ने उत्तर आयो ।

” ल अब लाशलाई चितामा रखौं ” भन्ने कोहीको आवाज आयो । सबै मेलेर मेरो शरिरलाई चितामा राखे । पण्डित बाले छोरालाई ” ल आउ बाबु आगो देऊ ! के गर्छो त बा चलेको चलन !! यस्तै हो संसारको नियम जन्मे पोछि मर्नै पर्ने । ” भनेर हातमा आगोको मसाल दिए । अनि फेरी भने ” ल तिन फन्का गुमेर आगो देउ । ”

हुन त पहिला मैले आफै कती छोराहरुलाई यसरी नै संझाएको थिए मलामी आको बेला । तर आज मैरो आफ्नै चिता जल्दैछ । म आफे रमिते भएको छु मेरो समसानको । म आफै एउटा साक्षी बनेको छु मेरो मृतुको । हिजसंम दुनिया हिड्ने मेरा खुट्टा , बाच्न‍लाई स्रम गर्ने हात , खाने मुख , दुनिया देख्ने आँखा , समग्रमा पुरै शरीर सबै । तयारी अबस्थामा थिए । जल्नका लागी तयार थिए ।

त्यसको लगतै छोराले मसाल लिएर चितामा तिन फन्को मार्यो । अनि बिस्तारै मेरो मुख्मा राखिदियो बलिरहेको मसाल । हिजसंम तातो चियाले समेत पोल्ने मुख आज आगोले बाल्दा पनि केही भएन । चिताको आगो बल्दै गयो मा रमिता हेर्दै गए । हेर्दा हेर्दै आगोको लफ्टा पुरै चिता मा पुग्यो ।

म हेर्दै थिए मेरो हात पहिला खरानी भयो । अनी खुट्टा । वास्तवमा धैरैनै पिडा भएको थियो मलाइ आफु जलेको हेर्न । त्यो आगोले मलाई जलाउँदै त थियो तर त्यसको जलन भन्दा पनि आफु जिवित हुदाको कुराहरुले मलाई पोलिरहेको थियो ।” छोरा -छोरी, स्वास्नि , दाई , भाई परिवार , साथि संगी ,……. को नै रहिछ त आफ्नो भन्नु ! जिन्दगी हुनेबेला संम सबै आफ्नै हो भन्ने लाग्थ्यो ! तर आज आफू पनि ता आफ्नो रहिनछु । आज आएर आफु जलेको नाटको दर्शकबाहेक म अरु के नै गर्न सके त ?”

“बाचुन्जेल पैसाको नाममा , सम्पत्तिको नाममा , मान , पद,…. आदी ईत्यादी को नाममा कति संग झगडा गरे होला । आखिरमा आफैले जन्म दिएको छोराको हातले जल्नु बाहे अरु के नै रहिछ त मान्छेको जुनि ?”

तर आज आएर यो सबै सोच्दा र पश्चताव गर्दा म मरिसकेको छू । लाश् बनिसेको छु । अनि चिता बनेर जलिरहेको छु ।

म यता सोच्न थाले उता मेरो शरिर त सकि सकेको रहिछ । कोहिले ठुलो बाँसले मेरो बचेको शरिरलाई पिट्दै थियो। हुन न अब कहाँ त्यो शरिर थियो र माशुको डल्लो मात्र थियो । त्यहि पनि उल्टाइ पल्टाइ पिट्दै थिए । कोहि मलामी भने फर्कने तर्खरमा थिइ । कोहि भने ” अब भोक लाग्यो केही खानु पर्छ” भन्दै थिए ।

“लौ ! अब बचेको सानो टुक्रो मलाई एउटा अङ्खरामा रखेर पनिमा बगाईदिए ! ” अनि मलाई लाग्यो ”
म सकिए । मेरो अस्तित्वबाट नाम निशान सबै हरायो । बिस्तारै साथीले भुल्छन मलाई । अनि आफ्न्तले । समय संगै छोरा छोरीले । तर पनि एक जनाको मलाई मरपछि पनि माया लाग्दै छ । हो मेरो पत्नि को सायद सेतो कपडा र खालि सिन्दुर अनि खाले हातले घर्दा ऊ मलाई आफु चिता मा म जस्तै सकिनी बेला संम पनि संझी रहन्छिन् ।

सबै मलामी त फर्किए मलाई बिदा गरेर तर मा अब कता जाउँ ! न यमदुत आयो मलाई लिन, न त म उडेर बेतर्नि नदि पगेको छु !! मैले जिन्दगि भर् बनाएको स्वर्ग या नर्क , खेै कहाँ छन् ? आज थाहा भो मलाई ” स्वर्ग , नर्क , पाप , धर्म , अनि भगवान् र मन्दिर यो सब मान्छेको डरले बनेको कुरा रहिछ । तर अब थाहा पाएर के गर्नु म न मरिपो सकेको छु ।