Rakesh Karki – Chari Kati Ramri (Baal Gajal)

इन्जिनियर राकेश कार्की – चरी कति राम्री (बाल-गजल)

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री

ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री

कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री

फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाइ सरसरी कति राम्री

बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
——————————————
(बहर : मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र : फऊलु++ + फऊलुन् +‍ फऊलु++ + फऊलुन्++++
ISI ISS ISI ISS )
——————————————

Dhanraj Giri – Banna Pugyo Madhuparka Mita Sahitya Ko (Nepali Gajal)

धनराज गिरी – बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको (गजल)
(मधुपर्क माघ, २०६७)

बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको
जानेको छ गर्न यसले हित साहित्यको ।

सिपालु छ पैँचो लिन कण्ठ कोइलीको
हाली भाका गाउने गर्छ गीत साहित्यको ।

थियो कुरुक्षेत्रमय यसको जिन्दगानी
लड्यो धर्मयुद्ध भयो जीत साहित्यको ।

मानवता, राष्ट्रियता बन्यो मूलमन्त्र
सिकाउँछ सारालाई प्रीत साहित्यको ।

गर्छ शोध वाङ्मयको बनी यायावर
हिँड्छ खोजी नयाँनयाँ रीत साहित्यको ।

उज्यालो नै उज्यालोको हुन्छ खेती यहाँ
माग्छ किरण प्रभाकरसित साहित्यको ।

सारा जगत् आफन्त हुन् अक्षरका लागि
हो यो साथी मानिसको कि त साहित्यको ।

सबै रङ अटाउने हाम्रो साझा घर
होइन यो निकेतन पीत साहित्यको ।

चाख्छन् जब भावकले यसको नवै रस
मर्छ, मर्छ, पक्कै मर्छ धीत साहित्यको ।

Tara Khanal – Hami Biddhyarthima Euta Josh Hunchha (Nepali Bal Gajal)

तारा खनाल – हामी बिद्यार्थीमा एउटा जोश हुन्छ

हामी बिद्यार्थीमा, एउटा जोश हुन्छ
त्यही जोसमा नयाँ, कुराको खोज हुन्छ

जुन जोस आज, ‘अदृश्य’ रहेको छ
त्यही जोस नै त, भोलिको मोज हुन्छ

जहाँ बिद्यार्थी नै, अलमल्ल परेको छ
त्यही नै उसको, जिज्ञासा होस् हुन्छ

बिद्यार्थीको सारै चन्चले बानीमाझ
अर्ति-उपदेश, जहिले बोझ हुन्छ

Homnath Pathak – Kachhuwa (Nepali Baal Kabita)

होमनाथ पाठक – कछुवा

सोझो थियो कछुवा छट्टु थियो खरायो
दौडको होड राख्यो घमण्डी खरायो

आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले
उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

गटे सेट गो भन्दै दौड सुरु भयो
हावाको वेगमा खरायो दौडेर गयो

जुन स्टेसनमा पुग्दा पनि कछुवालाई देख्दा
घमण्डी खरायोको राम्रै मर्यो मेख्ता

Homnath Pathak – Baglung

होमनाथ पाठक – बाग्लुङ

नेपाल भित्र नेपाल जस्तै जस्तै बाग्लुङ जिल्ला छ,
धौलागिरि छायाँमा पहाडको स्वच्छ हावा पानी छ ।

ढोरपाटन शिकार आरक्ष पर्यटक शिकारी लोभ्याउँछ
हवाइ यात्रामा यात्रीले हिमाली काख यो हेर्न भ्याउँछ

हिन्दूजनका आस्था कालीका माताको मन्दिर
समतल कलकल बग्ने काली गंगा नदी गम्भीर

सारा देश विदेशबाट जनहरूको ओइरो चैते दसैंमा
माया पिरती गाँस्तै युवा युवती राधा कृष्ण भेषैमा

झोलुङ्गे पुलको जिल्ला भनि चिनिने देशभरि
भए नि टाढा मेरो गाउँ मेरो जिल्ला छ आँखा वरिपरि ।

Kapil Lamichhane – Fohor Ko Thupro Bata Ke Khojchha U (Nepali Baal Gajal)

कपिल लामिछाने – फोहोरको, थुप्राबाट के खोज्छ ऊ

फोहोरको, थुप्राबाट के खोज्छ ऊ ?
मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ?

झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै
थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ?

जाडो कडा त्यतिकै छ, छ तुषारो
थुरथुर काम्दै दिनभरी के छोप्छ ऊ ?

किताब कापी, झोलाभरि, मेरा छन् नि
पढ्नु छैन बोरामा पो के बोक्छ ऊ ?

मीठो-मीठो खानेकुरा म त खान्छु
खालीपेट दाँत के टोक्छ ऊ?

 

Prem Binod Nandan – Malai Alikati Dhairya (Nepali Bal Gajal)

प्रेम बिनोद नन्दन – मलाई अलिकति धैर्य

मलाई अलिकति धैर्य र जाँगर देऊ आमा
खहरेको भेल होइन, सघन, सागर देऊ आमा

यी बलिया पाखुरी र फराकिला छातीहरु
यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

उर्घ्वमुखी आँखाहरु छन् र, सचेत पाइलाहरु
पृथ्वी हामी उचाल्छौँ अब चमत्कार देऊ आमा

सबथोक हारेर पनि हिम्मत, हार्न चाहन्न म
फेरी एकपटक हौसलाको, हुंकार देऊ आमा

बेअर्थ नहोस् मैले बाँचेका यी अमुल्य क्षणहरु
हरपल जीवन्त हुने केहि उद्गार देऊ आमा

छरिएका छन् नसा-नसामा, उत्साही ताराहरु
मीठो सपना साकार हुने, झंकार देऊ आमा

Bed Mani Dahal – Garnu Bhanda Maramari (Nepali Bal Gajal)

बेदमणि – गर्नुभन्दा मारामारी

गर्नुभन्दा मारामारी, सार्है राम्रो मेल होइन र ?
हातेमालो गरि हिड्नु, धेरै राम्रो खेल होइन र ?

आकाशमा उडी हिँड्ने, चिरबिरे चरीलाई
गुलेलीले मार्नु भन्या धेरै ठुलो झेल Continue reading “Bed Mani Dahal – Garnu Bhanda Maramari (Nepali Bal Gajal)”

Bal Krishna Lamsal – Kina Hunchhau Tadha Timi (Nepali Gajal)

बालकृष्ण लम्साल – किन हुन्छौ टाढा तिमी (गजल)

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।
कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

साचो माया गर्छौ भने भन्नु पर्छ मन को कुरा।
अन्जानमै हाम्रो माया मैले कतै फुकाए कि?

मेरो पनि एउटै विश्वाश साचो माया गर्नु पर्छ।
राम्रो मौका खेर फाली ठुलो मुल्य चुकाए कि?

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि?

Prakash Angdembe – Aha Kati Ramro Gurans Ful Fuleko (Nepali Bal Gajal)

प्रकाश आङ्देम्बे – आह ! कति राम्रो गुराँस फुल फुलेको

आह ! कति राम्रो गुराँस फुल फुलेको
रङ्गी-चङ्गी पुतलीले नाच्दै डुलेको

सानी माहुरी, हावा हुरी केहि नटेरी
बगैंचामा मख्ख परि कस्तो भूलेको

काले, Continue reading “Prakash Angdembe – Aha Kati Ramro Gurans Ful Fuleko (Nepali Bal Gajal)”

Rakesh Karki – Chari Kati Ramri (Baal Gajal)

इन्जिनियर राकेश कार्की – चरी कति राम्री (बाल-गजल)

लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री

ति रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री

कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री

फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाइ सरसरी कति राम्री

बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
——————————————-

(बहर : मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र : फऊलु++ + फऊलुन् +‍ फऊलु++ + फऊलुन्++++
ISI ISS ISI ISS )
——————————————-

Narayan Prasad Sharma Gaire – Chhunu Munu Aanganima (Nepali Bal Gajal)

नारायण प्रसाद शर्मा गैरे – छुनुमुनु आँगनीमा

छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी
मनमनै धेरै कुरा साँच्छिन मेरी नानी

कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी
मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी

रोए पनि उत्तिखेर दुख बिर्सिएर
मलाई हेरी मुसुमुसु हाँसछिन् मेरी नानी

संगीसाथी बटुलेर खेल्छिन् मीठा खेल
साथीभाईमा मीठो प्रीति गाँस्छिन् मेरी नानी

सबैप्रति दर्साउँछिन् समताको भाव
देखिएमा बैरभाव मास्छिन् मेरी नानी

Dr. Ghanshyam Neupane Parishrami – Ramra Ramra Fulharu (Nepali Bal Gajal)

डा. घनश्याम परिश्रमी – राम्रा-राम्रा फूलहरु

राम्रा-राम्रा फूलहरु चुन माहुरी
फूलबारीमा गर भुनभुन माहुरी

कसरि पो फूलबाट रस चुस्दछौँ
हामीलाई पनि सिकाऊ न माहुरी

नटोक है हामी सानासाना नानी हौँ
मन लाग्छ तिमीलाई छुन माहुरी

बनाएर हाम्रै लागि मह पोसिलो
धेरै-धेरै लगाउँछौ गुन माहुरी

तिम्रो नाच हेर्दा हामी मख्ख पर्दछौं
हाम्रो पनि गजल एउटा सुन माहुरी