Suman Bagale – Asar 17 Gate Nabina Ko Bihe

असार १७ गते नबिनाको विहे

परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर ।

हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसंग चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु बाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मचिन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् ।

मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्री खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु गोरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्यो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो ।

डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ ।

मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।
म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुगन्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो ।

आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल ।
समाप्त ।

– आँबु खैरेनी तनहुँ ।

Bimal Nibha – Afimachi

विमल निभा – अफिमची

काठमाडौ, आश्विन २२ –

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर…।’

हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

ऊ फुटेको टाउको उचालेर हेर्थ्यो । त्यहाँबाट रगत भलभली बगिरहेको हुन्थ्यो । अर्धनग्न शरीरभरि पनि स-साना घाउ नै घाउ हुन्थे । अनगन्ती घाउ ।

‘का भइल रामचन्दर ?’ हामी (कराउन छाडेर) भन्थ्यौं ।

आफ्नो गालाको रगत गमछाले पुछेर ऊ हामीलाई ठूलठूलो आँखाले (ख्याउटे अनुहारमा दुई आँखा भने असामान्य किसिमले ठूला) हेर्थ्यो । त्यहाँ भयङ्कर क्रोध हुन्थ्यो ।

हामी डराएर भाग्थ्यौं ।

ऊ अलखियामठमै बस्थ्यो । त्यहीँको भण्डारामा खान्थ्यो । र धुनीछेउ साधु-सन्न्यासीहरूसँग बसेर साँझको चिलिम तान्ने गर्थ्यो । तर गाँजाभन्दा अफिमको बेसी सौखिन थियो । त्यसैले सबै उसलाई ‘अफिमची रामचन्दर’ भन्थे । यही नामले ऊ टोलभरि प्रसिद्ध थियो । उसको पूरा नाम कसैलाई थाहा थिएन ।

घुँडासम्म पुगेको धर्के अन्डरवेयरको इँजार तुर्लुङ्ग झुन्ड्याएर हिँड्ने रामचन्दर टोलमा हास्यको पात्र थियो । असाध्यै दुब्लो-पातलो शरीरमा यामानको टाउको । कुनै लठ्ठीमा हाँडी राखेको जस्तो । कालो हाँडीका दुवै गाला भने भित्रसम्म धसिएका थिए । कहिलेकाहीँ आधा बाहुको थोत्रो गन्जी लगाउँथ्यो । धेरैजसो मयलले कट्कटिएको नाङ्गो जीउमा यताउता डुलिरहन्थ्यो । कपाल जिङ्रिङ्ग । रामचन्दरलाई नुहाएको कसैले देखेको थिएन । ऊ पानीले मुख धुनसम्म असाध्यै गाह्रो मान्थ्यो ।

‘रामचन्दर नुहाउने हो ?’

‘…………. ।’

‘ननुहाएको कति भयो ?’ टोलवासी उसलाई जिस्क्याइरहन्थे ।

‘………… ।’

‘यो वर्षभरिमा एकपटक पनि नुहाएको छस् या छैनस् रामचन्दर ?’

रामचन्दरका दुई खोपिल्लाभित्रका ठूलठूला आँखा चम्किरहन्थे ।

‘एकलोटा पानी आफ्नो जीउमा खन्याउने हो भने पाँच रुपियाँ दिन्छु ।’ उसलाई नोट देखाइन्थ्यो ।

‘………. ।’

‘नोट नलिने रामचन्दर ?’

‘भाग चुतियाहरू… ।’ ऊ एक्कासी जंगिन्थ्यो ।

अलखियामठ पछाडि बाँसको घना झ्याङ थियो । त्यहीँनेर गएर अफिमची रामचन्दर बेस्सरी उफिन्थ्यो । भुइँमा लडीबुडी हुन्थ्यो । आफैंले मुड्की तानेर आफैंलाई बङबङ हिर्काउँथ्यो । ढ्याङ्ग पछारिन्थ्यो । र यताउताका ढुङ्गामा ठोक्किएर घाइते हुन्थ्यो ।

यस्तो महिनामा दुई-तीनचोटी हुने गर्थ्यो ।

घटीबढी पनि हुन्थ्यो ।

बीचमा अफिमची रामचन्दर एक-डेढ वर्षसम्म गायव थियो । एक बिहान मठियाको बाँस झ्याङनेर एकतमासले उफिरहेको देखापर्‍यो ।

‘रामचन्दरले यो के गरेको हो बमबम ?’ एकदिन हामीले बमबम (अलखियामठका मुख्य साधुलाई यसैगरी सम्बोधन गरिन्थ्यो) सँग सोध्यौं ।

‘तिमीहरूलाई किन चाहियो ?’ बमबमले हप्काए ।

‘होइन बमबम, भन्नोस्, यो रामचन्दरले यस्तो किन गर्छ ?’ हामीले जिद्दी गर्‍यौं ।

‘रामचन्दरले कुस्ती लडेको हो ।’ बमबम मुस्कुराए ।

हामीलाई चकित पाएर बमबम फेरि मुस्कुराए । अनि जोडले उद्घोष गरे- बमबम… । र हामीतिर हेरेर मधुर स्वरमा भने, ‘केटाकेटी भएर यस्तो पचडामा नपर, जाऊ, आ-आफ्ना घर जाऊ ।’

एकदिन अफिमची रामचन्दरकै पछि-पछि लागेर अफिम खानथालेको धनीरामको छोरो बाहुनले (सबैले बाहुन-बाहुन भन्दाभन्दै नाम नै बाहुन भइसकेको) मलाई सुटुक्क बतायो, ‘रामचन्दरले भूतसित कुस्ती लडेको हो ।’

‘भूतसित कुस्ती… ?’ मेरो स्वरमा आश्चर्य थियो ।

‘भूत नदेखिने भएकोले रामचन्दरले एक्लै कुस्ती लडेको जस्तो देखिएको हो ।’

‘हो र बाहुन ?’

‘अब म पनि भूतसित लड्ने विचार गरिरहेछु ।’ बाहुन गम्भीर थियो ।

धेरैपछि थाहा भयो, अफिमची रामचन्दरले भूतसित कुस्ती लड्नुपर्ने कारण अफिम नै थियो । अफिम खान नपाएर छट्पटी भएपछि ऊ यस्तो गर्थ्यो । र घाइते शरीर लिएर घर-घर डुल्थ्यो । यो बदमास भूतलाई मैले लडेर रोकिन भने टोलभरि उपद्रो गर्छ भन्थ्यो । अनि पैसा माग्थ्यो । सबै उसलाई अलिअलि चन्दा दिन्थे । यसैको ऊ अफिम किनेर खाने गर्थ्यो । अफिमची रामचन्दरको भूतसित कुस्तीको यही रहस्य थियो ।

आज अफिमची रामचन्दर अलि बढी नै घाइते देखिन्थ्यो ।

ऊ मठको केही उँचो स्थानमा रहेको पक्की इनारछेउ (आश्चर्य) उदास मुद्रामा बसेको थियो ।

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर… ।’

हामी सबै केटाकेटी सधैंझैं उसलाई घेरेर उभियौं ।

उसले क्रोधविहीन ठूलठूलो आँखाले हामीलाई हेर्‍यो ।

‘का भइल रामचन्दर ?’ हामीले एकसाथ भन्यौं ।

अफिमची रामचन्दरले केही नभनेर आफ्नो ताजा घाउ सुमसुम्याउन थाल्यो ।

(Source of this story: कान्तिपुर)