Bibek Dulal Chhetri ‘Damak’ – Gardina Bhandai Thiyo (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – गर्दिन भन्दै थियो (गजल)

गर्दिन भन्दै थियो, उ उक्साहट आयो
हेर्दा हेर्दै खुनी हातको फैलावट आयो

फूलहरू मुर्झाएका थिए ,बिश्वास ढलेका
दमित इच्छाहरूको सजावट आयो

लेखिनु पर्थ्यो इतिहास कलमले ,नकी तरबारले
न्याय भनिने कुरामै पनि ,गिरावट आयो

दिक्क छ ,गाउ टोल ,शहर बजार
यो सोच्दै कि ,कसरी रहन सहनमा मिसावट आयो

बल्ल शान्त भो, यो विवेकको भित्रैसम्म मन
सुनेर पापीको पापमा पुरै चुहावट आयो .

अस्तु :