कृष्ण परियार ” प्रतिबिम्ब ” – मुर्गा
दुई बर्ष को विदेश बसाई पछि नरे आज नेपाल फर्केको छ। आफ्ना गाउ आफ्नो आफ्नै परिवेश खुसि को सिमा छैन। आज त्यही गाउ को सेरोफेरो नौलो लागेको छ। घर तल तिर ,माथि तिर हाल खबर को आदान प्रदान भैरहेको छ। एक कान दुइ कान मैदान भने जस्तो उस का साथी हरु लाइ पनि नरे आएको खबर पुगिहाल्यो। यत्तिकै मा एक साथी घर मै आइपुग्छ। “ओहो नरे कहिले आयौ तिमि ” ,साथी ले सोध्यो। मत हिजै आएको नि , के छ तिम्रो खबर ? जवाफ मा सवाल जोड्दै नरे ले भन्यो। “लहै अब दरो पार्टी हुनुपर्छ ” , साथीले प्रस्ताब राख्यो। “लौ भोलि दिन्छु पार्टी ”नरे ले फुर्कदै भन्यो।
अर्को दिन पार्टी भयो। “आज मलाई धेरै खुसि लागेको छ, दुइ बर्ष पछि यसरि साथी हरु संग रमाइलो गर्न पाउदा। ” नरे ले मन खोल्यो अनि केहि धन पनि खोल्यो। राति अबेर सम्म पार्टी चल्यो । प्लेट रित्तिए , बोतल रित्तिए। पार्टी सकियो। एक महिना को छुट्टि सकियो। “एक हप्ता जस्तो पो भयो एक महिना पनि ” नरे ले मन मनै गुन्यो। तर साचिकै एक महिना सकिएको थियो। यसको प्रमाण उसको हात मा रहेको टिकट र पासपोर्ट थियो। नरे फेरी सपनाको पोको बोकेर उड्यो परदेश। यता गाउ मा साथीहरु माझ नरेले दिएको भब्य पार्टी को चर्चा चल्दै थियो। एक जना फ्याट्ट बोल्यो “नरे लाइ क्या मुर्गा बनाइयो यार” । साथी हरु गलल हासे। फेरी पनि कुनै मुर्गा को प्रतिक्षा मा छन् रे तिनी हरु।