ए नेता भनौदा निरोहरु हो
आफ्नै मन मस्तिमा कैले सम्म क्रुरता प्रदर्सन गर्छौ?
सजक हुने बेला भएन अबता?
घ्रिणित बर्बरता को बिरोध कती गर्ने सोझा जनताहरुले?
बर्तमान निरोहरु हो किन गरिरहेछौ लुछाचुडी
यो पवित्र Continue reading “Bimal Giri – Bartaman Niro Haru”
Prakash Dhamala – Samjhana Surgery
“क्षितिजकोमित्र” प्रकाश धमला – सम्झना सर्जेरी
बिहानै ५ बजे तिर लाक्पा, ठुले भाई , तिल्चन
मलाई बोलाउन आउथे
जेठा छिटो उठ न कस्तो जाडो भै सको
अह! आज त सलाई पनि बोक है
आज तिम्रो टन …..
ठुले! हिजो Continue reading “Prakash Dhamala – Samjhana Surgery”
Bibek Dulal Chhetri ‘Damak’ – Goru Ra Gai Nareko Lau (Gajal)
विवेक दुलाल क्षेत्री “दमक” – गोरू र गाइ नारेको (गजल)
गोरू र गाइ नारेको लौ हेर
सत्य बसाइँ सारेको लौ हेर
खुशी कसैको सहन नसकी
चरा बटाई मारेको लौ हेर
पैसा सम्झदा जे गर्न तयार
घर सलाई पारेको लौ हेर
यता न उता डुलाएर खुट्टा
कतै नबसी टारेको लौ हेर
मूर्खको औषधि हुदैन भन्थे
बालुवालाई खारेको लौ हेर .
Bhupi Sherchan – Jiwan Ko Andhyaro Sadak Ma
भूपी शेरचन – जीवन को अँध्यारो सडक मा
जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।
Rabindra Nath Thakur – U Aairaheko Chha [From Geetanjali]
उआइरहेको छ, आइरहेको छ, आइरहेको छ !
उसको पदध्वनि तिमीले सुनेका छैनौ ?
युग, पल–पल, दिनोदिन रातरात :
उ आइरहेको छ, आइरहेको छ, आइरहेको छ !
ह्दयको तरंगमा उसको कति गीत गाइसकेँ,
ती सब गीतको स्वरमा यही आवाज निस्कन्छ :
उ आइरहेको छ : आइरहेको छ : आइरहेको छ !
बसन्तको रमाइलो दिन, उ वनको बाटो भएर आउँछ,
साउनको अँध्यारो रातमा मेघको गर्जिरहेका रथमाथि चढेर
उ आउँदछ ।
जब दुःखमाथि दुःख आउँछ, सो दुःख होइन उसको चरण,
मनलाई छुन्छ ,
नब सुखको भान हुन्छ, त्यसैका चरणको स्पर्शले मन आनन्दित पार्छ,
त्यही चरण–ध्वनि नै मनको स्पन्दन हो !
उ आइरहेको छ, आइरहेको छ, आइरहेको छ !
Laxmi Prasad Devkota – Basanta Purnima Prati
क.
प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल !
जादू झार्दी सब जलथल !
गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी,
तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की !
देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !
ख.
यथार्थताकी हे उपहासिनी ! ललितकलाकी धाई !
रससलिलाशय पारी फेरि नागह्रद यो, तुहिनकिनार,
माछो बन तँ सुनौला भन्छयौ ?
मुस्की, मलाई बोलाई ?
आदिकालको रसमा लग्छयौ ? केलि–कुतूहल बनाई ?
जादू जलपी हिउँका बार ?े
ग.
अमरत्व दिंदी छौ दिवस दिवंगतकन पनि,
अझ चिरनूतन, जीवन ।
प्रकाश–तपस्विन ! सती तिमी के कञ्चन !
सान्ध्यद्धन्द्धमा ध्वानभिध जो महादानवसँग दुर्दान्त
हार दिवाकर, शहिद सुनौला,
सकल चराचर नाम बने जब, बलिदान पयोधिप्राणान्त ।
उरमा प्रेमालिङ्गनले तब सुस्त उठायो दिनेश सती ।
प्रेमाऽमृतले जीवित पारी आफ्ना पकडमा मृत ती पति ।
तुषारस्तनी ए ! सजला ! शान्त !
घ.
दिन–मथनको गरलपानले छाती कलङ्कित सुन्दरी ! तिम्रो !
अमृत शेष भो संसार !
चन्दनशीतल शान्तिमहलको विभाविशिल्पित खुल्दछ द्धार !
स्वर्गको सन्चोको छ किनार श्रमले शिथिल पतबार !
स्वप्नकुञ्जका बास्ना सुमधुर मुसमुस चल्छन् विपनावार !
मस्ती खेल्छन् सुरेली तिम्रा कराली किरणमा पृथिवीवार !
जूनकीरी झिम्किन लाने नन्दनवनमा नीलाकार !
विश्रान्ति ओर्लिन् बादल–भुवामा भ¥याङ बनेको शैलकिनार !
कालो रेशम चोलि डाली,
जादूगर्नी, निद्रा जाली,
कालिकाठको डन्डा चाली, ओर्लिरहिछने मन्त्र प्रणाली
सम्झी सम्झी,
थोरै बिर्सी तिम्रा प्रभावले खालि !
उँग्दछ अनिल कुसुमदल माथि, फेर नफर्की, लट्ठ परी !
काँढा मर्छन् पृथ्वीका अब, फूल बन्दछ रातभरि !
श्रमको श्राप छ बरमा परिणत !
भू छन् स्वर्ग अपेक्षा उन्नत !
धमिला जलमा संलग्नजस्ती मानवजीवनमा आयो !
एकलासकी रानी ! उदायो !
बजाइरहिछौ मानो तिमीले
अश्रुर–झङ्कृत मधु बेला ?
ङ.
मौनी धवल हिमाल–समाधि भित्र फुरेकी ज्योतिसरि,
विष्णुवदनकी छवि मधुरी !
मृत्युभन्दा परतिर लग्ने तिम्रो मोहन, मृदु मुसकान !
औषधिका बिरुवा छछयौं रसले भिजाई
हिमालभरि !
ज्वर जजैर यो जगमा दी अमृतमय वरदान !
अमृतवनकी मालिनी, मुस्क !
संसार निदाउँछ निर्भयतामा मृत्युलोकमा सुधा स्वपनी !
तिम्रो छहारीमनि !
चिन्ता हुन्छन् सब सुनसान !
उपल उज्याला पुलकी पलपल,
फूल बनाई, तिनका मुटुमा दिन्छयौ बुलबुल !
शैलकराली नेपालीमा कहिले देखें
स्वप्न–सोपान रचिरहेकी,
करले कलकल !
देखिनँ यस्ती राम्री कहिल्यै,
फुल्दी धरामा हाँस्दी कोमल !
कोमल खिलखिल !
च.
यात्री बनाउँछयौ मानव–आत्मा,
रसको सुदूर क्वै तीर्थतिर !
कविको हृदय दुगुर्दछ फेरि,
अतीत युगका, आँसुहरुले प्यार फुलेका कुञ्जनिर !
अनङ्गसुतको स्वपना देखी उषामा स्तन चढ्छने, झर्छन् !
यथाथइलाई, प्यारकी देही, स्वपनाबीच निचोर्छिन् !
तिम्रा किरण जब मुखमा पर्छन् !
एक समरको कालो चदरको लामो फेर लतारी,
उनका सँगमा हेलेन दुगुर्छिन्,
बादलमा !
बादलस्पर्शी बुर्जाहरुमा अनुपम, अनुपम, विन्दुदृशी
तारा गन्दै, मधुर वेदना, गीतमा झर्छन्,
उडुमालाझैं लच्की, टुट्दै,
बरबरमा !
होला तिनका छायाँ परेको, कतिका उरमा,
घर, घरमा !
किनकि तिमी छौ प्यास जगाउँदी,
प्रेमकी रानी,
कथाकी खानी,
भाव उछाल्दी, सागरजस्तो,
सुन्दरमा !
छ.
सुन्दर, सुखकर उपहास सिकाऊ कुटीहरुकन साना ।
जलप परालका छाना !
मलम तिमी ए ! गिरिब्रणकी
विजय तिमी ए ! दिन–रणकी !
दरिद्रताको सिंगार मुहार ! खुश पार !
समानताको तन्त्र फिंजार !
रङ्कहरुकन राजकुमारीहरुका सपना देऊ ।
दिनको खील झिकी लेऊ !
गरीबहरुको दरबार रच !
भविष्यको स्वयं फोटो खिच !
इच्छावरदे ! शूल फूल छन् तिम्रा सुन्दर शाासनमा !
आधा जीवन वैकुण्ठ बनाई, विराज स्वप्नका आसनमा ।
सुखकी ए हाँस्दी गजूर !
कसको अब ए कसमा उजूर ?
ज.
अद्भुतताकी अप्सरा तिमी ! केश बदल्न सिपालु !
विविधकलामा चालू !
कहिले घूंघटपट– अभिरामा !
बादलवनका पुष्पलतामा, देखें मैले तिमीलाई !
कहिले, अहिले जस्तै फेरि,
बेहोशीझैं वदनखुला, सुस्त चलेकी मुसकाई !
लुक्छयौ कहिले नीलोत्पलको विशाल दलमा भित्र घुसी !
शीत विन्दुको झूल कसी !
फूलसँगमा प्यार कथाका पाना मृदुल फुहेर,
पढिरहन्छयौ राति कहिले,
निश्चल, नुहेर !
कहिले दुगुर्दी देखें तिमीकन, हतपत खूब भएर !
कहिले देखें जलक्रीडामा–
अमृतसिन्धुमा विश्वकी छायाँ ए रजनी !
यथार्थभन्दा तिमी छौ धनी !
कला–जगत्झै सुन्दर बन्छिन्
अवनी !
मेरा पनि छन् उपासनाका हिउँका चुली,
हिमगिरिवन !
अमृत सिंची, औषधि बिरुवा भरभर फुलाऊ
जगतज्वरका ताप निवारक,
कान्त सुमन !
शैशवदेखिन् कर फैलाई माग्थें तिमीकन,
स्वर्गकी फूल !
दृगले पिइयौ, मुटुमा लिइयौ
सिंच सुधाले भावका मूल !
Dr. Suraj Niraula – Briksha
डा. सूरज निरौला – वृक्ष
मलाई झाङिन देऊ,
नागबेली भई बढ्न देऊ,
मेरा हातगोडा फैलन देऊ,
अट्टहास हाँसो हाँस्न देऊ ।
मेरो स्वतन्त्रतालाई नथिच,
नरोक मलाई ।
नरोक मलाई, म निस्कन चाहन्छु,
ती झाङिएका रुखबाट रङ्गिन पात बनी ।
राता, पहेला र हरिया
मनमोहक पार्न चाहन्छु दृष्यरस बनी ।
फैलन चाहन्छु, सुभाष बनी ।
नरोक मलाई,
म फुट्न चाहन्छु, ती चल्ला बनी ।
संसार हेर्न चाहन्छु,भोग्न चाहन्छु ।
मलाई उडन देऊ ।
उडन देऊ मलाई,
निलो गगन एकपल्ट
म छुन चाहन्छु, चुम्न चाहन्छु।
मलाई संगित देऊ ।
संगित देऊ मलाई, म झुम्न चाहन्छु
मलाई प्रकृति देऊ, सास फेर्न चाहन्छु ।
अलौकिक आनन्दमा डुब्न चाहन्छु ।
बाच्न देऊ मलाई,
फैलन चाहन्छु, वृक्ष बनी ।
प्रकृतिमा रम्न देऊ मलाई,
लीन हुन चाहन्छु, इतिहास बनी ।
म जिउन चाहन्छु, परमात्मा बनी ।
मलाई बाच्न देऊ ।
(धन्यवाद 🙏)
Pushkar Budhathoki ‘Saunteli’ – Mato Ko Geet
पुष्कर बुढाथोकी ‘साउँतेली’ – माटोको गीत
(मधुपर्क २०६६ भदौ)
बाँझै छ कि हराभरा घरबारीको पाटो ?
प्यारो लाग्छ आमा मलाई मै जन्मेको माटो ।
जब लाग्छ प्रदेशमा पीर एकनास
बाँच्ने एउटै आधार बन्छ बाआमाकै Continue reading “Pushkar Budhathoki ‘Saunteli’ – Mato Ko Geet”
Shrawan Mukarung – Jeevan Ko Laya
एक–दुई–तीन
एक–दुई–तीन
तपाईं
वाल्जमा बाँधिनुभयो ।
जीवनको नग्नता हो विचार
तर आशा, निराशा, उत्तेजना
एक रिदमिक तीव्रता
जस्तो–
लहर नदीको तीव्रता हो
बतास टाकुराको
एकान्त आलापको ।
निरन्तर हिउँ Continue reading “Shrawan Mukarung – Jeevan Ko Laya”
Sarubhakta – Time Bomb Mathi Baseko Desh
देश मृत्यु शैयामा छ
माफ गर, यो कुनै समाचार होइन
सुनाखरी नफुल्ने देश
धतुरीमैयाहरु बेचिएका छन्
भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा
बाबुहरु भैंसीसित छोरी साट्दैछन्
मुहनोचवा – आतङ्ककारी कीराहरु
एन्थ्राक्स आतङ्क ग्रस्त छन्
ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल
मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा छौं ?
हाराकारीधुनः रक्तपिपासु जीन
झड्केला बिम्बहरुको सतीगएर
भाइसभर्साउत्सवः
वाढीपीडितलाई अग्निपीडितको सहायता
अग्निपीडितलाई बाढीपीडितको सहायता
वेलिपुलहरु टुटेका छन्
पिलोले थलिएका राजागजहरु
इन्टरनेटमा साइवर आमा र वेवसन्तानहरुका करतुत हेरिरहेछन्
टाइमवममाथि वसेको देश
सुनका मृगहरु लखेटिन्छन्
ए लौहभष्मपुरुषहरु ! के हामीसित परिकल्पित जिन्दगीमात्र
वचेको छ ?
साटिएका आकाशहरुः थाकेका बिम्बहरु सिर्जना गर्छन्
छापामार आत्माहरु राष्ट्रिय तस्करी उद्योगहरुमा
कर्मचारी बोक्ने एम्वुलेन्स निर्माण गरिरहेछन्
लघुमानवहरुको वस्तीः खप्परहरुको जुलुस चलेको छ
आजभोलि मृतहरुको हत्याकाण्ड रचिदैनन्
त्यसैले एनटीसियसका शवपरीक्षा विधिहरु चल्दैनन्
संविधान कोमामा छ ?
त्यसोभए आउ, हटेरुहरुको भीड चिरेर
हुस्सुप्रदेशतिर प्रस्थान गरौं
विस्फोटक ताराहरु र च्याखुरे लेक
काकाकुल जिन्दगीका आइकनहरु
यहाँ प्रत्येक मान्छेभित्र एउटा तानाशाह वसेको हुन्छ
अभागी देशः जनताहरु सबै मरिसकेका छैनन्
ए ! उनीहरुमात्र किन सजिलैसित मरी ÷ मारिइ
भाग्यमानी बनेका छन् ?
Rupesh Rai – Gaun Ma Parampara Haru
रुपेश राई – गाउँमा परम्पराहरू
बसेका छन्: ‘गाउँ’मा ‘परम्परा’हरू ।
‘गाउँ’
यस्तै हो,
दु:खी पनि छन्/सुखी पनि
कसैको चुल्हा ‘हुरूरू’ बल्छ/कसैको ‘धुँवा’
कसैको भाँड़ामा ‘नुनिया’ पाक्छ/कसैको ‘अलुवा’
तर
यहाँ Continue reading “Rupesh Rai – Gaun Ma Parampara Haru”
Sabitra Kafle – Nari
सबित्रा काफ्ले – नारी
ऊ एउटा सपना बाँच्छे
दिनभरि जीवन बुन्छे
बाँझो खेतहरुमा
रातभर बेदनाको खेती गर्छे
सम्झौताको आलीहरुमा
र बिहानसँग पुकार गर्छे
भरेको साँझ त
जून उदाओस आँगनीमा ।
ऊ एउटा सभ्यता बाँच्छे
र समर्पणमा मौनता हाँस्छे
अन्जान परिधीहरुमा
ऊ आफू हुनुको अर्थ जान्दिन
जिउनुको सार्थकता भेट्दिन
र धिक्कार्छे हरेक सन्ध्यामा
एकजोर बत्तीको निरीह उज्यालोमा
पलायन जिन्दगी ।
ऊ मनुस्मृती जान्दिन
तर जान्दछे लुकाउन आफूलाई
आफ्नै ब्यथाहरुको चौतारीमा
उकाली चड्छे अनुरागहरुको
एउटा उत्कण्ठा बोक्छे
तर बदलामा
उभिन्छन कहालिलाग्दा आगमनहरु
भन्झ्याङमा ।
अष्ट्रेलिया
Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)
युद्धप्रसाद मिश्र – हाम्रो भैंसी बूबू दिन्छ (नेपाली बाल कविता)
कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैंसी कस्तो जाती
यसकै गोवर बोकी बोकी
दिन्छिन् आमा मकै Continue reading “Yuddha Prasad Mishra – Hamro Bhainsi Bubu Dinchha (Nepali Bal Kabita)”
Bhupi Sherchan – Yo Nepali Shir Uchali
भूपी शेरचन – यो नेपाली शिर उचाली
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ
चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन
एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ
जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत
Shrawan Kumar Dhungana – Sabai Bhulechhu
श्रवणकुमार ढुंगाना – सबै भुलेछु
एक दशकपछि
डम्म हुस्सुले ढाकेको
विदाको दिन
शिशिरको विहान
आज
अहो, कहाँबाट फेरि
यहिंनेर
भेट हुन पुग्यो हाम्रो !
तिमी त मोटाएर
मेरा आँखामा नअटाउने भइछौ
एकछिन रोकिएर
टुक्रा, टुक्रामा हेरें तिमीलाई
तिमीले मलाई हेरे जस्तै ।
तिमी मुस्कुरायौ
छेवैको बगैंचामा पूmल मुस्कुराए जस्तै
( हो त साँच्ची तिम्रो मुस्कान त फुलको फक्राई जस्तै छ नि !) ।
एक दशक पछि
फेरि,
यहाँबाट फुलको बासना आयो
अहो, मैले त फुलको वासना पनि बिर्सेछु
हुस्सुले ढाकेको तराईको त्यो चिसो विहान
स्यू– स्यू, स्यू–स्यू…… काम्दै आइरहेकी तिमी…………
आज त तिमीलाई समाउने हातहरू पनि रहेछन्
आज त तिमीले समाउने हातहरू पनि रहेछन्
त्योे बेलाको तिम्रो तातो हातको याद र
कुहिरोको गन्ध आयो
अहो, मैले त तिमीले झैं कुहिराको गन्ध पनि बिर्सेछु
टाप लगाएर
घोंडाको चालमा
(यो बाटो
फलामको पाता भएको भए
उहिल्यै प्वाल परिसक्थ्यो !)
अफिस र घर
घर र अफिस गर्दै
हिसाब भुल्ने डरले
ग्राहकसँग हाँस्न पनि नभ्याएको
बनियाँ जस्तै !
स्कुलको फिस
डेराको भाडा
घडेरीको रिन
….. ……. …….
हँुदै
दरवारको रंग
गाडीको मोडल
श्रीमतिको गहना ………
फेर्दै,
दाईँमा नारिएको गोरुझैं
हिंड्दा हिंड्दै
अहो, मैले त तिमीले झैं विहानीको रंग पनि भुलेछु !
अधबैसे अनुभव र विदाको उमंग पनि भुलेछु !
भुलेछु — चिसो हावाको स्पर्श
माटोको गन्ध
प्रेमको सुवास
निश्चल मुस्कान
मायालु बोली
र खुसीको आँशु पनि !
भुलेछु — सबै सबै
पैसाले किन्न नसकिने
तिमीले जस्तै,
— सबै भुलेछु ।
Shekhar Dhungel – Bibekhinata
धन धेरै छ
नाम ठुलो छ
तर के गर्नु
नियतमै खोट छ
यहाँ दायित्व बोकेकाहरू
आफ्नो काम गरिदिन्नन
अधिकार धेरै माग्छन मात्र
जिम्मेवारि बुझिदिन्नन
पीडितहरू चिच्याई रहेछ्न
सुन्नु पर्नेहरू सुनिदिन्नन
दुखीहरू रोइ रहेछन
विवेकहिनहरू अन्तै
रमाइरहेछन
सिटामोल र जीवनजल
नपाएर निमुखा मरिरहेछन
हेर्नु पर्ने सयरमा मग्न छन
मिचिदै छन सिमाहरू
नेताहरू कुर्सीमा मात्र
आँखा गाडिरहेछन
चिन्ता छैन देशको
किनकि
विवेकहिनहरू
राज गरी राखेका छन
Marcel Mansingh – Swa Aalochana
मार्सेल मानसिहं मुर्मु- स्व-आलोचना
अति नै अन्धकारमय रातका जुन तारा कति चम्किलो,
निकै दुख काटेर निखारिएका नक्षत्र तारा झै बलियो,
जो कयौं बादल कुहिरोमय काल नाघेर चम्कने हुन्छन् ,
जसले धेरै बसन्त सम्म आफ्नो छाप छोडेर जान्छन्।
उज्यालो रात मौसम अनुरुप देखा पर्दो हो,
प्रकाशमय दिन नि अन्ध्यारो देखिन्दो हो,
तर मुल्यता पाउछ त्यसले जो हजारमा हुन्छ एक,
अविलम्बन त्यसको हुन्छ जो विरुद्ध हुन्न अनेक।
ती नक्षत्र चम्किला हुन्छन् भएका मनो-दियो,
ती मा हुन्छ नकारात्मकता विच सिउने सियो,
जो वरपरका अन्धकारले आफुलाई विचलित हुन दिदैन्न,
बरु आफुमा भएको प्रकाश बाडन् कहिले पनि भुल्दैन्न।
ती बलि रहेका नक्षत्रले मार्ग-दर्शन गर्छन अरुको,
कारण ती जान्दछन पहिचान आफ्नो स्वयमको,
त्यसैले नक्षत्र बन्न नरमाउ गरि पर-आलोचना,
कारण स्व-दियोको पहिचान हुन्छ गरि आत्मा-आलोचना।
Marcel Mansingh Murmu
Gangaram Gautam – Sarkar Malai Pani Achamma Lagi Rahechha
गंगा राम गौतम – सरकार… मलाई पनि अचम्म लागिरहेछ !
संवृद्ध नेपाल सुखी नेपाली
नारा घन्कीरहेको मेरो राज्यमा
मानिसहरू रोएको देख्दा
घरदेखि सडकसम्म कराइरहेको देख्दा
खै कुन्नी किन हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
नुनको सोझो गरेझैँ गरेका तपाइहरु
संवृद्धिको बाटोमा लम्केका ती पाइलाहरु
सम्माननिय र उहाँका पी.ए.का मुहारका घामहरु
मेरा प्रियजनहरु आरिसले जल्न लागेर त होइन ?
खै कुन्नी के देखेर हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
देश स्विजरल्याण्ड बन्न लागेको बेला
किसानहरु उखु पनि नुनिलो भो भन्छन्
घरमै बसी-बसी खान दिन्छौँ भन्दा पनि
जसरी तसरी हामीलाई काम पो भन्दछन्
के साच्चै देश स्विजरल्याण्ड बन्न लागेर त होइन ?
खै के गर्न खोज्या हुन कुन्नी सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
गोर्खाली इतिहास बोकेका मेरा छोराहरु
नाथे बहिनी र छोरीलाई बलत्कार गरि हिँड्छन
दोषीलाई दण्ड सजाय दिनुपर्ने कानुन
न्यायको नाममा निर्दोषलाई नै जलाइ हिँड्छन्
कतै अध्यारो अदालतमा बत्ति बल्न लागेर त होइन ?
खै कुन्नी किन रोइरहेछन् सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
संवृद्धितर्फ हिँडेको मेरो राष्ट्र
आज आफै-आफैमा सिमाना बेचिरहेछ
खुसी नेपाली लिन हिँडेको पानीजहाज
आज आफ्नो बाटो आफै मेटिरहेछ
कतै ठुलो स्काभेटरले बाटो खन्न लागेर त होइन ?
खै कुन्नी किन हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
हरेक दिन विमानस्थलमा ओर्लिने काठका बाकसहरु
कहिले उखुघारी त कहिले मन्दिर र मज्जिसभीत्र
जबरजस्ती थुनिएका ती बहिनीका सासहरु
दिनहुँ जसो बिदेशी भूमिमा पलायन भएका मेरा दाइहरु
अनि देशमा केही गर्छु भन्दा पनि नपाएर भौतारिएका मेरा भाइहरु
किन निराश छन् कुन्नी सबै, देश ढल्न लागेर त होइन ?
खै कुन्नी के देखेर हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
कहिले दाइजो नल्याएको निहुँ त कहिले छोरा नजन्माएको निहुँ
खोजी-खोजी नयाँ निहुँहरु अनि जलाइएका नारीका घरबारहरु
दुर्बल आत्मा, मार्मिक पिडा अनि लुटिएका अस्मिताहरु
तर पनि खै पटक-पटक समाल्दै छन् भत्किएका दरबारहरु
कतै साच्चै मानवताको आगो बल्न लागेर त होइन ?
खै कुन्नी किन हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
चुँडिएको प्राणमा बाँकी रहेको केही इज्जत जस्तै
संवेदनाहीन शहरका शालिन मान्छेहरु
गास,बास,कपास र जीवनको भयंकर सपना देखेर
मर्नु र बाँच्नुको दोसाँधमा कुबेर बन्न हिँडेका प्रदेशी भान्सेहरु
कतै साच्चैमा देश बन्न लागेर त होइन ?
खै कुन्नी के देखेर हो सरकार…
मलाई पनि अचम्म लागिरहेछ !
धेरै पछि आज…
आफुले आफैलाई ऐनामा देखेर होला सरकार…
मलाई पनि अचम्म लागिरहेछ !!!
बलेटक्सार गुल्मी हाल काठमाडौं
Marcel Mansingh – Basuri Badak
शिर्षक:- बासुरी-बादक
कवि:- मार्सेल मानसिहं मुर्मु
वरिपरि व्यस्तताको लहर छ भनौ जमात कहल छ,
पथ दुवै तिर अनेकको रहर छ मानौ सट्टापट्टा महल छ,
कोहीमा दैनिकीको कहर छ सोचौं दुवै पट्टी त्यो अमल छ,
त्यही जिवनी दर्पण माझ नचाहेको बासुरी बजिरहेको छ।
त्यो बासुरी वादक अाफुलाई नजिकै कानहरुमा पुर्याउदै छ,
उसको धुन जतिनै बेसूरी मानौ बाध्यता बिच त्यो बज्दै छ,
उसको सर्वस्व एक झोलामा पोको पारी धुन साट्दै छ,
त्यो उसको जित मान या हार निपुणतामा भर परेको छ।
कसैले उसलाई छेवैमा उभिएर देखिने भिकारी भनेको छ,
तर अचम्म उ सँग त सर्वस्वसहित अाफ्नो काध बलियो छ,
कसैले उसलाई परबाट एकलो मानि लिएको देखिन्छ,
तर साच्चै नै उ सँग अति घनिष्ट धुन दिने साथीको साथ छ।
यसरी श्रम किनबेचको जिवन बिच ‘म’ अरुमा ब्यस्त छ,
वास्तवमा त्यो बासुरी-बादक उत्कृष्टता पस्कनु खोज्दैछ,
अाफु निपुण भएको क्षेत्रलाई सृंगारी संसारलाई केही दिदैंछ,
यो ‘म’ नि अाफ्नो निपुणता चिनेर संसारलाई केही दिन्छ ।
Yuddha Prasad Mishra – Sakdachhu Fadkina (Nepali Bal Kabita)
युद्धप्रसाद मिश्र – सक्दछु फड्किन (नेपाली बाल कविता)
सक्दछु फड्किन लड्दिन सितिमिति
फड्के खाडल साहसले जिती
लडे हिलोमा बिचरा तड्पी
दिदी हाँसिन् खितिति
म ता डराएँ भो मुटु ढुकढुक
लाग्यो मेरा मनमा दुःख
देखी हिलाम्य तिनको त्यो मुख
लाग्यो भुक्न कुकुर भुक्भुक्
(बालकोसेली पूर्णाङ्क १६, २०४६)