अभिमन्यु निरवी – दुखेको रात
(Source: Himal Khabar)
पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज गुञ्जियो। कतै कोही बोलिरहेको, कतै गीत गाएको अनि कतै मादलका तालहरूसँगै एककिसिमको खुशी छचल्किएको। किन यो खुशी? अनि फेरि सम्झ्ें, आज त दशैं हो, दशैंको फूलपाती। भोलि त म पनि घर पुग्छु। आमा, बा, भाइबहिनी … ‘हो, कति रमाइलो होला! खुशीले झ्ञ्कृत भएँ म।
गाउँको बीच-बीचजस्तोमा बाटैछेउको एउटा घरको आँगनमा उभिएँ। बत्तीको मधुरो उज्यालो ढोकाको चेपबाट चियाइरहेको थियो। गुनगुन बोलेको सुनिन्थ्यो। बास पाइएला भन्दै बोलाएँ, “आमा, आमा, भित्र कोही हुनुहुन्छ?” बोलाएको पाँच सेकेण्ड पनि बित्न नपाउँदै ढोका खुल्यो र एउटी महिला हतारिएर मेरो अगाडि आइन्, पछि पछि ५० वर्षजतिका पुरुष पनि थिए। जून लागिसकेकोले नजिकको मान्छे प्रस्ट चिनिन्थ्यो। ती महिला मेरो छेउमा उभिएर हेरेको हेर्यै भइन् र छिनमै भुइँमा लडिन्। ढोकामा उभिएका पुरुष आत्तिँदै उठाउन आइपुगे, मैले पनि उनलाई सहयोग गरें। सारै नरमाइलो लाग्यो।
ती पुरुष केही नबोली महिलालाई लिएर भित्र गए। म एकछिन् सोचमग्न भएर आँगनमै उभिरहेंर दोधारे मानसिकतालाई सम्हाल्दै अन्तै जान भनेर फर्किन के लागेको थिएँ उनी बोले, “बाबु? कहाँबाट आउनु भाहो? केको लागि हो?” मैले भनें “बा, बास पाइन्थ्यो कि भनेर?” उनले फेरि एकटकले मलाई हेरे र भित्र आउन सङ्केत गरे।
भित्र मझ्ेरीमा राखिएको खाटमा पल्टेकी महिला केही सञ्चो महसूस गर्दै थिइन्। पिर्कामा म बसेँ। छेउमै टुसुक्क बसेका बाले मतिर हेर्दै सोधे, “बाबुको घर कहाँ हो?” मैले भनें, “काठमाडौं।” आमा उठेर बस्न चाहन्थिन् तर बाले उठ्न दिएनन् र आराम गर्न भने। ती दुईलाई देखेर मभित्र धेरै कुराहरू खेले। आमाकिन लडिन् होली? तर सोध्नु कसरी? त्यसैले म चुपचाप उनीहरूलाई हेरेर बसेको थिएँ।
“अनि बाबु कति कामले यता आउनु भाहो त?”, बाले आमाको निधार छाम्दै मलाई सोधे। मैले व्याग अलिपर राख्दै भनें, “म एउटा प्रोजेक्टको कामले आको बा। हिजो मात्रै काम सकियो। अहिले घर जान ला।” बा केहीछिन् बोलेनन्। घरमा ती दुईभन्दाअरू देखिएनन्। झ्न्झ्न् मनमा कौतुहल छाइरह्यो, तर सोध्ने आँट आएन। बाले खाटबाट उठ्दै भने, “बाबुलाई भोक लाग्यो होला?” मैले हतारिएर भने, “हैन, हैन ठिकै छ …।” उनले भान्सातिर लाग्दै भने, “ल के भन्नु भा? हाम्ले नि खाछैनम्, अबसँगै खाउँला पख्नुस्।”
खाना खाइसकेर मझ्ेरीमा ‘छ्याइएको गुन्द्र्रीमा बसेँ। केहीबेरको कुराकानीपछि सोधें, “आमा तपाईंलाई अहिले ठीक भो?” ठीक भएको भावमा आमाले मुन्टो हल्लाइन्। “के भाथ्यो तपाईंलाई अघि?”, फेरि सोधें तर उनी मौन भइन्। “यसको व्यथा बल्झयो, बाबु”, मौनतालाई चिर्दै बाले जवाफ दिए। “कस्तो व्यथा?” मैले अझ् जान्न चाहें। “भनेर के फाइदा र बाबु?” उनले भने। मैले निकै कर गरेपछि बाले निराश पाराले भने, “यो बेलाबेलामा छोराको सम्झ्नाले बेहोस हुन्छे।” मैले प्रश्न गरें, “किन तपाईंको छोरो छैनन् अहिले?”
लामो सास फेरेर उनी बोले “छैन, जबदेखि त्यो हिँड्यो तबदेखि यसलाई कोही नौलो मान्छे आयो कि छोरो आयो भन्ने लाग्छ। झ्न् कसैले आमा भनेर बोलायो भने त …”, एकछिन् घोरिएर भन्दैगए, “यस्तै दिन थियो त्यो शायद, दशैंको दुई दिनअघिको जून लागेको …।” बा आफ्नो अतीत सम्झ्िन खोज्दैथिए। म छेवैमा निकै गम्भीर भएर सुन्दैथिएँ।
उनी भन्दै गए, “एउटा मात्र छोरोथ्यो रमेश। हाम्रा लागि सबै उही नै थियो। निकै सोझ्ो त्यो पढ्नमा पनि रामै्र थियो। सदरमुकाममा बीए अन्तिम वर्षमा पढ्थ्यो। दशैँको बिदामा घर आएको थियो। घरमा खुशी छाएको थियो। आमा चाहिँ त औधी खुशी थिई। गाउँलाई दशैँले छोपेको थियो। अहिले जस्तै मानिसहरू खुशी मनाउँदै थिए। रमेश साथीहरूलाई भेट्न भन्दै देवीटार गयो। रातको दशबजेसम्म पनि आएन। आमाचाहिँ निकै छट्पटाई। मैले नै उसलाई सम्झ्ाएँ कतै साथीहरूका तिरै बस्यो होला भनेर। मन बुझ्ाएरै हामीले त्यो रात काट्यौं।
भोलिपल्ट दिउँस्ाोसम्म नि नआएपछि म खोज्न निस्कें। देवीटारमा थाहा पाएँ, ऊ हिजै साँझ् हिँडिसकेको रहेछ। काँ गयो होला भनेर गम्दै निरास भएर फर्कें। बाटोभरि कताकता डर लागिरह्यो। बेलै त्यस्तो थियो― देशमा सशस्त्र द्वन्द्व चर्किएको, कसैको भर कसैलाई नभएको,सधैं डराएर बस्नुपर्ने। द्वन्द्वमा सामेल समूहहरू गाउँघरमा छ्याप्छ्याप्ती भेटिन्थे। चाहेर पनि दुई शब्द बोल्न पाइन्नथ्यो। कसलाई भन्ने? के गर्ने? घरमा आएँ। आमाचाहिँ बाटो हेरेर बसेकी थिई। म एक्लै आएको देख्दा उसको पर्खाइका आँखा मैतर्फ एकटक तेर्सिए। म कुनै हारेको सिपाही जस्तो भुइँतिर हेरेर बसिरहें। उसले कुरा बुझ्ी कि कसो, आँखाबाट आँसुको मूल फुटाउँदै रोई। मैले कति सम्झ्ाएँ, मनाउन सकिनँ। सबैको घरमा दशैंको खुशियाली थियो, तर हामीकहाँ आँगनबाटै फर्कियो, दशैं।
छिनको छिनै छोरो हराएको खबर गाउँघरमा फैलियो। सबै अचम्ममा परे। घरमा आमाचाहिँ रोएको रोयै गर्थी। छिनछिनमा बेहोस हुन्थी। कति खोजियो, कति ठाउँ धाइयो? तर पनि छोरोको पत्ता लागेन। देख्नेहरूले पछि भने एउटा समूहले उसलाई लिएर जाँदैथिए रे! कस्तो, कुन समूह भनेर पत्ता लगाउन खोजें, तरसकिनँ। दशैँ सकियो, तिहार सकियो। बारी र आँगन डिलका सयपत्री ‘इलाए, तर छोरो भेटिएन। कसले, किन रमेशलाई बेपत्ता पार्यो? रहस्य नै बन्यो।
आमाचाहिँ छोराको सम्झ्नाले निकै गली। दुई वर्षसम्म लगातार बिरामी परी। घरव्यवहार सम्हाल्न मलाई धौ-धौ भयो। हेर्दाहेर्दै छोरोका लागि भनेर हेरिवरी ठिक्क पारिएकी केटीको अन्तै बिहे भो। उसकै लागि बनाइएको तिलहरी, झ्ुम्का सबै आमाचाहिंको उपचारमा मासिए। यस्तो लाग्थ्यो, कुनै दिन त छोरो आउला र भन्ला― बा, किन यस्तो झ्ुत्रे भएर बस्नुभा? तर ऊ कहिल्यै आएन। मैले त आशै मारिसकें, तर यो चाहिँ अझ्ै पनि आश गर्छे। आमा न हो। झ्न् यी दशैँका रातहरू त हामीलाई सताउन मात्र आका हुन् जस्तो लाग्छ। मर्नै पाए हुन्थ्यो बरु। हुनत अहिले बाँचेको पनि के बाँचेको भन्नु, छोरोको सम्झ्नाले दिनहुँ मरेजस्तै भइएको छ।”
बाले एकै सासमा बेलिविस्तार लगाएर लामो सुस्केरा हाले। मेरो मन त्यसै त्यसै ढक्क फुलेर आयो। आँखाहरू रसाए। छेउमै बसेकी आमा फेरि रुन थालिन्। वातावरण स्तब्ध थियो,हावा पनि रोकिए जस्तो। हिँडाइले गलेर लखतरान भएपनि किन किन मलाई निद्रा लागेन। उनीहरूको असह्य पीडाको अगाडि म घुँडा टेकेर रुन चाहें। कहालिएर भन्न चाहें― तपाईंको छोरा म नै हुँ, चिन्नु भएन? तर के गर्ने वास्तविकता त्यो थिएन। चाहेर पनि केही बोल्न सकिनँ। साँच्चै आजभन्दा पाँच वर्ष अगाडि जस्तै त्यो घरमा यो साल पनि दशैँ आएन। न मुहारमा खुशी, न घरमा चमक, न रमाइलो; कस्तो उदास्ालाग्दो घर। जति बुझदै गएँ, म उति पीडामा फँस्दै गएँ।
गाउँमा गुञ्जिएका गीत र मादलुका तालहरू बन्द भइसकेका थिए। अब एकोहोरो कुकुर भुकेको र कीराहरू कराएको आवाज आइरहेको थियो। म सोच्दैथिएँ कस्तो घाउ होला त्यो, सशस्त्र द्वन्द्व सकिएको यतिका समय बित्दा पनि त्यसमा खाटा बसेको छैन। शायद यी दम्पतीको मृत्युशैय्यासम्म पनि द्वन्द्वको त्यो घाउ आलै रहनेछ।
मार्क्सले भनेको सम्झ्ेँ, समाजमा जहिले पनि द्वन्द्व हुन्छ, द्वन्द्वले नै समाज परिवर्तन हुन्छ। भनाइ त सही नै होला, तर त्यस्ता द्वन्द्वले समाज परिवर्तन त गर्ला नगर्ला तर मान्छेको मन भने भाँच्दोरहेछ। मान्छेलाई यस्तै कहिल्यै नपुरिने घाउ पनि दिँदोरहेछ। मन भारी पारेरै भएपनि म मझ्ेरीको ‘छ्यानमा पल्टें। घरका हर दलिनहरूलाई एकटकले हेरें। टुकी विस्तारै धिप्धिप् गर्दै बल्दैथियो। आँखाहरूविस्तारै लोलाउन खोज्दैथिए। आमाले विस्तारै भनिन्, “छोरा, मेरो छोरा, चाँडै आऊ न।”
एक्कासी आएको आवाजले मलाई झ्स्कायो। जुरुक्क उठें रहेरें, आमा तन्द्रामा बोलिरहेकी थिइन्।