Krishna Pariyar Pratibimba – Magante Ko?

कृष्ण परियार ‘प्रतिबिम्ब’ – मगन्ते को ?

मलाई केहि काम बिशेष ले काठमाडौँ जानु पर्ने भयो । बिहान को करिब दश बजे म बुटवल बसपार्क पुगे । उतिसारो घुंइचो नभएपनि भिड बाक्लै थियो .सबै आ -आफ्ना गन्तब्य भेट्न आतुर देखिन्थे । बस आउने , जाने क्रम पनि निरन्तर चल्दै थियो । म सरासर टिकट लिन काउन्टर तिर पुगे । ११ बजेको टिकट लिएर बस भए तिर जादै थिए , लौ मेरो गाडी हो आउनुस भन्दै गाडी स्टाफ ले बस देखाई दिए ।आफ्नो सिट पहिचान गरेर मा बस भित्र बसे । बिस्तारै खाली सिटहरु भरिभराउ भयो । कोहि पानी पानी,कोहि बदाम बदाम भन्दै आउदै जादै गर्दै थिए । मेरो सिट छेउमै पनि एक यात्रु आइपुगे । ए मेरो सिट पनि यहिँ रैछ उनले आफ्नो हातको टिकट हेरेपछी पक्का गर्दै भने । मैले अलिकति सरेर उनको लागि ठाउ खाली गरिदिए । हेर्दा पढेलेखेका ,सुकिलामुकिला ,खाइलाग्दा ज्यान का उनि ढाका टोपी मिलाउदै सिट मा विराजमान भए .

केहि छिनमा एक जना पण्डित हरि ओम हरि हरि ओम भन्दै बस भित्र छिरे । “ लौ मैले सिद्ध बाबा बोकेर आएको छु , तपाइको यात्रा शुभ होस् ” सबै तिर नजर घुमाउदै उनले भने । हातको सानो थालि मा रातो अबिरको टिका र केहि फुलहरु थिए । उही हरिओम को मन्त्र फलाक्दै बस भित्र काम यात्रु लाइ टिका लगाई दिन थाले । मेरो छेउका भलादमी शिरको टोपी अलि माथि सार्दै टिका लाए अनि गोजी बाट बीस रुपियाको नोट निकालेर पण्डित को हातमा राखी दिए । पण्डित लागे फेरी अर्को गाडी तिर । फेरी गाडी मा छिरे एक जना गन्धर्व । उनको हातमा थियो सारंगी । सारंगी लाइ कोखिलामा च्यापेर शिर झुकाएर नमस्ते गरे । सारंगी को धुन संगै गितको सुरुवात गरे । एकैछिन बस भित्र सांगीतिक माहोल छायो । मेरो छेउका भलादमी पनि चाख मानेर गित सुन्दै थिए । केहि मिनेट को गित सकिएपछी गन्धर्बले सहयोगको याचाना गरे । “हजुर केहि सहयोग गर्नुस ।” यो सुनेर मेरो छेउका भलादमी को मुखाकृती फेरियो। उनले अगाडी उभिएका गन्धर्बलाइ सुझाउदै भने “ हेर यसरि मागेर खानु राम्रो होइन , यस्तो जवान मान्छे ले त मिहिनेत गरेर,आफ्नो हात पाखुरा बजारेर खानु पर्छ ।” “तेरो अरु केहि काम छैन .मगन्तेको जात ?” ‘उनले जात लाइ दोष दिन भ्याइसके .मत अलमल परे होइन यो मगन्ते को परिभाषा केहो ? मात्र रातो टिका निधारमा लगाइदिएबापत पैसा लिने ति पण्डित मगन्ते नहुने ,अनि आफ्नो सारंगी को धुनमा कला र गला प्रस्तुत गर्ने ति गन्धर्ब मगन्ते हुने ? उनले यसरि गित गाउदै हिड्दा मिहिनेत गर्नु पर्दैन होला र ? आखिर को हो मगन्ते मैले बुझ्न सकिन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *